Monday 19 January 2015

गजल सर्जक ७० बाट ७९ सम्मका सामुन्द्रिक छल्का गजलकाहरुको गजल

गजल सर्जक ७०
नाम – वसन्त घर्तीमगर (अभिषेक)
बुवाकोनाम – कर्नु घर्तीमगर
आमाकोनामञ् – गौसरा घर्तीमगर
जन्ममिती – २०४४–०२–०९
ठेगाना – घर्तीगाउँ २ शीलचौर रोल्पा राप्ती
हाल – अलजुबैल, साउदीअरेबिया

गजल १
राप्ती अञ्चलभित्र पर्ने, मेरो प्यारो रोल्पाजिल्ला ।
पौरखी भई अघिसर्ने, मेरो प्यारो रोल्पाजिल्ला ।

फुल्छ यहाँ लालीगुराँस, बेली अनि चमेलीनी ।
अनेकथरी बास्ना छर्ने, मेरो प्यारो रोल्पाजिल्ला ।

जनजातिको बाहुल्यता, अरु भन्दा मगर छन् ।
कहिले लेक–बेसी गर्ने, मेरो प्यारो रोल्पाजिल्ला ।

हिउँपरी सेतै हुन्छ, उच्छशीर जलजलामा ।
झरना झरी रंग भर्ने, मेरो प्यारो रोल्पाजिल्ला ।

सिस्नेको त्यहीँ  शीरमा, बग्छ मादी खोलापनि ।
सुनछहरी रम्दैझर्ने, मेरो प्यारो रोल्पाजिल्ला ।

साहासका उच्चकदम, रोल्पालीको सान यहाँ ।
वीरतामै बाँच्ने मर्ने, मेरो प्यारो रोल्पाजिल्ला ।
– वसन्त घर्तीमगर (अभिषेक)
घर्तीगाउँ २ शीलचौर रोल्पा राप्ती

गजल २
आजसम्म उहीँ पुरानो, चाल प्रवासीको ।
फेरि एकै छैन हजुर, ताल प्रवासीको ।

चोटैचोट पीडा बिशाल, लौ न जिन्दगीमा ।
कठै बरा उस्तै दुखित, हाल प्रवासीको ।

जल्छ छातीभित्री मनमा, कहाँ छ र ? खुशी ।
आँखाभरी त्यही आशुको, छाल प्रवासीको ।

झुन्डी झुन्डी गरिन्छ काम, यो ज्यानकै बाजी ।
आफ्नै अघि नाँच्दै आउँछ, काल प्रवासीको ।

एक्लोपनको चिन्तागर्दै, बित्यो जुनी–जुनी ।
प्रवासमा खुईली गए, बाल प्रवासीको ।

फर्की आउछु पक्कै पनि, जन्मिएको देश ।
सोच नयाँ बिचार नयाँ, साल प्रवासीको ।
– वसन्त घर्तीमगर (अभिषेक)
घर्तीगाउँ २ शीलचौर रोल्पा राप्ती

गजल ३
पसिनाको दाना झारी, किसानको छोरो म त ।
खन्छु खेत जोत्छु बारी, किसानका ेछोरो म त ।

उब्जाउछु मकै, कोदो, फलाउछु धान पनि ।
नहरको पानी टारी, किसानका ेछोरो म त ।

गाई बाख्रा पालीरा’छु, गोठालो नि जानुपर्ने ।
बन पाखा खोलापारी, किसानको छोरो म त ।

किसानीको जिन्दगानी, लेक बेसी गर्नुपर्ने ।
ज्यानै फाली बोक्छु भारी, किसानको छोरो म त ।

बितेकै छ जीवन यो, हासो खुसी संग–संगै ।
बगैचामा फूलसारी, किसानको छोरो म त ।
– वसन्त घर्तीमगर (अभिषेक)
घर्तीगाउँ २ शीलचौर रोल्पा राप्ती

गजल ४
आँखा बाट आँसु मेरो, दर्काएर गईन् ।
मुटु पनि सिसा जस्तो, चर्काएर गईन् ।

घाम पनि नझुल्किदै, रिसाएर आईन् ।
मेरै नासो मेरै घर, फर्काएर गईन् ।

चलाएर तीखो छुरी, घायल पारी लौन ।
नाना भाती भन्दै उनी, थर्काएर गईन् ।

घाउपारी दिलभित्र, त्यही घाउमा अझै ।
मरी–मरी नुन चुक, छर्काएर गईन् ।
– वसन्त घर्तीमगर (अभिषेक)
घर्तीगाउँ २ शीलचौर रोल्पा राप्ती

गजल ५
मर्नु अघि केही काम, गर्न पाएहुन्थ्यो ।
मीठो बास्ना चारैतिर, छर्न पाएहुन्थ्यो ।

मेची कोसी कर्णली छ, अनि माहाकाली ।
खोला नाला त्यो जंघार, तर्न पाएहुन्थ्यो ।

नानाथरी फुल्छ फूल, रङ्गीचङ्गी सबै ।
अझ धेरै रङ्गहरु, भर्न पाएहुन्थ्यो ।

मिच्छ यहाँ सिमा हाम्रो, सुस्त चुस्छ जहा ।
धावा बोली अघि–अघि, सर्न पाएहुन्थ्यो ।

मेरो देश मेरै भेष, आफ्नै पाँखाहरु ।
हिमचुली हेरी–हेरी, मर्न पाएहुन्थ्यो ।
– वसन्त घर्तीमगर (अभिषेक)
घर्तीगाउँ २ शीलचौर रोल्पा राप्ती




गजल सर्जक ७१
नाम – मगर पूर्णआले
ठेगाना – मोरङ् जाते ८
संलग्नता – उदाउदो तारा साहित्य समाज
हाल पेनाङ् मलेसिया

गजल १
जुन जस्तो तिम्रो मुहार छुन सकिन ।
चम्किला ति तारा पनि हुन सकिन ।

भेल बाँडी त धेरै आए दुःख लगेन ।
उभिरहे किनारामा रुन सकिन ।

बढी रह्यो ब्याथाहरु हरेक समय ।
मनको घाउ आँसुलेनी धुन सकिन ।

मायालुको संसारमा झेल हुन्छकी ।
लाउन उनलाई जिन्दगीमा गुन सकिन ।
– मगर पूर्णआले
मोरङ् जाते ८

गजल २
फूल राम्रो बंगैचामा बास्ना छर्दै फुलेपनि ।।
छैन खुशी यो मन अचेल जता–जता डुलेपनि ।।

सजाईरहे मुटुभरी पल–पल तिम्रा यादहरु ।
बाध्यतामा टाढा हुदा तिमिले मलाई भुलेपनि ।।

देखिदैन खेतबारी किन होला पहिले जस्तो ।
लहलाउदो धानको बाला आलीभरि झुलेपनि ।।

खै के जिउनु ब्यर्थै जिबन हृदयनै जलेर ।
बरफसरि पग्लिदिन्छ आशा जति चुलेपनि ।।
– मगर पूर्णआले
मोरङ् जाते ८

गजल ३
थाप्लो माथि ऋणबोकी बन्छन् परदेशी ।
चट्टानको पहाड पनि खनछन् परदेशी ।।

घर जग्गा धितोराखी जान्छन् पराइभूमी ।
तिरस्कारको झापट नि सहन्छन् परदेशी ।

पसिनाको थोपा अनि रगत बगाउँदै ।
बर्षौ पछि हास्दै मोहर गनछन् परदेशी ।

चांडपर्ब आउछ जान्छ दुःख मान्छिन् आमा  ।
नगर्नु पिर आमा सन्चैछु म भन्छन् परदेशी ।
– मगर पूर्णआले
मोरङ् जाते ८

गजल ४
चाहिदैन साथ तिम्रो बाटो अन्तै मोडेहुन्छ ।
साँगुरो छ जबिन मेरो मलाइ एक्लै छोडेहुन्छ ।

यथार्थमा जिउने गर्छु दुःख पिडा साथिमेरो ।
सक्दिन म खुशी दिन बन्धन हाम्रो तोडेहुन्छ ।

हजार हुन्छन् जिन्दगीका हामि हिड्ने बाटोहरु ।
हुन्न होला भेट हाम्रो घुम्टो अन्तै मोडेहुन्छ ।

नझार्नुहै आँशु तिमि याद मेरो आयोभने ।
चिनोहोला मायाको फूल जाने बेला गोडेहुन्छ ।

कता–कता सम्झनाले सताउदो हो छितिजपारि ।
याद दिने जति मेरा नासोहरु फोडेहुन्छ ।
– मगर पूर्णआले
मोरङ् जाते ८

गजल ५
भित्र भित्रै ढुकढुकी यो फुट्न लाग्यो थर्किएर ।
भुल्यौं क्यारे बाँचा कसम मायाको बिउ छर्किएर ।

थाहा छैन जिन्दगीमा कस्तो खेल खेल्यो दैब ।
आफ्नै भन्नेहरु पनि हिड्न थाले तर्किएर ।

दोबाटोको भट्टी पसल जस्तै भयो जिन्दगानी ।
बिन्ति भाउ गर्दापनि बोल्छन् तेसै झर्किएर ।

आफ्नै भन्ने संसारमा धर्मकर्म वास्ताहुन्न ।
चोट लाग्दा दुखियालाई हेर्ने हुन्न फर्किएर ।
– मगर पूर्णआले
मोरङ् जाते ८




गजल सर्जक ७२
प्रिन्स याक्खा (राजकुमार)
चापाभै ८ संखुवासभा
हाल– काबुल अफगानिस्तान

गजल १
साँझ पख डुबीजाने घाम भएछु म ।
जीवनको आधा अधुरो काम भएछु म ।

अरुको सेवा गर्दागर्दै आफू रित्तिएर ।
राज छोडी वनवास जाने राम भएछु म ।

चोखो माया गर्दागर्दै धोका हुन्छ कैले  
यो मायाको शहरमा बदनाम भएछु म ।

तिहारमा मलाई कुर्दा माला ओइलीगयो ।
चेलीदेखी दुरको एउटा गा’म भएछु म ।

स्वालम्वी बन्ने मेरो ठूलो इच्छा थियो ।
हिंड्दा हिंड्दै बिचबाटोमा जाम भएछु म ।
– प्रिन्स याक्खा (राजकुमार)
चापाभै ८ संखुवासभा

गजल २
धन कामाउन अफगान आ’को कथा जस्तो भयो ।
अफ्नै आगन परदेश भा’को कथा जस्तो भयो ।

कैले घाम कैले पानी कैले हिउँमा बन्दुक बोकी ।
डिउटी भन्दै रातदिन धा’को कथा जस्तो भयो ।

लड्दा–लड्दा दुष्मनसंग पिउने पानी नपाउँदा ।
भोक, प्यास मेट्न हिउँ खा’को कथा जस्तो भयो ।

गोली लागी साथी ढल्दा उस्कै फोटो माथी ।
वीरगतिको माला ला’को कथा जस्तो भयो ।

छुट्टी आउला छोरो भनी पर्खिने त्यो घरमा ।
बाकसमा हाली लास पठा’को कथा जस्तो भयो ।

बाचुन्जेल कामको मरेपछि ज्यानको दाम रे ।
जीवनबिमा पैसा पा’को कथा जस्तो भयो ।
– प्रिन्स याक्खा (राजकुमार)
चापाभै ८ संखुवासभा

गजल ३
पाथी पनि खुम्चिएर मानो भयो मेरो ।
मुरि पनि पाथी भन्दा सानो भयो मेरो ।

सडकमै जन्मे हुर्के सडकमै मर्नेछु म ।
खुला आकास ओत लाग्ने छानो भयो मेरो ।

परिचय के दिउँ म आमा सम्म चिन्या छैन ।
आफ्नै जीवन आफै संग विरानो भयो मेरो ।

कति हात फैलाउं जिन्दगीलाई अल्झाइ राख्न ।
भोको पेट बल्झिरहने गानो भयो मेरो ।

खाते नाम अनि सडक पेटी मेरो घर ।
आफ्नै भाग्य खुकुरीको अचानो भयो मेरो ।
– प्रिन्स याक्खा (राजकुमार)
चापाभै ८ संखुवासभा

गजल ४
बाँच्ने आशा मरीगयो रहर जिन्दगीको ।
फेरि पनि बाँच्नु पर्ने कहर जिन्दगीको ।

धन कमाई मिठो खाउँला भनी परदेश आएँ ।
सबै झूठ सावित भयो ठहर जिन्दगीको ।

आँफैलाई भन्दा धेरै माया गरे जसलाई ।
त्यही मोरीले पिलाई गई जहर जिन्दगीको ।

खोला उसको सागर उसको उसकै रारा फेवा ।
मेरो भन्नू सुक्यो आज नहर जिन्दगीको ।

लण्डन पेरिस न्युयोर्क जस्तै बनाउँछ भन्थें ।
मुर्दा बस्ने मसानघाट भयो शहर जिन्दगीको ।
– प्रिन्स याक्खा (राजकुमार)
चापाभै ८ संखुवासभा

गजल ५
सोचेको थें दुनियाँकै सुन्दर फूलभो तिम्रो माया ।
हैन रह्ेछ मुटुमाझ बिझाइ रहने सुलभो तिम्रो माया ।

साथमा हुँदा संसारकै खुसी पाए जस्तो भा’थ्यो ।
छुटि जांदा जिन्दगीकै ठूलो भुलभो तिम्रो माया ।

पिरतीको डुङ्गा चढाई माहासागर तार्छु भन्थेयौ ।
तर आज त्यही भत्किएको पुलभो तिम्रो माया ।

तिमी ठूलो घरानकि ठुलै नाता रोज्यौ आखिर ।
मेरो जातको पानी नचल्ने कुलभो तिम्रो माया ।

खुसी–खुसी सजाउने सपनाहरु बुनेको थिंए ।
खुसी बगाइलाने आँसुको मूलभो तिम्रो माया ।

माया बस्ने मुटुभरी चोटै–चोट भरी दियौ ।
सद्दे मुटु दुखाइ बाँच्ने कबुलभो तिम्रो माया ।
– प्रिन्स याक्खा (राजकुमार)
चापाभै ८ संखुवासभा




गजल सर्जक ७३
नाम  – रमेश केसी
पिताकोनाम  – पदम केसी
माताकोनाम  – प्रेमकला केसी
स्थाईठेगाना  – अर्घा ३ गैरासक्रेटी अर्घाखाँची लुम्बिनी
अस्थाईठेगाना  – अलदजीज कुवेत
शैक्षिकयोग्यता  – इनटर मिडीयट (मेजर अङ्ग्रेजी)

गजल १
सुन्दर गाँउँ रमाइलो ठाउँ, हाम्रो अर्घाखाँची हजूर ।
रम्नपाऊ देख्नपाऊ, सयौ बर्ष बाँची हजूर ।।

अर्घाको पूर्णिमा  हाम्रो, मनोरन्जन धेरै हुन्छ ।
सुख–दुःख बाँटौ सवले, भेलाभई नाँची हजूर ।।

स्वच्छ मनले बर माग्नुस, मिल्छ पाइन्छ अवश्यनै ।
नपत्याए सुपामाईलाइ हेरौ, अहिले जाँची हजूर ।।

घुिति त्यो ंनरपानी, चुनढुङ्गाको खानी भा’छ ।
ब्यापारीले पैसा गन्छन्, हातका औला भाँची हजूर ।।

कस्ले भुल्छ सुन्दर बजार, सबको हजार सन्धिखर्क ।
निम्तो मेरो सबैलाई, आउनुस माया साँची हजूर ।।
– रमेश केसी
अर्घा ३ गैरासक्रेटी अर्घाखाँची लुम्बिनी

गजल २
सोद्धा कस्ले देखेंभन्छ ? मुटुभीत्र घाउथीयो ।
त्यही घाउलाइ पीडा दिई प्राण त्याग्ने दाउथीयो ।।

न हुत्याएर फ्याक्नसके, न उठाएर राख्नसके ।
प्राणलाइ कुल्चिदिने त्यै निष्ठुरीको पाउथीयो ।।

उसको गल्ती लुकाएर आफ्नै बदनाम गरेपनी ।
हसाईको खित्का छोड्ने पहिलो उसको नाउथीयो ।।

कुर्बानीमा सुम्पिएनी यो शरीरका प्रतेकअङ्ग ।
उस्को लागी दिलभित्र छुट्टै एउटा ठाउथीयो ।।

पर्खाइको पाहुना भेटी सांझपख बासदिंदा ,
बाहिरबाट ढुंगाहान्ने उस्कै समाज गाउथीयो ।
– रमेश केसी
अर्घा ३ गैरासक्रेटी अर्घाखाँची लुम्बिनी

गजल ३
टुटे फुटेको थाल, देखेर मन रुन्थ्यो ।
भित्रै बारेको पर्खाल, देखेर मन रुन्थ्यो ।।

च्यापीराथ्यो गरीबीले,  शिर नउठ्ने गरी ।
आमाको दुब्लो जीउडाल, देखेर मन रुन्थ्यो ।।

खुस्किहाले मेरा बावा, इलाज पानी नपाएर ।
गरीबको यस्तो काल, देखेर मन रुन्थ्यो ।।

भएको त्यो झुप्रोपनी, साहुले कब्जा गरेपछी ।
आफ्नै अबस्था बेहाल, देखेर मन रुन्थ्यो ।।
– रमेश केसी
अर्घा ३ गैरासक्रेटी अर्घाखाँची लुम्बिनी

गजल ४
नुन देखाई, सुन लुट्ने दुनियानै जालीरैछ्र ।
अन्धोकानुन, फुस्रो हातेजमातको तालीरैछ्र ।।

ढकमक्क फूलै फूलल,े ढाकेपनी मृतक शरीर ।
आत्मा उड्यो, देह ढल्यो, नाऊमात्र खालीरैछ्र ।।

रोग लागी फूलकाथुङ्गा, ओंइलाएर भुईझर्दा ।
अत्तालिदै छाती पिटी, गुहार माग्ने मालीरैछ्र ।।

जवानीमा खस्यो कठै ! कालगतीले बिर्खेमाइलो ।
उता माइली इट्टा बोकी घरधान्न थालीरैछ्र ।।

उ बेलामा बिदेश लागें ठूलैभाग छोप्छु भन्दै ।
घरी–घरी श्ररापदिने आफ्नै खेत बालीरैछ्र ।।
– रमेश केसी
अर्घा ३ गैरासक्रेटी अर्घाखाँची लुम्बिनी

गजल ५
पृथकमय तस्बीरले बिगतलाइ थमायो ।
झल्कोफुटी झिल्कोबनी हृदयबिच समायो ।।

बटुलेर मनका आँशु फर्काएपनी मुटुभित्र ।
प्वाल रहेछ भुई खसी अन्जानमै रमायो ।।

बेचिएछ आत्मा नुन तेलको मोल भाउमा ।
बैरागीले जीबन धान्न दुईपैसा कमायो । ।

तक्दीरको मैदानमा मायालुको कमीहुँदा ।
निस्कीएका आँशुपनी खडेरी भै छमायो ।।

भाग्छु भन्दै कम्मर कसें दुनियाको नजरबाट ।
नियतीले अवरोध तेर्साई मेरै नाम ठमायो ।।
– रमेश केसी
अर्घा ३ गैरासक्रेटी अर्घाखाँची लुम्बिनी





गजल सर्जक ७४
नाम ः घनश्याम मुडभरी ‘एकलयात्री’
जन्मस्थान ,स्थाईठेगाना ः नुवाकोट कुमरी १, रुपिङग
हाल ः दोहा कतार
शिक्षा ः साधारण लेखपढ
लेखन ः ऐतिहाँसिक सँयूक्त गजल सङ्ग्रह प्रवाशका अक्षरहरु,
परिवर्तन सर्गम साहित्यसमाज नेपाल बार्षिक पत्रीका, अन्य पत्रपत्रीका र रेडियो कार्यक्रम ।
संलग्नता ः अन्र्तराष्ट्रीय कलाकारसमाज दोहा, कतार (सदस्य)
अन्र्तराष्ट्री यकलाकार मन्च दोहा, कतार (सदस्य)
परिवर्तन सरगम साहित्यसमाज, नेपाल (प्रवाशीअध्यक्ष)


गजल १
स्वच्छ अनि हराभरा हाम्रो प्यारो नुवाकोट ।
धान फल्ने गरा–गरा हाम्रो प्यारो नुवाकोट ।।

अनेकौँ छ भाषा भेष मिलाप छ आपसमा ।
अझ छुट्टै परम्परा हाम्रो प्यारो नुवाकोट ।।

त्रीशुलीको कल–कल मनै लोभ्याउने आहा !
चिरबिर अनेक चरा हाम्रो प्यारो नुवाकोट ।।

साततले दरबार सँगै सुन्दर छ बस्ती ।
घुम्नुस कुना कन्दरा हाम्रो प्यारो नुवाकोट ।।

जति पियो पिईरहूँ लाग्ने शुद्ध चिसोपानी ।
अझ छाँगा र छहरा हाम्रो प्यारो नुवाकोट ।।
– घनश्याम मुडभरी ‘एकलयात्री’
नुवाकोट कुमरी १, रुपिङग

गजल २
बिग्रिएको समय तिम्रो पनि हुनसक्छ ।
पिडै–पिडा उदय तिम्रो पनि हुनसक्छ ।।

घृणाको सागरमा डुब्नुपर्ने छैन पक्का ।
एकदिन प्रणय तिम्रो पनि हुनसक्छ ।।

आक्रमण गरियो मलाईनै पछिबाट ।
ज्यान मार्ने आशय तिम्रो पनि हुनसक्छ ।।

यति धेरै पाप त नगरेकै राम्रो होला ।
कुनै दिन प्रलय तिम्रो पनि हुनसक्छ ।।
– घनश्याम मुडभरी ‘एकलयात्री’
नुवाकोट कुमरी १, रुपिङग

गजल ३
मानबता ढलाईयो आफ्नै आँखा सामुन्नेमा ।
अझ घर डढाईयो आफ्नै आँखा सामुन्नेमा ।

म न्याय पाउन सधैँ लडिरहेँ लडिरहेँ ।
उसकै हक जमाई आफ्नै आँखा सामुन्नेमा ।।

म लाचार बनि बस्न बिवश थिएँ हजुर ।
मेरो बोली दबाईयो आफ्नै आँखा सामुन्नेमा ।।

सुस्ता किन खुम्चिँदैछ भनि सोचेँ सधैँ–सधैँ ।
आफ्ना बाटै लुटाईयो आफ्नै आँखा सामुन्नेमा ।।

अन्धकार हटाउन सानो दीप बालेकोथेँ ।
त्यही पनि निभाईयो आफ्नै आँखा सामुन्नेमा ।।
– घनश्याम मुडभरी ‘एकलयात्री’
नुवाकोट कुमरी १, रुपिङग

गजल ४
म परिवर्तन हुँदैछु केही समयकालागी ।
लड्ने प्रयास जारीछ अझै बिजयकालागी ।।

उस्ले किन बारम्बार आक्रमण गरेकोहो ?
उत्सुकता जागेकैछ जान्ने आश्यकालागी ।।

रातो गुलाब बोकेर आयो कोही परबाट ।
हुन सक्छ उपहार पक्का प्रणयकालागी ।।

आईनस्टाईन बन्नेछु भन्दैथ्यो एकबच्चा ।
सानैदेखी सोच्दैछौ ठूलै प्रलयकालागी ।।

अँध्यारोमै रमाउन सिक्नुपर्छ तिमीपनि ।
कालो रात ढल्नैपर्छ सूर्य उदयकालागी ।।
– घनश्याम मुडभरी ‘एकलयात्री’
नुवाकोट कुमरी १, रुपिङग

गजल ५
खन्छु आफ्नै पाखाबारी उब्जाउँछु अन्नबाली ।
फाँड्छु सबै सिस्नोघारी उब्जाउँछु अन्नबाली ।।

गोलभेँडा खुर्सानी र रायो तोरीदाना छरी ।
पछि त्यही बेर्नासारी उब्जाउँछु अन्नबाली ।।

रात दिन माटो खन्दै खेतबारी दुलोपार्ने ।
किरा अनि मुसामारी उब्जाउँछु अन्नबाली ।।

चैतमास खडेरीभै पानी नपरेता पनि ।
वारीखोला पारी तारी उब्जाउँछु अन्नबाली ।।

आँशु झारी मैले रुँदा रमाउने सबै–सबै ।
दुश्मनको शेखीझारी उब्जाउँछु अन्नबाली ।।
– घनश्याम मुडभरी ‘एकलयात्री’
नुवाकोट कुमरी १, रुपिङग




गजल सर्जक ७५
नाम – युवराज गौतम अन्तरमुखी
गल्लेरी ६ धादिङ्
हाल कतार

गजल १
नेपाली हामी विश्वको यहाँ, कुनामा छ¥याछ ।
नपाई घुँट्को पानीको यहाँ, जीवन म¥याछ्र्र ।

त्या् स्वर्गजस्तो देशमा हामी, जन्मेर के भयो ।
बाध्यता प¥यो त्यो स्वर्गछोड्ने, नर्कमा झ¥याछ्र ।।

सम्झेर आफ्नो त्यो मातृभूमी, यो मन फाट्दछ ।
मनको व्याथा लुकाएर पनि हाँस्नलाइ प¥याछ्र्र ।।

सबैको आँखा लागेकोछ नि यो हाम्रो देशमाथि ।
यो हाम्रो भाग्य आफ्नैले हो कि अरुले ह¥याछ ।।

बालक कालमा खोला र नाला खेलेर हुर्कियो ।
उमेर सङग दायित्व बढ्यो समुन्द्र त¥याछ ।।
– युवराज गौतम अन्तरमुखी
गल्लेरी ६ धादिङ्

गजल २
वैवाहिक जीवन संग नारिदैछु हजुर ।
पहिले जस्तो  खुल्ला हुन्न बारिदैछु हजुर ।।

आज सम्म बा आमाको थाप्लो माथि खेले ।
अब आफै घर ब्यबहारमा खारिदैछु हजुर ।।

हजुर जत्ता हे¥यो उतै रित्ता ेसमस्याको खाल्टो ।
त्यसै भित्र म आँफू नमजाले झारिदैछु हजुर ।।

आफ्नो भन्दा अरुको नै इच्छा भयो ठुलो ।
बाध्यताको प्रहारले जन्जीरमा मारिदैछु हजुर ।।

गजल ३
समस्याको हल खोज्दै परदेश आएँ ।
आर्थिक बल खोज्दै परदेश आएँ ।।

जिउमा छैन सद्धे वस्त्र उनको ।
एउटा राम्रो सल खोज्दै परदेश आएँ ।।

भाग्यलाई दोष दिएँ बिधाताले छल्यो ।
आज उस्कै छल खोज्दै परदेश आएँ ।।

घर मुनिको त्रिशुली नदेखेर मैले ।
रेगिस्थानमा जल खोज्दै परदेशआएँ ।।

विदेशमा त बोटमै पैसा फल्छ झै गरी ।
बोट उमार्ने दल खोज्दै परदेश आएँ ।

हिरा फल्ने उर्वर माटो नसकेर चिन्न ।
वालुवामा फल खोज्दै परदेश आएँ ।।
– युवराज गौतम अन्तरमुखी
गल्लेरी ६ धादिङ्

गजल ४
जवानीको घैला मेरो फुटाइदेउन कान्छा
अर्धैयको बाँध मेरो टुटाइदेउन कान्छा

चारैतिर छरिएर किन तागत आउँथ्यो
चारहात चारपाउ जुटाइदेउन कान्छा

यो जवानी पोखिएर खेर गयो सारा
मायालु मान्द्रोमा उठाइदेउन कान्छा

खाउला नी मिलेर हामी बाँडीचुडी
लौन प्रेमिल धान कुटाइदेउन कान्छा

तिमिलाई पाउने चाहानामा मन मुटु फाट्यो
संगै साथमा राखी मुटु खुटाइदेउन कान्छा
– युवराज गौतम अन्तरमुखी
गल्लेरी ६ धादिङ्

गजल ५
राजधानी जाने आउने मुख्य बाटो धादिङ्मा छ्र
नेपालकै ठूलोटार सल्यानको पाटो धादिङ्मा छ्र

काठमाडौमा खपतहुन ेआधा भन्दा झन्डै धेरै
थरी–थरी सब्जी फल्ने उर्वर माटो धादिङ्मा छ्र्र

आँखु थोपल त्रिशुली नदी नाला भएर नि
अझै अन्धकारमा बस्नुपर्ने ठूलै घाटो धादिङ्मा छ्र्र

देशको मुहार फेर्छु भनी युदद्धमा होमीएका
ज्ञात अज्ञात सहिदको खुनको टाटो धादिङ्मा छ्र्र
– युवराज गौतम अन्तरमुखी
गल्लेरी ६ धादिङ्





गजल सर्जक ७६
नाम ः ईश्वर राई (लभली इश्वर लजालु राई)
जन्मस्थान ः काभ्रेपलाञ्चोक महादेवस्थान ९ वनघर
हाल ः काठमाडौ, गोंगबु
माता ः रिता राई
पिता ः सुकदेव राई
शिक्षा ः साधारण
साहित्यिक यात्रासुरु ः २०६९–०३–०७
प्रकाशोन्मुख कृति ः लजालु ईश्वरको नयाँ बीजको मुना (गजलसङ्ग्रह)
रचनाप्रकाशन ः अनलाईन वेबसाईटहरु र रेडियो एफएममा

गजल १
हरियाली भरिपुर्ण हेर्नलाई आउ काभ्रे जिल्ला ।
डाडाँ काँडा जताततै रमाईलो ठाउँ काभ्रे जिल्ला ।

काभ्रे पनौती नमोबुद्ध मन्दिर अति प्रचलित छ ।
भगवती पलाञ्चोक माईथान जाउँ काभ्रे जिल्ला ।

लालिगुँरास फुल्छ ढकमक्क वन जंगल झर्ना उस्तै ।
जता हे¥यो उतै हेरौ–हेरौ लाग्ने गाउँ काभ्रे जिल्ला ।

खेति पातीले सजिएको फाँटहरुमा देख्छु किसान ।
सँधैभरि यसरीनै वयान गर्नपाउँ काभ्रे जिल्ला ।

नगरकोटमा पर्यटकको बासस्थान चुलिदै गा’छ ।
अझै सुन्दर मनमोहक नामी बनाउँ काभ्रे जिल्ला ।

तराइ गर्मि हिमाल जाडो मध्यप हाडीभेग मेरो ।
आइ शितल शान्त छहारीमा रमाउँ काभ्रे जिल्ला ।
– ईश्वर राई (लभली इश्वर लजालु राई)
काभ्रेपलाञ्चोक महादेवस्थान ९ वनघर

गजल २
म आज एक्लो भएकोछु यो प्रहरमा तिमीबिना ।
भौतारीरहेछु एक्लै–एक्लै यो बगरमा तिमीबिना ।

तिमीले नै छोडी गएपछि अब म बाँचु कसरी ।
फर्की आउन शुन्य भा’छु यो घरमा तिमीबिना ।

चुनौहरु सामना गर्न धेरै मुस्किल छ मलाइ ।
अघि बढ्न जिन्दगीको सफरमा तिमीबिना ।

छोडीजाने भए मलाइ यादहरु नपठाउ सानी ।
श्वास मेरो नखुल्ने भयो अधरमा तिमीबिना ।

सानु म चाहन्न कहिल्यै तिमीलाइ नराम्रो होस ।
छाउँदैनन् रोशनीहरु यि नजरमा तिमीबिना ।।
– ईश्वर राई (लभली इश्वर लजालु राई)
काभ्रेपलाञ्चोक महादेवस्थान ९ वनघर

गजल ३
भक्कानीदै सबै सामु भल्को आँशु नवर्षाउनु ।
अर्थी माथी मलाई राख्दा फूलमाला पर्छाउनु ।

रङगीन त्यो तिम्रो जीवन साधा गर्दै नगर्नु ल ।
सिन्दूर पोते ति हातका चुरा बाला नचर्काउनु ।

बाबा आमा छोरा छोरी सबैलाई खुशी पार्नु ।
रिसाएर कहिल्यै पनि मुन्टो अन्तै नमर्काउनु ।

म तिम्रो साथ नरहेनि सन्तान हेरी बाँच्नु प्यारी ।
बिगत सम्झी एकान्तमा आँशुधारा नदर्काउनु ।

एक्लो देखेर समाजले नाना थरी कुरा गर्लान ।
कमजोर बनी तिमी आफ्नो पाईला नफर्काउनु ।
– ईश्वर राई (लभली इश्वर लजालु राई)
काभ्रेपलाञ्चोक महादेवस्थान ९ वनघर

गजल ४
ए मेरी हृदयकी रानी तिमी कहाँ छौ ?
आई पिलाईदेउ पानी तिमी कहाँ छौ ?

पानि बिनाको माछी झैँ म तड्पी बसेकोछु ।
यि आँखाकी कोमल नानी तिमी कहाँ छौ ?

सुवास लीइ हँसिली चन्द्रमा झै उजेली तिमी ।
मलाइ मनपर्ने तिम्रा ेबानी तिमी कहाँ छौ ?

यादआउँछ पल–पल झस्किन्छु तिम्रैयादमा ।
मेरो  खुशी अनि जिन्दगानी तिमी कहाँ छौ ?

मेरो निम्ती नहोला स्थान तिम्रो त्यो दिलभित्र ।
कि रोज्यौ अरु छानी–छानी तिमी कहाँ छौ ?

सोच्या पनि थिएन मैले बदलीन्छौ तिमी भनि ।
गल्ति भयो टाढियौ जानी–जानी तिमी कहाँ छौ ?
– ईश्वर राई (लभली इश्वर लजालु राई)
काभ्रेपलाञ्चोक महादेवस्थान ९ वनघर

गजल ५
म फर्कि आउँदैछु खाडीलाई छोडेर प्यारी ।
तिम्रै यादमा यो मनमा खुशी जोडेर प्यारी ।

सपना सारा अधुरो हुन दिनेछैन कहिल्यै ।
आएकोछु फूलरोपी माय गोडेर प्यारी ।

नसम्झ मलाई बाचा कसम भुलेछ भनेर ।
एकै रथमा चल्न आए बाटो मोडेर प्यारी ।

म भित्रको अहमत ात्यागी तिमी सङ्ग रम्न ।
आउँदैछु म फाँसीको बिल्ल तोडेर प्यारी ।

विछोड हुँदा यो मन कत्ति तड्पेकोछ आज ।
अंगालोमा राख्दै रुन्छु आँशु फोडेर प्यारी ।
– ईश्वर राई (लभली इश्वर लजालु राई)
काभ्रेपलाञ्चोक महादेवस्थान ९ वनघर




गजल सर्जक ७७
नाम ः नविन प्रभात
जन्मस्थान ः सर्भाग भुटान
नेपालको ठेगाना ः शनिश्चरे १, मोरङ् नेपाल
वर्तमान ठेगाना ः विन्निपेग, मनितोबा, क्यानाडा ।

गजल १
आँसुखसि आँसु सुक्यो तिमिले माया मारेपछ्रि ।
घाँटीदुखी स्वर फुक्यो तिमिले माया मारेपछी ।

निस्ठुरी नै रै’छौ तिमि एकपटक नि सोचीनौ ।
कुर्दाकुर्दै घामै लुक्यो तिमिले माया मारेपछ्र्रि ।

कयौ पटक हारे मेरा तिमिलाई भेट्ने यात्राहरु ।
ठेसलाग्दा बिचमै चुक्यो तिमिले माया मारेपछि ।

कुनै ठूलो गल्ति मैले ग¥याछैन जस्तो लाग्छ ।
दुनियाले थुक्नु थुक्यो तिमिले माया मारेपछि ।

जिन्दगीले हारमानी अन्त कतै गएपछि ।
बिरानो ठाउँ सिर झुक्यो तिमिले माया मारेपछि ।
– नविन प्रभात
शनिश्चरे १, मोरङ् हाल, क्यानाडा ।

गजल २
खेदिएका मान्छे हामी, सर्दै–सर्दै विदेशआयौं ।
निरङकुशक ागोलि खाइ, मर्दै–मर्दै विदेशआयौं ।

काटिएका र कुटिएका,  हाम्रा शरीरबाट ।
बगेका ति खुनका नदि, तर्दै–तर्दै विदेशआयौं ।

जाति, धर्म र संस्कृति, खतरामा पर्ने भन्दै ।
अनौठो यो यात्रा दोधार, पर्दै–पर्दै विदेशआयौं ।

वियोगले ति छाती, छिया–छिया परेपछि ।
कुनै दिन भेट्ने आशा, गर्दै–गर्दै विदेशआयौं ।
– नविन प्रभात
शनिश्चरे १, मोरङ् हाल, क्यानाडा ।

गजल ३
आशाहरु साँचेकैथे, मातृभूमि फिर्ने आशमा ।
बिस्वाशमा बाँचेकैथे, मातृभूमि फिर्ने आशमा ।

कयौं प्रयास खेरगए, बालुवामा पानीसरि ।
दिलमा राष्ट्र टाँसेकैथे, मातृभूमि फिर्ने आशमा ।

बसाईंसर्ने, आप्रबाशी, गैर नागरिक भनेपनि ।
सत्य प्रमाण गाँसेकैथे, मातृभूमि फिर्ने आशमा ।

पुनर्बासका आवाजहरु गुञ्जिरन्थे सबका कानमा ।
त्यही मोह माँसेकैथे, मातृभूमि फिर्ने आशमा ।

विधाताले ठग्यो हामिलाई, मात्री बिना बाँच्नुपर्यो ।
बालक बृद्धा हाँसेकैथे, मातृभूमि फिर्ने आशमा ।
– नविन प्रभात
शनिश्चरे १, मोरङ् हाल, क्यानाडा ।

गजल ४
सोच्दैछु म आफैंभित्र हराएको त छैन ?
आफ्नै छायासंग कतै डराएको त छैन ?

अनौठो महसुस गर्दैछु जिन्दगीमा आजभोलि ।
गलत गर्न आफैलाई आँफू अराएको त छैन ?

एक्लै बस्न रुचाउँछु टोलाएर एकान्तमा ।
कुरा खेल्दा मनले कतै कराएको त छैन ?

टुना–मुना, फाक–फुक अनि के–के गरि ।
कसैले मलाई यस्तो गराएको त छैन ?

प्रेमरोग लाग्यो होला भन्छन् सबै साथिहरु ।
पल्लो घरकी कालीलाई मन पराएको त छैन ?
– नविन प्रभात
शनिश्चरे १, मोरङ् हाल, क्यानाडा ।

गजल ५
नसोध प्रिय मलाई फेरीकहाँ दुख्दैछ भनेर ।
खसेका अश्र्रुधारा आँसुकहाँ सुक्दैछ भनेर ।

यहाँ मेरो देश खतरामा पर्दै गरेको बेला ।
तिम्रो शिर बैरीसामु किन झुक्दैछ भनेर ।

उता दक्षिणबाट सिमा स्तम्भ उखेलेर सार्दैगर्दा ।
तिमि सोद्दछौ मेरो बिरता कहाँ लुक्दैछ भनेर ।

राजनीतिक स्वार्थको कारण बिक्रि हुदैछ हाम्रो देश ।
अन्जान बनि नसोध स्वाभिमान किन फुक्दैछ भनेर ।

म त बाधिएकोछु, चाहेरनी केहि गर्न सक्दिन ।
बरु सोध नेतालाई सम्झौतामा कहाँ चुक्दैछ भनेर ।
– नविन प्रभात
शनिश्चरे १, मोरङ् हाल, क्यानाडा ।




गजल सर्जक ७८
नाम ः रामप्रसाद चौधरी ‘अनुरागी’
स्थायी ठेगाना ः हेकुली ८ दाङ्
अस्थायी ठेगाना ः पोट केलाङ् मलेसिया,
जन्ममिति ः २०५०–१–१५ गते
बुवा आमा ः दिवलाल थारु, भुसीया थरुनी

गजल १
मेरा आँखा वरिपरि तिमीलाईनै देख्छु ।
अंगालोमा घरीघरी तिमीलाईनै देख्छु ।

पल–पल सम्झिन्छु तिमीलाईनै सँधै ।
भित्र मुटु मनभरी तिमीलाईनै देख्छु ।

तिम्रो सुन्दरताको बयान गरु कसरी ।
स्वार्गकी परिसरी तिमीलाईनै देख्छु ।

चैत बैशाखको सुख्खा खडेरीमा पनी ।
श्रावनको पानीझरी तिमीलाईनै देख्छु ।

सुन्दर बगैँचामा फूल–फूलको सीर तिमी ।
मगमगाउदो फूल मन्जरी तिमीलाईनै देख्छु ।
– रामप्रसाद चौधरी ‘अनुरागी’
हेकुली ८ दाङ्

गजल २
सपनाका महलहरु टुटेको जिन्दगानी ।
रुदै–रुदै आँशुमा डुबेको जिन्दगानी ।

व्यार्थै माया लाएछु निष्ठुरी तिमीसंग ।
कोपिलामा नफुल्दै झरेको जिन्दगानी ।

तिम्रा याद सम्झनाहरु भुलाउनलाई ।
साँझ बिहान भट्टी पसेको जिन्दगानी ।

संगै बिताएका पलहरु सम्झिएर यहाँ ।
जिउदो लास आज बनेको जिन्दगानी ।
– रामप्रसाद चौधरी ‘अनुरागी’
हेकुली ८ दाङ्

गजल ३
उसकै यादमा तडपिएर बाँचीराछु एकान्तमा ।
पुरानो याद सम्झिएर बाँचीराछु एकान्तमा ।

भुल्न सकिन मैले केहीगरी तिमीलाई यहाँ ।
सहारा रक्सी लिएर बाँचीराछु एकान्तमा ।

जिउनलाई साथ मेरो भट्टी तिरै हुनथाल्यो ।
पिउने पिउँदै मुटु सिएर बाँचीराछु एकान्तमा ।

साथ छोडेर गयो बाचा कसम तोडेर गयो ।
रुदै–रुदै म खिएर बाँचीराछु एकान्तमा ।
– रामप्रसाद चौधरी ‘अनुरागी’
हेकुली ८ दाङ्

गजल ४
तिम्रै नामको सिन्दुर भर्छु भन्ने गर्थी यही जुनीमा ।
ओढी घुम्टो नजिक सर्छु भन्ने गर्थी यही जुनीमा ।

बुनि सपनाका महलहरु यो मन भित्र–भित्र ।
तिमी संगै जिउछु मर्छु भन्ने गर्थी यही जुनीमा ।

बनी तिम्रै अर्धाङ्गिनी हरेक पल यादहरुको ।
प्रियराजा सेवा गर्छु भन्ने गर्थी यही जुनीमा ।

जिन्दगीको हरेक साथी भएर सधैँ तिमीसंग ।
खोला नाला संगै तर्छु भन्ने गर्थी यही जुनीमा ।
– रामप्रसाद चौधरी ‘अनुरागी’
हेकुली ८ दाङ्

गजल ५
हे युवा जाग्नुपर्छ देश बचाउनलाई ।
अब हामी लाग्नुपर्छ देश बचाउनलाई ।

कति सहने सामान्ति अत्याचार मात्र ।
अधिकार माग्नुपर्छ देश बचाउनलाई ।

बीर नेपालीका सपूत हो हामी भनेर ।
शान्ति अब डाक्नुपर्छ देश बचाउनलाई ।

हत्या र हिम्सा छोडेर देश बनाउनलाई ।
भष्टाचारी भाग्नुपर्छ देश बचाउनलाई ।

सुन्दर नेपाल बनाउने सपना बोकेर ।
पिडाहरु नाग्नुपर्छ देश बचाउनलाई ।
– रामप्रसाद चौधरी ‘अनुरागी’
हेकुली ८ दाङ्



गजल सर्जक ७९
नाम – पहल बहादुर थामी
ठेगाना – दोलखा २ चिंलखा गाबिस खार्तल
आमा – पत्नीमाया थामी
जन्मदिन – २०५०–४–१
हाल – मलेसिया जोहोरबारु जोहोर

गजल १
पल–पल मरेर पनि त जिएर बाँचे म ।
रोकिएनन् आशुँका धारा पिएर बाँचे म ।।

मैले पनि त कसैसंग मुटु साटेको थिए ।
टुक्राइदियो त्यहि मुटु सिएर बाँचे म ।।

मेरो माया लत्याएर पराइको डोलि चढि ।
समाजमा शिर झुकाइ निहुरिएर बाँचे म ।।

भन्छन् सबै तिमिले यो कस्तो माया लाएका ।
मुटु जलाई उसैलाई सम्झिएर बाँचे म ।।

पल–पलमा उस्कै यादले सताँउछ किन ?
उसलाई भुल्न नशा साथैमा लिएर बाँचे म ।।
– पहल बहादुर थामी
दोलखा २ चिंलखा गाबिस खार्तल

गजल २
धन कमाउने आशमा घरछोडि बिदेश आए ।
बिदेश कस्तो हुदो रहेछ बल्ल पो थाह पाए ।।

न धन कमाउन सके न त आफन्त साथमा ।
एक्लैहुँदा बिरानो ठाँउमा निकै आशुँ बगाए ।।

घरमा आमाले पस्किएको ढिडो र साग सम्झि ।
खानेबेला आशुँका थोपा तप–तप थालीमा खसाए ।।

कम्पनीनै नचलेपछि इलिगल हुन वाध्यभए ।
इलिगल हुँदा प्रवासमा कष्टसंग दिन कटाए ।।

कति मिठास पनहरु संगालेको थिए मनमा ।
थाहा छैन सपनाहरु खै आज कता बिलाए ।।
– पहल बहादुर थामी
दोलखा २ चिंलखा गाबिस खार्तल

गजल ३
अचम्मछ मलेसियामा गाई चराँउछन् नेपाली ।
माया बस्छ एउटासंग यतै हराँउछन् नेपाली ।।

बर्तमान नै सम्हाल्न, सकिरहेका छैनन् तर ।
मिठा–मिठा सपनादेखि वर्रवराँउछन् नेपाली ।।

स्थानिय गुण्डा संग मिलेर कसैले यहाँ ।
आफ्नै साथीलाई लुटिने गराँउछन् नेपाली ।।

छैन यहाँ भाईचारा, छैन यहाँ एकता हजुर ।
कठै ! यहाँ नेपालीसंगै डराउछन् नेपाली ।।

धन कमाउन आएर यहाँ यो गती हुन्छ भने ।
बिदेश जान व्यर्थ किन लर्रखराउछन् नेपाली ।।
– पहल बहादुर थामी
दोलखा २ चिंलखा गाबिस खार्तल

गजल ४
उनको रुप बिस्तारै मलाई मन पर्दैगयो ।
त्यो हाँसोले मेरो दिलमा बसन्त छर्दैगयो ।।

सुशील थिइन सुन्दर थिइन् फूलजस्ती उनि ।
चोरी भएछ यो मन मेरो हलचल गर्दैगयो ।।

पापी यो समाजको नजर लाग्दा उनि माथी ।
उनको जीबन ओइलिएको पातझैं झर्दैगयो ।।

हाम्रो मायाको बीचमा आयो कोहि तरवार बनेर ।
छुट्यो माया हाम्रो नाता झनै पर सर्दैगयो ।।

जसलाइ मैले मुटुभित्र लुकाइरहेँ सधैभरि ।
उसैलेनै डोली चढी वाइ–वाइपो गर्दैगयो ।।
दोलखा २ चिंलखा गाबिस खार्तल

गजल ५
पाएपछि  मायामा धोका ,ढाँट्न सिके मैले ।
सिकाई उसैले मायामा, फाट्न सिके मैले ।।

उसको नक्कली मायामा, धोका पाए देखि ।
अनेक थरीको नशा पिउदै, मात्न सिके मैले ।।

झुठो मायाले धोका दियो, पागलझैँ भए ।
उसको नाम लिदै कुरा, काट्न सिके मैले ।।

धोकानै धोकाले दिन दिनै, पागल बनाउँदा ।
अनुभव बाट साँचो प्रेम, छाँट्न सिके मैले ।।

पागल भएको बेला कोहि, शाहारा बनेर आयो ।
आज फेरी उसैसंग मुटु, साट्न सिके मैले ।।
– पहल बहादुर थामी
दोलखा २ चिंलखा गाबिस खार्तल

No comments:

Post a Comment