Sunday 18 January 2015

गजल सर्जक ९० बाट १०३ सम्मका सामुन्द्रिक छल्का गजलकाहरुको गजल (क,ख र ग समेत)

गजल सर्जक ९०

नाम  ः सन्दिप सङग्रोला ‘दिलदुःखी’
ठेगाना  ः सुङनाम ४ तेह्रथुम माझखर्क
बाबा  ः चितबहादुर सङग्रोला
आमा  ः स्व. डम्मरकुमारी सङग्रोला
जन्म ः २०४४–०८–२३
रुची ः साहित्य, समाजसेवा
(पुनश्च  ः यी गजलहरु स्वगिर्य आमा डम्मरकुमारी सङग्रोलालाई समर्पन गर्न चाहन्छु)

गजल १
दुर्गम कहि सुगम सेरोफेरो तेह्रथुमको ।
कैले होला पूर्ण बिकाश मेरो तेह्रथुमको ।।

पॉचथर, संखुवाशभा, ताप्लेजुङ् हुदै ।
धनकुटाको बिचमा छ घेरो तेह्रथुमको ।।

सुर्योदया मेन छया यमको ह्यार्तुङ, झरनाहेर्न ।
सुधार खोजौ बाटो छ अप्ठेरो तेह्रथुमको ।।

बैदेशिक रोजगार, कृषि अनि थोरै व्यापार ।
अर्थतन्त्र धान्ने यो सुजेरो तेह्रथुमको ।।

छब्विस वटा गाबिस छन् एकनगर सँगै ।
बिकासउन्मुख पाखा पखेरो तेह्रथुमको ।।

जात, धर्म, भाषा मिश्रित सबको साझाथलो ।
यसैमा छ गर्व म बचेरो तेह्रथुमको ।।
– सन्दिप सङग्रोला ‘दिलदुःखी’
सुङनाम ४ तेह्रथुम

गजल २
चुसेउ जिन्दगीलाई अघाएर गयौ ।
खुशी जिन्दगीका भगाएर गयौ ।।

उठायौ फाईदा मेरो विश्वाश माथी ।
हृदयमा छुरा मेरो लगाएर गयौ ।।

बिसिर्यौ झुपडीलाई आज हुँदा महलमा ।
किन होला किर्ते आँशु बगाएर गयौ ।।

लियौ हाँसो सारा दियौ आसुधारा ।
पलभर त बाँच्न सघाएर गयौ ।।

भन्न त सत्य डग्दैन भन्थे सारा ।
तिमीले त सत्य डगाएर गयौ ।।
– सन्दिप सङग्रोला ‘दिलदुःखी’
सुङनाम ४ तेह्रथुम

गजल ३
नुनिलो हुन्छ पिडाको आसु पिएर हेर त ।
फाटेको मन सकिन्न टाल्न सिएर हेर त ।।

अभावका बिस्कुन हुन्छन् गरीबका मनमा ।
दिदैनन् कोही कसैले मुटु दिएर हेर त ।।

टेकेर तिम्रो रगतमाथि नेताको रजाई ।
देशका लागी मरेकाहरु जिएर हेर त ।।

धनको युगले पिरती माथी खिलाप गर्दैछ ।
नलागे पत्यार कसैको प्रेम लिएर हेर त ।।
– सन्दिप सङग्रोला ‘दिलदुःखी’
सुङनाम ४ तेह्रथुम

गजल ४
पुरै प्रकृतिको नक्कल गर्छ जिन्दगी ।
फक्रिन्छ फुल्छ अनी झर्छ जिन्दगी ।।

सफलताको स्वर्ग पुग्न संघर्सको डुंगा ।
खियाउ निरन्तर सागर तर्छ जिन्दगी ।।

ओरालो त जेनि सललल बग्न सक्छ ।
घिसार्न उकालो कठिन पर्छ जिन्दगी ।।

कोही खान बाच्छन् कोही बाँच्न खान्छन् ।
नियतिको फाटमा आफै चर्छ जिन्दगी ।।
– सन्दिप सङग्रोला ‘दिलदुःखी’
सुङनाम ४ तेह्रथुम

गजल ५
गम्भिर बन नेता नत्र फेरी हिङ्सा भत्किन सक्छ ।
बेहिसाप पियो भने पञ्चामृत नि सड्किन सक्छ ।।

जोत्नु पर्छ जरुर खेतमा राम्रो धान फलाउन ।
ख्याल गर्नु जोत्दाखेरी कतै हलो अड्किन सक्छ ।।

कमिलो र मौरीबाट एकताको पथ सिके ।
गती लिन्छ देशले बिकासमा फड्किन सक्छ ।।

गलत बाटो हिड्यो भने गन्तब्यमा पुगिदैन ।
दोबाटोम ाहोस गर्नु कतै बाटो चड्किन सक्छ ।।

सफल बन्न नौलो काम होईन तरिका ल्याउ ।
यत्ती गरे मन मुटुमा तिम्रो नाम धड्किन सक्छ ।।
– सन्दिप सङग्रोला ‘दिलदुःखी’
सुङनाम ४ तेह्रथुम



गजल सर्जक  ९१
नाम ः सहयात्री दीपक अधिकारी चञ्चल
ठेगाना ः सन्धिखर्क नगरपालिका ं५अर्घाखाँची

गजल १
डाँडा काँडा हरियाली मेरो अर्घाखाँची ।
वारीवाङ्ला पारीपाली मेरो अर्घाखाँची ।

यादछ अझै मेलापात गरेका ति दिनहरु ।
ओराली र उकाली मेरो अर्घाखाँची ।

धेरैछन् तिर्थ स्थल घुमाउने ठाउँहरु ।
एकमा पर्छ देउराली मेरो अर्घाखाँची ।

बयालिस गाविसका ेएउटै फूलबारी ।
फूलबारीको आफैमालि मेरो अर्घाखाँची ।

आज्ञाकारी सिष्टाचारी यहाँ को छ थिति ।
छैनन् यहाँ कोहीजाली मेरो अर्घाखाँची ।
– सहयात्री दीपक अधिकारी चञ्चल
सन्धिखर्क नगरपालिका ं५अर्घाखाँची

गजल २
जुनी जुनी अङगालोमा बेरेर राख्नेछु ।
नजर लाग्न सक्छ सवको घेरेर राख्नेछु ।

आउछु सानु तिमिलाई माग्न तिम्रो घरमा ।
दिएनन् भने संसार सारा फेरेर राख्नेछु ।

छोड्छ मलाई भनेर तिमिले चिन्ता नगर ।
आफ्नो दिलको टुक्रा सम्झि टेरेर राख्नेछु ।

दुख पिर सुख शान्ति साथ निभाउनेछु ।
लजालु त्यो सुन्दर मुहार हेरेर राख्नेछु ।

मनमा सधै एउटै नाम हुनेछ तिम्रो नै ।
भित्र भाँको अरुनाम केरेर राख्नेछु ।
– सहयात्री दीपक अधिकारी चञ्चल
सन्धिखर्क नगरपालिका ं५अर्घाखाँची

गजल ३
धनको लागी आज यहाँ मन बेचिन्छ ।
त्यती मात्र कहाँ हो र तन बेचिन्छ ।

कति ठूलो भएछ है आखिर त्यो पैसा ।
त्यही पैसाको लागी यौवन बेचिन्छ ।

सबै कुरा यो संसारमा पैसा भएपछि ।
आँफै सँगै यहाँ आफन्तजन बेचिन्छ ।

प्रजातन्त्र लोकतन्त्र चाहे गनतन्त्र आओस् ।
जनताका पीर र मर्का टनाटन बेचिन्छ ।

देशलाई उधो लगाएर आँफु उभो चढेपछि ।
राष्ट्रीयता सँगै यहाँ देशको धन बेचिन्छ ।
– सहयात्री दीपक अधिकारी चञ्चल
सन्धिखर्क नगरपालिका ं५अर्घाखाँची
गजल ४

कति इच्छा रहर बोकी प्रदेसिए दाजुभाई ।
मनमा आफ्नो शहर बोकी प्रदेसिए दाजुभाई ।

बुढा भा’का बाबु आमा प्रियसीलाई छाडि ।
भित्र–भित्र जहर बोकी प्रदेसिए दाजुभाई ।

रहर हैन बाध्यता हो नेपालीको पुरानो यो ।
वेदनाको कहर बोकी प्रदेसिए दाजुभाई ।

भित्री मन दुखाएर बाहिर मुस्कान छोडिकन ।
आशुको त्यो नह रबोकी प्रदेसिए दाजुभाई ।

एउटा दुईटा हैन हजूर धेरै नै बिदेसीए ।
युवाहरुको लहर बोकी प्रदेसिए दाजुभाई ।
– सहयात्री दीपक अधिकारी चञ्चल
सन्धिखर्क नगरपालिका ं५अर्घाखाँची

गजल ५
माग्छौ भने प्र्रियसी जुन दिन्छु म ।
आफ्नै यो मुटुचिरी खुन दिन्छु म ।

सानो सुन्दर पिरतीको महल हुनेछ ।
बस्ने बास खाने गाँस नुन दिन्छु म ।

दुःख दिन्न तिमलाई सुख त थाहाछैन ।
भन्दिन म हिरामोति सुन दिन्छु म ।

हासोखुसी भेट्नु छुट्नु यहाँको रित रैछ ।
पिरतीलाई मन्द–मन्द धुन दिन्छु म ।
– सहयात्री दीपक अधिकारी चञ्चल
सन्धिखर्क नगरपालिका ं५अर्घाखाँची



गजल सर्जक ९२
नाम ः– थाकुहाङ् मेरीङ्
बुबा  ः– धनराज सङ्बाङ्फे लिम्बु
आमा ः– धनमाया थेगिम लिम्बु
जन्म – २०३२ असार ४ गते
ठेगाना – फाकफोक २ पछेवा ईलाम मेची नेपाल
सस्थापक – लक्ष्मी बाल बिद्या बोडिङर्् स्कुल बाझो ८ ईलाम
सस्थापक – पवित्र लघु जल विद्युत परियोजना बाझो ईलाम

प्रकाशित कृतीहरु – १. बल्झिने चोटहरु नेपाली भाषा कबिता सङ्ग्रह २०५७
लिम्बुभाषाका उपन्यासहरु – १. निङ्गेङ् सिगाङ्बा सेप्माङहा २०६०, २.नाम्भेरा ताक्पेन २०६१, ३.मेनु २०६२, ४.कोयेम्बा हिङ्मन २०६४, ५. सृजनाका स्वरहरु सामुहिक गजल सङ्ग्रह मलेशियाबाट

गजल १
सातै ‘अ’ पाइन्छ मेरो जिल्ला ईलाममा ।
नेपालको पुर्वी सिमाना किल्ला ईलाममा ।

आउनुहोस ईलाम बजारमा घुमौला ।
बम्बाईसन गुदपाक मिल्ला ईलाममा ।

हरिया चियाले चर्चित नै भएता पनि ।
कसैलाई गरिदैन है गिल्ला ईलाममा ।

हिमाल पहाड र तराई समेटेको छ ।
मेची राजमार्ग सुकिला चिल्ला ईलाममा ।
– थाकुहाङ् मेरीङ्
फाकफोक २ पछेवा ईलाम मेची

गजल २
यो कस्तो जिन्दगीे, च्यातेर फाल्न पनि नमिल्ने ।
लगेर डष्टबिनमा फुत्त हाल्न पनि नमिल्ने ।

आशा र भरोसामा कति दिन जिउनु पर्ने हो ।
आँगोमा पोली धातु जस्तो गाल्न पनि नमिल्ने ।

यसरी दुःखम सुखम बाँच्दै जादा खेरी यँहा ।
अचानक मन फाटी दिदा टाल्न पनि नमिल्ने ।

सधै यँहा सत्यकर्म गर्दा सत्य वचन बोल्दा ।
दुःख पाईयो भनी आलश्य पाल्न पनि नमिल्ने ।

दुईदिन बाच्दा सन्तोष गरी बाँच्न छाडीकन ।
लुटपाट अपराधी कार्य थाल्न पनि नमिल्ने ।
– थाकुहाङ् मेरीङ्
फाकफोक २ पछेवा ईलाम मेची

गजल ३
आमाको माया बाबाको प्यार टेकेर नजाऊ ।
हातले आफ्नै अनुहार त्यो छेकेर नजाऊ ।

मायानै मार्ने सन्तान अनि सम्पती हुदैन ।
पोलेको घाउ नुनले अब सेकेर नजाऊ ।

अन्त्यमा सँधै सहज हुन्न जिवनको यात्रा ।
भुलेर पनि बिछोड पत्र लेखेर नजाऊ ।

कर्कशा बनी तनाव मात्र सृजना नगर्नु ।
लाचार भई रमिताहरु देखेर नजाऊ ।
– थाकुहाङ् मेरीङ्
फाकफोक २ पछेवा ईलाम मेची

गजल ४
सबैले भन्थे युगले माग्छ मैले चाहि मानिन ।
त्यसैले होल ासस्कृती आफ्नो बिर्सन जानिन ।

म जता रहे भएनी सधै बिचलि त हुन्न ।
अनि त यँहा कर्तब्य भुल्न उचित ठानिन ।

सँस्कार भुले फर्केर आँफै आउन्न कहिल्यनी ।
यसरी सोची गलत बाटो कदापि छानिन ।

बुझेर आँफै सम्झेत हुन्थ्यो भनेर सम्झिदै ।
रिसमा आई कसैको दिल ढुंगाले हानिन ।
– थाकुहाङ् मेरीङ्
फाकफोक २ पछेवा ईलाम मेची

गजल ५
साथमा मेरो यहि छ हेर टुटेको जिन्दगी ।
जन्मदै प¥यो अभागी कर्म फुटेको जिन्दगी ।

सपना सबै उडाई लग्यो निष्ठूरी हरीले ।
छैटौले लेख्दा भुलेर लेख्न छुटेको जिन्दगी ।

मरिन्छ जब अनिपा ेशुरु हुन्छ त कहानी ।
हाडीम ामकै भुटे झै गरी भुटेको जिन्दगी ।

सोचेर हेर्दा रिङ्गटा चल्छ आफ्नै यो हालत ।
शकुनी दैव आएर भाग्य लुटेको जिन्दगी ।
– थाकुहाङ् मेरीङ्
फाकफोक २ पछेवा ईलाम मेची



गजल सर्जक ९३
नाम  ः गौराम तामाङ्
ठेगान  ः हिले टक्सार २, लमजुङ्
जन्म  ः २०४२–११–१९ गते
शिक्षा  ः एसएलसी पास
बाबा  ः लिलबहादुर तामाङ् ”डुम्जन”
आमा  ः मैतमाया तामाङ् ”पाख्रिन”

गजल १
किन उठ्थे अब मरेको मान्छे ।
फर्किन्न किनार तरेको मान्छे ।

कहाँ गरौ विश्वास कसरी पो ।
झुटो बोलि डेरा सरेको मान्छे ।

चकित पार्छ यहि दुनियाँमा ।
महान सञ्जाल छरेको मान्छे ।

लगनशिलता हुनु निरन्तर ।
जीत तिम्रै हो एहरेको मान्छे ।

उठ्दैन कोहि भन्थे गौरामले ।
त्यो नजर देखि झरेको मान्छे ।
– गौराम तामाङ्
हिले टक्सार २, लमजुङ्

गजल २
मुटु छिचोल्ने नजरको भाला टक्सारे कान्छीको ।
लज्जावती झैँ लजाउने चाला टक्सारे कान्छीको ।

गुराँसको फरिया र मखमली त्यो चोलि माथी ।
धव–धवि बल्ने मुङ्को माला टक्सारे कान्छीको ।

प्रकृतिले सिङ्गारेका परीझैँ देख्न थाले अहो !
हातमा हेर त्यो सुनको बाला टक्सारे कान्छीको ।

आप्पाकी छोरी पहाडकी रानी क्याराम्री देखेकी ।
गीत गाउँछ आज नदी र नाला टक्सारे कान्छीको ।

खोजेर आउँला धनीका छोरा टेर्दैन कसैनि ।
यो “गौराम“नै हो चुम्नेत गाला टक्सारे कान्छीको ।
– गौराम तामाङ्
हिले टक्सार २, लमजुङ्

गजल ३
दिन उस्तै महिना उस्तै साल उस्तै–उस्तै ।
बोलि उस्तै मुहार उस्तै चाल उस्तै–उस्तै ।

बाजी नयाँ राखेर नयाँ खेल खेले पनि ।
दाउ उस्तै प्रहार उस्तै खाल उस्तै–उस्तै ।

ठूला–ठूला बहस गर्छौ नयाँ बाटो दिने ।
देश उस्तै नरेश उस्तै हाल उस्तै–उस्तै ।

बाटा ेल्यायो पहिरो आयो गाडी गुड्ने हैन ।
गाउँ उस्तै समाज उस्तै नाल उस्तै–उस्तै ।

अहो ! यहाँ डाक्टर वैद्य हुने खानेलाई ।
रोग उस्तै दुखाई उस्तै काल उस्तै–उस्तै ।
– गौराम तामाङ्
हिले टक्सार २, लमजुङ्

गजल ४
उनी सधै भन्ने गर्थे आधार मिलेनरे ।
जिन्दगीमा कहिल्यैनि बहार मिलेनरे ।

उही बार महिना सबको हुन्छ याँहा ।
साउन झैँ दर्केरनि असार मिलेनरे ।

वहानामा जिउनेलार्इ के भनौ र खै ।
सुको देख्न गाह्रो हुँदा हजार मिलेनरे ।

श्रम बेची समृद्धि बन्ने उसको सपना ।
वस्तु बेच्नु भन्दा खेरि विचार मिलेनरे ।

मौका आउँछ एकैचोटी भन्थे ”गौराम”ले ।
सारा मौका चुकाएर प्रहार मिलेनरे ।
– गौराम तामाङ्
हिले टक्सार २, लमजुङ्

गजल ५
रोकी आऊ दासताका शूलहरु ।
बोकी आऊ खुशियाली फूलहरु ।

हुँदा खाने हुने खाने बराबरी ।
च्याति आऊ गरिबीका झुलहरु ।

तिम्रो सारा नियतिमा थाकीसके ।
फालि आऊ रगतका मूलहरु ।

बलिया ति पाखुरीमा पौरख त्यो ।
जोडी आऊ अग्रगामी पुलहरु ।

अझै अग्लो पारौ शिर नेपालको ।
छोडी आऊ देशै डुब्ने भूलहरु ।
– गौराम तामाङ्
हिले टक्सार २, लमजुङ्



गजल सर्जक ९४
नाम – ईश्वर शाही
कल्लेरि ९ धादिङ्
हाल – दोहा, कतार
संलग्न – नवोदित साहित्यिक मोवाईल पुस्तकालय कता सदस्य

गजल १
खडेरीले खायो बाली किसान रुदैछ ।
कस्ले बुझ्ला दुःख यहाँ भगवान रुदैछ ।

बर्षभरी खाने अन्न उब्जाउने रहर ।
कठै ! बरा फाट्यो रहर सन्तान रुदैछ ।

उता देश दुखेकोबेला प्रकृतिले ठग्यो ।
उस्कैसाथ हुन पाइन जाहान रुदैछ ।

गर्भ भित्रै तुवाइदिए नेता–नेता मिली ।
जन्मन नै एिन कठै ! संबिधान रुदैछ ।
– ईश्वर शाही
कल्लेरि ९ धादिङ्

गजल २
उस्तै छ मनमा रहर मायाको ।
अझै बाँकी हो कि असर मायाको ।।

पहिलो झलकमै भुतुक्कै भएँ म ।
क्या बिषालु रैछन् जर मायाको ।।

निदरिमा आउने सपनीमा भेट्ने ।
यस्तै गरी चलोस सफर मायाको ।।

विश्वासको ढोका भरोसाको छानो ।
जब सम्म रहला घर मायाको ।।

देखेर यो जोडी  “ईश्वर“ले पनि
पक्कै गर्छ हेर कदर मायाको ।।
– ईश्वर शाही
कल्लेरि ९ धादिङ्

गजल ३
माटो सँग सम्बन्ध गाढाछ मेरोपनि तिम्रोपनि ।
चन्द्र सूर्य अंकित झण्डाछ मेरोपनि तिम्रोपनि ।

गौतम बुद्ध अनि सगरमाथा हाम्रै नेपालको ।
विश्व सामु चिनाउने नाराछ मेरोपनि तिम्रोपनि ।


देश दुःखमा पर्दा तिमी रुन्छौ म रुन्छु सँगसँगै ।
देशप्रति एउटै मायाछ मेरोपनि तिम्रोपनि ।

हर बखत हाँस्ने हसाई रहने सधैं सधैंभरी ।
मुटुभित्र माटो र आमाछ मेरोपनि तिम्रोपनि ।

माटोमै जन्मिएर माटोमै मिसिनुछ फेरि रत ।
माटोसँग पुरानो नाताछ मेरोपनि तिम्रोपनि ।
– ईश्वर शाही
कल्लेरि ९ धादिङ्

गजल ४
आफ्नाहरु पराइ भए पराइको कुरै छोडौ ।
एकान्तमा बिछोडमा रुवाइको कुरै छोडौ ।

अभाबमा जिउनुपर्दा ऋणैैऋण थप्नुपर्दा ।
निन्द्रा भाग्छ छाती पोल्छ दुखाइको कुरै छोडौ ।

दुःख मेरा साथीभए खुशीहरु बसाइ सरे ।
जन्मेदेखि हाँस्याछैन हँसाइको कुरै छोडौ ।

कलम कापी बोक्नेबेला गोठालो मै बिते मेरा ।
पढाई छैन सिप छैन कमाइको कुरै छोडौ ।

जून–तारा रिसाउँछ अनि सारा रिसाउँछ ।
कति सहें एक्लोपन भोगाइको कुरै छोडौ ।
– ईश्वर शाही
कल्लेरि ९ धादिङ्

गजल ५
अग्रिम बधाई दिन्छु सफल हुनु तिमी ।
ढुक–ढुकी भै गुन्जने गजल हुनु तिमी ।।

केही–केही किन्ने बाहाना बनाएर आउँला ।
मेरै घरको छेउमा पसल हुनु तिमी ।।

पिरतिको बगैँचामा मायाको त्यो बिरुवा
सुक्नैखोज्दा पानी पार्ने बादल हुनु तिमी

यौटै छ मनोकामना भगवान् सँग पनि ।
हरपल सताउने मिस्कल हुनु तिमी ।।
– ईश्वर शाही
कल्लेरि ९ धादिङ्



गजल सर्जक ९५
नाम ः विजय महतारा ‘बिबश’
पिता ः कुलबहादुर महतारा
माता ः देवीका महतारा
ठेगाना ः बादिकोट ६, थापाचौर प्यूठान
लेखनविधा – गजल, कविता, मुक्तक, नाटक, समयसामयिकलेख आदी ।
शिक्षा ः एसएलसी
सम्लग्नता ः पूर्वसदस्य उदाउदो तारा साप्ताहिक समाज पेनाङ् मलेशिया ।
हाल ः सेलङ्गोर केलाङ, कापार
प्रकाशितकृती ः सृजनाका स्वरहरु (संयूक्त गजलसङ्ग्रह)
फोन नम्बर ः ०११३१४०५८९२ र ०११२१११०५५३

गजल १
जन्म भुमि नेपाल हजुर जिल्ला प्युठान ठाउँ हो ।
बिदेशमा याद आउने मेरो बादिकोट गाउँ हो ।।

त्यो जन्म गाउँ सम्झदा यो आखाँ भरिएर आँउछ ।
दिन बिताउन गा¥हो हुँदा लाग्छ आजै घर जाउँ हो ।।

सम्झेर म, बसेको छु, मुटु भन्दा ,प्यारो गाउँ लाई ।
पसिना बगाइ गर्दैछु संघर्ष, तिर्नेछु तिम्रो रिण साउ हो ।।

कसैको मन दुखाउँदिन पछयाउँछु सधै लक्ष्यलाइ ।
लक्ष्य बिनाको यात्रि  नभन्नु बिजय मेरो नाउँ हो ।।
– विजय महतारा “बिबश“
बादिकोट ६, थापाचौर ”प्यूठान”

गजल २
जता हेर्छु उतै देख्छु भत्किएका बाटाहरु ।
जिवन देखी हारिसके अब बसे खाटाहरु ।।

दुखै दुःख लेख्या रहेछ मेरो जिन्दगीमा ।
औषधी  नै लगाएनि मेटिदैनन् टाटाहरु ।।

दश नङ्ग्रा खियाउँदैछु मलेशियाको भुमिमा ।
लक्ष्यहरु पुरा नहुने आउँदैछन् फाटाहरु ।।

मन भित्रको  पिर ब्यथा खै कसलाई सुनाउने ।
अर्धनग्न भै सके मेरा जिन्दगीका पाटाहरु ।।

परिस्थिति नाजुक भयो, उठौ  अब हात मिलाई ।
चुपचाप किन बस्छौ ए.. गोर्खाली लाटाहररु ।।
– विजय महतारा “बिबश“
बादिकोट ६, थापाचौर ”प्यूठान”

गजल ३
जाग्नुपर्छ अब यि जागरिला हातहरु ।
जुट्नुपर्छ अब यि जोसिला साथहरु ।।


असमानताको खाडल अब फोड्नलाई ।
कस्नुपर्छ  अब हाम्रा साहसिला आँटहरु ।।

भ्रष्ट भै नैतिकताको भाषण खोक्नेहरु लाइ ।
ठोक्नु पर्छ अब सबले दरिला यि लातहरु ।।

बिकृती र कुसंस्कारको अन्त्य अब हुनुपर्छ ।
मुस्कुराउनु पर्छ अब सुनौला  यि प्रभातहरु ।।

आस्था र सभ्यताको उजेलि अब छाड्नुपर्छ ।
फटाउन सिकौ सबले  यस्ता काला रातहरु ।।
– विजय महतारा “बिबश“
बादिकोट ६, थापाचौर ”प्यूठान”

गजल ४
किन हान्छन् धनिले गरिबमाथि लातहरु ।
फेरी आफै किन गर्छौ सामान्तिका बातहरु ।।

गरिबकै पसिनाले तिमीहरु प्यास मेट्छौ ।
तिम्रा ति महलमा यिनिकै छन् हातहरु ।।

अत्याचारले नाघ्यो सिमा दिनदिनै किन ।
थपिदैछन् फेरी उस्तै भोकानाङ्गा जातहरु ।।

कलियुगको अन्त्यतिर यस्तै–यस्तै हुन्छ कि त ।
सम्पतिमा मातिएर तोड्छन् बिस्वास घातहरु ।।

धनि र गरिबको खाडल हामले पुरौ  अब ।
झलमल्ल पारनुपर्छ औँशिका ति रातहरु ।।
– विजय महतारा “बिबश“
बादिकोट ६, थापाचौर ”प्यूठान”

गजल ५
संगै थियौ हिजो सम्म आजबाट टाढा भयौ ।
अतित भुलि तिमी अचेल अर्कै संग गाढा भयौ ।।

वेशाहारा बनायौ हिड्डै छु म गल्लि–गल्लि ।
देख्न सुन्न नसक्ने गरि  दुनियाँको भाँडा भयौ ।।

उपदेशको शब्द दिंदा तिमीले मलाइ घृणा ग¥यौ  ।
विगतले पोल्छ तिमलाइ दुनियाँको  सादा भयौ ।।

दुइ दिन को क्षणिक रमझम मा भुल्यौ तिमी आज ।
कसैलाइ रुवाइ कसैलाइ हसायौ सबैको घाँडा भयौ ।
– विजय महतारा “बिबश“
बादिकोट ६, थापाचौर ”प्यूठान”



गजल सर्जक ९६
नाम  ः– रमेश पौडेल
ठेगाना – माकर ४ बर्दघाट नयाँबस्ती नवलपरासी
हाल ः– साउदी अरेबिया
बाबा ः–  धनपती  पौडेल
आमा ः– देवी माया
श्रीमती ः– सबिता पौडेल
जन्म मिती ः– २०४२–०७–१३

गजल १
युवाको हातमा राहदानी भेटीन्छ ।
साउदी अनी कतार जानी भेटीन्छ ।

थाहा छ नेपाल, पानीको धनी भनेर ।
तर खाडीमै प्रसस्त पानी भेटीन्छ ।

न खुशीछौ हामी न परीवार त्यहा ।
प्रवासीको यस्तै कहानी भेटीन्छ ।

हेर बिजोग कृषी प्रधान देशको ।
एक छाक मात्र धेरै खानी भेटीन्छ ।

यसपाली नै संबिधान बन्ला र खै ?
सभासदको पुरानै बानी भेटीन्छ ।
– रमेश पौडेल
माकर ४ बर्दघाट नयाँबस्ती नवलपरासी

गजल २
के थाहा कती दुःख, काट्नुपर्छ प्रवासमा ।
अजनबीको इसारामा, नाच्नुपर्छ प्रवासमा ।

सोध्दा तिमिले हालखबर, ठिकैछु भन्छु मैले ।
पाएको दुःख पीडाहरु, ढाट्नुपर्छ प्रवासमा ।

धेरै चिज गुमाएर, थोरै पैसा कमाउन ।
अरबको तातो घाममा, तात्नुपर्छ प्रवासमा ।

दीन भरीको कामपछी, न सकेसी पकाउन ।
सुख्खारोटी  नुनसंग, चाट्नुपर्छ प्रवासमा ।

खाडीबाट दिनहुँजसो लासहरु भीत्रीदानी ।
मरे मर्छु भनी जान, आट्नुपर्छ प्रवासमा ।
– रमेश पौडेल
माकर ४ बर्दघाट नयाँबस्ती नवलपरासी

गजल ३
कर्णाली र रोल्पाभित्र स्कुल बनाउछु ।
त्यहाँभएका कोपिलालाई फूल बनाउछु ।

देख्नु देखे बिजोक मैले भनु कसरी ।
तुहिन फाली कर्णालीमा पुल बनाउछु ।

केहि हुन्न देशभित्र भयका यी नेताबाट ।
राष्ट्र प्रेमी सज्जनहरुको हुल बनाउछु ।

जलस्रोतको धनि राष्ट्र पानीको अभाव हुदा ।
सवच्छ सफा पानीहुन मूल बनाउछु ।

जात जातिको विभेदलाई जरैदेखि हटाउन ।
मेरै घरमा आरन खोली त्रिसुल बनाउछु ।
– रमेश पौडेल
माकर ४ बर्दघाट नयाँबस्ती नवलपरासी

गजल ४
पाइलै पिच्छे धोका छन् यहाँ ।
दोषी सबै चोखा छन् यहाँ ।

नहिड चेली रात विरात एक्लै ।
खुल्ला छाडेका बोका छन् यहाँ ।

देख्छु निरास अरबमा सबै ।
लाग्छ मायाको भोका छन् यहाँ ।

कत्रो आशा देशले काचुली फेर्ने ।
नेता खुशी प्रजा रोैका छन् यहाँ ।

गरेर पापका धेरै असंख्य कर्म ।
पवित्र गीता छोका छन् यहाँ ।
– रमेश पौडेल
माकर ४ बर्दघाट नयाँबस्ती नवलपरासी

गजल ५
लगाउन छोड्दे आँखा, सुस्ता हाम्रै हो ।
बीलाएर जला सडाका, सुस्ता हाम्रै हो ।

दीन दीनै छीर्छस अरे, हाम्रो सीमामा ।
बन्द गर्छु सबै नाका, सुस्ता हाम्रै हो ।

नदीहरुको ढोका सबै, खोल्न नपरोस ।
एकैचोटी लाग्लास पाँखा, सुस्ता हाम्रै हो ।

दार्जीलीङ् गरतीरम,ा धेरै हाम्रो भूमीहरु ।
थीयो नेपाल कुनै, ताका सुस्ता हाम्रै हो ।

हाम्रा केही नेताहरु तिम्रा दलाल भएपनी ।
नेपालीको एउटै, भाका सुस्ता हाम्रै हो ।
– रमेश पौडेल
माकर ४ बर्दघाट नयाँबस्ती नवलपरासी




गजल सर्जक ९७
नाम ः पोषकुमार राई
जन्ममिती  ः २०४५–१२–११
बुवाकोनाम ः जयबहादुर राई
ठेगना ः महेश्वरी २ सानोडुम्रे, खोटाङ्
हाल ः साउदी जेद्धा
संपर्कन ः ९८१३४६२०६७
ईमेल ः उयकज)पगmबच२थबजयय।अयm

गजल १
बगिरहेको छ नदी, प्यासी छन् ती बगरहरु ।
उभिरहेकाछन् प्राकृतिक, निर्दोष पत्थरहरु ।।

उ हेर त तिनैनदी, बगर र पत्थरहरु सँग ।
कस्तो रमाई रहेकाछन्, पंक्षि र जनावरहरु ।।

छैन ररेछ स्वतन्त्रत, मानवको जीवन यहाँ ।
बाध्यताआई कुल्चि दिन्छ, सारा रहरहरु ।।

बेचिएका छन् कैयौ यूवाहरु, पराई भूमीमा ।
फर्कीआउँनु भनि रुन्छन्, यी गाउँघरहरु ।।

त्यसैले त रुनेगर्छ, पश्चातापमा मान्छे धेरै ।
गुमाएको हुन्छ कति, असल त्यो अवसरहरु ।।
– पोषकुमार राई
महेश्वरी २ सानोडुम्रे, खोटाङ्

गजल २
हेर त्यो प्रवासको जन्जीरमाछ नेपालीको छोरो ।
माछी जस्तै उनिएको झिरमाछ नेपालीको छोरो ।।

रोजगार दिन नसक्दा सरकारले आफ्नो देशमा ।
प्रदेशको नराम्रो जागिरमाछ नेपालीको छोरो ।।

के सुन्छौ राम्रो ? कान खोलेर सुन ए नेताहरु ।
मरुभुमीमा नुनको खातिरछ नेपालीको छोरो ।।

बिना कसुर फैसला सुनाईन्छ जब मृत्युदण्डको ।
मौन किन सरकार ? कति पिरमाछ नेपालीको छोरो ।।

कुनै विकल्प नहुँदा उ छट्पटाउँदै शाहारा माग्दै ।
भगवान खोज्दै कतै मन्दिरमाछ नेपालीका छोरो ।।
– पोषकुमार राई
महेश्वरी २ सानोडुम्रे, खोटाङ्


गजल ३
घर गाउँमा बाँसुरी र मादलले सोध्यो रे मलाई ।
उसै गरी बहिरो र पागलले सोध्यो रे मलाई ।।

सँगै खेलेथ्यौ र माएथ्यौँ गत बर्षको तिहारमा ।
यसपाली नि साथी कमलले सोध्यो रे मलाई ।।

प्रदेश लागे फर्कीआउँछु चाँडै म भनि घरमा ।
आज त्यहि मेरो भाकलले सोध्यो रे मलाई ।।

सुटुक्क भनिन् मेरी प्रियाले मुसुक्क हासेँ म ।
साँच्चै नै उनको आचलले सोध्यो रे मलाई ।।

अनायासै बहिनी रोईन रे सायद सम्झी माईती ।
निर्दोषी ती आँशुका भलले सोध्यो रे मलाई ।।
– पोषकुमार राई
महेश्वरी २ सानोडुम्रे, खोटाङ्

गजल ४
रातै–रातछ जिन्दगी कसैको, यहाँ बिहान हरायो ।
नियतिको खेल कस्तो यार ? लक्का जवान हरायो ।।

गरीबीले जहाज चढाएथ्यो, खाडी सम्म सरकार ।
खोज खबर हुन प¥यो, उतै निर्दोष ज्यान हरायो ।।

छुट्नेबेला हात हल्लाई, बिदागरेकी थिईन् प्रियाले ।
भन्दै रुन्छिन् आएन फर्की, त्यो बिदाईको उडान हरायो ।।

कति रोएर बस्नु पर्नेहो, सधैँ यो गाउँ घरमा अझै ?
देशमा रोजगार नहुँदा आज, सक्रिय किसान हरायो ।।

यो देशमा कहिले गतिलो, कानुन बन्छ र अब ?
कति आशागरौ हामी, खै यहाँ संबिधान हरायो ?
– पोषकुमार राई
महेश्वरी २ सानोडुम्रे, खोटाङ्

गजल ५
पराई भूमिमा बसेपनि, आफ्नै देशको माटो लेख्छु ।
हिमाल, पहाड, तराई र त्यो बेसीको बाटो लेख्छु ।।

लेखि रहन्छु म सँधै, जब सम्म यो धर्तिमा रहन्छु ।
धेरै गरिबले नपाएका, खाना ढिंडो र आटो लेख्छु ।।

उ हेर चिच्याईरहेछ, त्यो निर्दोष बालक सडकमा ।
सक्दिन म हेरेर बस्न, भोकै उमर्नुको साटो लेख्छु ।।

मान्छे–मान्छे हौँ, हामी–हामीमा विभेद कसैले नगरौ ।
ठानी सबै हामी बराबरी, आफ्नै शरीरको पाटो लेख्छु ।।

पर्दाफास भएपछि अनि, मिलन हुन्छ आपसमा हाम्रो ।
किन भएको कारण के हो, भाई–भाईको फाटो लेख्छु ।।
– पोषकुमार राई
महेश्वरी २ सानोडुम्रे, खोटाङ्



गजल सर्जक ९८
नाम  ः– नेपाली डेभिड ढकाल
बाबु  ः– चन्द्रप्रसाद ढकाल
आमा  ः– सीता ढकाल
जन्ममिती  ः–२०५२–०२–१२
जन्मस्थान  ः– गणेशथान १ कालीमाटी, नुवाकोट
स्थायीठेगाना  ः– खानिगाउँ ६ बगरबजार नुवाकोट
हाल  ः– त्रिचन्द्र क्याम्पस घण्टाघर काठमाडौ (स्नातक तेस्रोबर्ष अध्यायनरत)

गजल १
अचेल लाग्छ डर आफ्नै भन्नेहरुको ।
हुदैन अव अहँ भर आफ्नै भन्नेहरुको ।

म भिख माग्दै सडकमा बसिरहेछु ।
नजिक छ ठूलो घर आफ्नै भन्नेहरुको ।

स्वार्थीहरु पो बस्दोरैछन् यो ठाँउमा ।
रहेनछ यो सहर आफ्नै भन्नेहरुको ।

एउटा मान्छे भन्दै थियो आज मलाई ।
भलो काम नगर आफ्नै भन्नेहरुको ।

मेरो दुःखमा रमाउन थालेकाछन् ।
बनेछ मन पत्थर आफ्नै भन्नेहरुको ।
– नेपाली डेभिड ढकाल
खानिगाउँ ६ बगरबजार नुवाकोट

गजल २
थरि–थरि छ हावापानी मेरो नुवाकोटको ।
बिरताको फरक कहानी मेरो नुवाकोटको ।

पुगे पछि फर्कन मन लाग्दैन कसैगरी ।
पर्यटक लोभ्याउने बानी मेरो नुवाकोटको ।

सिङ्गो नेपाल निर्माणमा रगत कति बग्यो ।
हिसाब गर्नु छ लगानी मेरो नुवाकोटको ।

साततले दरबार ककनीको कुरै छाडौँ ।
उच्च लाङ्टाङ् छ शिरानी मेरो नुवाकोटको ।

त्रिशुली तादि अनि लिखु कल–कल बग्ने नदि ।
काखमाछ सौन्दर्यको खानी मेरो नुवाकोटको ।
– नेपाली डेभिड ढकाल
खानिगाउँ ६ बगरबजार नुवाकोट

गजल ३
पत्थर ढोगेर त्यो मन्दिरबाट के पाउछौ ।
काम नगरि त्यसै तक्दिरबाट के पाउछौ ।

सधै साथमा हुन्छ तिमीसँग तस्विर मेरो ।
त्यो निर्जीब मेरो तस्विरबाट के पाउछौ ।

जिन्दगी हो आउने जाने चलिरहन्छ यार ।
बेकार छाडी जानेको पिरबाट के पाउछौ ।

तिमी सँधै त्यतै डुलेर पेट भरिरहेकाछौ ।
हैन पाखा पखेरा भिरबाट के पाउछौ ।
– नेपाली डेभिड ढकाल
खानिगाउँ ६ बगरबजार नुवाकोट

गजल ४
सागर बेचेर र पानी बेचेर ।
उनि भईछे जवानी बेचेर ।

बनाएको छ रे उसले नि महल ।
आफ्नै छोरी ठूली र सानी बेचेर ।

कति कमाउछौ र तिमीले भोली ।
मेरो त्यो चिताबाट खरानी बेचेर ।

तिमीलाई केहि हुने छैन आशा ।
बचाउँछु आँखाको नानी बेचेर ।

डेभिड हुनेछ एक दिन चर्चित ।
उसको आफ्नै प्रेम कहानी बेचेर ।
– नेपाली डेभिड ढकाल
खानिगाउँ ६ बगरबजार नुवाकोट

गजल ५
मेरो कुरा अरुसँग नगरेकै बेस हुन्छ ।
मायागर्छु भन्दै नजिक नसरेकै बेस हुन्छ ।

भत्किएर गए मेरा सपनाका महलहरु ।
सपनाहरु अब तिमिले नछरेकै बेस हुन्छ ।

मनको माझमा मेरोमाया पलाएको भए यदि ।
घरि–घरी आखाँ अब नतरेकै बेस हुन्छ ।

छुट्नलाई गा¥हो पर्ला जालमा तिमी परेपछि ।
मेरो माया जालमा तिमी नपरेकै बेस हुन्छ ।
– नेपाली डेभिड ढकाल
खानिगाउँ ६ बगरबजार नुवाकोट






गजल सर्जक ९९
नाम ः नारायण जैशि
साहित्यिक नाम ः ‘एनके अज्नभी’
ठेगाना ः मष्टाबण्डाली ४ बजगाउँ अछाम

गजल १
कहिलेकाँही तिम्रा ति अधरको यादआउँछ ।
नशालु अनी शुन्दर त्यो नजरको यादआउँछ ।

उकाली ओराली हुँदै भन्ज्याङ् चौतारिमा ।
तिमी संग गरिएका सफरको यादआँउछ ।

पिरतीमा साना ठूला अनेकौ कसम खाएर ।
दैव सँम्झी हामीले ढोग्ने पत्थरको यादआँउछ ।

दिनभरि रमाउदै गाई भैसि गोठालो जाँदा ।
भाँडा कुट्टी खेल्ने हाम्रो बगरको यादआउँछ ।

त्यो सुन्दर शान्तगाँउ पाखा अनि पखेरा छोडी ।
भन्दीन म आज पनि शहरको यादआउँछ ।
– नारायण जैशि
मष्टाबण्डाली ४ बजगाउँ अछाम

गजल २
कसैलाई जन्जिरमा नपारे दुनियाँ ।
आखाँबाट जालिआशुँ नझारे दुनियाँ ।

विच बाटोमै घातहुन्छ भने साथको के अर्थ ।
सकिन्न भने अरुलाइ खोला नतारे दुनियाँ ।

फ्याकिएको ढुङ्गा पनि काम लाग्छ कुनैदिन ।
र त नाता सम्बन्ध कसैसंग नबारे दुनियाँ ।

उसको केहि चाहना त होला पशुनै भएपनी ।
यति सम्म कठोर बनि कठै नमारे दुनियाँ ।।

उसको आफ्नै ठाँउमा, फुल्नदेउ र फल्नदेउ ।
फूलको त्यो बोटै काटी रित्तो नपारे दुनियाँ ।
– नारायण जैशि
मष्टाबण्डाली ४ बजगाउँ अछाम

गजल ३
अलिकति मदिरा पिएपछि उनको यादआयो ।
नशाको बोतल रित्तिएपछि उनको यादआयो ।

नजिक हुँदा थाहानै भएन याद कस्तो हुन्छ भन्ने ।
उनिसंग टाढा भएर जिएपछि उनको यादआयो ।

यो मायानै कस्तो हो नजिकहुादा वास्तै नहुने ।
आज अचानक एक्लिए पछि उनको यादआयो ।

मैलेपनि बिगतलाइ भुलि सकेको थिए सायद ।
गरेका ति बाचाहरु सम्झिए पछि उनको यादआयो ।

मेरो पनि त मन छ पथ्थर कहाँ बनाउँन सक्छु ।
साँच्चै उनिसंग विछोडिए पछि उनको यादआयो ।
– नारायण जैशि
मष्टाबण्डाली ४ बजगाउँ अछाम

गजल ४
देखीन्छ पिर अनि मर्का उस्तै तिम्रो र मेरो ।
तक्दीर र भाग्य चर्खा उस्तै तिम्रो र मेरो ।

दुनियाँ हाम्रो दुःखमा हाँसीरहेछ रमिता हेरी ।
नयनबाट झरेको बर्षा उस्तै तिम्रो र मेरो ।

सुनिन्छ हाम्रै बारे समाजमा नराम्रो हल्लाहरु ।
बाटो–बाटोमा छ हेर चर्चा उस्तै तिम्रो र मेरो ।

समाजलाइ चोखो माया कहाँ स्वाकार हुन्छ र ।
टाँगिएकोछ विरोधको पर्चा उस्तै तिम्रो र मेरो ।

जति विरोध भएपनि भाग्नुपर्ने जरुरत छैन हेर ।
किन डराउने हैसियत र दर्जा उस्तै तिम्रो र मेरो ।
– नारायण जैशि
मष्टाबण्डाली ४ बजगाउँ अछाम

गजल ५
तिमी सिउदो बन्नु म तिम्रो सिन्दुर बनुँला ।
सुख दिन नसकेनी माया दिने जरुर बनुँला ।

परखी रहेछु आउ तिमी मेरो दिलको ढोकामा ।
दुःख लुकाइ मिठो बोलि सँगै मधुर बनुँला ।

तिम्रै जितमा रमाउने बानि परेको मेरो ।
जित तिमीले म नै हाँरुला मजबुर बनुँला ।

लैला मज्नु मुना र मदन्झै प्रेमको देशमा ।
जिन्दगीलाइ नै त्यागेर बरु प्रचुर बनुँला ।

तिम्रै मायाको अभाव छ धड्किने यो मुटुमा ।
तिम्रो साथ पाइनभने बरु मर्न आतुर बनुला ।
– नारायण जैशि
मष्टाबण्डाली ४ बजगाउँ अछाम



गजल सर्जक १००
नाम – राजेश राई
ठेगाना – बतासे १ खोटाङ्
पिता – युवक राई
माता – चन्द्रकला राई
दाजु – स्वार्गिय श्री राकेश राई
शिक्षा – ब्याचलर

गजल १
याद बनी सपनिमा, अब मलाई भेट्न नआऊ ।
बियोगान्त प्रेम कथा, अब फेरी लेख्न नआऊ ।।

तिम्रो विश्वाश घात बिर्सी, गन्तब्य खोजी सके ।
सिखर पुग्ने पाइलाहरु,  बिच बाटोमा छेक्न नआऊ ।।

आधुनिक शहर खोज्दै, हिडेउ आफ्नो बस्ती बिर्सी ।
छाडिगएको मेरो बस्ती, अब कहिले टेक्न नआऊ ।।

सुख खोज्दै हिडेउ तिमी, यो मनको मन्दिर छाडि ।
एक्लै हास्छु एक्लै रुन्छु, मेरो दुःख देख्न नआऊ ।।
– राजेश राई
बतासे –१ खोटाङ्

गजल २
प्रगतिको कामनामा , बली चढाउँदिन म ।
मन्दिरको मुर्ती छोइ, घन्टी बजाउँदिन म ।।

एक्काईसौ सताब्दिको, आधुनिक मान्छे म ।
तिम्रो सिउँदो सिन्दुरले, भो सजाउँदिन म ।।

आफ्नै हातलाई, नजिकको साथी ठान्छु ।
नङ्ग्रा खियाउँछु, काम गर्न लजाउँदिन म ।।

थोरै होस् आफ्नो बरु, सन्तोष गर्छु त्याती मानै ।
जदौरिमा दे’को भोटो, भो लगाउदिन म ।।
– राजेश राई
बतासे –१ खोटाङ्

गजल ३
पहिलो भेटमा हिसी परी फकिर्एर हेरेउ ।
अलिकती टाडै थिए पखिर्एर हेरेउ ।।

मन भित्र मायाको ज्यारभाटा बिस्फोट हुँदा ।
आँगनिको छेउबाट लकिर्एर हेरेउ ।।

सागर जती माया दिन्छु धनको कमी भएपनि ।
भनी कसम खान्छु भन्दा झकिर्एर हेरेउ ।।

मन मुटु धनसँग साटे र पो हो कि तिमिले ।
जव गोरेटोमा भेटहुँदा तकिर्एर हेरेउ ।।
– राजेश राई
बतासे –१ खोटाङ्

गजल ४
सबैलाई राम्रो देख्ने, मन हुनु पर्छ ।
पर्दा खेरी काम लाग्ने, धन हुनु पर्छ ।।

प्रबिधिको पछी लागि, हिड्नु परे पनि ।
शब्द–शब्द भित्र आफ्नो, पन हुनु पर्छ ।।

घुम्ती र मोडहरु, पार गर्न सिकाउँने ।
मार्ग दर्सक आफन्त,जन हुनु पर्छ ।।

बस्ती देखी बस्ति सम्म, बिकास गर्ने भए ।
तिम्रो हातमा ढुङगा फोर्ने,घन हुनु पर्छ ।।

एक्लै बाच्छु जिन्दगीमा, नसोचे कै राम्रो ।
त्यही मन भित्र दोस्रो, जीवन हुन सक्छ ।।
 – राजेश राई
बतासे –१ खोटाङ्

गजल ५
ठक्कर खाइ लड्न पुगे दुःखको पाटोहरुमा ।
आज पनि अल्मलिय जिन्दगीको बाटोहरुमा ।।

सुन फल्छ भन्दा भन्दै बिदेश तिर आइयो ।
हिमाल पहाड तराइ सबै नेपालको माटोहरुमा ।।

बुद्धीजिबी बाठाहरु डराएर चुप लाग्दा ।
आवाजको शब्द फुट्छ पक्कै अब लाटोहरुमा ।।

जात जातमा झगडाको बिउ रोप्न छाडे हुन्छ ।
हातमा हात मिल्न थाल्यो सत्रुको फाटोहरुमा ।।
– राजेश राई
बतासे –१ खोटाङ्



गजल सर्जक १०१
नाम ः ओम कुमारी खॉण
पिता ः पदम बहादुर खाँण
माता ः शारदा देवी
ठेगाना ः वरडाँडा ६, रामपुर पाल्पा
हाल ः यूएइ दुवाई

गजल १
झिलिमिली रमाईलो बस्ति छ यो पाल्पामा ।
हरियाली जंगल प्रसस्ती छ यो पाल्पामा ।।

घुमौंला नि श्रीनगर चिसो चिसो हावैमा ।
मन हुनेलाई हेर साथी मस्ती छ यो पाल्पामा ।।

ढाका टोपी फरिया र बनाई पाथी कुरुवा ।
कला वाला ठूला–ठूला हस्ती छ यो पाल्पामा ।।

तिनाउ त्यो नदी देखी निस्दी खोला वारी पारी ।
सुन्दरै साउन दरताको गस्ती छ यो पाल्पामा ।।
– ओम कुमारी खॉण
रडाँडा ६, रामपुर पाल्पा

गजल २
जीवन धान्न मामको खोजीमा छु ।
बिस्वासिलो कामको खोजीमा छु ।।

दिन रात कडा मिहेनत गरेर आफै ।
सहजै पाउँने दामको खोजीमा छु ।।

जसलाइ म भगवान संम्झेर पुजा गरुँ ।
कलियुगमा त्यस्तै रामको खोजीमा छु ।।

भित्र भित्रै पिडाहरुले जलिरहेछ मन ।
मनको दुःख पोख्ने ठामको खोजीमा छु ।।

भ्रम होइन सत्यताको बाटो देखाओस् ।
म एउटा त्यस्तो सत्य धामको खोजीमा छु ।।

गजल ३
माया अजम्बरी हुनु पर्छ ।
साँच्चै मुटु भरी हुनु पर्छ ।।

यो सुमधुर स्वरको धनी पनि ।
पक्कै कोइली चरी हुनु पर्छ ।।

मेरो मन मन्दिरभित्रको मानव ।
मैले पुज्ने देवता सरी हुनु पर्छ ।।

म चहान्छु यस्तो होस् सँधै ।
मेरो मान्छे मेरै वरिपरि हुनु पर्छ ।।
– ओम कुमारी खॉण
रडाँडा ६, रामपुर पाल्पा

गजल ४
गोधुली त्यो प्रहर सुन्दर लाग्छ ।
आफ्नै गाउँ शहर सुन्दर लाग्छ ।।

खनि खस्री उब्जन त्यहाँ अन्नदाता ।
कुलो कुलेसी नहर सुन्दर लाग्छ ।।

भेट्न भनी बोलाउाथ्यौ देउरालीमा ।
तिमिलाई कुर्ने कहर सुन्दर लाग्छ ।।

नजिकिन्छौ अबोध बनी समिपमा ।
बाल्यकाल झै रहर सुन्दर लाग्छ ।।
– ओम कुमारी खॉण
रडाँडा ६, रामपुर पाल्पा

गजल ५
दर्शन नमस्ते पाल्पाली नानीको ।
याद अथाहा भण्डार छ सानीको ।।

चुर्लुम्मै डुबाई छोड्यौ मायामा ।
झुट बोल्यौ प्रेम सागर खानीको ।।

छिट्टै आउँछु भन्दै कता हरायौ ।
तस्विर छ मुटुमा छोडि जानीको ।।

ताजै छ सम्झना ति क्षणहरुको ।
म रिसाउँदा फकाउने बानीको ।।



गजल सर्जक १०२
नाम – कुमार श्रेष्ठ ‘यात्री’
पिता – श्री भेषनारायण श्रेष्ठ
माता – श्रीमती शान्ति श्रेष्ठ
ठेगान – काठजोर ६, रामेछाप
शिक्षा – आईएड एच्छिक अङ्ग्रेजी
प्रकाशित कृति – आँशुले भिजेका मनहरु (संयुक्त गजल सङ्ग्रह)
– हैसियत (संयुक्त गजल सङ्ग्रह)
संगलग्नत – विश्वा साहित्य महासंघ (आजीवन सदस्य)
– सयपत्री समाज सेवा युवा क्लव (आजीवन सदस्य)
– नेपाल मुक्तक प्रतिष्ठान साखा मलेसिया (सचिव)
– हाम्रो संसार अनलाईन रेडियो

गजल १
न त हुन्छ कुनै द्वन्द न त कुनै पाप ।
आकाशको एक तारा मेरो रामेछाप ।।

जता हेर हराभरा छंङ्छङ् झर्ना खोला ।
प्रकाशले छर्छ पहिलो  किरणको धाप ।।

हेर्न लायक सोलि ठुम्पा खानी जुरारको ।
सबै जनता मेहनती सधैँ हुन्छ फलिफाप ।।

तामा कोशी बगी दिन्छ देशकै शान बोकी ।
एकतानै विकास हाम्रो विश्वासको नाप ।।

कतै आई परे संकट ति बन्छ तिन लाल ।
न त भन्छन् जाडो हजुर न त भन्छन् राप ।।
– कुमार श्रेष्ठ ‘यात्री’
काठजोर ६, रामेछाप

गजल २
पराईको घुम्टो आहा कति सुहाएको ।
तिम्रो सामु हाँसी रा’छु छैनौ रुवाएको ।।

भोलि देखि उही नै हो तिम्रो जिन्दगानी ।
नजर ति जुधाउन सानु किन झुकाएको ।।

प्रश्न पनि कति गर्छौ म हाँसेको देखि ।
बुझ्यौ होला मौनतामै जवाफ पठाएको ।।

जग्गे तिरै हेर तिमी पोल्ला त्यो आँगोले ।
अङ्गालौला सबै सामु सुन्दा कराएको ।।

मैले छाडी गए पछि नरुनु है भन्यौ तिमी ।
तिमिलाई के था हिजै मैले आँशु रित्याएको ।।
– कुमार श्रेष्ठ ‘यात्री’
काठजोर ६, रामेछाप

गजल ३
साली देख्दा उत्ताउलो चाला हुँदो रै’छ ।
तर सँधै आँखा तर्ने साला हुँदो रै’छ ।।

काले भ’नि के भो त दिल वाले छु नि ।
बाबै तरुनीलाई मन पर्ने छाला हुँदो रै’छ ।।

कचकच गर्ने बुढी छाडी हिडौं भने कतै ।
दाम्लो जस्तै स्वंयम्बरको माला हुँदो रै’छ ।।

कसोरी पो छुट्याउनु खै तरुनी र बुढी ।
चार दशक काट्दा चिप्ला गाला हुँदो रै’छ ।।

किन मुटु दुख्छ भनि ध्यान गरें धेरै मैले ।
थाहा भयो मुटु भित्रै तिखो भाला हुँदो रै’छ ।।
– कुमार श्रेष्ठ ‘यात्री’
काठजोर ६, रामेछाप

गजल ४
दुश्मनले ताली दिन्छन् ।
मित्रले पो गाली दिन्छन् ।।

न यता न उताकाले ।
उखेलेर फाली दिन्छन् ।।

बाँच्दै दुःख भोगोस भन्दै ।
समाउन डाली दिन्छन् ।।

ढुङ्गालाइ दैव ठानी पुज्दा ।
भड्खालोमा हाली दिन्छन् ।।

मैन बनि आमा बाबाले पनि ।
आफ्नो खुशी बाली दिन्छन्।।
– कुमार श्रेष्ठ ‘यात्री’
काठजोर ६, रामेछाप

गजल ५
थाहा छैन धर्ममा या पापमा छ जिन्दगी यो ।
सायद पुर्वजन्मको नै श्रापमा छ जिन्दगी यो ।।

त्यता तिर सँधै झरी पर्छ अरे आशुँ बनि ।
यता भने अरबको तापमा छ जिन्दगी यो ।।

बिरामी छु धेरै चिन्ता नलिनु है मर्छ भनि ।
कति बाँच्ने इश्वरको नापमा छ जिन्दगी यो ।।

बोल्न पनि हाँस्न पनि अनुमती लिनु पर्ने ।
सँधै यस्तै बाध्यताको चापमा छ जिन्दगी यो ।।

तिमी भन्छौ छाडा पंक्षी भयौ होला देश छोडी ।
राहादानी भित्रै लाग्ने छापमा छ जिन्दगी यो ।।
– कुमार श्रेष्ठ ‘यात्री’
काठजोर ६, रामेछाप



गजल सर्जक १०३
नाम – सन्तमान श्रेष्ठ ‘सल्लीन’
ठेगाना – सिलुवा ६ पाल्पा
हाल – पेराक मलेशिया
पिता – बिर बहादुर श्रेष्ठ
माता – मिनकुमारी श्रेष्ठ
योग्यता – क ख ग
फोन, न. +६०१०३७९८५२२

गजल १
कुर्दा कुर्दै बिताएका रात सम्झिएर ।
रोए कती सपनिमा खात सम्झिएर ।।

दुनियाँ नै जाली रैछ यस्तो भान भयो ।
झुट्टा अनी बनावटी बाट सम्झिएर ।।

टिपिएछ सुन्दर फूल बोटै मर्काएर ।
के गरौ खै लछिएको पात सम्झिएर ।।

एकान्त मै बिते झै यो लाग्छ जिन्दगानी ।
नचाहदै छुटी गा’को साथ सम्झिएर ।।

झस्किएर दुख्छ मुटु बल्झिएर घाउ ।
जिन्दगीले दिएका ति घात सम्झिएर ।।
– सन्तमान श्रेष्ठ ‘सल्लीन’
सिलुवा ६ पाल्पा

गजल २
यो मुटु माग संसार दिन्छ आँशु दिन्न रुनुपर्छ मैले ।
धड्कन माग प्यार दिन्छु आ“सू दिन्न रुनुपर्छ मैले ।।

मरीदिउँला तिम्रो खातिर युगौ युग बाँच्नु तिमी ।
तिमी जीउने आधार दिन्छु आँशु दिन्न रुनुपर्छ  मैले ।।

छाहारी खोजौली तिमी हिन्दा कतै थाक्यौ भने ।
मेरै मनको संघार दिन्छु आँशु दिन्न रुनुपर्छ मैले ।।

शिशिर जति मेरै भागमा बसन्तको मुना तिमीलाई ।
फूलैफूलको बहार दिन्छु आँशु दिन्न रुनुपर्छ मैले ।।

आकाश धति हाँसो खुसी तिम्रो पेवा जुनीलाई ।
झनै सुन्दर दरबार दिन्छु आँशु दिन्न रुनुपर्छ मैले ।।
– सन्तमान श्रेष्ठ ‘सल्लीन’
सिलुवा ६ पाल्पा

गजल ३
भाषा कला सस्कृतिको खानी हाम्रो पाल्पा ।
प्रकृतिले सजिएको रानी हाम्रो पाल्पा ।।

ढाका चोली ढाका टोपी करुवाको प्रख्यात ।
विश्व बजार सम्म सबै लानी हाम्रो पाल्पा ।।

नेपाल र नेपाली कै सुख चाँही रहेन ।
म त भन्छु साच्चै यहाँ दानी हाम्रो पाल्पा ।।

खोला नाला झरनाले सा¥है सजिएको ।
सबैका ति आँखाका नै नानी हाम्रो पाल्पा ।।
कोही लागे अमेरिका कोही स्विजरल्याण्ड ।
कोही बस्छन् यही स्वर्ग ठानी हाम्रो पाल्पा ।।
– सन्तमान श्रेष्ठ ‘सल्लीन’
सिलुवा ६ पाल्पा

गजल ४
गह भरी आशु पारी आएकोछु परदेशमा ।
आफ्नो मुटु उतै छाडी आएकोछु परदेशमा ।।

भबिश्यको सुन्दर सपना सजाएर मनै भरी ।
घर बारी धितो राखी आएकोछु परदेशमा ।।

भन्दै थिईन रुदै प्यारी नगएनी हुन्न–हुन्न हजुर ।
सम्झाउदै बिदा मागी आएकोछु परदेशमा ।।

अभाब र गरिबिले गाजे पछी जिन्दगीमा ।
सयौ खोला डाँडा काटी आएकोछु परदेशमा ।।

दुःखहरु पन्साएर सुखको बिहानी ल्याउन ।
रोए पनि हासी–हासी आएकोछु परदेशमा ।।
– सन्तमान श्रेष्ठ ‘सल्लीन’
सिलुवा ६ पाल्पा

गजल ५
आँखैमा राखी हेर्दा, नजर हो जिन्दगी ।
सजाए ओठ भरि, अधर हो जिन्दगी ।।

गुम्साई कति बस्नु, आफैंमा खुम्चिएर ।
फैलिए सागर झै, लहर हो जिन्दगी ।।

उमङ्ग उत्साहले, जीवन यो जिउँनु पर्छ ।
नभए दुःख अनि, कहर हो  जिन्दगी ।।

सबैले भन्ने गर्छन् ,अमृत हो जान्नेलाई ।
पिउन नजानेमा, जहर हो जिन्दगी ।।

सम्झिए हरियाली, बसन्ती मोहनी छ ।
हारेमा आफैसँग, बगर हो जिन्दगी ।।
– सन्तमान श्रेष्ठ ‘सल्लीन’
सिलुवा ६ पाल्पा



गजल–क
नाम – राजेश कुमार रसाईली (सेन्टीमेन्टल)
ठेगाना – खलंगा १ रुकुम
हाल – बाँनियाटार ९ काठमाण्डौ
जन्म – २०४२–१२–०३ गते
योग्यता – प्रबिणा प्रमाण–पत्र तह
कृतिहरु – अदृश्य मृत्यु, पहाँडी रेल
सदस्यता – लोक साँस्कृति र साहित्यको पहिचान खलंगा रुकुम
सदस्यता – राप्ति भेरी साहियिक सेरोफेरो चौतारी राप्ति
हाल कार्यरत – नेपाली सेना श्री बिरेन्द्र सैनिक अस्पताल छाउँनी
सम्पर्क नं – ९८४७९५३०६१, ९७४१०६७२१८

गजल
अलि छोटो लगाँईन, चोली सोल्टीनाले ।
चोलीबाटै चलाईन, गोली सोल्टीनाले ।।

काउकुती लाग्ने, कता–कता कुरा गर्छिन ।
खै कहाँ सिकीन यस्तो, बोली सोल्टीनाले ।।

ईसारामै भनिन् मलाई, एक्लै भेट्न आउँ भनी ।
झम्के साँझमा दिलको ढोका, खोली सोल्टीनाले ।।

हतारको बोली बोलीन, अब प्रतिक्षा गर्न सकिदैन रे ।
चाँडै ल्याएर आऊँ भनिन, डोली सोल्टीनाले ।।



गजल–ख
नाम – मयॉ कुईकेल
ठेगाना – चुलाचुली ५, ईलाम
बाबु – देबिप्रसाद कुईकेल
आमा – हुमादेबि कुईकेल
योग्यता – एसएलसी पास

गजल
चुला चुली गॉउ मेरो गॉउलेकी चेली हुँ म ।
त्यो गॉउमा फुल्ने संधै बाबरी र बेली हुँ म ।।

कैले कोही कसै लाई दुःख दिन जान्या छैन ।
हावा संगै डुल्छु घुम्छु उसैकी सँहेली हुँ म ।।

अन्याय अनी अत्यचार सहदिन कैले पनी ।
बिरोध गर्छु त्यस्तालाई सच्चिकै झेली हुँ म ।।

निमुखा अशक्तका निम्ति आवाज उठाउँनेछु ।
गरीबका ऑखी भुई असायका परेली हुँ म ।।



गजल–ग
नाम – सुमन राई
ठेगाना – छोराम्बु ८ बुईखुवा खोटाङ्
पिता, माता – सम्सेर राई, सरिता राई
प्रकाशित कृति – कलमको आँसु (गजल सङ्गह)
  – साथै बिभिन्न रेडियो साहित्यिक कार्यक्रमहरु
र पत्र पत्रीकाहरुमा फुटकर रचनाहरु ।

गजल
रावन हैन धर्तिमा राम आउँनुपर्छ ।
पुष माघ को जाडोमा घाम आउँनुपर्छ ।।

हटाउन बेरोजगार ल्याउन स्वरोजगार ।
प्रत्येकको त्यो हातमा काम आउँनुपर्छ ।।

खुशीयाली छाउन बिशेष खबर पाउन ।
पुरा ठेगाना भएको खाम आउँनुपर्छ ।।

उडेर जुन छुनलाई पागल हुनलाई ।
हरियाली मायाको याम आउँनुपर्छ ।।

ठूलो पम्प्लेट पर्चामा, जताततै चर्चामा ।
भन्दिन म ‘सुमन’ कै नाम आउनुपर्छ ।।

No comments:

Post a Comment