Saturday 24 January 2015

सामुन्द्रिक छल्का (सामुहिक गजल सङ्ग्रह )

कृति – सामुन्द्रिक छल्का (सामुहिक)

बिधा – गजल सङ्ग्रह

लेखक – स्रष्टा स्वमं

प्रकाशक – प्रवाशी कलम मलेसिया

सर्वाधिकार – प्रकाशक (प्रवाशी कलम मलेसियामा निहित)

अतिथि सम्पादन – भोटराज राई/महेश्वर चाम्लिङ्

सम्पादन – प्रकाश ‘पुष्पक’ राई/प्रदिप राई ‘अभी’

सहायक सम्पादन – दान राई ‘झरी’/ रतनराज पुन मगर

व्यावस्थापक – रुद्र बिवश/राजेन्द्र राई

संस्करण – प्रथम २०७१ (१००० प्रति)

कम्प्यूटर टाइपिङ् – प्रकाश ‘पुष्पक’ राई/प्रदिप राई ‘अभी’

ब्लोगर सेटिङ् इडिटिङ् – प्रकाश ‘पुष्पक’ राई  (पुमा)

Bloger Setting Edditing - By Prakash Puspak Rai

छापिएको कितावको मूल्य रु
                                         मूल्य व्याक्तिगत – रु.२०१।–
                                                   संस्थागत – रु.५०१।–
                                                  आरएम ११।–



भूमिका
छल्कामा तैरिरहेको गजलहरुमा नजर डुलाउँदा

समुन्द्र र नदिमा के भिन्नता पाइन्छ ? भिन्नता पाइन्छ, यो हो की नदि–नदि मिलेर समुन्द्र बन्छ । समुन्द्रको पानिलाई अमखोराले भरेर कहिल्यै समुन्द्र रित्तिन्दैन । यो सामुन्द्रिक छल्काभित्र डुवेर नियालेर सरसर्ती गजलका पाण्डुलिपिहेर्दा बहुमुखी कोणहरुबाट गजलहरु लेखिएको छ ।

यो सङ्ग्रह साच्चैनै समुन्द्रको छल्काको नै उपनामा स्थापितहुने भएको र छल्किएर हरेक पक्षलाई हरेक कोणबाट दरिलो कलमि शव्दको प्रहार रहेको पाइएको छ । पाण्डुलिपि जव मेरो हातमा आयो तव गजलहरुलाई सरसर्ति नियालेर हेर्दा हरेक पक्षलाई हरेक तहबाट आँफ्नै तरिकाको भावहरु पाइन्छ । बिशेष गरि १ सय ३ जना गजलकारहरुको गजलहरु जम्मा ५ सय १५ वटा गजलहरुलाई समग्ररुपमा सामुहिक बनाएर प्रकाशन हुँनलागेको यो सामुन्द्रिक छल्कामा बिशेषगरि राष्ट्रप्रेममा बाधिँएर लेखिएका गजलहरु र नेपालको बिभिन्न आर्थिक अवस्थाको कारण परिवारलाई छाडेर बिदेशिभूमीमा आफ्नो श्रम बेच्नुपर्ने बाध्यताको चित्रण छर्लङ्ग गरिएको छ । परिवारिक बिलौनाले गर्दा आलाप विलापमा प्रवाशी जीवन बिताइरहेको कथा ब्याथाको दस्तावेज गजल मार्फत पोखिएको पाइन्छ । सामाजिक कुरिति कुसँस्कारको बिरुद्धमा आलोचित शव्दहरुबाट समाजलाई चेतनाको मूल आश्य रहेको पाइन्छ । धेरै जस्तो गजलकारहरुको गजल प्रेममा बाधिँएर प्रेमिलो माधुर्यतामा प्रेमी र प्रेमिकाको प्रतिक्षामा समयका पलहरु बितिरहेको र आगामी दिनहरुमा मिलनको ठूलो आशामा समयहरु पर्खिरहेको भाव पोखिएका पाईन्छ । परिवारिक समस्या र अर्थिकी समस्याले गर्दा एक आपसमा परिवार, समाज, आफ्न्त र राष्ट्र इत्यादीबाट छुटिएर टाढा बस्नुपर्ने बाध्यताले मनमा उत्पन्न भएका अनेकौ भावहरुलाई गजलमार्फत सवैको अगाडी समग्ररुपमा पु¥याएइएको पाइन्छ । राष्ट्रमा भइरहेको राष्ट्रिय आम्दामी श्रोतमा भइरहेको घोटला, घुसखोरी, तथा आफ्नो स्वार्थकोलागी देशनै बेहाल अवस्थामा धकेल्ने नेताहरुलाई गजल मार्फत व्याग्यात्मक रुपले मार्ग निर्देशनको उपदेशको पाटो पनि गजलकारहरुले शब्दमार्फत सिकाइएको छ । राजनितिकको दल–दलले आज देशमा बेरोजगारी बढेर बिदेश भूमिमा यूवाशक्तिले दुःख पाउँनुपर्ने बिलौनाको पहल अव आउँने पिढीका यूवाहरुले भोग्न नपरोस भन्ने सन्देश समग्र रुपमा राष्ट्र र समाजलाई अपिल गरेको पनि पाइएको छ । धेरै जस्तो मैले यस समुन्द्रिक छल्काको पाण्डुलिपि भित्र गजलकारहरुले गजल मार्फत आफ्नो गाँउ, समाज, जिल्ला, वातावरण र आफ्नै भौगोलीक ठाँउको वर्णन बहुत मर्मस्पर्शी दंगले सौन्र्दयताको प्रशंसा तथा खोला, नाला, पाटी, पौवा, हिमाल, पहाड, तिर्थस्थल, मन्दिर, धार्मिकस्थल शान्तिको देश वा बुद्धको देश आदी इत्यादीको बारेमा वर्णन गरिएको पाइएकोछ ।  प्राप्त गजलमालाका पाण्डुलिपिलाई मैले हेर्दा गजलका भावहरुमा आफ्नो घर जग्गा साहूलाई बन्धकी राखेर बिदेशिनु पर्ने बाध्यताको पूर्ण दस्तावेजमा सहिछाप गरेको गजलहरु सलसलि सामुन्द्रमा मिसिएको पाएको छु ।

वास्तवमै हामी नेपालीहरु सगरमाथाको देशमा जन्मलीएर पनि शिर झुकाएर युवाशक्ति बिदेशिनुपर्ने बाध्यताको जन्जीरभित्र कैदी जीवन विताएर मौशमी परिवर्तन जस्तै कहिले गृष्मऋतु सङग हातेमालो गर्दै वसन्तको पालुवामा रम्ने मन र इच्छालाई मन भित्र गुम्साएर दिन बिते पनि रातको समयलाई कसरी गुजारागर्नु पर्ने हो त्यो बाध्यताको ठूलो छल्का चलेको यस मामुन्द्रिक छल्कामा उल्लेख गरिएको छ । अहिले प्रवाशी भूमी साहित्यको ठूलो उव्वजनी खेतिको स्रोतनै भएको छ । बाध्यतको जँघार तर्नुपर्ने अवस्थाले गर्दा आफ्नो मनको इच्छालाई समेत थाती राखेर प्रवाशमा पसिना सँग मूल्य साट्नुपर्ने अवस्थाको परिणममा ज्यानलाई बाजी राखेर समयहरु पार गरिरहेको स्रष्टाहरुले गजलमार्फत सन्देश दिएको पाइन्छ । यो गजलहरुमा ले्खिएको हरेक शव्दहरु काल्पनिक कल्पना होइन यो यथार्थमात्र पाएँको छु ।

प्रवाशि कलम समिति प्रकाशक सँगको प्रत्यक्ष भेट हुन्थ्यो हो भने यस सङ्ग्रहलाई अझ धेरै समय सम्म नियालेर प्रकाशनमा ल्याउँन सकिन्थ्यो तर प्रकाशक समितिले टाढाबाट गरेको आग्रहलाई नाइ भन्न सकिन र प्रकाशन गरिहाल्ने भएकोहुँदा भूमिका खेल्न पाइन र सल्लाह र सुझाब पनि दिन पाइन त्यसको लागी म स्वयम पाठकहरु समक्ष क्षमा प्रार्थी छु ।

अन्त्यमा प्रवाशमा रहेर पनि यस्तो ठूलो र गौरवशाली र शाहसी भएर आफ्नो माातृभूमी नेपालको माया गरेर यो सङ्ग्रह प्रकाशन गर्ने प्रकाशक प्रवाशी कलम मलेसिया समितिलाई हृदयबाटनै आभार प्रकट गर्दछु तथा गजल लेख्नुहुने समपूर्ण गजलकारहरुलाई भविश्यको उज्यालो दीप बनेर साहित्यको गजल क्षेत्रमा इटा थप्ने कोशिस गर्नुहुोस् भन्दै प्रगतीको कामना गर्दछु । पाण्डुलिपि मेरो हात सम्म पु¥याएर प्रवाशी कलम मलेसिया र हामी सँगको सुमधुर पुलको सम्बन्ध जोड्न आपसमा सहयोग गर्ने प्रकाश ‘पुष्पक’ राई पुमा र प्रदिप राई ज्यूहरुलाई कृतज्ञाता ज्ञापनगर्दै सामुन्द्रिक छल्का सिर्जनशिल समस्त स्रष्टाहरु जस्तै समस्त दाजुभाई तथा दिदि बहिनीहरुको पनि आस्था अटल रहिरहोस् भन्दै मेरो यो डौडिरहेको कलम बिसाउँन चाहन्छु । धन्यवाद ।

–गोपालचन्द्र राई खोटाङ्






सम्पादकिय सामुन्द्रिक छल्का बाट..........

‘समुन्द्रमा छल्किएका छल्काहरु अनि जल’

छाल बहुत तेज हुन्छ, अनि त्यो तेजमा उर्लिएको पानि अनियन्त्रित हुन्छ । पानि बिनाको जीवन निरथक हुन्छ, यो अकाट्य सत्य हुन्छ । प्रवाशबाट थोपा–थोपा जम्मा गरेर समुन्द्रको नाममा नामाकरण सङ्गै कतै छल्का बनि हरेक मन मष्तिकसमा पुग्ने जर्मर्को गरिहेका छौ । प्रवाशिको यो पहिलो प्रयास हो । बैशाखीको साहारा लिएर हिड्ने प्रयासमा रहेको यो प्रवाशी कलम मलेसियाले गगन चुम्ने रहरहरुलाई आत्मसाथ गर्दै गजलको दुनियामा छयास्स छेउमा टुपलुक्क ‘सामुनिद्रक छल्का’ लिएर आएका छौ । अग्रज स्रष्टाहरुको अगाडी हाम्रो यो पहिलो अनि सामुहिक कृतिलाई कर्के नजर लगाउँदै लजाउँदै–लजाउँदै एककुनामा सुटुकक राख्न चाहन्छौ ।

साहित्यको माहलमा अहिले गजल विद्याका कलमि आवाजहरु सलसलि कुद्यिरहेको पाउँछौ । हरेक तह र तप्काबाट बुलन्द आवाजहरु छाल वनि हरेक समाजको क्रियाकलापलाई प्रतिकार गरिरहेको छ, बेजोड छाल बनेर । सुन्दर साहित्यको  आकाश पुग्न त अझ पनि कति गुणा बाँकी नै छ तर सायोगवश दोवाटोको मिलनमा भेटेर सामुहिक भएर एउटै कुवाको जलमा प्यास मेटाउने कोसिशमा जुटेका छौ । यात्राको एउटा भञ्जयाङ्मा बिसाँउने क्रम अनि थकाइको छोटो जीवन्त भोगाई कहिले हिमाल को चुचुरामा त पहिले पहाडको डाँडामा त कतै–कतै मधेसको फेदिहरुमा लुकामारी खेल्दै भावना बिसाउँदछौ । कलमि मसिहरुलाई बिस्कुन फिजाँउदै, आ–आफ्नै दुखान्तको परिवेशमा साइनो गाँस्दै लेखिएका वन, पाँखा, देउराली, भञ्जयाङ्, तथा उकाली ओरालीहरुको गतिशिल चेतनात्मक मसी छिट्टाएका छौ ।

अनत्यमा, कलमको डौडानलाई लगातार मैदानमा निरन्तर दिन हामीलाई माया हौसला दिनुहुँने अग्रजहरुमा हार्दिक आभार व्याक्त गर्न चाहन्छौ । गजलको जलमा चुर्लुम्म डुबुल्की खेल्दै पौडिएर जीवनलाई जीवन्त गराउँन अग्रसर हुने समस्त गजलकारहरु मित्रहरुलाई नव स्रष्ठा भएको हुँदा मित्रताको हात दिन चाहनछौ । गजलको जललाई सदा जीवन्त गराई जलमा सुख्खाहुन नदिन एकसाथ भई थोपा–थोपा चुहाएर कलमको गाजली मसीलाई छल्काइ रहनेछौ भन्दै विदा माग्छौ । शुभ साहित्य नमस्कार ।
                                                – प्रकाश ‘पुष्पक’ राई (सम्पादन टेवलबाट)




 शुभकामना
भर्खरैको एउटा बिहान मेरो आँखा एउटा यस्तो दृश्यले छोपियो । कि, यही एउटा दृश्य काफी थियो यस देशले उत्पादन गर्ने म्यानपावर भनेकै बिदेशीका लागि हो । दक्षिण कोरिया जानको निम्ति दुई दिनदेखि आवेदन दिन झरीवादल, भोकतिर्खा नभनी लाइनमा बसेका हजारौ युवाहरुको अनुहारमा एउटै सपनाको बिम्ब थियो । त्यो एउटै बिम्ब हो –व्यवस्थित जीवन र स्व अस्तित्वको खोज । जुन कुराको सुनिश्चीतता राज्यले गर्नुपथ्र्यो । तर त्यसो भएन । जसको परिण्ाम बर्षेनी लाखौ जनशक्ती बिदेशीन बाध्य छन् । यिनै बिदेशीएका र नेपाली भाषा साहित्यलाई माया गर्ने प्रदीप राई, प्रकाश ‘पुष्पक’ जस्ता जुझारु युवाहरुको सक्रिरयतामा ‘सामुन्द्रीक छल्का’ नाम गरेको गजलग्रन्थ निस्कन लागेको खबरले म ज्यादै खुशी छु । नेपाली साहित्यको सेवा संसारको कुनैपनि भूगोलमा बसेर गर्न सकिन्छ भन्ने प्रमाण प्रदीपजीहरुले दिनुभएको छ । यो अत्यन्तै प्रशंशनिय कार्यका लागि बधाई भन्दा अरु दिने सामथ्र्य राख्दिन म । सामुन्द्रिरीक छल्काको पूर्ण सफलताको कामना गर्दै फेरि एकपटक बधाई भन्छु ।
– हेमन यात्री ३० श्रावण २०७१

शुभकामनाका
नेपाली साहित्यको उर्वर धरातलमा गजलको खेती अत्यन्त आकर्षक ढंगले मौलाएको छ । साहित्यिक सोच र चिन्तन भएका प्रत्येक स्रष्टाहरु लाई यस विधाले प्रभावित तुल्याएको पाइन्छ । वास्तवमा नेपाली साहित्यको वर्तमान गजलका फूलहरुले सजिएको र मगमगाएको छ । गजललाइ पाखा लगाएर अब नेपाली साहित्यले पूर्णता पाउनै सक्तैन । गजल आज नेपाली युवा स्रष्टाहरुको अत्यन्त लोकप्रिय विधाका रुपमा स्थापित भइरहेको छ भने पुराना पाका स्रष्टाहरुलाई पनि यसको सौन्दर्यमय आकर्षणले अचम्मसँग तानेको छ । नेपाली स्रष्टाहरु आजको भूमण्डलीकरणको युगमा जहाँ जहाँ पुगेका छन्, त्यहाँ त्यहाँ गजलको खेती गर्न छाडेका छैनन् । विदेशी भूमिमा कामको सिलसिलामा गएका युवा स्रष्टाहरुले आफ्नो सिर्जनशीलतालाई पनि जीवन्त राखेका छन् । यस क्रममा गजल स्रष्टाहरुको भूमिका अझ महत्वपूर्ण रहेको देखिन्छ । आफ्नो प्यारो जन्मभूमिलाई छाडेर कामको खोजी गर्दै मलेशिया पुगेका प्रतिभाशाली र उत्साही युवाहरुको समूह ’प्रवासी कलम मलेशिया’ नामक संस्थाले ‘सामुद्रिक छल्का’ नामक गजल सङ्ग्रह प्रकाशित गर्दैछ भन्ने जानकारी पाउँदा मलाइ अत्यन्त प्रसन्नताबोध भएको छ । अझ यसबारे दुईचार शब्द सुमन शुभकामनाका रुपमा व्यक्त गर्नसमेत मलाई अनुरोध गरिएको हुँदा यस कृतिसँग म जोडिन पाएको छु । विदेशमा रहेर पनि नेपाली भाषा र साहित्यको उन्नयनमा, अझ नेपाली गजलको विकास विस्तारमा युवाहरुले खेल्दै आएको भूमिका निकै प्रशंसनीय छ । यस्तै प्रशंसनीय कार्यको एउटा उदाहरणका रुपमा हामीले यस सामुदिरक छल्कालाई पनि लिन सक्दछौं । अन्तमा म प्रवासी कलम मलेशियासँग आवद्ध प्रदीप राई, प्रकाश ’पुष्पक’ राई, दान राई, दीपेन्द्र राई, रत्नराज पुन र रुद्र विवश लगायतका युवा स्रष्टाहरुलाई हार्दिक साधुवाद व्यक्त गर्दै यस कृतिको लोकप्रियताको कामना समेत गर्दछु ।
– डा.घनश्याम न्यौपाने ‘परिश्रमी’  मिति २०७०–०४–३० भैरहवा



रचनाक्रम विषयसूची
१ दिपेनद्र राई ‘अश्रुमाली’ छोरम्बु खोटाङ
२ रुद्र ‘विवश’ ओखरबोट ३ म्याग्दी
३ भण्डारी दाई ‘अचम्म’ मेलम्ची हेलम्बू
४ प्रकाश ‘पुष्पक’ राई (पुमा) बेल्टार बशाहा १ उदयपुर
५ दान राई ‘झरी’ लेखगाउँ ८ उदयपुर
६ हरीहर कँडेल पाली ४ अर्घाखाँची
७ शिव (राज) सुबेदी शान्तीनगर १ झापा
८ दीपक नेपाली टालेगाँउ २ जाजरकोट
९ पारश खनाल खन ६ अर्घाखाँची
१० हरि बस्नेत ‘जलन समर्पण’ झाप्रा ६ जाजरकोट
११ विप्लवी तेन्जु योन्जन छितापोखरी ९ खोटाङ्
१२ वाङ्जु वाइवा गोकुले ७ रातमाटे काभे्रपलान्चोक
१३ रतनराज पुन मगर झाप्रा ५ जाजरकोट
१४ जगत अधिकारी ‘अनमोल’ बाक्सिला ४ खोटाङ्
१५ महेन्द्र कुमार मिश्र नांगिन १ पाँचथर
१६ कृष्णप्रसाद भट्टराई पहलमपुर ३ कैलाली
१७ देव बिरही दाङ् तुल्सिपुर
१८ प्याशी चाम्लिङ् दोर्पा ९ खोटाङ्
१९ प्रदिप राई ‘अभी’ बतासे १ खोटाङ्
२० मौलिक श्रीस सुखौरा ७ नवलपरासी
२१ सहदेव चाम्लिङ् राई (देव) हदिया बुधवारे ९ झापा
२२ ‘इलामेली’ सनत तिम्सिना शान्तिपुर ३ इलाम
२३ विनोद ‘ज्वलन्त’ जलजला ६ संखुवासभा
२४ बि.बि. तामाङ् घिसिङ् ‘बैरागी’ विजुलीकोट ३ रामेछाप
२५ मिलन घर्ति मगर काप्रिचौर १ सुर्खेत
२६ भुपाल ठाडा राना मगर लेखखर्क ३ सुर्खेत
२७ सानुबावु मल्ल तिनकन्या २ सिन्धुली
२८ शितल बिष्ट चिन्नेडाँडा ५ उदयपुर
२९ धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ ललाई भूटान हाल अमेरिका
३० साहित्य पारखी मोहन मगर थारमागे ४ सल्यान
३१ दिलिप साम्पाङ् ‘आशुँ’ सामालबुङ् ६ इलाम
३२ लक्ष्मी तिम्सिना शान्तिपुर ३ इलाम
३३ मनिस कुइकेल ‘गाउँले’ चुलाचुली ५ इलाम
३४ देवराज भन्तना अश्राङ्ग ३ गोर्खा
३५ चन्द्री मोक्तान ‘खुशी’ अत्तरपुर ५ सिन्धुपाल्चोक
३६ प्रविन शर्मा स्यावुन ९ संखुवासभा
३७ भुपेन्द्र बिएम (क्यानभास) साँखा ६ रुकुम
३८ सुरज गैरे ‘बिवश’ थुमपोखरा ३ स्याङ्जा
३९ कमली श्रेष्ठ ‘रस्मी’ कुम्पुर ४ धादिङ्
४० गणेश पौडेल कुन्तादेवि ९ ओखलढुंगा
४१ प्रतिक सङ्ग्रामी बिजौरी २ दाङ्
४२ भरत अधिकारी मिर्लुङ् ३ तनहु
४३ सम्झना अर्याल ‘दर्पण’ नलाङ् ७ धादिङ्
४४ प्रकाश अर्याल नलाङ् ७ धादिङ्
४५ हरीप्रसाद अर्याल हाँडीखोला ६ मकवानपुर
४६ महेशकुमार वली पवननगर ६ दाङ्
४७ शुरेस प्रसाद अर्याल ‘कान्छो’ इस्मा मैदान ३ गुल्मी
४८ कृष्ण रसाइली ओखरबोट ४ म्याग्दी
४९ बुद्दवन सि लामा ‘घायल’ छत्तिवन ४ मकवानपुर
५० भगवती रिजाल ढकाल गौरिगन्ज ७ झापा
५१ दिपेश तामाङ् गोले हाडिखोला ४ मकवानपुर
५२ सुमित्रा अधिकारी ‘धिताल’ मुचोक ६ गोर्खा
५३ एस पि माथवर देउखुरी १ दाङ्
५४ लोकेन पुन ‘वर्षाद’ (एस) डाडाँगाउँ ४ जाजरकोट
५५ आर्दश दङ्गाल ‘मछिन्द्र’ नाङ्लेभारे ५ काठमाण्डौ
५६ तारा गौतम काठमाण्डौ
५७ राजेन्द्र सिग्देल तोपगाछी ४ झापा
५८ भरत खड्का बास्पानी ३ खोटाङ्
५९ पदमा लिंखा मगर माङ्लिङ् ४ संखुवासभा
६० देवन चाम्लिङ् राई नुनथला ४ खोटाङ्
६१ जलन बुद्धि बुढिमोरङ ८ धनकुटा
६२ हर्कराज गुरुङ् ‘भुटानी’ हाल अमेरिका
६३ जिवलाल भण्डारी बेलबास ४ प्यूठान
६४ लोकबहादुर जोशी ‘रामहरी’ बिजुलीकोट ६ कल्लेरी रामेछाप
६५ अनिल बराइली चरम्बी भोजपुर
६६ टेक भण्डारी भुटान हाल अस्ट्रेलिया
६७ सुनिल ‘प्रतिक’ राना गोरखा नपा बिरनचोक ९ गोरखा
६८ ‘निष्ठुरी’ चिजबहादुर चौधरी धरौनी ८ दाङ्
६९ टेकचन्द्ररोका ’नीलओम’ खोटाङ्
७० बसन्त घर्तीमगर (अभिषेक) घर्तीगाउँ २ रोल्पा
७१ मगर पूर्णआले जाते ७ मोरङ्
७२ प्रिन्स याक्खा (राजकुमार) चापा भै ८ संखुवासभा
७३ रमेश के.सी अर्घा ३ अर्घाखाँची
७४ घनश्याम मुडभरी कुमरी १ नुवाकोट
७५ यूवराज गौतम गल्लेरी ६ धादिङ्
७६ ईश्वर राई महादेवस्थान ९ काभ्रेपलान्चोक
७७ नविन प्रभात शनिस्चरे १ मोरङ्
७८ रामप्रसाद चौधरी ‘अनुरागी’ हेकुली ८ दाङ्
७९ पहलबहादुर थामी चिलखा २ दोलखा
८० दिनेश कटवाल चारआली झापा
८१ शालिकराम सत्याल रामपुर ८ सल्यान
८२ श्याम श्रेष्ठ भानुमती ७ हटियातन तनहु
८३ बिर पृथक थापा कुरिन्टार ३ चितवन
८४ कमल बुढामगर पाछावाङ् ३ रोल्पा
८५ योगेन ढोली पंचन १ सोलुखम्बुु
८६ समिर कार्की केरावारी १ झापा
८७ प्रकाश पाठक ‘योगी’ जगतपुर १ चितवन
८८ जीवन गौतम बाग्लुङ्बाटाकाचौर ४ रुपन्देही
८९ बुद्धिसागर ज्ञवाली चापाकोट स्याङ्जा
९० सन्दिप सङ्ग्रोला सुङ्नाम ४ तेरथुम
९१ दिपक अधिकारी सन्धिखर्क ५ अर्घाखाँची
९२ थाकुहाङ् मेरिङ् फाकफोक २ इलाम
९३ गौराम तामाङ् हिलेटक्सार २ लमजुङ्
९४ इश्वर शाही कल्लेरी ९ धादिङ्
९५ विजय महतरा बादिकोट५ प्यूठान
९६ रमेश पौडेल माकर ४ नवलपरासी
९७ पोषकुमार राई महेश्वरी २ खोटाङ्
९८ नेपाली डेभिड ढकाल गणेशथान १ नुवाकोट
९९ नारायण जैशी (एन के अज्नभी) मण्टाबण्डाली ४ अछाम
१०० राजेश राई बतासे १ खोटाङ्
१०१ ओमकुमारी खाण बरडाँडा ६ पाल्पा
१०२ कुमार श्रेष्ठ ‘यात्री’ काठजोर ६ रामेछाप
१०३ सन्तमान श्रेष्ठ ‘सालिन’ सिलुवा ६ पाल्पा
क) राजेश कुमार रसाईली (सेन्टीमेन्टल) खलंगा १ रुकुम हाल बाँनियाटार ९ काठमाण्डौ
ख) मयॉ कुईकेल चुलाचुली ५, ईलाम
ग) सुमन राई  छोराम्बु ८ बुईखुवा खोटाङ्

गजल सर्जक १ बाट ३९ सम्मका सामुन्द्रिक छल्का गजलकाहरुको गजल

सामुन्द्रिक छल्का (सामुहिक गजल सङ्ग्रह )

कृति – सामुन्द्रिक छल्का (सामुहिक)

बिधा – गजल सङ्ग्रह

लेखक – स्रष्टा स्वमं

प्रकाशक – प्रवाशी कलम मलेसिया

सर्वाधिकार – प्रकाशक (प्रवाशी कलम मलेसियामा निहित)

अतिथि सम्पादन – भोटराज राई/महेश्वर चाम्लिङ्

सम्पादन – प्रकाश ‘पुष्पक’ राई/प्रदिप राई ‘अभी’

सहायक सम्पादन – दान राई ‘झरी’/ रतनराज पुन मगर

व्यावस्थापक – रुद्र बिवश/राजेन्द्र राई

संस्करण – प्रथम २०७१ (१००० प्रति)

कम्प्यूटर टाइपिङ् – प्रकाश ‘पुष्पक’ राई/प्रदिप राई ‘अभी’

ब्लोगर सेटिङ् इडिटिङ् – प्रकाश ‘पुष्पक’ राई  (पुमा)

Bloger Setting Edditing - By Prakash Puspak Rai

छापिएको कितावको मूल्य रु
                                         मूल्य व्याक्तिगत – रु.२०१।–
                                                   संस्थागत – रु.५०१।–
                                                  आरएम ११।–



भूमिका
छल्कामा तैरिरहेको गजलहरुमा नजर डुलाउँदा

समुन्द्र र नदिमा के भिन्नता पाइन्छ ? भिन्नता पाइन्छ, यो हो की नदि–नदि मिलेर समुन्द्र बन्छ । समुन्द्रको पानिलाई अमखोराले भरेर कहिल्यै समुन्द्र रित्तिन्दैन । यो सामुन्द्रिक छल्काभित्र डुवेर नियालेर सरसर्ती गजलका पाण्डुलिपिहेर्दा बहुमुखी कोणहरुबाट गजलहरु लेखिएको छ ।

यो सङ्ग्रह साच्चैनै समुन्द्रको छल्काको नै उपनामा स्थापितहुने भएको र छल्किएर हरेक पक्षलाई हरेक कोणबाट दरिलो कलमि शव्दको प्रहार रहेको पाइएको छ । पाण्डुलिपि जव मेरो हातमा आयो तव गजलहरुलाई सरसर्ति नियालेर हेर्दा हरेक पक्षलाई हरेक तहबाट आँफ्नै तरिकाको भावहरु पाइन्छ । बिशेष गरि १ सय ३ जना गजलकारहरुको गजलहरु जम्मा ५ सय १५ वटा गजलहरुलाई समग्ररुपमा सामुहिक बनाएर प्रकाशन हुँनलागेको यो सामुन्द्रिक छल्कामा बिशेषगरि राष्ट्रप्रेममा बाधिँएर लेखिएका गजलहरु र नेपालको बिभिन्न आर्थिक अवस्थाको कारण परिवारलाई छाडेर बिदेशिभूमीमा आफ्नो श्रम बेच्नुपर्ने बाध्यताको चित्रण छर्लङ्ग गरिएको छ । परिवारिक बिलौनाले गर्दा आलाप विलापमा प्रवाशी जीवन बिताइरहेको कथा ब्याथाको दस्तावेज गजल मार्फत पोखिएको पाइन्छ । सामाजिक कुरिति कुसँस्कारको बिरुद्धमा आलोचित शव्दहरुबाट समाजलाई चेतनाको मूल आश्य रहेको पाइन्छ । धेरै जस्तो गजलकारहरुको गजल प्रेममा बाधिँएर प्रेमिलो माधुर्यतामा प्रेमी र प्रेमिकाको प्रतिक्षामा समयका पलहरु बितिरहेको र आगामी दिनहरुमा मिलनको ठूलो आशामा समयहरु पर्खिरहेको भाव पोखिएका पाईन्छ । परिवारिक समस्या र अर्थिकी समस्याले गर्दा एक आपसमा परिवार, समाज, आफ्न्त र राष्ट्र इत्यादीबाट छुटिएर टाढा बस्नुपर्ने बाध्यताले मनमा उत्पन्न भएका अनेकौ भावहरुलाई गजलमार्फत सवैको अगाडी समग्ररुपमा पु¥याएइएको पाइन्छ । राष्ट्रमा भइरहेको राष्ट्रिय आम्दामी श्रोतमा भइरहेको घोटला, घुसखोरी, तथा आफ्नो स्वार्थकोलागी देशनै बेहाल अवस्थामा धकेल्ने नेताहरुलाई गजल मार्फत व्याग्यात्मक रुपले मार्ग निर्देशनको उपदेशको पाटो पनि गजलकारहरुले शब्दमार्फत सिकाइएको छ । राजनितिकको दल–दलले आज देशमा बेरोजगारी बढेर बिदेश भूमिमा यूवाशक्तिले दुःख पाउँनुपर्ने बिलौनाको पहल अव आउँने पिढीका यूवाहरुले भोग्न नपरोस भन्ने सन्देश समग्र रुपमा राष्ट्र र समाजलाई अपिल गरेको पनि पाइएको छ । धेरै जस्तो मैले यस समुन्द्रिक छल्काको पाण्डुलिपि भित्र गजलकारहरुले गजल मार्फत आफ्नो गाँउ, समाज, जिल्ला, वातावरण र आफ्नै भौगोलीक ठाँउको वर्णन बहुत मर्मस्पर्शी दंगले सौन्र्दयताको प्रशंसा तथा खोला, नाला, पाटी, पौवा, हिमाल, पहाड, तिर्थस्थल, मन्दिर, धार्मिकस्थल शान्तिको देश वा बुद्धको देश आदी इत्यादीको बारेमा वर्णन गरिएको पाइएकोछ ।  प्राप्त गजलमालाका पाण्डुलिपिलाई मैले हेर्दा गजलका भावहरुमा आफ्नो घर जग्गा साहूलाई बन्धकी राखेर बिदेशिनु पर्ने बाध्यताको पूर्ण दस्तावेजमा सहिछाप गरेको गजलहरु सलसलि सामुन्द्रमा मिसिएको पाएको छु ।

वास्तवमै हामी नेपालीहरु सगरमाथाको देशमा जन्मलीएर पनि शिर झुकाएर युवाशक्ति बिदेशिनुपर्ने बाध्यताको जन्जीरभित्र कैदी जीवन विताएर मौशमी परिवर्तन जस्तै कहिले गृष्मऋतु सङग हातेमालो गर्दै वसन्तको पालुवामा रम्ने मन र इच्छालाई मन भित्र गुम्साएर दिन बिते पनि रातको समयलाई कसरी गुजारागर्नु पर्ने हो त्यो बाध्यताको ठूलो छल्का चलेको यस मामुन्द्रिक छल्कामा उल्लेख गरिएको छ । अहिले प्रवाशी भूमी साहित्यको ठूलो उव्वजनी खेतिको स्रोतनै भएको छ । बाध्यतको जँघार तर्नुपर्ने अवस्थाले गर्दा आफ्नो मनको इच्छालाई समेत थाती राखेर प्रवाशमा पसिना सँग मूल्य साट्नुपर्ने अवस्थाको परिणममा ज्यानलाई बाजी राखेर समयहरु पार गरिरहेको स्रष्टाहरुले गजलमार्फत सन्देश दिएको पाइन्छ । यो गजलहरुमा ले्खिएको हरेक शव्दहरु काल्पनिक कल्पना होइन यो यथार्थमात्र पाएँको छु ।

प्रवाशि कलम समिति प्रकाशक सँगको प्रत्यक्ष भेट हुन्थ्यो हो भने यस सङ्ग्रहलाई अझ धेरै समय सम्म नियालेर प्रकाशनमा ल्याउँन सकिन्थ्यो तर प्रकाशक समितिले टाढाबाट गरेको आग्रहलाई नाइ भन्न सकिन र प्रकाशन गरिहाल्ने भएकोहुँदा भूमिका खेल्न पाइन र सल्लाह र सुझाब पनि दिन पाइन त्यसको लागी म स्वयम पाठकहरु समक्ष क्षमा प्रार्थी छु ।

अन्त्यमा प्रवाशमा रहेर पनि यस्तो ठूलो र गौरवशाली र शाहसी भएर आफ्नो माातृभूमी नेपालको माया गरेर यो सङ्ग्रह प्रकाशन गर्ने प्रकाशक प्रवाशी कलम मलेसिया समितिलाई हृदयबाटनै आभार प्रकट गर्दछु तथा गजल लेख्नुहुने समपूर्ण गजलकारहरुलाई भविश्यको उज्यालो दीप बनेर साहित्यको गजल क्षेत्रमा इटा थप्ने कोशिस गर्नुहुोस् भन्दै प्रगतीको कामना गर्दछु । पाण्डुलिपि मेरो हात सम्म पु¥याएर प्रवाशी कलम मलेसिया र हामी सँगको सुमधुर पुलको सम्बन्ध जोड्न आपसमा सहयोग गर्ने प्रकाश ‘पुष्पक’ राई पुमा र प्रदिप राई ज्यूहरुलाई कृतज्ञाता ज्ञापनगर्दै सामुन्द्रिक छल्का सिर्जनशिल समस्त स्रष्टाहरु जस्तै समस्त दाजुभाई तथा दिदि बहिनीहरुको पनि आस्था अटल रहिरहोस् भन्दै मेरो यो डौडिरहेको कलम बिसाउँन चाहन्छु । धन्यवाद ।

–गोपालचन्द्र राई खोटाङ्






सम्पादकिय सामुन्द्रिक छल्का बाट..........

‘समुन्द्रमा छल्किएका छल्काहरु अनि जल’

छाल बहुत तेज हुन्छ, अनि त्यो तेजमा उर्लिएको पानि अनियन्त्रित हुन्छ । पानि बिनाको जीवन निरथक हुन्छ, यो अकाट्य सत्य हुन्छ । प्रवाशबाट थोपा–थोपा जम्मा गरेर समुन्द्रको नाममा नामाकरण सङ्गै कतै छल्का बनि हरेक मन मष्तिकसमा पुग्ने जर्मर्को गरिहेका छौ । प्रवाशिको यो पहिलो प्रयास हो । बैशाखीको साहारा लिएर हिड्ने प्रयासमा रहेको यो प्रवाशी कलम मलेसियाले गगन चुम्ने रहरहरुलाई आत्मसाथ गर्दै गजलको दुनियामा छयास्स छेउमा टुपलुक्क ‘सामुनिद्रक छल्का’ लिएर आएका छौ । अग्रज स्रष्टाहरुको अगाडी हाम्रो यो पहिलो अनि सामुहिक कृतिलाई कर्के नजर लगाउँदै लजाउँदै–लजाउँदै एककुनामा सुटुकक राख्न चाहन्छौ ।

साहित्यको माहलमा अहिले गजल विद्याका कलमि आवाजहरु सलसलि कुद्यिरहेको पाउँछौ । हरेक तह र तप्काबाट बुलन्द आवाजहरु छाल वनि हरेक समाजको क्रियाकलापलाई प्रतिकार गरिरहेको छ, बेजोड छाल बनेर । सुन्दर साहित्यको  आकाश पुग्न त अझ पनि कति गुणा बाँकी नै छ तर सायोगवश दोवाटोको मिलनमा भेटेर सामुहिक भएर एउटै कुवाको जलमा प्यास मेटाउने कोसिशमा जुटेका छौ । यात्राको एउटा भञ्जयाङ्मा बिसाँउने क्रम अनि थकाइको छोटो जीवन्त भोगाई कहिले हिमाल को चुचुरामा त पहिले पहाडको डाँडामा त कतै–कतै मधेसको फेदिहरुमा लुकामारी खेल्दै भावना बिसाउँदछौ । कलमि मसिहरुलाई बिस्कुन फिजाँउदै, आ–आफ्नै दुखान्तको परिवेशमा साइनो गाँस्दै लेखिएका वन, पाँखा, देउराली, भञ्जयाङ्, तथा उकाली ओरालीहरुको गतिशिल चेतनात्मक मसी छिट्टाएका छौ ।

अनत्यमा, कलमको डौडानलाई लगातार मैदानमा निरन्तर दिन हामीलाई माया हौसला दिनुहुँने अग्रजहरुमा हार्दिक आभार व्याक्त गर्न चाहन्छौ । गजलको जलमा चुर्लुम्म डुबुल्की खेल्दै पौडिएर जीवनलाई जीवन्त गराउँन अग्रसर हुने समस्त गजलकारहरु मित्रहरुलाई नव स्रष्ठा भएको हुँदा मित्रताको हात दिन चाहनछौ । गजलको जललाई सदा जीवन्त गराई जलमा सुख्खाहुन नदिन एकसाथ भई थोपा–थोपा चुहाएर कलमको गाजली मसीलाई छल्काइ रहनेछौ भन्दै विदा माग्छौ । शुभ साहित्य नमस्कार ।
                                                – प्रकाश ‘पुष्पक’ राई (सम्पादन टेवलबाट)




 शुभकामना
भर्खरैको एउटा बिहान मेरो आँखा एउटा यस्तो दृश्यले छोपियो । कि, यही एउटा दृश्य काफी थियो यस देशले उत्पादन गर्ने म्यानपावर भनेकै बिदेशीका लागि हो । दक्षिण कोरिया जानको निम्ति दुई दिनदेखि आवेदन दिन झरीवादल, भोकतिर्खा नभनी लाइनमा बसेका हजारौ युवाहरुको अनुहारमा एउटै सपनाको बिम्ब थियो । त्यो एउटै बिम्ब हो –व्यवस्थित जीवन र स्व अस्तित्वको खोज । जुन कुराको सुनिश्चीतता राज्यले गर्नुपथ्र्यो । तर त्यसो भएन । जसको परिण्ाम बर्षेनी लाखौ जनशक्ती बिदेशीन बाध्य छन् । यिनै बिदेशीएका र नेपाली भाषा साहित्यलाई माया गर्ने प्रदीप राई, प्रकाश ‘पुष्पक’ जस्ता जुझारु युवाहरुको सक्रिरयतामा ‘सामुन्द्रीक छल्का’ नाम गरेको गजलग्रन्थ निस्कन लागेको खबरले म ज्यादै खुशी छु । नेपाली साहित्यको सेवा संसारको कुनैपनि भूगोलमा बसेर गर्न सकिन्छ भन्ने प्रमाण प्रदीपजीहरुले दिनुभएको छ । यो अत्यन्तै प्रशंशनिय कार्यका लागि बधाई भन्दा अरु दिने सामथ्र्य राख्दिन म । सामुन्द्रिरीक छल्काको पूर्ण सफलताको कामना गर्दै फेरि एकपटक बधाई भन्छु ।
– हेमन यात्री ३० श्रावण २०७१

शुभकामनाका
नेपाली साहित्यको उर्वर धरातलमा गजलको खेती अत्यन्त आकर्षक ढंगले मौलाएको छ । साहित्यिक सोच र चिन्तन भएका प्रत्येक स्रष्टाहरु लाई यस विधाले प्रभावित तुल्याएको पाइन्छ । वास्तवमा नेपाली साहित्यको वर्तमान गजलका फूलहरुले सजिएको र मगमगाएको छ । गजललाइ पाखा लगाएर अब नेपाली साहित्यले पूर्णता पाउनै सक्तैन । गजल आज नेपाली युवा स्रष्टाहरुको अत्यन्त लोकप्रिय विधाका रुपमा स्थापित भइरहेको छ भने पुराना पाका स्रष्टाहरुलाई पनि यसको सौन्दर्यमय आकर्षणले अचम्मसँग तानेको छ । नेपाली स्रष्टाहरु आजको भूमण्डलीकरणको युगमा जहाँ जहाँ पुगेका छन्, त्यहाँ त्यहाँ गजलको खेती गर्न छाडेका छैनन् । विदेशी भूमिमा कामको सिलसिलामा गएका युवा स्रष्टाहरुले आफ्नो सिर्जनशीलतालाई पनि जीवन्त राखेका छन् । यस क्रममा गजल स्रष्टाहरुको भूमिका अझ महत्वपूर्ण रहेको देखिन्छ । आफ्नो प्यारो जन्मभूमिलाई छाडेर कामको खोजी गर्दै मलेशिया पुगेका प्रतिभाशाली र उत्साही युवाहरुको समूह ’प्रवासी कलम मलेशिया’ नामक संस्थाले ‘सामुद्रिक छल्का’ नामक गजल सङ्ग्रह प्रकाशित गर्दैछ भन्ने जानकारी पाउँदा मलाइ अत्यन्त प्रसन्नताबोध भएको छ । अझ यसबारे दुईचार शब्द सुमन शुभकामनाका रुपमा व्यक्त गर्नसमेत मलाई अनुरोध गरिएको हुँदा यस कृतिसँग म जोडिन पाएको छु । विदेशमा रहेर पनि नेपाली भाषा र साहित्यको उन्नयनमा, अझ नेपाली गजलको विकास विस्तारमा युवाहरुले खेल्दै आएको भूमिका निकै प्रशंसनीय छ । यस्तै प्रशंसनीय कार्यको एउटा उदाहरणका रुपमा हामीले यस सामुदिरक छल्कालाई पनि लिन सक्दछौं । अन्तमा म प्रवासी कलम मलेशियासँग आवद्ध प्रदीप राई, प्रकाश ’पुष्पक’ राई, दान राई, दीपेन्द्र राई, रत्नराज पुन र रुद्र विवश लगायतका युवा स्रष्टाहरुलाई हार्दिक साधुवाद व्यक्त गर्दै यस कृतिको लोकप्रियताको कामना समेत गर्दछु ।
– डा.घनश्याम न्यौपाने ‘परिश्रमी’  मिति २०७०–०४–३० भैरहवा



रचनाक्रम विषयसूची
१ दिपेनद्र राई ‘अश्रुमाली’ छोरम्बु खोटाङ
२ रुद्र ‘विवश’ ओखरबोट ३ म्याग्दी
३ भण्डारी दाई ‘अचम्म’ मेलम्ची हेलम्बू
४ प्रकाश ‘पुष्पक’ राई (पुमा) बेल्टार बशाहा १ उदयपुर
५ दान राई ‘झरी’ लेखगाउँ ८ उदयपुर
६ हरीहर कँडेल पाली ४ अर्घाखाँची
७ शिव (राज) सुबेदी शान्तीनगर १ झापा
८ दीपक नेपाली टालेगाँउ २ जाजरकोट
९ पारश खनाल खन ६ अर्घाखाँची
१० हरि बस्नेत ‘जलन समर्पण’ झाप्रा ६ जाजरकोट
११ विप्लवी तेन्जु योन्जन छितापोखरी ९ खोटाङ्
१२ वाङ्जु वाइवा गोकुले ७ रातमाटे काभे्रपलान्चोक
१३ रतनराज पुन मगर झाप्रा ५ जाजरकोट
१४ जगत अधिकारी ‘अनमोल’ बाक्सिला ४ खोटाङ्
१५ महेन्द्र कुमार मिश्र नांगिन १ पाँचथर
१६ कृष्णप्रसाद भट्टराई पहलमपुर ३ कैलाली
१७ देव बिरही दाङ् तुल्सिपुर
१८ प्याशी चाम्लिङ् दोर्पा ९ खोटाङ्
१९ प्रदिप राई ‘अभी’ बतासे १ खोटाङ्
२० मौलिक श्रीस सुखौरा ७ नवलपरासी
२१ सहदेव चाम्लिङ् राई (देव) हदिया बुधवारे ९ झापा
२२ ‘इलामेली’ सनत तिम्सिना शान्तिपुर ३ इलाम
२३ विनोद ‘ज्वलन्त’ जलजला ६ संखुवासभा
२४ बि.बि. तामाङ् घिसिङ् ‘बैरागी’ विजुलीकोट ३ रामेछाप
२५ मिलन घर्ति मगर काप्रिचौर १ सुर्खेत
२६ भुपाल ठाडा राना मगर लेखखर्क ३ सुर्खेत
२७ सानुबावु मल्ल तिनकन्या २ सिन्धुली
२८ शितल बिष्ट चिन्नेडाँडा ५ उदयपुर
२९ धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ ललाई भूटान हाल अमेरिका
३० साहित्य पारखी मोहन मगर थारमागे ४ सल्यान
३१ दिलिप साम्पाङ् ‘आशुँ’ सामालबुङ् ६ इलाम
३२ लक्ष्मी तिम्सिना शान्तिपुर ३ इलाम
३३ मनिस कुइकेल ‘गाउँले’ चुलाचुली ५ इलाम
३४ देवराज भन्तना अश्राङ्ग ३ गोर्खा
३५ चन्द्री मोक्तान ‘खुशी’ अत्तरपुर ५ सिन्धुपाल्चोक
३६ प्रविन शर्मा स्यावुन ९ संखुवासभा
३७ भुपेन्द्र बिएम (क्यानभास) साँखा ६ रुकुम
३८ सुरज गैरे ‘बिवश’ थुमपोखरा ३ स्याङ्जा
३९ कमली श्रेष्ठ ‘रस्मी’ कुम्पुर ४ धादिङ्
४० गणेश पौडेल कुन्तादेवि ९ ओखलढुंगा
४१ प्रतिक सङ्ग्रामी बिजौरी २ दाङ्
४२ भरत अधिकारी मिर्लुङ् ३ तनहु
४३ सम्झना अर्याल ‘दर्पण’ नलाङ् ७ धादिङ्
४४ प्रकाश अर्याल नलाङ् ७ धादिङ्
४५ हरीप्रसाद अर्याल हाँडीखोला ६ मकवानपुर
४६ महेशकुमार वली पवननगर ६ दाङ्
४७ शुरेस प्रसाद अर्याल ‘कान्छो’ इस्मा मैदान ३ गुल्मी
४८ कृष्ण रसाइली ओखरबोट ४ म्याग्दी
४९ बुद्दवन सि लामा ‘घायल’ छत्तिवन ४ मकवानपुर
५० भगवती रिजाल ढकाल गौरिगन्ज ७ झापा
५१ दिपेश तामाङ् गोले हाडिखोला ४ मकवानपुर
५२ सुमित्रा अधिकारी ‘धिताल’ मुचोक ६ गोर्खा
५३ एस पि माथवर देउखुरी १ दाङ्
५४ लोकेन पुन ‘वर्षाद’ (एस) डाडाँगाउँ ४ जाजरकोट
५५ आर्दश दङ्गाल ‘मछिन्द्र’ नाङ्लेभारे ५ काठमाण्डौ
५६ तारा गौतम काठमाण्डौ
५७ राजेन्द्र सिग्देल तोपगाछी ४ झापा
५८ भरत खड्का बास्पानी ३ खोटाङ्
५९ पदमा लिंखा मगर माङ्लिङ् ४ संखुवासभा
६० देवन चाम्लिङ् राई नुनथला ४ खोटाङ्
६१ जलन बुद्धि बुढिमोरङ ८ धनकुटा
६२ हर्कराज गुरुङ् ‘भुटानी’ हाल अमेरिका
६३ जिवलाल भण्डारी बेलबास ४ प्यूठान
६४ लोकबहादुर जोशी ‘रामहरी’ बिजुलीकोट ६ कल्लेरी रामेछाप
६५ अनिल बराइली चरम्बी भोजपुर
६६ टेक भण्डारी भुटान हाल अस्ट्रेलिया
६७ सुनिल ‘प्रतिक’ राना गोरखा नपा बिरनचोक ९ गोरखा
६८ ‘निष्ठुरी’ चिजबहादुर चौधरी धरौनी ८ दाङ्
६९ टेकचन्द्ररोका ’नीलओम’ खोटाङ्
७० बसन्त घर्तीमगर (अभिषेक) घर्तीगाउँ २ रोल्पा
७१ मगर पूर्णआले जाते ७ मोरङ्
७२ प्रिन्स याक्खा (राजकुमार) चापा भै ८ संखुवासभा
७३ रमेश के.सी अर्घा ३ अर्घाखाँची
७४ घनश्याम मुडभरी कुमरी १ नुवाकोट
७५ यूवराज गौतम गल्लेरी ६ धादिङ्
७६ ईश्वर राई महादेवस्थान ९ काभ्रेपलान्चोक
७७ नविन प्रभात शनिस्चरे १ मोरङ्
७८ रामप्रसाद चौधरी ‘अनुरागी’ हेकुली ८ दाङ्
७९ पहलबहादुर थामी चिलखा २ दोलखा
८० दिनेश कटवाल चारआली झापा
८१ शालिकराम सत्याल रामपुर ८ सल्यान
८२ श्याम श्रेष्ठ भानुमती ७ हटियातन तनहु
८३ बिर पृथक थापा कुरिन्टार ३ चितवन
८४ कमल बुढामगर पाछावाङ् ३ रोल्पा
८५ योगेन ढोली पंचन १ सोलुखम्बुु
८६ समिर कार्की केरावारी १ झापा
८७ प्रकाश पाठक ‘योगी’ जगतपुर १ चितवन
८८ जीवन गौतम बाग्लुङ्बाटाकाचौर ४ रुपन्देही
८९ बुद्धिसागर ज्ञवाली चापाकोट स्याङ्जा
९० सन्दिप सङ्ग्रोला सुङ्नाम ४ तेरथुम
९१ दिपक अधिकारी सन्धिखर्क ५ अर्घाखाँची
९२ थाकुहाङ् मेरिङ् फाकफोक २ इलाम
९३ गौराम तामाङ् हिलेटक्सार २ लमजुङ्
९४ इश्वर शाही कल्लेरी ९ धादिङ्
९५ विजय महतरा बादिकोट५ प्यूठान
९६ रमेश पौडेल माकर ४ नवलपरासी
९७ पोषकुमार राई महेश्वरी २ खोटाङ्
९८ नेपाली डेभिड ढकाल गणेशथान १ नुवाकोट
९९ नारायण जैशी (एन के अज्नभी) मण्टाबण्डाली ४ अछाम
१०० राजेश राई बतासे १ खोटाङ्
१०१ ओमकुमारी खाण बरडाँडा ६ पाल्पा
१०२ कुमार श्रेष्ठ ‘यात्री’ काठजोर ६ रामेछाप
१०३ सन्तमान श्रेष्ठ ‘सालिन’ सिलुवा ६ पाल्पा
क) राजेश कुमार रसाईली (सेन्टीमेन्टल) खलंगा १ रुकुम हाल बाँनियाटार ९ काठमाण्डौ
ख) मयॉ कुईकेल चुलाचुली ५, ईलाम
ग) सुमन राई  छोराम्बु ८ बुईखुवा खोटाङ्



गजल सर्जक १
दिपेन्द्र राई ‘अश्रुमाली’
जन्म मिति – २०४८ अषढ २० गते
जिल्ला – खोटाङ्
गा.वि.स – छोरम्बु
बुवा  -  मोहनसेर राई
आमा  -  शान्ताकुमारी राई
योग्यता – बिएड तेस्रोवर्ष
आवद्ध संस्था – प्रवासी कलम मलेसिया (अध्यक्ष)

गजल १
साचो माया प्रिती गाँस्ने खोटाङ्गे हुँ म ।
दुःख मानि रमाई हाँस्ने खोटाङ्गे हुँ म ।।

रावा सावा साप्सुसँगै लुकामारी खेल्दै ।
मेरुङ सेल्मे मनमा टास्ने खोटाङ्गे हुँ म ।।

हलेसी र बाराहाको आशिर्वाद थापी ।
अन्यायको जरै मास्ने खोटाङ्गे हुँ म ।।

आफ्नै सिमा भोजपुरको सिरुपाते खुकुरीले ।
तप्कन दिने रुख छाँस्ने खोटाङ्गे हुँ म ।।

दुधकोसिको चिसो पानी अन्जुलिले खाई ।
सगरमाथा शिरमा बास्ने खोटाङ्गे हुँ म ।।
–दिपेन्द्र राई ‘अश्रुमाली’
खोटाङ छोरम्बु

गजल २
हिजो बेग्लै आज बेग्लै भोली पनि बेग्लै हुन्छ ।।
जिन्दगीको भोगाइसँगै चोली पनि बेग्लै हुन्छ ।।

हुँदा खेरी मै हुँ भन्ने स्वाभब नै हो मानिसको ।
हेरी बुझ बर्र्ष याममा खोली पनि बेग्लै हुन्छ ।।

रणभूमि मैदानमा पल पल भेट्ने जवानलाई ।
सोधी हेर सोचे भन्दा गोली पनि बेग्लै हुन्छ ।।

दुनियाँ लाई के थाहा हुन्थ्यो दुखी मनको रहरमा ।
हाँस्ने खेल्ने रमाउने टोली पनि बेग्लै हुन्छ ।।

प्रदेसिको जीवन भित्र सपनाको खेती सँगै ।
मनको कथा पोक्याउने झोली पनि बेग्लै हुन्छ ।।
– दिपेन्द्र राई ‘अश्रुमाली’
खोटाङ छोरम्बु

गजल ३
सांचो माया पिरतिमा मुटु रोप्ने छुरा भेटे ।
तड्पाएर यादै तादले मार्छु भन्ने कुरा भेटे ।

निष्ठूरिको प्रेमजालमा फस्नु फँसी सके पछी ।
अर्कै हातले लगाएको सिन्दुर पोते चुरा भेटे ।

सँगै बाँच्ने मर्ने बाचा मेरो पुरा भई  सक्दा ।
निष्ठूरिको जीवन साथी बन्ने अर्कै सुरा भेटे ।

पहिलो माया पहिलो प्रेम अर्कै मनको हुँन पुग्दा ।
ना त जीवन मार्न सके नात खुशी पुरा भेटे ।

मनको सबै साम्राज्यनै अतितसँग ताल्चा लाग्दा ।
“दिपेन्द्रको’ हरेक सपना लङगडा र लुरा भेटे ।।
– दिपेन्द्र राई ‘अश्रुमाली’
खोटाङ छोरम्बु

गजल ४
शहर भनी मख्ख नहौ, शहरमा त जाली हुन्छन् ।
हेर्दा राम्रो भए पनि, दयाको त खाली हुन्छन् ।।

सुन्दर शान्त परिवार, देखे पनि महल भित्र ।
चुलोचौको भाडाकुडा,आफ्नो आफ्नो थाली हुछन् ।।

हरेक चोकमा भलाद्मी भै, बस्ने सुन्दर युबकहरु ।
अक्सर थोरै ज्ञानी होलान, धेरै भने दलाली हुन्छन् ।।

शहरको हूल भित्र, तिमिले जे काम गरे पनि ।
न त कोही गाली हुन्छन, न त कोही ताली हुन्छन् ।।

धनको धनी भए पनि, मनको गरीब हुनेहरु ।
आफू आँफै फूल हुन्छन, अनी आँफै माली हुन्छन् ।।
–दिपेन्द्र राई ‘अश्रुमाली’
खोटाङ छोरम्बु
   
गजल ५
ढुङगा फोर्छु माटो खन्छु घर बनाउँछुं  ।।
बिकट भो रे  मेरो गाउँ  शहर बनाउँछुं  ।।

छिन् भर मै लुटिन्छन् मनकारी गाउँलेहरु ।
अब गाउँले मन पनी पत्थर बनाउँछुं  ।।

परिश्रमको पसिनाले जिउ भिजी गनाउँदा ।
पसिनाको मूल्य  बेच्छु अत्तर बनाउँछुं  ।।

चाहिंदैन पिजा बर्गर जानु छैन डिस्को ।
गुन्द्रुक ढिडो बाट घरमै दर बनाउँछुं  ।।

मेची काली कर्णाली बिदेसिकै हुन्छ भने ।
सित्तै बग्ने पानी सुकाइ बगर बनाउँछुं  ।।
–दिपेन्द्र राई ‘अश्रुमाली’
खोटाङ छोरम्बु




गजल सर्जक २
रुद्र ‘विवश’
ओखरवोट ३, च्युरीवोट , म्याग्दी
हालको वसाइ – रुन्देही, बुटवल
फेसबुक आइडी – rudra.bibas
साहित्य लेखन विधा – कथा, कविता, गजल, मुक्तक, उपन्यास,
प्रकाशीत कृति – विभिन्न पत्र पत्रिका हरुमा,
सम्मान – मलेसिया देखि प्रकाशित पत्रिका  श्रम साप्ताहिकको आठौं वार्षिक उत्सव मा उत्कृष्ट कथा लेखनमा सम्मानित

गजल १
मेरो म्याग्दी जिल्ला को छुट्टै अफ्नै कहानी छ ।
धौलागिरी उच्च शिरमा पर्यटक को निशानी छ ।।

पुरानो रोग निको पार्छ आउनुस डुब्न एक चोटी  ।
म्याग्दी मा त अचम्म को मूलको तातो पानी छ ।।

त्यसको उत्थान गर्न सके देशको विकाश हुन्थ्यो ।
म्याग्दीमा  नै ठाँउ ठाँउमा नुन र तामा खानी छ ।।

संधै उलिर्ने म्याग्दी कालीको छाल कति सुन्दर ।
म्याग्दी काली विचमा सुन्दर बेनी उस्तै जवानी छ ।।

छैन भेदभाव सवै जाती मिली जुली वसेका छन् ।
म्याग्दी बासी जनताको क्या.... जिन्दगानी छ ।।

डाँडा पाँखा  झरनाले उस्तै रमाईलो ठाँउ छ ।
छैन शोषण खुशीहरु आप्mनै मनोमानी छ  ।।
–रुद्र ‘विवश’
ओखरवोट ३, च्युरीवोट , म्याग्दी

गजल २
गल्ली एउटै ओत लाग्ने घर फरक फरक ।
यात्रा एउटै तर पुग्ने सफर फरक फरक ।।

कोही रुन्छन झुपडि मा कोही फेरि महलमा ।
रुवाई एउटै तर मनमा असर फरक फरक ।।

मागी खाने बटुवा को छैन कुनै सपनाहरु ।
मान्छे एउटै तर किन प्रहर फरक फरक ।।

कोही जीवन फुल भन्छन् कोही काँडा भन्छन् ।
आखाँ एउटै तर हेर्ने नजर फरक फरक ।।

सडकमा हेर कठै जाडो छेल्ने कपास छैन ।
धर्ति एउटै तर जिउने नगर फरक फरक ।।
–रुद्र ‘विवश’
ओखरवोट ३, च्युरीवोट , म्याग्दी

गजल ३
यो मनलाई वुद्धकै साभार बनाँउछु ।
दु.ख भुलि हंसिलो अनुहार बनाँउछु ।।

मरि लानु के छ र लोभ के लाई गर्नु ।
सन्तुष्ट मनले सुखी संसार बनाँउछु ।।

दिन दु.खीको सेवा गरि पाप पखाल्नुछ ।
सिंगो मनमा सबै अट्ने दरबार बनाँउछु ।।

सबै खुशी भएपछि घर भित्रै स्वर्ग हुन्छ ।
अब म त्यस्तै सुन्दर परिवार बनाँउछु ।।

मान्छे सबै एउटै हो सानो ठुलो हुन्न जात ।
घमण्ड त्यागी यस्तै महान, विचार बनाँउछु ।।
–रुद्र ‘विवश’
ओखरवोट ३, च्युरीवोट , म्याग्दी

गजल ४
कोलाहल छ जताततै सुनशान हरायो ।
मैले पुज्ने मन्दिर को भगवान हराया ।।

छैन कोही ईमान्दार छल कपट हुन्छ ।
गिता छोएर लेखिएको बिधान हरायो ।।

देशलाई ज्यानै दिने शहिदको कथा खै ?
देश बचाउने विरहरुको चिहान हरायो ।

रोधीघरमा अचेल त बज्दैन डम्फु,मादल ।
हाम्रो मौलीक संस्कृति र पहिचान हरायो ।।

कहाँनिर चुक्यौ हामी विदेशीले गन्नै छोड ।
गोर्खे भनेर सलाम गर्ने सम्मान हरायो ।।

मेटिदैछन छाँतीमा देश राख्ने आत्माहरु ।
यो देशलाई माया गर्ने सन्तान हरायो ।।
–रुद्र ‘विवश’
ओखरवोट ३, च्युरीवोट , म्याग्दी

गजल ५
२+३+२+२,   +२+३+२   १६ अक्षर
मन एउटै हामी हिड्ने बाटो फरक थियो ।
बस्ती एउटै तर टेक्ने माटो फरक थियो ।।

हामी अलग भए पछि खुशी थिएन मन ।
घाँउ एउटै तर पनि खाटो फरक थियो ।।

रुँदा झरेको हाम्रो आशुँ उस्तै भएर पनि ।
मन भरिको पीर व्याथा पाटो फरक थियो ।।

धति र्आकाश भयौ हामी धनि गरिब हुँदा ।
तिम्रो घरको भात मेरो आटो फरक थियो ।।

कहाँ महल कहाँ झुप्रो थियो अन्तर धेरै ।
मेरो घरको छानो माथी भाटो फरक थियो ।।
– रुद्र ‘विवश’
ओखरवोट ३, च्युरीवोट , म्याग्दी





गजल सर्जक ३
भण्डारी दाइ ‘अचम्म’
मेलम्ची हेलम्बु नेपाल


गजल १
ठूलो बाट साना लाई दबाइन्छ जताततै ।
जस्तो आँफू उस्तै बन्न लगाइन्छ जताततै ।।

पैसा संग मानिसको ओजन हरु तौलीएर ।
सुनिदैन निमुखा लाई लडाइन्छ जताततै ।।

ब्यबहारमा गिरे पनी सार्वजनिक स्थलमा ।
राम्रै राम्र कुरा मात्र पढाइन्छ जताततै ।।

छुरा हानी गएपनि मन परेकी मायाँलु लाई ।
छाती भित्र मुटु भित्र सजाइन्छ जताततै ।।

यस्तै धेरै उल्झन हरु बदलिका माग राखी ।
त्यसैलेत ठाडै मसाल जलाइन्छ जताततै ।।
– भण्डारी दाइ ‘अचम्म’
मेलम्ची हेलम्बु नेपाल

गजल २
सदनमा जब भ्रष्टाचार हुन्छ ।
सडकमा तब प्रतिकार हुन्छ ।।

बालिन्छ आगो ढालीन्छ मुर्ति ।
पुरै यो नेपाल शनिवार हुन्छ ।।

पुलिसले रोक्छ सिट्ठी बजाउँछ ।
दोहोरो भिडन्त लगातार हुन्छ ।।

सम्झौता हुन्छ मिलेर जानेको ।
कुर्सीमा फेरी मारामार हुन्छ ।।

बुझेहै जनता बाँदरको पुछर ।
अन्त्यमा लौरोनै हतियार हुन्छ ।।

कामनै ठुलो पौरखै ठुलो हो ।
बोलित छिनमै निराधार हुन्छ ।।
– भण्डारी दाइ ‘अचम्म’
मेलम्ची हेलम्बु नेपाल

गजल ३
बालापन झैँ उस्तै गाला सँधै कहाँ रहिरन्छ ।
चाउरी पर्दै जान्छ छाला सधँ कहाँ रहिरन्छ ।।

नच्याँठिए हुन्छ तिमी जवानीको उन्मादमा ।
जोवान यसै ढल्कि जाला सँधै कहाँ रहिरन्छ ।।

बैज्ञानिक जमानाहो परिवर्तन हुन्छ पक्कै ।
डोको नाम्लो थुन्चे डाला सँधै कहाँ रहिरन्छ ।।

पन्जा देखाइ ढोकाहरु लाउँने खोल्ने भएपछि ।
कब्जा काटी चाबि ताला सँधै कहाँ रहिरन्छ ।।

परिवर्तीत हुनुपर्छ मान्छे  भएर  जिएपछि ।।
एकैनास एकै चाला सँधै कहाँ रहिरन्छ ।।
– भण्डारी दाइ ‘अचम्म’
मेलम्ची हेलम्बु नेपाल

गजल ४
गोधुलीमा घामले क्षितिज चुम्बन गर्ने बेला एउटै ।
तिम्रै यादले हलचल मेरो धड्कन गर्ने बेला एउटै ।।

किन हुन्छ म संधै एकान्त प्रेमी बन्ने समय र ।
चरा अनि चुरुङ्गी ले गन्थन गर्ने बेला एउटै ।

हामी दुई आपसमा बाध्यता ले छुट्न लाग्दा ।
दुनियाँको हुन्छ बाँचा बन्धन गर्ने बेला एउटै ।।

सृष्टि बाटै जुधाईएछ पढ्ने लेख्ने समय र ।
जीन्दगी मा जवानी को मन्चन गर्ने बेला एउटै ।।

यस्तो सम्म भयो आज म चितामा जल्ने अनि ।
उनीले जोवान पराइलाई अर्पण गर्ने बेला एउटै ।।
– भण्डारी दाइ ‘अचम्म’
मेलम्ची हेलम्बु नेपाल

गजल ५
झुटको खेती गर्दा मुटु दुखिरन्छ थाहा होला ।
मुटु दुख्दा आफ्नै शीर झुकिरन्छ थाहा होला ।।

सत्य लुकाइ बुद्ध मेरो भन्दैमा के हुन्छ  हो ।
काग कराइ रहन्छ, पिना सुकिरन्छ थाहा होला ।।

बहादुरी देखाएर अन्त्य सम्म लड्छ र त ।
गोर्खे संग शत्रु संधै चुकीरन्छ थाहा होला ।।

आफ्नै खाउँ आफ्नै लाउँ चोरी लुटि के पुग्छ र ।
कु–कार्य त काल बनी ढुकीरन्छ थाहा होला ।।

अचम्म का कुरा गरी फसाउन खोज्नेहरु सुन ।
हात्ती लम्किरन्छ कुकुर भुकीरन्छ थाहा होला ।।
– भण्डारी दाइ ‘अचम्म’
मेलम्ची हेलम्बु नेपाल




गजल सर्जक ४
नाम – प्रकाश ‘पुष्पक’ राई (पुमा)
जन्मस्थान – देविस्थान–१ पायोङ् खोटाङ्
ठेगाना – बेल्टार बशाहा–१ उदयपुर
बावा÷ममी – पृतम/लक्ष्मी राई (पुमा)
सम्लगन्ता – मञ्जरी प्रकाशन नेपाल (अध्यक्ष)
– अङ्गुर प्रकाशन नेपाल (सचिव)
– नयन मञ्जरी नेपाली पत्रिका (प्रधान सम्पादक)
– क्षितिज पत्रिका (सम्पादक)
– प्रवाशी कलम मलेसिया (कोषाध्यक्ष)
– खोटाङ् सेवा समाज यूवा एकता मलेसिया (महा–सचिव)
– नेपाली मजदुर संचयकोष समिति (महा–सचिव)
– किरात पुमा राई तुप्खाबाङ्खाला मलेसिया (महा–सचिव)
प्रकाशित पहिलो कृति– घाँटी रेटिंदैछ हाइकु सङ्ग्रह २०६२
सामुहिक कृतिमा – श्रीजनाका आलोकहरु २०६५
अहिले प्रकाशित कृति – अन्जलीका मन्जरीहरु २०७०
अन्यकृतिहरु – कविता, कथा, उपन्यास, निवन्ध र नाटक दर्जनौ सङ्ग्रहहरु प्रकाशित
पेशा– श्रमिक (श्रमजिवी पत्रकार)
सम्पर्क – payongpuma@yahoo.com, payongpuma@gmail.com

गजल १
२+३+४,       २+३+४,     = १८ अक्षर
तिमी आउने दिशाबाट, हुरी चलेर गएकोछ ।
रात बितेछ पर्खाइमा, दीप जलेर गएकोछ ।।

एक्ले पिपल भएकोछ, शून्य एकान्त पूर्वबाट ।
आँधी आएर चौतारीको, वर ढलेर गएकोछ ।।

थिए आशामा नछुटिने, तर मायाको भाग्यछैन ।
कस्तो निष्ठुरी मायालुको, साथ छलेर गएकोछ ।।

थाहै नदिइ डेरासर्यो, कस्तो बैगुनी मनपनि ।
सँगै जीउने अजम्वरी, वाचा टलेर गएकोछ ।।

अव अन्तिम सपनाको, गला रेटेर आत्माभित्र ।
रित्तो आशाको बाह्रमासे, फल फलेर गएकोछ ।।
– प्रकाश ‘पुष्पक’ राई (पुमा)
बेल्टार बशाहा–१ उदयपुर

गजल २
२+३+४,   २+३+४,  = १८ अक्षर
एक्लै बसेर एकान्तमा, भुल्ने रहर हराएछ ।
दुई वस्तीको मनभित्र, मुख्य शहर हराएछ ।।

माया सागर भन्दछन्, तर मुहान सुकिसक्यो ।
हामी पौडेर रमाउँने, प्रेम नहर हराएछ ।।

बन्द नयन गरिरहे, सँधै उनकै यादहरु ।
खोई रातको शुन्यतामा, तेस्रो पहर हराएछ ।।

मात दिएर मारिएको, अव जिउँदो लाशपनी ।
मृत जीवन जितेरनी, विष जहर हराएछ ।।
– प्रकाश ‘पुष्पक’ राई (पुमा)
बेल्टार बशाहा–१ उदयपुर

गजल ३
३+२+२,    ३+३,  = १३  अक्षर
मुटुनै जल्नु जल्यो, उनकै यादमा ।
जीवन गल्नु गल्यो, उनकै यादमा ।।

विछोड मन भित्र, रोपिने धारिलो ।
कटारी चल्नु चल्यो, उनकै यादमा ।।

रातमा निद्रा छैन, न त भोक नै ।।
समय ढल्नु ढल्यो, उनकै यादमा

कहिले हुन्छ भेट, प्रतिक्षा घडिले ।
नयन छल्नु छल्यो, उनकै यादमा ।
– प्रकाश ‘पुष्पक’ राई (पुमा)
बेल्टार बशाहा–१ उदयपुर

गजल ४
३+२+३,     २+४+३,  = १७ अक्षर
प्रेममा आफ्नै दुईको, नयाँ सरकार बन्दैछ ।
दैनिकी हाम्रो मायाको, तथ्य अखवार बन्दैछ ।।

लेखियो दुवै मुटुको, एक आपसमा कहानी ।
छापिने मुख्य प्रमुख, पृष्ठ समचार बन्दैछ ।।

सपना पुरा हुनेछ, अव मिलनको आशामा ।
अमर साथ नछुट्ने, जग घरवार बन्दैछ ।।

अवको लाखौ जुनीमा, सैयौ अजम्वरी हाम्रो ।
मायाको फूल वारीमा, चिनो उपहार बन्दैछ ।।
– प्रकाश ‘पुष्पक’ राई (पुमा)
बेल्टार बशाहा–१ उदयपुर

गजल ५
४+४,    २+४+३+१   =  १८ अक्षर
सम्झनाले नयनका, आँशु छल्कीएर रोएको छु ।
विछोडले छाँतिभित्र, आँगो सल्कीएर रोएको छु ।।

बाध्यताको समयनी, कस्तो नबुझिने निष्ठूरी यो ।
प्रतिदिन मुटुमाझ, घाउँ बल्झीएर रोएको छु ।।

ममताले सताउँछ, मन एकान्तमा आतुर छ ।
समीपमा जाँदाजाँदै, खुट्टा अल्झीएर रोएको छु ।।

विवशको जन्जीरमा, बन्द स्पन्दनको बाटोमा नै ।
जीवनको उपहार, फूल कल्चीएर रोएको छु ।।
– प्रकाश ‘पुष्पक’ राई (पुमा)
बेल्टार बशाहा–१ उदयपुर




गजल सर्जक ५
नाम – दान राई ‘झरी’
पिता – गौ बहादुर राई
माता – बिष्णुमाया राई
ठेगाना – लेखगाउँ ८ बाच्छांग, उदयपुर
शिक्षा – साधरण
लेखन विधा – गजल, गीत, कथा, कविता, मुक्तक, हाईकु, केस्रा, तियाली, लघुकथा र तप्काना ।
सम्मान तथा पुरस्कार – मलेसिया व्यापी खुल्ला गजल प्रतियोगितामा पुरस्कृत ।
आवद्ध संघसंस्था – नेपाल सरकार द्धारा आदिकवि भानुभक्त आचार्य द्धिश्वत वार्षिक समारोह समिति मलेसिया (सदस्य)
      - प्रवासी कलम मलेसिया (उपाअधक्ष्य)
प्रकाशित कृतिहरु – समुन्द्र दन्के पछि (संयुक्त गजल सङ्ग्रह)
– प्रवासका अक्षरहरु (संयुक्त गजल सङ्ग्रह)
– मियो स्तुप (संयुक्त लघुकथा सङ्ग्रह)
– हैसियत (संयुक्त गजल सङ्ग्रह)
– केस्रा विधाको घोषणा तथा दस्तावेज
– सामुन्द्रिक छल्का (संयुक्त गजल सङ्ग्रह) तपाईको हातमाछ

गजल १
कसले भन्छौ कसको दोष देश यहाँ दुखाउँनुमा ।
बहादुरको देश माथि आज अनि थुकाउँनुमा ।।

सरकारको दोष छ कि जनताको भन सबले ।
स्वाभिमानी शिरहरु नेपालीको झुकाउँनुमा ।।

मिचिदैछन् सिमाहरु बेचिदैछन् अस्तित्व नै ।
किन धिला गर्छन् कानुन अन्धो आँखा फुकाउनुमा ।।

राष्ट्रघाती नेताहरु यति सम्म घटिया छन् ।
ज्यानै दिई लागी पर्छन आफ्नै आमा लुटाउनुमा ।।

आँशु त्यसै कहाँ झर्छन् रहस्य त पक्कै होला ।
नेपाल आमा रुवाएर परेली त्यो रुझाउनुमा ।।
– दान राई ‘झरी’
लेखगाउँ ८ उदयपुर

गजल २
फूलकै हार हिजो आज गर्धनमा धार हुन्छ ।
सत्य यहाँ टिक्नै छाड्यो अवसर सँधै हार हुन्छ ।।

समय नी कस्तो आयो अचम्मै छ यहाँ हजुर ।
एउटै रगत दाजु र भाइ आफ्नै आफ्नै जार हुन्छ ।।

दुनियाँको अन्त्य हेर पक्कै हुन्छ एक दिन ।
छैन शान्ति कहि कतै र त मारा मार हुन्छ ।।

मानव स्वरुप उस्तै अनि रगत रातै भए पनि ।
पिरतीमा जात धर्म यस्तै यस्तै बार हुन्छ ।।

प्र्रिय बनौं सबै सबको मरी लानु के नै छ र ।
दानव रुपी जिन्दगी त धरती कै भार हुन्छ ।।
– दान राई ‘झरी’
लेखगाउँ ८ उदयपुर

गजल ३
न्याय दिलाउ न्याय कर्मी अन्याएमा परेकोछु ।
मानवताकै हत्या हुँदा जिउँदै म त मरेकोछु ।।

घर–बास लुटी दिंदा सिमानामा छिमेकीले ।
दया गर बास देऊ अलि यता सरेकोछु ।।

किन हुन्छ भेदभाव जातियताका कुरा संधै ।
यहि निहुँमा भाइ–भाइ लड्ने हो कि डरेकोछु ।।

हट्ने छुईन कर्तव्यको पथ बाट अब पछि ।
चाहे मिलोस फाँसी मलाई मैले प्रण गरेकोछु ।।

अलिकति दया गर नपुछे नि आँशु मेरो ।
घरि–घरि आँखा बाट “झरी“ बनि झरेकोछु ।।
– दान राई ‘झरी’
लेखगाउँ ८ उदयपुर

गजल ४
आंटो बोल्छ बाटो बोल्छ लुम्बिनीको माटो बोल्छ ।
गौतम बुद्ध नेपाली हुन् जस्ले बोल्छ साँचो बोल्छ ।।

बुद्धम शरणम् गच्छामिको ध्वनी गुञ्जाएर यहाँ ।
हिमाल तराई संगै अनि इतिहासको पाटो बोल्छ ।।

नलगाउ नजर कोहि शान्तिको दुत माथि हाम्रो ।
ज्वालामुखी फुट्ला फेरी भर्भराई आँगो बोल्छ ।।

बहादुरको देश हो यो बुद्ध यहि जन्मिएको ।
यहि कुरा दुनियाँको लाटो देखि बाठो बोल्छ ।।
– दान राई ‘झरी’
लेखगाउँ ८ उदयपुर

गजल ५
लुटिएँ छु आभाष भयो जिन्दगी यो दुखे पछि ।
हाँस्दा हाँस्दै अनि यहाँ परेली यो रुझे पछि ।।

कस्ले भन्न सक्छ यहाँ चोखो रै’छ तिम्रो माया ।
मुटु संगै धड्कन र ढुकढुकि नै छुटे पछि  ।।

सम्झिन्न म तिमीलाई कत्ती पीर नगर है ।
भुल्छु पक्कै त्यही दिन मेरो लास उठे पछि ।।

तिम्रै भयो जित सानु स्वीकार छ हार मलाई ।
तिम्रो सामु म को हुँ र दुनियाँ नै झुके पछि ।।

कता–कता यो हृदय जले जस्तै लाग्छ मलाई ।
चन्द्रमाले चाँदनिलाई अनायासै भुले पछि ।।
– दान राई ‘झरी’
लेखगाउँ ८ उदयपुर




गजल सर्जक ६
हरीहर कँडेल
पाली ४ अर्घाखाँची
माता पिता – सोमप्रसाद÷साबित्रा कँडेल
स्थायी बसोबास – पाली वडा नं ४, अर्घाखाँची नेपाल
हालको शहर– जोहरबारु, मलेशिया
शिक्षा –उच्च माध्यमिक तहसम्म
प्रकाशित कृति–“प्रवासका अक्षरहरु“ सामुहिक गजल सङ्ग्रह ।
इमेल - kandelharihar@gmail.com


गजल १
त्यै साहुको, ऋन संम्झी, आएको छु आमा ।
नसोचेको, दु.ख–पिडा, पाएको छु आमा ।।

बिरानो ठाउँ, आफ्नो भन्ने, कोहि नहँदा ।
घर संम्झी, रुँदै आशुँ ,बगाएको छु आमा ।।

भएन कत्ति, खाना तिमीले, पस्केको जस्तो ।
बासी खाना, खाएर नै, अघाएको छु आमा ।।

दिन–रात, नभनेर, गर्नुपर्ने काम यहाँ ।
बाध्यता, सँम्झेर मन, बुझाएको छु आमा ।।

अझै ठेगान छैन मेरो, फर्कन्छु कहिले ।
मनभरी, सपना धेरै, सजाएको छु आमा ।।
– हरीहर कँडेल
पाली –४,अर्घाखाँची

गजल २
४+४+४+४    (१६ अक्षर)
आजफेरी, आफ्नै प्यारो, माटो देखेँ, सपनामा ।
गाउँबेशी, गर्दै हिड्ने, बाटो देखेँ, सपनामा ।।

प्रदेशमा, जस्तोतस्तो, खानुपर्दा, सँधैभरी ।
सधैखाने, गुन्दु्रक र आटो देखेँ, सपनामा ।।

तपतपी, चुहिने त्यो, छानो देख्दा, सपनामा ।
छानो टाल्ने, बाताअनी, भाटो देखेँ, सपनामा ।।

भ्रष्टाचारी, नेतालाई, साथदिंदै, जाँदा आज ।
देशभित्रै, जनतामा, फाटो देखेँ, सपनामा ।।

बिदेशमा बसी–बसी, पसीना यही झार्नुभन्दा ।
कामगर्न पहाडको, पाटो देखेँ, सपनामा ।।

छिट्टै घर, आउँदैछु, नरुनुहै, प्यारी तिमी ।
त्यो दिलमा, बियोगको, खाटो देखेँ, सपनामा ।।
– हरीहर कँडेल
पाली –४,अर्घाखाँची

गजल ३
मेरो इतिहास छ मेरो अर्घाखाँची भित्र ।
धड्कन अनि सास छ मेरो अर्घाखाँची भित्र  ।।

जताततै हरियाली पहाडको सुन्दरता मा ।
मन्द मन्द बतास छ मेरो अर्घाखाँची भित्र  ।।

मथुराको कृष्ण मन्दिर देउराली सुपा संगै ।
ईश्वर को बास छ मेरो अर्घाखाँची भित्र ।।

पाणिनीको तपोभुमी खिदिमटारी गुफा जाँदा ।
लाग्छ छुट्टै आभास छ मेरो अर्घाखाँची भित्र ।।

बयालीस फुलको माला सिङगो अर्घाखाँची ।
हो प्रकृति नै दास छ मेरो अर्घाखाँची भित्र ।।

जातजाती भाषा धर्म धेरै भएपनि यहाँ ।
ब्यबहार एकैनास छ मेरो अर्घाखाँची भित्र ।।
– हरीहर कँडेल
पाली –४,अर्घाखाँची

गजल ४
बिग्रियो देशको हाल जनता रुँदैछन् ।
शोषक भए मालामाल जनता रुँदैछन् ।।

चुनाव त भयो संविधान बन्छ भन्ने ।
देखीदैन कुनै चाल जनता रुँदैछन् ।।

बुद्धको देशमा पनी शान्ति कत्तै छैन ।
देख्दा बन्द हड्ताल जनता रुँदैछन् ।।

अतिक्रमण भैरहेछ सिमानामा हाम्रोे ।
नहँुदा घेरा पर्खाल जनता रुँदैछन् ।।

देशमै बसौ भने कुनै रोजगार छैन ।
छोड्नु पर्दा नेपाल जनता रुँदैछन् ।।
– हरीहर कँडेल
पाली –४,अर्घाखाँची

गजल ५
मुख कसरी हेरुँ आमा तिमी गाउँ म मुग्लान
झर्छ आशुँ संम्झनामा तिमी गाउँ म मुग्लान

जननी हौ तिमी मेरी इश्वर पनी तिमी नै हौ
आज पुज्नुपर्ने बेलामा तिमी गाउँ म मुग्लान

दैवले नि दुखीलाई नै तड्पाउँदो रहेछ सधै
पार्यो यो अवस्थामा तिमी गाउँ म मुग्लान

गरीब थिएँ सपनाको पछि पछि लागि हिँडे
धन कमाउने आशामा तिमी गाउँ म मुग्लान

प्रदेशी यो छोरो सम्झी रुन्छयौ रे आमा
तस्विर छँुदै भित्तामा तिमी गाउँ म मुग्लान

अब अझै धेरै तिमीलाई एक्लै पार्नेछैन आमा
आउँछु पक्कै बिदामा तिमी गाउँ म मुग्लान
– हरीहर कँडेल
पाली –४,अर्घाखाँची




गजल सर्जक ७
शिव (राज) सुबेदी
पिता – हरिलाल सुबेदी
माता – कुमारी सुबेदी
स्थाई ठेगाना – शान्तिनगर १ जुनेली वस्ती, झापा
आवद्ध संस्था – नेपाल मुक्तक प्रतिष्ठान मलेसिया साखा सदस्य (२०७१)
फेसबुक आइडी – Shiva Subedi
फोन नं ०१६४२३१७१४

गजल १
खै जनता के पायौ त तिमीले ग¥या मलजल ले ।
दशौ बर्र्ष बिति सक्यो के दियो र छलफल ले ।

हिमाल बल्यो पहाड बल्यो तराई छ चक्चकी ।
लौन मेरे देश बल्यो लोडसेटीङको झलमल ले ।

सप्तकोशी, बाग्मती सुकिसक्यो मेल्मची पनी ।
आकुल ब्याकुल छन जनता ति झरना कलकल ले ।

साँझ ढल्दै गए पछी दशगजाको शिमा सर्छ.।
दिनै देश हराउँदैछ छिमेकीको सलबल ले ।

मेरो देश झन भन्यो झनै उबो बड्या देख्छु ।
एकदिन नामनिशान मेट्छन बैरीकै चहलपहल ले ।
– शिव (राज) सुबेदी
शान्तिनगर १ जुनेली वस्ती,झापा

गजल २
प्रकृतीकै सुन्दरता नासिदैछ बिकाशले..।
गाउँ शहर बीच नाता गाँसिदैछ बिकाशले..।

स्पष्ट छ जनसंख्या उच्च तिव्रतामा छ..।
वल्लो पल्लो घरको सिढी टाँसिदैछ बिकाशले..।

मानव वस्ती बढेपछी दुर्गन्ध छ जता ततै..।
फोहोर मैला शहरमा रासिदैंछ बिकाशले..।

पहाड मन्द मुस्कानमा हिमाल सेता दन्ते लहर..।
अन्न फल्ने तराई जमीन मासिदैछ बिकाशले..।

ठूला–ठूला वर पीपल साल सिसौ ढले पछी..।
जलस्रोतका मुहान पनि भाँसिदैछ बिकाशले..।
– शिव (राज) सुबेदी
शान्तिनगर १ जुनेली वस्ती,झापा

गजल ३
प्रकृतीको मझेरीमा फूलेको छ मेरो नेपाल ।
पूर्र्ण सोह्र श्रृङ्गारले खुलेको छ मेरो नेपाल ।।

सगरमाथा, कञ्चनजङ्गा बिश्व सामु चिनाउँदै ।
हर देश हर प्रदेश डुलेको छ मेरो नेपाल ।।

मेची, कोशी, कर्णाली,ब ाग्मती र महाकाली ।
सिंञ्च्याउदै हरावरा झुलेको छ मेरो नेपाल ।।

हिमाल बुकी फूल हाँस्छ पहाड लालीगुराँस ।
यता तराई मनोरममा भुलेको छ मेरो नेपाल ।।

बहुलजाती, भाषाा, धर्म, संकृती छ रमाईलो ।
सबै एकै मित्रतामा घुलेको छ मेरो नेपाल ।।
– शिव (राज) सुबेदी
शान्तिनगर १ जुनेली वस्ती,झापा

गजल ४
टारी खेत जोत्छु बरु आलस्यता भगाउँछु ..।
राम्रो संग मलजल गरी अन्न बाली लगाउँछु..।

जानी हाले प्रवाशमा कस्तो पिडा खप्नु पर्छ..।
गुन्द्रुक, ढिडो, खोले खान्छु स्वदेश प्र्रित जगाउँछु..।

कतै दुःख हुन दिन्न बुढा भा का बा–आमा लाई..।
घाँस दाउरा मेलापात पियारीलाई सघाउँछु..।

गाई बाख्रा गोठमा पाल्छु वार्षिर्क आय बढाउन..।
दिन रात दुःखका  पसिना अब यहि बगाउँछु..।
– शिव (राज) सुबेदी
शान्तिनगर १ जुनेली वस्ती,झापा

गजल ५
देशै भरी पहीचानमा थर्काउने मेरो झापा..।
राजनीतिमा पहिलो यात्रा लर्काउने मेरो झापा..।

देशमा सबै भन्दा बढी अन्न उब्जन गरी..।
भोकमारीलाई टाडैबाट फर्काउने मेरो झापा..।

कन्काई र जलेश्वर धाम किच्चक बध हुन तिर्थ..।
यात्रा शान्ती प्रदक्षीणा छर्काउने मेरो झापा..।

काकडभिट्टा, बिर्तामोड, दमक हुन प्रमुख शहर..।
सबै मिली जनआन्दोलन चर्काउने मेरो झापा..।
– शिव (राज) सुबेदी
शान्तिनगर १ जुनेली वस्ती,झापा





गजल सर्जक ८
नाम -  दीपक नेपाली
जिल्ला -  जाजरकोट
गा.बि.स  - टालेगाउँ २ कारीगाउँ
हाल  - मलेसिया, मलक्का

गजल १
आफ्नै कला संस्कृतीमा रमाउँछ जाजरकोट
प्रगतिशिल पाईला जति चलाउँछ जाजरकोट

राज्यको त्यो पहँुच भन्दा जति टाढा रहेको छ ।
त्यती सुन्दर शान्त बनी बसाउँछ जाजरकोट

जाजरकोटी संस्कृती हुन् डेउडा, ख्याली, टप्पा ।
खुँडा नाँच र सिङ्गारु नी नचाउँछ जाजरकोट

रम्का हिमाल कुसेमुसे भैरी लेकको मुनि तिर ।
धातु अनि खनिज पदार्थ उब्जाउँछ जाजरकोट

राम जानकी मष्टा मन्दिर ढुंगे तालले स्वागत गर्छ ।
आउनु साथी घुम्ने लाएक ठाउँ छ जाजरकोट
– दीपक नेपाली
टालेगाउँ २ जाजरकोट

गजल २
कति दु ःख गर्छ मान्छे निलो आकाश मुनि ।
सुख नपाई मर्छ मान्छे निलो आकाश मुनि ।।

ठूला ठूला सपना बोकि गर्दै दुःख कष्टहरु ।
खग्ररङ्ग भै झर्छ मान्छे निलो आकाश मुनि ।।

स्वदेश देखि बिदेश सम्म सुख सयल खोज्दै ।
भौतारिदै टर्छ मान्छे निलो आकाश मुनि ।।

जिन्दगीका यात्रा हरु ठक्क ठोकिए सी ।
भुमरीमा पर्छ मान्छे निलो आकाश मुनि ।।

दिनै भरी ढुंगा कुटी हातमा उठाई ठेलाहरु ।
न त झोली भर्छ मान्छे निलोआकाश मुनि ।।
– दीपक नेपाली
टालेगाउँ २ जाजरकोट

गजल ३
तिमीले शहर छोडे पछि मैले माया मार्नु प¥यो
तिमी संगै जिउने रहर मनमै गाँठो पार्नु प¥यो

हृदयको बगैचामा आयौ ढक्कमक्क फुलि
गयौ जिउ“दो लास बनाई अनि बस्ती सार्नु प¥यो

रन्फनिदै बाँचेको छु तिमीलाई पाउन नसके सी
मनका रहर ईच्छा जति ओईलाएरै झार्नु प¥यो

जिन्दगीका पर्खालहरु एक–एक गरी भत्काई गयौ ।
त्यहि भएर रुदै माया अन्तै खोली तार्नु प¥यो

आखिर तिमीले जिती गयौ मस्तिष्कमा तिर रोपी
छट्पटाउँदै जिन्दगीमा आफै संग हार्नु प¥यो
– दीपक नेपाली
टालेगाउँ २ जाजरकोट

गजल ४
कसम बाउको बोली फेर्न पर्देशबाट फर्कि आए
आमाको त्यो चोली फेर्न पर्देशबाट फर्कि आए

फूलको थुँङ्गा जस्तै मेरो छोरा भाईको माया बोकि
बहिनीको नि डोली फेर्न पर्देशबाट फर्कि आए

धेरै दुःख कष्ट गरी घर परिवार धान्नु भएको
दाईको काँधको झोली फेर्न पर्देशबाट फर्कि आए

अङ्गालोमा रमाउने जीवन संगिनी को सबै
तिर्सनाको खोली फेर्न पर्देशबाट फर्कि आए

दिदी बैनी भाउजू अनि बुहारीको दर्शनमय
यात्रा रुपि टोली फेर्न पर्देशबाट फर्कि आए
– दीपक नेपाली
टालेगाउँ २ जाजरकोट

गजल ५
जति अपराध पैदा हुन्छ अपराधिकै घरबाट
अनि गुण्डा गर्दि बढ्छ नेता बस्ने शहरबाट

जता ततै अशान्तिको बर्बर आगो दन्केपछि
हुन्छन् हत्या हिंसा धेरै मन्त्रालयको भरबाट

आनन्दले सास फेर्छन् जाली फटा शोसकहरु
कति जनता पिडित हुन्छन् तिरो अनि करबाट

सरकारी त्यो कानुन भित्र कुनितिले बास गर्दा ।
आज समाज पिल्सिदै छ जाती वाद र थरबाट

बाढी पहिरो रोकथाम भन्दै रकम धेरै हाल्छन् ।
खान्छन आफ्नै भुँडी भर्छन् हेर्छन् नजरबाट
– दीपक नेपाली
टालेगाउँ २ जाजरकोट




सर्जक संख्या ९
नाम - पारश खनाल
माता - जमुना खनाल
पिता - चन्द्रबहादुर खनाल
ठेगाना  - खन ६ अर्घाखाँची
उमेर - २३ वर्र्ष
शिक्षा - आइए
सम्पर्क - ०१११६१७८०५५
इमेल  - khanal_parash@yahoo.com

गजल १
आज राति सपनीमा फूलै फूलको डाली देखें ।
राम्रो हो की नराम्रो खै चर्किएको थाली देखें ।।

कहिल्यै पनि हुदैनथ्यो आज यस्तो भयो मलाई ।
बाँझो खेतमा रातो माटो लगाएको आली देखें ।।

गोरी गोरी थिइन् उनी चञ्चलेथ्यो आनी बानी ।
अचेल भरि के भो कुन्नि अंगार भन्दा काली देखें ।।

करुवामा पानी भरी मझेरी छेउ राख्थीन् प्यारी ।
घरीघरी आँगनीमा पल्टिएको खाली देखें ।।

खनजोत गरी मेहनतले लगाएको थिए मैले ।
दुःख गरी पाथिलाउँदा मानो फल्ने बाली देखें ।।
– पारश खनाल
खन ६ अर्घाखाँची

गजल २
कहिले सम्म पराइ देश, ढुकाउँछौ भन नेता ।
जानि–जानि किन ? शिर, झूकाउँछौ भन नेता  ।।

दिनानु दिन आफ्नै चेली बेटिको इज्जत लुटाई ।
तिनीको पापको ऋण कहिले, चुकाउँछौ भन नेता ।

गुण्डा गडि र्गर्नेहरु तिम्रै अघि  खुलेआम हिड्छन् ।
कहिले सम्म  मौनबसेर, लुकाउँछौ भन नेता ।

राम्रो काम गर सबैले तिमीलाई सम्मान गर्नेछन् ।
किन जनतालाई आँफू माथि, थुकाउँछौ भन नेता ।

हिजो भन्दा आज झनै कसियो प्रवासीको डोरी
जिउँदै या आर्यघाट गएर, फुकाउँछौ भन नेता ।
– पारश खनाल
खन ६ अर्घाखाँची

गजल ३
हिड्नै परे हिड्छु बरु खरानी घसेर ।
दास बन्दिन अब म  मुङ्लानमा बसेर ।।

यो ज्यानकै बाजी राखि काम गर्दा पनि ।
शान्त छैन मन् दिनहुँ साहुले डसेर ।।

बस्न सकिन यहाँ तिरस्कृत पात्र बनी ।
आजै फिर्छु स्वदेश बोरी बिस्तरा कसेर ।।

यसरी बिते चारौ बर्र्ष यो मरुभूमिमा ।
सुत्दा सिरानी भिज्छ यी पसिना खसेर ।।

खाली नै आयौं र जाँदा खाली नै जानु छ ।
किन गर्नु र मरि हत्ते यो  ज्यानै धसेर ।।
– पारश खनाल
खन ६ अर्घाखाँची

गजल ४
गुल्मी प्युठान छिमेकी हुन, मेरो जिल्ला अर्घाखाँची ।
संसार भरिमा सबै जानुन्, मेरो जिल्ला अर्घाखाँची ।।

गुल्मी जस्तै उस्तै छ प्युठानी, अर्काको मर्म बुझ्ने ।
छन बिर्सन नसक्ने गुन, मेरो जिल्ला अर्घाखाँची  ।।

डाँफे मुनालहरु नाँच्ने गर्छन्, कोइलीले गीत गाउँदा ।
बनेको छ सुगन्ध भित्र सुन, मेरो जिल्ला अर्घाखाँची ।।

फुलेको रक्तीम लाली गुराँस, देख्दा मनै रमाउँने ।
यो सबैको नजरमा छ जुन, मेरो जिल्ला अर्घाखाँची ।।

आहा कति सुन्दर प्रकृतिले, भरिएको हरा भरा ।
आउन सबैले भ्रमण गरुन् मेरो जिल्ला अर्घाखाँची ।।
– पारश खनाल
खन ६ अर्घाखाँची

गजल ५
कतै पनि हारेको छैन, आमाको आशीर्वादले ।
थोपा आँसु झारेको छैन, आमाको आशीर्वादले ।।

लागेका कोपिला सबै फूलेका छन् आज सम्म ।
कुनै खुसी मारेको छैन, आमाको आशीर्वादले ।।

सके सम्म साथ दिन्छु,अरुकलाइ दुख पर्दा ।
वहानामा टारेको छैन, आमाको आशीर्वादले ।।

आत्मा दृष्टिले हेर्छु, कुभलो म चाहन्न कसैको ।
मनमा चोट पारेको छैन, आमाको आशीर्वादले ।।

खुल्ला छ आकाश यो खुल्लै छ ब्रम्ह्माण्ड हजुर ।
काँडे तारले बारेको छैन, आमाको आशीर्वादले ।।

जहाँ जन्मिएको त्यही लाग्छ प्यारो ठाउँ आफ्नो ।
बस्ती कतै सारेको छैन, आमाको आशीर्वादले ।।
– पारश खनाल
खन ६ अर्घाखाँची



गजल सर्जक १०
हरि बस्नेत ‘जलन समर्पण’
ठेगना – झाप्रा ६ जाजरकोट
हाल – मलेसिया
माता पिता – धनिदेवी बस्नेत पूर्णबहादुर बस्नेत
शैक्षिक योग्यता – स्नातक
प्रकाशिक कृति – संयुक्त गजल सङ्ग्रह प्रवासका अक्षरहरु


गजल १
बिन्ति बिसाएर पनि सम्पती नदिएपछि ।
चोर्न बाध्य भयो उ अनुमती नदिएपछि ।।

जीवन मृत्युको संघारमा ढलेको मान्छे ।
खै कसरी बाँच्ला र ओखती नदिएपछि ।।

मलिन मुहार लगाउदै मगन्ते बाहिरियो ।
घर मुलिले पैसा सोचे जती नदिएपछि ।।

उन्नतजातको व्यवसाय गर्नुको के अर्थ ।
बर्र्षौ सम्म कुनै पनि उन्नती नदिएपछि ।।

मनमा ‘जलन’ बोकेर म बाँच्न विवश छु ।
कसैले पनि माया अलिकति नदिएपछि ।।
– हरि बस्नेत ‘जलन समर्पण’
झाप्रा ६ जाजरकोट

गजल २
किन ? फरक देिख्दन म बगर र त्यो बगान बिच ।
जति फरक हुन्छ यहाँ सारांश र उठान बिच ।।

एक अर्काको परिपुरक भई बस्दा कहिले काँही ।
हुन सक्छ मन मुटाब व्यापारी र किसान बिच ।।

बैचारिक र सैद्धान्तिक बिचार धारा बेग्ला बेग्लै ।
यहि अर्थमा अल्झिन्छु म भुगोल र बिज्ञान बिच ।।

सुन्दा उस्ता उस्तै लाग्छ तर ठुलै भिन्नता छ ।
तिमीले पनि भन्न सक्छौ देवता र भगवान बिच ।।

मुटु भित्र कहिले काँही तिखो वाण प्रहार हुँदा ।
उठ्न सक्छ सवाल फेरी निदान र किटान बिच ।।
– हरि बस्नेत ‘जलन समर्पण’
झाप्रा ६ जाजरकोट

गजल ३
जिन्दगीका पाटाहरु बेग्ला बेग्लै देख्छु अचेल ।
कोरिएका खाकाहरु बेग्ला बेग्लै देख्छु अचेल ।।

लाग्छ हिजो जिन्दगीमा जिउने आधार होस् भनी ।
खाएका ति बाचाहरु बेग्ला बेग्लै देख्छु अचेल ।।

न त कहिले छुटेका थे न त अझै छुटिन्थे नै ।
उ सिमलका भुवाहरु बेग्ला बेग्लै देख्छु अचेल ।।

एक आपसमा मन मुटाब रहेछ रत आकाशमा ।
बादल का धब्बाहरु बेग्ला बेग्लै देख्छु अचेल ।।

बिक्षिप्त भई मुटुले नी अफ्नो गति छोड्या बेला ।
संसार हेर्ने आँखाहरु बेग्ला बेग्लै देख्छु अचेल ।।
– हरि बस्नेत ‘जलन समर्पण’
झाप्रा ६ जाजरकोट

गजल ४
तिम्रो अघि जो आज बाधक बन्न सक्छ ।
उहि तिम्रो जिन्दगीको रक्षक बन्न सक्छ ।।

सरकारले एक नजर लगाईदिए ठूला–ठूला ।
चट्टानहरु फोडी त्यहा सडक बन्न सक्छ ।।

बिद्रोहको धावा बोल्छ जसको सिर्जनाले ।
साहित्यमा उही असल सर्जक बन्न सक्छ ।।

बिर्सिएर सबै थोक यथार्थमा रम्न सिके ।
जिन्दगी यो पक्कै पनि सार्थक बन्न सक्छ ।।

मेरो बाबा भन्नुहुन्थ्यो झुटो बिश्वास दिने ।
भ्रष्टाचारी, सामन्ती र शोषक बन्न सक्छ ।।

खाडी छिर्दा जिन्दगी यो बाजी राखिन्छ ।
जसको ज्वलन्त उदाहरण मृतक बन्न सक्छ ।।
– हरि बस्नेत ‘जलन समर्पण’
झाप्रा ६ जाजरकोट

गजल ५
संस्कार अनि संस्कृतीको भेट्छौ खानी जाजरकोटमा ।
बषन्तको स्वच्छ हावा चिसो पानी जाजरकोटमा ।।

मन्द मन्द मुस्कुराउँछ सिस्ने हिमाल फाँटै सम्म ।
सुरु हुन्छ प्रकृतिको मनोमानी जाजरकोटमा ।।

बेशी हेर्दा सानो भेरी पारी साङ्टा गुफा हजुर ।
सुवास छर्छ यो पवनले आउन नानी जाजरकोटमा ।।

जात–जाती भाषा धर्म अलग अलग भएपनि ।
बसेका छौ मिलीजुली स्वर्ग ठानी जाजरकोटमा ।।

मनमोहक दृश्यहरु जति हुन्छन् निकुञ्जमा ।।
थोरै फरक दृश्य हुन्छ त्यो भन्दानी जाजरकोटमा ।।
 – हरि बस्नेत ‘जलन समर्पण’
झाप्रा ६ जाजरकोट




गजल सर्जक ११
विप्लवी तेन्जु योन्जन
छितापोखरी – ९ बास्थला खोटाङ्
शिक्षा – बिए
बाबा ः लाखबहादुर योन्जन
ममी  ः मनमाया योन्जन
संम्लग्नता ः शिक्षक श्री  धिप्लुङ माध्यमिक विधालय खोटाङ छितापोखरी ७ बर्र्ष,
–खोटाङ सेवा समाज कतार सदस्य २ बर्र्ष,
–खोटाङ सेवा समाज अन्तराष्ट«िय सदस्य २ बर्र्ष,
–खोटाङ सेवासमाज युवा एकता मलेशिया संरक्षक,
प्रकाशोन्मुख कुति  ः - कोपिला मै निमोठिएको प्रेम (उपन्यास),
     - आमाकोअधुरो सपना (उपन्यास)

गजल १
अब मैले जिन्दगीको अन्तिम निर्णय गर्नै पर्छ ।
की संसारमै फुल्नु पर्छ या ओईली झर्नै पर्छ ।।

खोसेको छ त्यो दैवले खुसी आउने मेरा बाटा ।
न्याय मैले पाउनु पर्छ नत्र बसाई सर्नै पर्छ ।।

मुद्दा हाल्छु त्यो दैव लाई अदातले निर्णय गर्ला ।
तेसो गर्दा नभए मैले कलीयुग लाई हर्नै पर्छ ।।

बैंश आउँदै जिन्दगीका सारा खुसी लुटे पछी ।
खुसी त्याग्नु हुन्न मैले खोली सागर तर्नै पर्छ ।।

यस्तो खालको चपेटामा परेको छ जीवन मेरो ।
कि त बॉची देखाउने छु म नत्र मैले मर्नै पर्छ ।।
– विप्लवी तेन्जु योन्जन
छितापोखरी – ९ बास्थला खोटाङ,

गजल २
मनभरी पिडा बोकी प्रवासका दिन काट्दैछु म ।
आङ्खनो पैरख लगनशिलता पैसा संग साट्दैछु म ।।

कति पौरख गर्नु पर्ने हो सात समुन्द्र पारी मैले ।
दुःख गरी भविष्यका सुनौला डोरी बाट्दैछु म ।।

सपनाहरु मनमा सजाई पराई भुमी टेकेकोथें ।
अधुरा भए मनका चाहा अनायासै छाट्दैछु म ।।

पिडा बोकी मनभरी कती गा¥हो हॉसो हॉस्नु ।
थाहा छैन आफ्नो भाग्य आफैले पो चाट्दैछु म ।।
– विप्लवी तेन्जु योन्जन
छितापोखरी – ९ बास्थला खोटाङ,

गजल ३
तिमी बिना म मर्छु, भन्दै आँशु, धर्काएको याद आयो ।
मैले तिमीलाई, पठाएको ना“सो,फर्काएको याद आयो ।।

हिजो अस्तीका दिनहरुमा, मलाई खोज्ने ती नजरहरु ।
आज पराई भेटेपछि घुम्तीमा, नजर कर्काएको याद आयो ।।

सँधै मलाई, नियाल्नको लागी, खुला रहने त्यो झ्यालमा ।
तिमीले आज खै किन कालो पर्दा सर्काएको याद आयो  ।।

मलाई भेट्नको लागी गन्ने, ती तिम्रा कोमल औलाहरु ।
आज उल्टै ठड्याउँदै, ठूलो स्वरले थर्काएको याद आयो ।।
– विप्लवी तेन्जु योन्जन
छितापोखरी – ९ बास्थला खोटाङ,

गजल ४
फेरीएछन् गॉउका पाँखा पहरामा झुिक्कदैछु ।
सानो छँदा रमाउने ती लहरामा झुक्किदैछु ।।

बाबा आमा बुढा भएछन् ठम्याउनै गार्हो भयो ।
जन्मीदा को फुस्को घर र टहरामा झुक्किदैछु ।।

ताते ताते गर्दै घुम्थे पाँखा भरी मेरा पाईला ।
छङ्–छङ् झर्ने झरना र छहरामा झुिक्कदैछु ।।

दुई साल मैले के भुले थें मेरो देशको माटो ।
काठमाण्डौको घण्टाघर धरहरामा झुिक्कदैछु ।।
– विप्लवी तेन्जु योन्जन
छितापोखरी – ९ बास्थला खोटाङ,

गजल ५
बिछोडको बेदनामा आशु बगाउँदा ।
दुई दिनको झुटो प्र्रित संग रमाउँदा ।।

झुटा ति प्रितहरु पुजीरहे मन्दिरमा ।
निष्ठूरीको प्रतिबिम्ब मनमा सजाउँदा ।।

बेहाल बेहालमा जिउँदै छु म आज यहाँ ।
केही क्षण उसै संग चौतारीमा रमाउँदा ।।

अनायसै यी नयन टिलपिलाउँछ किन ।
बैगुनीलाई सायद झुटो माया लगाउँदा ।।
– विप्लवी तेन्जु योन्जन
छितापोखरी – ९ बास्थला खोटाङ,



गजल सर्जक १२
नाम – वाङजु वाइबा काभ्रेली कान्छा (प्राङबोला कोला) अनपढ
ठेगाना – डाडापारि, गोकुले गाबिस वार्ड न ७ रातमाटे
काभ्रेपलाञ्चोक
शिक्षा –  बाह्रखरी बुज्न सक्ने
जन्म मिति – २०५२/१/९ शनिबार

गजल १
सामुन्द्रिक छल्काले मलेसिया गजलमय छ ।
भनै पर्दा हिजोआज यहाँ साहित्य जयजय छ ।।

अग्रजहरुको साथमा नयाँ सिकारुहरुको ।
पिडा संगै मिसिएको मर्मको स्वरलय छ ।।

परदेशबाटै नेपाली साहित्यलाई फुलाउने ।
सारा साहित्यिक मनहरुको बाटोतय छ ।।

मनको कुरा खुलाएर अरुको मन जित्नेहरु ।
हो यहाँ तिनीहरु नै रुने पक्कै कतिपय छ ।।

सारा दुनियाँ साहित्यमा भुलाउँनेछौ एकदिन ।
हाम्रो लक्ष्यको प्रारम्भमा यहि नै बिषय छ ।।
– वाङजु वाइबा काभ्रेली कान्छा (प्राङबोला कोला) अनपढ
गोकुले ७ रातमाटे काभ्रेपलाञ्चोक

गजल २
कसैले सोध्यो भने दुर्घटनामा पर्यो भन्नु  ।
बेहोशमा आतिएर आत्महत्या गर्यो भन्नु  ।।

आमा बुबाले खोइ छोरा भनेर सोधे भने ।
अन्तिम सास सम्म पनि सोधेरै मर्यो भन्नु ।।

काली रोलि वियोगमा मेरो कालु फर्क भन्दै ।
अब फर्की नआउने गरि सागर तर्यो भन्नु ।।

गाउँ घरमा छिमेकीले गोठाले खोज्यो भने ।
ओइलिएको फुल झैं कोपिलामै झर्यो भन्नु ।।

आफ्नो भाग्य दिक्कार्दै भन्दै थियो मर्छु अब  ।
आवेग मा आइ स्वर्गमा बसाई सर्यो भन्नु ।।
– वाङजु वाइबा काभ्रेली कान्छा (प्राङबोला कोला) अनपढ
गोकुले ७ रातमाटे काभ्रेपलाञ्चोक

गजल ३
पिडा फरक भए पनि दुखाई एउटै छ  ।
नमिले नि हरेक पक्ष बुझाइ एउटै छ ।।

कोहि रुन्छ दुख परि कोहि भने बिछोडमा ।।
जस्तो अवस्थामा रोए नि रुवाइ एउटै छ ।।

अपराध गरेसी कठगारमा उभ्याउँदा ।
भाव फरक भए पनि झुकाई एउटै छ ।।

संसारको नियम नै रहेछ मर्नु आखिर ।
जस्ले जसरी भुलेनी भुलाई एउटै छ ।।

तिमी शहरमा रमेको मान्छे म डाँडापारि ।
अरुले जस्तो सोचे पनि उचाइ एउटै छ ।।
– वाङजु वाइबा काभ्रेली कान्छा (प्राङबोला कोला) अनपढ
गोकुले ७ रातमाटे काभ्रेपलाञ्चोक

गजल ४
दुःख सुख गुजार्ने झुपडी जलेपछि विदेश आए ।
मन भित्र रोदनको आँगो बलेपछि बिदेश आए ।।

खरको छानो झुप्रो घर रमेकै थियौ यसैमा हामी ।
डाँडा माथि सजिएको घर ढलेपछि विदेश आए ।।

हरेक दिन हात मुख जोर्न कष्ट भयो त्यस पछी ।
साहुको घर धाएर खुट्टा गलेपछि विदेश आए ।।

दैबले नै मेरो निधारमा संघर्र्ष मात्रै छुटाएछ ।
भाग्य विधाताले खुसीबाट छलेपछि विदेश आए ।।

संसारको हरेक ठाउँमा मेरै व्यथा गुञ्जिएको छ ।
सोचे जस्तो मेरो जिबन न चलेपछि विदेश आए ।।
– वाङजु वाइबा काभ्रेली कान्छा (प्राङबोला कोला) अनपढ
गोकुले ७ रातमाटे काभ्रेपलाञ्चोक

गजल ५
परदेशमा आँशु पुछेर जाने भो जिन्दागी ।
बेदनाले परेली रुजेर जाने भो जिन्दगी ।।

मनभरी पिडा लुकाएर बिरानो देशमा ।
पराइसंग शिर झुकेर जाने भो जिन्दगी ।।

आफ्नैले हेप्दो रहेछ कमाउन नसकेमा ।
यहि चिन्तामा मन दुखेर जाने भो जिन्दगी ।।

यदि मेरो नि महल भए उनि मेरी हुन्थी ।
यस्तै सपनाहरु बुनेर जाने भो जिन्दगी ।।

साहुको बचन सहदा सहादै मेरो यो आत्मा ।
डोरी झैं टुक्र–टुक्रा चुँडेर जाने भो जिन्दगी ।।
– वाङजु वाइबा काभ्रेली कान्छा (प्राङबोला कोला) अनपढ
गोकुले ७ रातमाटे काभ्रेपलाञ्चोक




गजल सर्जक १३
नाम ः रतनराज पुन मगर ‘फजल सम्राट’
अध्ययन ः मा.वि. तहसम्म
ठेगाना ः झाप्रा ५, खलाटाकुरा जाजरकोट
अञ्चल ः भेरी
जन्म मिती ः २०५२ साल कातिर्क ०९ गते
उमेर ः १९ वर्र्ष
बुवा ः स्व. हस्तबहादुर पुन मगर
आमा ः स्व. शकुन्तला पुन मगर
हाल ः केलाङग सेन्टर सिलङगार मेरु मलेशिया
फोन नम्बर ः +६०१०२६१७५०६
फेसबुक आइडी – ratan.raj,509@facebook.com

गजल १
न्यायको लागि लड्छु म धाउँछु ऊजुरीमा ।
के गल्ति थियो र बिचरा, गरिब मजदुरीमा ।।

बिना कारण किन उसको हत्या गरियो ?
प्रमाण छ रगत सुकेको छैन खुकुरीमा ।।

सोझो रुख सबैले त काट्न खोज्छन् नी ।
दोष लगाउँछ समाजले किन टुहुरा, टुहुरीमा ।।

आफ्नै मञ्जुरले हत्या त गर्यो, गर्यो पापीले ।
अझै किन आगो सल्कायो घरको धुरीमा ।।
–रतनराज पुन मगर ‘फजल सम्राट’
झाप्रा ५, खलाटाकुरा जाजरकोट

गजल२
तिमी आँधी म तुफान अँह यो त मिल्दै, मिल्दैन ।
तिमी पाहाड म मैदान अँह यो त मिल्दै, मिल्दैन ।।


रहन, सहन समाज एउटै छ, जन्मभूमिको माटोमा ।
तिमी ढुङ्गा म चट्टान अँह यो त मिल्दै, मिल्दैन ।।


राम, सिता झैं मिठो संम्बन्ध जोड्नु छ हामिले त ।
तिमी मान्छे म भगवान अँह यो त मिल्दै, मिल्दैन ।।


जे भए नि हाम्रो मुटु जोडिएकै त छ नि सानु ।
तिमी स्वाथि म महान अँह यो त मिल्दै, मिल्दैन ।।


बिछोड भए अन्तिम उपाए केही त हुनेहोला ।
तिमी नदि म दोभान अँह यो त मिल्दै, मिल्दैन ।
–रतनराज पुन मगर ‘फजल सम्राट’
झाप्रा ५, खलाटाकुरा जाजरकोट

गजल ३
किन ? त्यँहा छुट्टा छुट्टै निशान देखिएको छ ।
अध्ययन गर्नै पर्ने ज्ञान र बिज्ञान देखिएको छ ।।

धनिहरुको सँधै महलमा रमिता हुन्छ किन ?
गरिबहरु मात्रै नोकर किसान देखिएको छ

जो  लडेथ्यो समाज र देशबिकासका लागी ।
आज उसैको किन ज्यूँदै चिहान देखिएको छ ।।

खै कस्तो–कस्तो छ यो जन–समाज पनि ।
छोराको पाऊमा बाबाको सिरान देखिएको छ ।।

जसले खेल्छ फिल्म आधा कपडा लगाई ।
त्यस्तै व्यक्तिको ईज्जत र ईमान देखिएको  छ ।।

बाध्यता पर्दा ‘रतनले राज’ गरिरहेको  छ ।
नत्र समाजमा भेदभावको स्थान देखिएको छ ।।
–रतनराज पुन मगर ‘फजल सम्राट’
झाप्रा ५, खलाटाकुरा जाजरकोट

गजल ४
हेर्दा हेर्दै तिम्रो फोटो बोल्छ र त रुन्छु ।
बिगतका कुरा सबै खोल्छ र त रुन्छु ।।

तररर... आँखाबाट बगिरहेका आँशु धारा ।
भुँईमा धुलो माटो सित घोल्छ र त रुन्छु ।।

जति टाढा भएपनी आउँदा तिम्रै यादहरु ।
सम्झनाले गर्दा मुटु पोल्छ र त रुन्छु ।।

एकान्तमा फोटो हेरि एक्लै बसेभने ।
पुरानै कुराहरु पिरोल्छ र त रुन्छु  ।।

रोइ रोइ सिद्धिसक्यो थोपा आशुपनि ।
रगत नशा–नशा छिचोल्छ र त रुन्छु ।।
–रतनराज पुन मगर ‘फजल सम्राट’
झाप्रा ५, खलाटाकुरा जाजरकोट

गजल ५
समाजका गद्धारले गर्दा, म लडेकै हँु महोदय ।
न्याएको आधारले गर्दा, म लडेकै हुँ महोदय ।

झुपडिका बासिन्दाको गाँस छैनहेर्नुस् त ?
नेता सय हजारले गर्दा,म लडेकै हुँ महोदय ।।

अरुकै श्रीमतीमा जबरजस्ती निहुँ खोज्छन् ।
दुश्मनी जाहारले गर्दा, म लडेकै हुँ महोदय ।।

निर्दोषलाई दोषी बनाउँछन् संचारले पनि ।
ठूला बडाका प्यारले गर्दा म लडेकै हँु महोदय ।।

शिक्षित धेर बन्छन् शिक्षाको अर्थ थाहा छैन ।
यो अँधेरी संसारले गर्दा म लडेकै हुँ महोदय ।।

अन्धो कानुनसंगै देशमा लुटपाट बढिरहेको ।
अन्याय र अत्याचारले गर्दा म लडेकै हुँ महोदय ।।

दिन प्रतिदिन समाजमा एकनारी माथी भएको ।
जवरजस्ती बलात्कारले गर्दा म लडेकै हुँ महोदय ।।
–रतनराज पुन मगर ‘फजल सम्राट’
झाप्रा ५, खलाटाकुरा जाजरकोट




गजल सर्जक १४
जगत अधिकारी ‘अनमोल’
बाक्सिला –४ खत्रीगाउँ खोटाङ,
सगरमाथ पूर्ब  नेपाल
शिक्ष ः आइ एड
उमेर ः २२ वर्ष
संलग्नता ः प्रवाशी कलम मलेसिया (सह–कोषध्यक्ष)

गजल १
सुर ताल नमिलेको संगीत भयो हाम्रो माया
र त वैरी हासाउँने रमित भयो हाम्रो माया

तिमि र म कुनै बेला यस्तै भन्दै रमाउँदै थियौँ
आहा ! साँच्चै वरदान साबित भयो हाम्रो माया

कसम खादै भनेकाँथ्यौ हामी कैहिल्य छुट्ने छैनौ
मुटु देखि मुटु सम्म जडित भयो हाम्रो माया

शब्दहरु नभएको खाली शब्दकोष अनि
अङ्कहरु नभएको गणीत भयो हाम्रो माया

ठान्थे हाम्रो माया जुनी–जुनी अजम्बरी हुन्छ
तर आज यादमा मात्रै सिंञ्चित भयो हाम्रो माया

कमजोरी हाम्रै हो की कोही कसैको नजरले हो
पल भरमै बिझाउने अतित भयो हाम्रो माया
–जगत अधिकारी ‘अनमोल’
खोटाङ, बाक्सिला

गजल २
सान नानीको रुप उस्तै हाँसो त झन् बबाल छ यार ।
बान्कि मुहार चट्ट कम्मर लामो–लामो कपाल छ यार ।।

पुक्क गाला, लालुपाते ओठको मिठो मुस्कान संगै ।
चम्किएको अधर माथी अग्लिएको हिमाल छ यार ।।

लक्ष्य प्रति दृढ हुने अर्जुनको त कुरै छोडौ ।
त्यो मोरीको जवानीले पत्थर पनि पगाल्छ यार ।।

हामी जस्ता जल्दाबल्दा नव जवानको के कुरा र ?
उनि समिप परिन भने मुर्दाले शिर उचाल्छ यार ।।

हेर्दै चित्त बुझाउँदै जिस्काउन पनि डरमर्दो  छ ।
हिजोआज जताततै नारी हकको संञ्जालछ यार ।।
–जगत अधिकारी ‘अनमोल’
खोटाङ, बाक्सिला

गजल ३
मर्नैपर्छ मैले  तिमीलाइ यो मन बाट हटाउन ।
मुस्किलले दिन काट्छु गा¥हो भो रात बिताउन ।।

मेरो प्रेमको अस्तु जलाइ तिमी पराइ हुँदा पनि ।
छोड्या छैन तिम्रो यादले कठालोमा समाउन ।।

म पनि त तिमी जस्तै हाँसिखुशी बाँच्थे होला ।
तिमीले  बन्द गरे तिम्रा यादहरु मलाइ पठाउन ।।

टाउकैमा बिष्ट्याएर हिड्दा रैछन् मान्छेहरु ।
हुन्न रै‘छ आफ्नै ठानी टाउको माथी चढाउन ।।

स्वार्थी मान्छेहरु बस्ने बिचित्र यो ‘जगत’मा ।
धेरै गाहो हुँदो रहेछ भुस र चामल केलाउन ।।
–जगत अधिकारी ‘अनमोल’
खोटाङ, बाक्सिला

गजल ४
जिन्दगीको यात्रा एक्लै गर्न सकिएन ।
खै, कसैको नजरमा नी पर्न सकिएन ।।

झनै गहिरिन्छ भर्न कोसिस गर्दा पनि ।
अभावका खाल्डाहरु भर्न सकिएन ।।

आफ्नै ठानी विश्वास गरी मुटु सुम्पिदा नि ।
निष्ठूरीको ओठमा हाँसो छर्न सकिएन ।।

ओइलिएको फूल भइ गुजरेको छ जीवन ।
कुहिएर फ्यात्त भुइँमा झर्न सकिएन ।।

पार तार्छु भन्ने हात छुट्यो भङगालोमा ।
कसो गरि एक्लै पारी तर्न सकिएन ।।
–जगत अधिकारी ‘अनमोल’
खोटाङ, बाक्सिला

गजल ५
तड्पाउँदै पल–पल मारे आफ्नाले नै ।
जिउँदो छंदै छाक जुठो बारे आफ्नाले नै ।।

पारी तारीदिन्छु भन्दै मेरो हात समाएर ।
छोडी हात भङ्गालोमा पारे आफ्नाले नै ।।

हात समाइ डो¥याएर शिखरमा चाढाइ ।
हुत्याएर शिखरबाटै झारे आफ्नाले नै ।।

बोझ भएकोथें सायद आफन्तको लागि ।
त्यसैले त श्वास छँदै पर सारे आफ्नाले नै ।।

उचालेका रैछन् आफ्नो स्वार्थ पुरा गर्न ।
स्वार्थ पुरा भए सिप छारे आफ्नाले नै ।।
–जगत अधिकारी ‘अनमोल’
खोटाङ, बाक्सिला




गजल सर्जक १५
महेन्द्र कुमार मिश्र
साहित्यिक नाम – महेन्द्र मिश्र जुडास
ठेगाना –नांगिन १ पाँचथर
जन्म – २०४३÷०८÷१५
पिता – चन्द्रबहादुर मिश्र
माता – बसुन्धरा मिश्र
शिक्षा – साधरण
रुचि – साहित्य
हाल – साह आलम मलेशिया
इमेल – mahendramishra2000@gmail.com

गजल १
हिमालयको काखमा हाँसेको छ मेरो पाँचथर ।
डाँफे मुनाल साथमा नाँचेको छ मेरो पाँचथर ।।

आगेजुङगको गुम्बा देखि जोरपोखरी सम्म ।
गुराँस फूल माथामा राखेको छ मेरो पाँचथर ।।

संदकपुर सिलौटिका महागुरु शान्तिका दुत ।
फल्गुनन्दको ज्ञानले माझेको छ मेरो पाँचथर ।।

छाँती बिच बग्छ हावा बन्दुकेको शिर बनाई ।
हिमाल अनि पहाडले बनेको छ मेरो पाँचथर ।।

क्षेत्री बाहुन कामी दमै बहुसंख्या किंराँतीका ।
मन्दिर मुर्ति मिलेर पुजेको छ मेरो पाँचथर ।।

बिकाशको लागी  भर्खरै पाइला उठाए पनी ।
बस्ती बस्ती बिजुली बलेको छ मेरो पाँचथर ।।
– महेन्द्र कुमार मिश्र
नांगिन १ पाँचथर

गजल २
उही मन्दिर उही देउता पुजाई फरक फरक ।
मान्छे अलग मन अलग बुझाई फरक फरक ।।

तिनै स्तन चुसी–चुसी हुर्किएका सन्तान पनी ।
कोही बुद्ध कोही बन्दुक भाई फरक फरक ।।

कसैले काटेर खान्छ मैले पुज्ने लक्ष्मीलाई ।
दोषी यो नजर सबैको हेराइ फरक फरक ।।

चिता चढी नियाल्दै छू मसान घाटमा के छ ?
दागबत्तीमा सल्काइएका सलाई फरक फरक ।।

धनि मर्छ पैसा ओढी गरीब मर्छ अनिकालले ।
महल अनि झुपडिको रुवाई फरक फरक ।।
– महेन्द्र कुमार मिश्र
नांगिन १ पाँचथर

गजल ३
आदर अनि मायाको स्थिर हौ मेरी आमा ।
म हुँ तिम्रो पुजारी मन्दिर हौ मेरी आमा ।।

यी नयनलाई हेरेर भोक प्यास चिनछिन् ।
ज्ञान अनि दक्षताकी अमिर हौ मेरी आमा ।।

रगत तिम्रै रजको डुल्दै छ यि नशा नशामा ।
म त तिमै बनावट हो  शरिर हौ मेरी आमा ।।

जितेर यमराज लाइ जन्म दियौ मलाई ।
धौम्य निडर सहासी धिर हौ मेरी आमा ।।

मेटिएर जानलाई यो चोला नै उठ्नु पर्छ ।
मनभित्रको अजम्बरी तस्बिर हौ मेरी आमा ।।
– महेन्द्र कुमार मिश्र
नांगिन १ पाँचथर

गजल ४
छिमेकिका भुस्या बाट आमा हेपिदा ।
मेची रुन्छ काली रुन्छ देश बेचिदा ।।

मेरो जस्तै मन भए उस्को पनी रुन्थ्यो ।
खण्ड–खण्ड बनाईएको देश सम्झिदा ।।

मातृभुमि छ बधसालामा बधक नेता ।
मृदुल बोल्छ मन्द हाँस्छ माटो जोखिदा ।।

अबशेष मात्रै  रहे अब शहिदका सालिक ।
बिद्रोह गर्न सिमाना र किल्ला तोडिदा ।।

कस्तो सन्तान हौ तिमि आमा ब्यापारी ।
कती खुसी तिमी देशको दाम तोकिदा ।।
– महेन्द्र कुमार मिश्र
नांगिन १ पाँचथर

गजल ५
हावा सँग हल्लिएका पात बैँशालु ।
जून ओढी निदाएका रात बैँशालु ।।

झ्याल बाट चुहिएको जून खेलाई ।
राती–राती गरिएको बात बैँशालु ।।

प्रेम गर्ने बाहानामा गालै चुमेर फेरी ।
मुटु तोडी भागीजाने घात बैँशालु ।।

डाली झुल्दै भवराको मन बराल्ने ।
यिनी नारी प्रजातिको जात बैसालु ।।

आँखै बाट पिएपछि नसा प्रितको ।
अङ्–अङ्ग जवानीको मात बैसालु ।।
– महेन्द्र कुमार मिश्र
नांगिन १ पाँचथर




गजल सर्जक १६
कृष्णप्रसाद भट्टाराई
पहलमपुर ३, कैलाली, सुदूरपश्चिम
हाल मलेशिया

गजल १
देशको बिकास गर्न युवा जुट्ने बेला आयो ।
गाउँ बस्ती र शहर बाट उठ्ने बेला आयो ।।

कालापानी बुद्ध अनि सुस्ता हाम्रै भन्नेलाई ।
पाता कसी छानी–छानी  चुट्ने बेला आयो ।।

देशको रक्षा गर्न सबै युवा जमात हरु ।
बारुद भई दुष्मन माथि फुट्ने बेला आयो ।।

देशमा अशान्ति छाएकोछ जताततै हेर ।
अशान्तिको अस्तित्व अब लुट्ने बेला आयो ।।

फाटी सक्यो देशको चोली लाज देखिदै छ ।
सबै मिली आपसमा आजै खुट्ने बेला आयो ।।

गोर्खाली को शान मान पहिचान बचाउँदै ।
बैरीलाइ मकै भुट्या सरी भुट्ने बेला आयो ।।
– कृष्णप्रसाद भट्टाराई
पहलमपुर ३, कैलाली

गजल २
ढुंगा निचोरेर पानी निकाल युवाहरु ।
पहाड फोरेर खानी निकाल युवाहरु ।।

आँफु मा भएको सिप देखाई पहरामा ।
गैंटी बेल्चा घन हानी निकाल युवाहरु ।।

कहाँ छन् खानी भनी पत्ता लगाईं कन ।
तिनै ठाउँ छानी –छानी निकाल युवाहरु ।।

कुलत अनि नराम्रा काम त्यागी सबैले ।
मनमा बिचार ज्ञानी निकाल युवाहरु ।।

अरुको मुख ताकेर खाने सँधै भरी त्यो ।
आँफू बाट सबै बानी निकाल युवाहरु ।।

आफ्नो देश माथि कु दृष्टि लागाउनेहरु ।
तिनका आँखाका नानी निकाल युवाहरु ।।

यी सबै कुरा भन्दा बिदेशी दलाल लाइ ।
दिएका, फिर्ता राहदानी निकाल युवाहरु ।।
– कृष्णप्रसाद भट्टाराई
पहलमपुर ३, कैलाली

गजल ३
घरवारी छ बन्धकीमा नभुल्नु है प्रदेशी ।
विदेशी त्यो रमझम मा नघुल्नु है परदेशी ।।

ईमान्दार भई काम गर्नु भनेको मान्नु पनि ।
काम छोडेर यता उती नडुल्नु है परदेशी ।।

बिचार गरी आफ्नो जिउको, होसले काम गर्नु ।
नशा मा मात्रै दिन, रात नझुल्नु है परदेशी ।।

मनका प्यास मेट्नलाई ती नशाले लट्ठ भई ।
सुरा–सुन्दरी कोठा भित्र नहुल्नु है परदेशी ।।

आमा बाउ छोरा छोरी बिसिएर प्राण प्यारी ।
पराइको मन बारीमा नफुल्नु है परदेशी ।।
– कृष्णप्रसाद भट्टाराई
पहलमपुर ३, कैलाली,

गजल ४
बिचरीलाइ कठै बिधुवा भनि हेला गर्छन ।
गाउँ समाज सबै घरका पनी हेला गर्छन ।।

उस्को घाँउ मा मलम पट्टी लगाउनुको साटो ।
बचन को कोदाली ले उल्टै खनि हेला गर्छन ।।

के कुरा गरौ हजूर नन्द भाउजु आमाजुको ।
आफ्नै दिदी बैनी पनी शत्रु बनी हेला गर्छन ।।

नारी सबै बराबर हौ भन्दै हिड्ने ठुला बडा ।
हो तिनै समाजका गरीब धनी हेला गर्छन ।।

बुझ्न सक्या छैन मैले अझै पनि बिधुवालाई ।
मान्छे अनि समाजले किन त नि हेला गर्छन ।।
– कृष्णप्रसाद भट्टाराई
पहलमपुर ३, कैलाली,

गजल ५
बाँचुन्जेल बा आमाको आँशु ढीक्का झारे पछि ।
मरे पूण्य कमाइन्छ र ? दश दिन नून बारे पछि ।।

बुढेसकालमा साहारा दिनुको साटो उल्टै झन ।
आफ्ना बुढा बाआमालाई घर न घाटको पारेपछि ।।

शरीरमा ताकत हुन्जेल ती बुढा बा आमालाई ।
दया माया नगरेर पशु झै गोरु जस्तै नारे पछि ।।

केही चाहियो बाबु भन्दा कहिले कहि मात्रै ।
हरेक बहाना मा तिमीले सँधै कुरा टारे पछि ।।

स्याहार सुसार राम्रो भाएन भन्ने बहाना मा ।
शाहारा चाहिने बेला बृद्धाआश्राम सारे पछि ।।
– कृष्णप्रसाद भट्टाराई
पहलमपुर ३, कैलाली,




गजल सर्जक १७
देव बिरही
दाङ् तुल्सिपुर
हाल – मलेशिया जोहोर

गजल १
घरमा ति साना बाल बच्चा छोडेर प्रदेशि भए ।
नजाउ बा भन्दै थिए बाटो मोडेर प्रदेशि भए ।।

बर्र्षौ पुरानो लगाएको बाउले रिन त्यो हजुर ।
साहूु हरुले सँवा ब्याज जोडेर प्रर्देशी भए ।।

कसलाइ रहर हुन्छ होला र हजुर पर्देशीन ।
ज्यानको बाजि ठोकी कफन ओडेर प्रर्देशी भए ।।

संग–संगैं मरौंला संग–संगै बाचौंला भन्दै मैले ।
खाएका कसम प्रिया संग तोडेर प्रर्देशी भए ।।
–देव बिरही
दाङ तुल्सिपुर

गजल २
चटक्कै माया नमार्नु आउनु हाम्रो दाङ् घुम्न ।
आउछु भनि नटार्नु आउनु हाम्रो दाङ् घुम्न ।।

बर्र्षौ बित्यो आउँछौ भनि बस्दा परखाइमा ।
दोधारामा नपार्नु आउनु हाम्रो दाङ् घुम्न ।।

संगैज ाउला काफल खान संगै चढ्दा पहाड ।
हिम्मत चाहि नहार्नु आउनु हाम्रो दाङ् घुम्न ।।

हेर्छौ भने घुमाई दिन्छु दाङ्को सबै सेरो फेरो ।
अन्तै माया नसार्नु आउनु हाम्रो दाङ् घुम्न ।।

ठूलै छ राप्ति नदि आउँछ बवाल उलिर्एर ।
पिरतीलाई स्विकार्नु आउनु हाम्रो दाङ् घुम्न ।।
–देव बिरही
दाङ तुल्सिपुर

गजल ३
बर पिपलको छाँया मुनि बसे पर्खिएर ।
समिपमा बोलाउँदा झन गइन तर्किएर ।।

टाढा हुदा सँधै फोनमा कुरा गर्थी मिठा ।
जब नजिक भएँ उनको गइन झर्किएर ।।

तिम्रै यादमा बिताएका कति रातदिन ।
सपनाका महल फुट्यो सिसा झै चर्किएर ।।

तिम्रो मायाम घातै छ भन्ने थाहा भए ।
मैले पनि हेर्ने थिएन जुनि भरि फर्किएर ।।

कति रुनु पर्ला र अझै चोट पिडा सम्झि ।
भएजति “बिरही“का आँशु सकिए दर्किएर ।।
–देव बिरही
दाङ तुल्सिपुर

गजल ४
पुग्न खोज्दा गन्तब्यमा यात्रुहरुको जाम देख्छु ।
शुरु भयो मेरो यात्रा खुट्टा तान्नेको लाम देख्छु ।।

मरुभूमिमा चुहाउँदै पसिना पेट पाल्न खोज्दा ।
गर्नैपर्ने बाध्यता छ पापि साहुको काम देख्छु ।।
प्र्रियाले माया गरि पठाएको त्यो चिट्ठी मलाइ ।
खुशि भई हेरे भित्र खालि बाहिर खाम देख्छु.।।

घरमा सोध्नु हुन्छ बा, आमाले कहिले आउँछौ ।
मैले सँधै बिदेशि को गुलामी भई दाम देख्छु ।।

भक्कानेर मुटु दुख्दा यो पराई भरुभूमिमा ।
साथि भाई सँग डुलेको त्यो सुन्दर गाम देख्छु ।।
–देव बिरही
दाङ तुल्सिपुर

गजल ५
त्यो युद्धमा मारिएका लास देखाउँ नेता
पिडितहरु बस्ने बस्ति बास देखाउँ नेता

सङ्कटकालमा लुट्यौ सारा धन र सम्पति
गरिब जनताले खाने अबगास देखाउँ नेता

यस्तो गर्छु उस्तो गर्छु भन्दै हिड्ने किन ?
गरीब लाई कबुलेको आश देखाउँ नेता

नभनेर छोरिचेलि बुढि आमा केहि पनि
सबै जिउँदै जलाउँने तिम्रो मास देखाउँ नेता

जनतालाई लुटेर अनि कुटेर कब्जा गरेको
अहिले सबै हर हिसाब खास देखाउँ नेता
–देव बिरही
दाङ तुल्सिपुर




गजल सर्जक १८
प्याशी चाम्लिङ्
दोर्पा ९ खोटाङ
बाबा ः शुक्र राज राई
ममि ः अमल सरि राई
जन्म ः २०४६/०७/२३
रुचि ः साहित्य श्रीजना र संगीत
बिधा ः गीत र गजल
प्रकाशिन कृति ः पवनका सुस्केराहरु गजल सङ्ग्रह २०६५
प्रकाशोन्मुख कृतिः किरण गजल सङ्ग्रह
                        गीती एल्बम त्याग

गजल १
यता उता घुमीहेर्छु ,मेरै खोटाङ् प्यारो लाग्छ ।
पुर्व कोशी मेचीहेर्छु ,मेरै खोटाङ् प्यारो लाग्छ ।।

ट्याम्के मेरुङ साल्पा हुँदै ,मालाथुम्की  बाट ।
रमेर हलेसीहेर्छु , मेरै खोटाङ् प्यारो लाग्छ  ।।

किराँत राजा खोटेहाङ्को, नाम बाट रचिएको ।
ईतिहास पढीहेर्छु , मेरै खोटाङ् प्यारो लाग्छ ।।

हरियाली हराभरा, प्रकृती बनावट उस्तै ।
रावा सावा नदीहेर्छु, मेरै खोटाङ् प्यारो लाग्छ ।।

हजारौ र लाखौको, प्राण प्यारो ढुकढुकी तिमी ।
यस्तै उस्तै लेखीहेर्छु, मेरै खोटाङ् प्यारो लाग्छ ।।

तिमी बाट टाढा छु म, धेरै टाढा छु है खोटाङ् ।
तर सँधै सम्झीहेर्छु, मेरै खोटाङ् प्यारो लाग्छ ।।
– प्याशी चाम्लिङ्
दोर्पा ९ खोटाङ

गजल २
गर्दै नगर पिरतिमा, छुट्ने कुराहरु ।
पानीको फोका जस्तै, फुट्ने कुराहरु ।।

तिमी बिनाको पल, हुन्छु म अलमल ।
दुबै मिलि गरे राम्रो, जुट्ने कुराहरु ।।

तनमनले लाको माया, बन्छ शितल छाँया ।
पर छोडौ नियतीले, चुट्ने कुराहरु ।।

तिमी नै हौ चाहाना, हैन कसम बहाना ।
हुँदै हैन मस्त यौवन, लुट्ने कुराहरु ।।

संगै यात्रा गरिहेर, मेरो दिलमा सरिहेर ।
हुन्न सपना सिशासरी, टुट्ने कुराहरु ।।
– प्याशी चाम्लिङ्
दोर्पा ९ खोटाङ

गजल ३
जीवन भरी नबिर्सने, यादगार बनेर ।
तिम्रै यादले छेक्छ बाटो, काडेतार बनेर ।।

कसरी म अघी बढौ, भन म के गरौं ?
कि रेटुँ घाँटी खुकुरीको, धार बनेर ।।

लगातार आउँछ याद, कुन्नी किन हो ।
ठुला–ठुला सपनाको, संसार बनेर ।।

कहिले ज्यान बिराम, कहिले मन बिराम ।
यस्तो हुँदै के बाच्नु, पृथ्वीको भार बनेर ।।

खटन छ दैबको,बिश्वास छ कर्मको ।
गरेखेती अमृतको, पलायो झार बनेर ।।

न रह्यो मनमा हाँसो, न रह्यो गुनासो ।।
छायो सधैं उदासिनता, अन्धाकार बनेर ।।
– प्याशी चाम्लिङ्
दोर्पा ९ खोटाङ

गजल ४
सपनीमा यमराज, लान्छु भन्दै आयो ।
नमाने नी जबरजस्ती, तान्छु भन्दै आयो ।।

कठै ! उता मेरी मुना, मूर्छा परी बर्बराउँदै ।
हजुर गए म पनी संगै, जान्छु भन्दै आयो ।।

मै हुँ सृष्टी कर्ता, हर्ने पनी भर्ने पनी ।
अब पालो तँलाई, खान्छु भन्दै आयो ।।

जन्मे पछी नमर्ने, फुले पछी नझर्ने ।
छैन संसार हो म, मान्छु भन्दै आयो ।।
– प्याशी चाम्लिङ्
दोर्पा ९ खोटाङ

गजल ५
बध्यता र विवशतामा, घरको सङ्घार काटी आए।
सानो खुशी  संसारबाट, म एक्लै फाटी आए ।।

कहाँ जानु हुन्छ बाबा ? सोधिन सानी छोरिले ।
ची–ची पापा लिन जान्छु, भन्दै उनलाई ढाँटी आए ।।

एक रथ का दुई पाङ्ग्रा, भन्छन् श्रीमान् श्रीमती ।
दोधार बन्दै छोडी उनलाई, सारा खुशी साटी आए ।।

आफ्नै जन्म भुमीमा, रम्ने चाहा हुँदा हुँदै ।
मन भरी सपना बोकि, नौलो आशा बाटी आए ।।

पैसा–पैसा फल्छ भनी, ऋण काढी बिदेशिए ।
एकमा दोब्बर भए पछि,मदहोसिमा लाटी आए ।।
– प्याशी चाम्लिङ्
दोर्पा ९ खोटाङ




गजल सर्जक १९
नाम – प्रदिप राई ‘अभि’
ठेगाना – बतासे  १ दिनुवा खोटाङ,
पिता÷माता – केशर बहादुर राई ÷ कृष्णकुमारी राई
सम्लगनता – क्षितिज पत्रीका (प्रधान सम्पादक)
– नयन मञ्जरी नेपाली पत्रीका (सम्पादक)
- दिशानिर्देश.कम (समचारदाता)
- अनटराट्रिय खवर (समचारदाता)
- अलाईन खवर(समचारदाता),
- मेरोजिल्ला डटकम,(समचारदाता)
- बोडनेपाल डटकम (समचारदाता)
- सगरमाथा डटकम (समचारदाता)
- साझा सवाल डटकम (समचारदाता)
 समलग्न पेजहरु १ नमस्ते बाग्लुङ,
२ झापाली आवाज
३, नयाँ श्रीजनाकोपुरानो यादहरु,
४ हाम्रो बतासे खोटाङ,
५ हाम्रो राजापानी खाम्तेल खोटाङ,
६ उपहार सपनाकी छोरी,
७ गजल मनहरु,
८ प्रवाशी कलम मलेसिया,
९ हाईमाउन्टेन युवा कल्ब खोटाङ,
 आबद्ध सघसस्थाहरु – खोटाङ् सेवा समाज युवा एकाता मलेसिया (अध्यक्ष)
– प्रवासी एकता मजुदुर संघ (सचिब)
– किरात राई यायोक्खा मलेसिया (प्रमुख सल्लाकार)
– श्रीजनशिल कृषक समुह खोटाङ् (प्रमुख सल्लाकार)
प्रकासित कृतिहरु – आखिर भूल कस्को थियो  (उपन्यास)
                       - चकिर्एको ऐना (गजलसङ्ग्रह)
पेशा – श्रमजिबी पत्रकार (अन्तराट्रिय)

गजल  १
छ पिडा मनमा भुलाउँन पिएर हिड्दैछु ।
मुटु उनीलाई नै उपहार दिएर हिड्दैछु ।।

कोशीस औधी उनलाई जिन्दगी सुम्पीन ।
टुक्रिएन मेरो मुटु आफै सिएर हिड्दैछु ।।

न हाँस्न सके न त उनलाई हँसाउन ।
जलेको आत्मा मनमा लिएर हिड्दैछु ।।

टुटे ती हर्र्षमा बज्ने तार अनि तरङग ।
स्वर्णिम पलहरु संम्झिदै खिएर हिड्दैछु ।।
–प्रदिप राई “अभि“
बतासे – १ दिनुवा खोटाङ्

गजल २
अन्यासै धेरै पछी एउटा सानो काम पाएँ ।
झस्किदैपत्र लेखे उही पुरानो नाम पाएँ ।।

झुकिन्छ मुटु सँधै न जल्छ खरानी भई ।
म एउटा बगर हुँ शितल खोज्दा घाम पाएँ ।।

भेटिन्छ मान्छे कती अवलाको खुशी लुट्ने ।
साथ दिन्छु भन्दै गला रेट्नेहरुको लाम पाएँ ।।

मेरो प्र्रितले सिन्चिएको नगर सबै जलेको छ ।
निष्ठुरीलाई संम्झिदा आँशुको मूल्य दाम पाएँ ।।
–प्रदिप राई “अभि“
बतासे – १ दिनुवा खोटाङ,

गजल ३
प्रदिप थिए साहित्यमा अभी भए म ।
दुःख सुःख शब्द कोर्दा कवी भए म ।।

साहित्यमा पाईला चाल्ने बानी परे पछि ।
सबको मनमा पुग्न सक्ने छवी भए म  ।।

तिम्रै कारण गाउँ शहर सम्म चर्चा पाउँदा ।
यस्तो लाग्छ आजभोली रवी भए म ।।

स्वार्थी भई सवैजना मलाई लुट्न खोज्दा ।
मनले नै जानी–जानी मतलवी भए म ।।
–प्रदिप राई “अभि“
बतासे – १ दिनुवा खोटाङ्

गजल ४
बैंशले या पैसाले नै जिन्दगीमा मात लाग्छ ।
गिद्धे नजर नघुमाउ जिन्दगीमा बात लाग्छ ।।

मनवताको बस्तिहरुमा बैर भाब किन राख्नु ।
सुते संगै साथीसँग कहिलेकाँही लात लाग्छ ।।

घमण्ड र अहङ्कारको गन्तब्य निश्चित छैन ।
जिन्दगी असफल भई पश्चातापको खात लाग्छ ।।

आफन्तले बार लाउँछन् अहम भएर हिडे पछि ।
जहाँ गएनि जिन्दगीमा शून्य मात्र हात लाग्छ ।।
–प्रदिप राई “अभि“
बतासे – १ दिनुवा खोटाङ्

गजल  ५
बाँची देखाऊ संसार लाई तिमी मर्न नखोज त ।
विश्व भरी फुल्नु तिमी ओईली झर्न नखोज त ।।

लिनु एक उद्देश्य र पाईला चाल्न सिक्नु तिमी ।
हरेस खाएर जिवन संग फेरी डर्न नखोज त ।।

हार्नु हुन्न कहिल्यै तिमी कालै आएनी बॉच्नु पर्छ ।
बढ्छन् तिम्रा अघी पाईला पछी पर्न नखोज त ।।

चिनीने छ सानो संसार बिश्व भरी तिम्रो नाममा ।
खोल्छौ संसारको ऑखा, पर सर्न नखोज त ।।
–प्रदिप राई “अभि“
बतासे – १ दिनुवा खोटाङ्



गजल सर्जक २०

मौलिक श्रीस
नवलपरासी सुखौरा धुर्कोट ७. नेपाल
रुचि – गायन, लेखन गजल, गीत, कविता, हास्य ब्याङ्ग्य लेख, लघु कथा,
हाल – सऊदी अरब, रियाद न्यु सनैया,
फोन नं– ०५९३२२९१८३
आइ डी – maulik.srish@yahoo.com


गजल १
जाऊ जाऊ मैना चरि सन्चै छ भनिदेउ है ।
सम्झिन्छ उ सँधै भरी सन्चै छ भनिदेउ है ।

चर्को घाँममा काम गर्छ भन्दा दुःख लाग्ला ।
कुरा गर्नु दुःख तरी सन्चै छ भनिदेउ है ।।

चिन्ता अली बढी गर्छ तिमीलाई सम्झेर ।
आशुँ झार्छ घरी घरी सन्चै छ भनिदेउ है ।।

गैँती बेल्चा चलाउँछ सुख्खा खब्बुस खायर ।
नभन्नु नि कसै गरि सन्चै छ भनिदेउ है ।।

अब उ छिट्टै आउँछ तिम्रो लागी भनेर ।
किन्दैछ नाना थरि सन्चै छ भनिदेउ है ।।
–मौलिक श्रीस
सुखौरा धुर्कोट ७ नवलपरासी

गजल २
खान्न भन्छौ बन्दा काउली थाहाँ पाउछौ बिहे पछि ।
मिठो–मिठो भोजन खाउली थाहाँ पाउछौ बिहे पछि ।।

ज्यानै भरि गहना लाउने तिम्रो कम्ती शौख छैन ।
सुन होइन रोल्गोल लाउलि थाहाँ पाउछौ बिहे पछि ।।

नेल पोलिस लाउने तिम्रा चिल्ला चिल्ला नङग ले ।
माँझ्नु पर्ला कालो ताउलि थाहाँ पाउछौ बिहे पछि  ।।

हुने खाने खानदानीले हेर्नु पनि प¥यो नि तिमीलाई ।।
खै कस्तो सँग जाउलि थाहाँ पाउछौ बिहे पछि ।।

सिक छोरी सिक भन्दा सुनीनौ आमाको कुरा ।
चार दिनमै माइत आउली थाहाँ पाउछौ बिहे पछी ।।
–मौलिक श्रीस
सुखौरा धुर्कोट ७ नवलपरासी

गजल ३
सुन्दा यस्तो लाग्ला अनि पर्नेछौ तिमी दङ्ग ।
कहाली लाग्ने मुटु काप्ने कथा छ है म सङ्ग ।।

मुटु दरो पारेर आऊ सुनाउँछु मेरो कथा ।
काँडै काँडा फुल्ने छन् हेर तिम्रो प्रत्यक अङ्ग ।।

मरेर बाँचेको मान्छे हुँ म पत्याउन गा¥हो छ ।
हेर्दा अहँ केहि थिएनरे मेरो अनुहारको रङ्ग ।।

मिठो एउटा सपना त मैले पनि देखेको थिए ।
समय त्यस्तै आइदियो र त भयो भता भङ्ग ।।

अतित तिर फर्के भने फेरी मुर्छा पर्छु होला ।
बर्तमान मै सबै सँग बाँडेको छु यो उमङग ।।
–मौलिक श्रीस
सुखौरा धुर्कोट ७ नवलपरासी

गजल ४
पाप पलायो संसार भरी रक्षा गर हरी ।
हुन थाल्यो मन परि रक्षा गर हरी ।।

हत्या हिंसा अति भो बलात्कारी उस्तै ।
षड्यन्त्र भो अनेक थरि रक्षा गर हरी ।।

भुले सबैले बुद्धका शान्तिका संन्देशहरु ।
चुपचाप छन परेवा चरि रक्षा गर हरी ।।

अन्न बृष्ट्री हुने गरि प्रकृति नै नष्ट भो ।
बसाई दिनु वर्षा झरि रक्षा गर हरी ।।

कोही छैन चीत्कार सुन्ने त्यो नारीको ।
छन राक्षस वरी परि रक्षा गर हरी ।।

संसार भरि सबैको यस्तै चाला देखे पछि ।
रोयो आत्मा धर धरी रक्षा गर हरी ।।
–मौलिक श्रीस
सुखौरा धुर्कोट ७ नवलपरासी

गजल ५
सुन्दर अनेक बस्ति छन् नवलपरासीमा ।
सबै एकसय एक हस्ती छन् नवलपरासीमा ।।

हराभरा जंगल र समाजमा सुरक्षा दिन ।
गाउँ गाउँमा गस्ती छन् नवलपरासीमा ।।

मौलाकाली दाउन्ने देवी धार्मिक स्थलहरु ।
ठाउँ ठाउँमा छ्यास् छ्यास्ती छन् नवलपरासीमा ।।

चुरे पहाड फोडी आउने मूलको पानि पिउँदा ।
शितलता पूर्ण मस्ती छन् नवलपरासीमा ।।

पढी लेखेको छौ भने बिहे गर्ने हौ भने ।
कन्या भने जस्ती छन् नवलपरासीमा ।।
–मौलिक श्रीस
सुखौरा धुर्कोट ७ नवलपरासी




गलज सर्जक २१
नाम – सहदेव चाम्लिङ राई (देव)
ठेगना – हादिया वुधबारे ९ झापा मेची
(पहिले वसाइ इलाम हाल झापा)
फोन नं – ०५०७०६४७७५
इमेल – dev.chamling750@faceboo.com
हाल – युएई

गजल १
प्रकृतिको सुन्दर खानी छ हाम्रो ईलाममा ।
वातावरणको छुट्टै पहिचानी छ हाम्रो ईलाममा ।।

एकनास हुन्छ सधैं हुन्न धेरै जाडो गर्मी ।
मौसमकै मिठो कहानी छ हाम्रो इलाममा ।।

अन्तुडाँडामा आए हुन्छ झुल्के घाँम हेर्न ।
डाँडा काँडा क्या जवानी छ हाम्रो ईलाममा ।।

प्रकृतिको छट्टाले भरिपूर्ण छ माईपोखरी ।
रङ्गीन माछा अनि पानी छ हाम्रो ईलाममा ।।

कन्याम झनै राम्रो त्यही घर छ अनन्तको ।
साह्र्रै असल राम्रो बानी छ हाम्रो ईलाममा ।।
–देव अनन्त
पहिले ईलाम हाल झापा

गजल २
सानो–सानो रहरमा बाँच्दैछ जीवन मेरो ।
यो दुःखको शहरमा बाँच्दैछ जीवन मेरो ।।

खुशीहरु ओझेल पर्छ किन त्यो जूनजस्तै ।
यस्तै–यस्तै प्रहरमा बाँच्दैछ जीवन मेरो ।।

थोपा–थोपा रगतमा फैलिएछ बिष पनि ।
घोलिएको जहरमा बाँच्दैछ जीवन मेरो ।।

डुब्न लाग्या घाम हेर्छु क्षीतिजमा बिलाउँदा ।
यहि आशुँको नहरमा बाँच्दैछ जीवन मेरो ।।

खोजीरहेछ सफलता युगौदेखी अझैपनि ।
यो कस्तो सफरमा बाँच्दैछ जीवन मेरो ।।
–देव अनन्त
पहिले ईलाम हाल झापा

गजल ३
शहर छोडी जान्छु, एक्लै हुन्छौ होला तिमी ।
बिछोडको क्षणमा, एक्लै रुन्छौ होला तिमी ।।

बाध्यता छ प्र्रिय, जानै पर्ने मुग्लान यहाँ ।
नानाथरी सपना, एक्लै बुन्छौ होला तिमी ।।

चरी झर्ने घाम त्यो, खानै नपुग्ने दाम सुन्दा ।
चर्किएको तिम्रो मुटु, एक्लै तुन्छौ होला तिमी ।।

बाँचा गर्छु आउने छिट्टै, तर मेरो भर हुन्न ।
रोइ–रोई पराईको साथ, चुन्छौ होला तिमी ।।

बाध्यतामा गाँस्छौ नाता दैवको खेल सम्झनु ।
धोकेबाज भन्दै मेरो, नाम गुन्छौ होला तिमी ।।
–देव अनन्त
पहिले ईलाम हाल झापा

गजल ४
सधैं बाँचे जीवनमा, आशुँ पिएर बाँचे ।
अरुकै निम्ती म, करारमा जिएर बाँचे ।।

सोचे जस्तो कहिल्यै, हुन्न भन्थे जीवन ।
साँच्चै रैछ जीवनमा, पिडा लिएर बाँचे ।।

बुद्धले भनेका छन्, दुःख छ यो संसारमा ।
जसोतसो फाटेको, मनलाई सिएर बाँचे ।।

विदेशको यात्रा सुनौलो, विहानीको खोजी ।
सोचेझै नहुँदा प्रवास, मनभित्र खिएर बाँचे ।।

अन्धकार भयो विहानी, आएन जिवनमा ।
पल–पल हारेपछि, भाग्यलाई दोष दिएर बाँचे ।।
–देव अनन्त
पहिले ईलाम हाल झापा

गजल ५
आफ्नै जीवन संम्झिएर रुन्छु कती कति ।
हामीबीचको माया प्रेम गुन्छु कति कती ।।

तड्पिएर बाँचेकोछु संधै तिम्रो यादमा ।।
एक्लै टोलाइ एकोहोरो हुन्छु कति कति ।

मदन बिना मुना अपुरै हुन्छिन यहाँ ।
मेरै यादले सताएको सुन्छु कति कति ।।

बनाउँदैछु कल्पनामै महल त्यो हाम्रो ।
भबिष्यका सपना मिठा बुन्छु कति कति ।

टाढा भएपनि साथमा तिम्रै तस्वीर छ ।
अधर चुमी तस्वीरको छुन्छु कति कती ।।
–देव अनन्त
पहिले ईलाम हाल झापा





गजल सर्जक २२
‘इलामेली’ सनत तिम्सिना
ठेगाना– शान्तिपुर ३ बदमटार इलाम
जन्म मिति– २०४४–०८–०१
शैक्षिक योग्यता – १०जोड२
पिता –सोम प्रसाद तिम्सिना
माता – दुर्गा देबी तिम्सिना
रुची – साहित्य लेखन
पेशा– अध्ययन
हाल– मुम्बइ भारत
इमेल आइडी – sanatkmar@gmail.com
फोन नं. – ८६५५२८३९४१÷९८४२७१७१३

गजल १
सानीसंग संगैखेल्या लुकामारी सम्झना छ ।
मेरो प्यारो इलामको सल्लाघारी सम्झना छ ।।

अंगालोमै बाँधीएर कन्याम् अनी हुर्हुरेमा ।
हातजोडी घुमेका ती चियाबारी सम्झना छ ।।

सिद्धिथुम्का श्रीअन्तुको मेलाभर्ने बहानामा ।
भेटहुन्थ्यो प्र्रियसीको रातोसारी सम्झना छ ।।

गजुर्मुखी पाथीभरा सिद्धकाली घुम्दाखेरी ।
लुकिदिन्थे तकिर्एर एक्लैपारी सम्झना छ ।।

बिदेशीने बेलाभयो मिल्यौंहामी शान्तिपुरमा ।
चाँडैआउ भन्थी प्र्रिया आशुँझारी सम्झना छ ।।
–‘इलामेली’ सनत तिम्सिना
शान्तिपुर ३ बदमटार इलाम

गजल २
बैंशमा माधुरी ओठहरु बिक्छन् ।
नफुल्ने नफल्ने बोटहरु बिक्छन् ।।

सर्लक्क झल्कने बदनमा लुकेर ।
प्र्रियाका अनन्त खोटहरु बिक्छन् ।।

दोबाटो र चौबाटो गर्दैनन् प्रवाह ।
जवानी सम्हाल्न गोठहरु बिक्छन् ।।

दुनियाँ बसि रहेछ मदहोस बनेर ।
आना र सुकामै भोटहरु बिक्छन् ।।

खाडीको दरीला दौरालाइ भुलेर ।
खासाका सुकिला कोटहरु बिक्छन् ।।

गुणको बदला आवगुण किन दिन्छन् ।
मायाको साटोमा चोटहरु बिक्छन् ।।
 –‘इलामेली’ सनत तिम्सिना
शान्तिपुर ३ बदमटार इलाम

गजल ३
आँखैभित्र पसि–पसि छुरा चलाउँछन् ।
हृदयमा बसि–बसि छुरा चलाउँछन् ।।

हात दिदैँ साथ दिदैँ माया देखाउँदै ।
अङ्गालोमा कसि–कसि छुरा चलाउँछन् ।।

संगै बाँच्ने संगै मर्ने बाचा कसम खाँदै ।
चिप्लोकुरा घसि–घसि छुरा चलाउँछन् ।।

कैदगरी मनमुटु शरिरका अंग–अंग लाइ ।
मुस्कान ले डसि–डसि छुरा चलाउँछन् ।।

माया र विश्वास को जालो फिँजाएर ।
कलेजीमा धसि–धसि छुरा चलाउंछन् ।।
–‘इलामेली’ सनत तिम्सिना
शान्तिपुर ३ बदमटार इलाम

गजल ४
अल्झिए त्यो दिलको कुनामा अल्झिए ।
टिपिक्क चौबन्दीको तुनामा अल्झिए ।।

बनायौ सरावी आँखाको भावले नै  ।
नशालु नयनको टुना–मुनामा अल्झिए ।।

सोधेथ्यौ म प्रति कति माया छ भनि ।
मायाको जोड घटाउ र गुणनमा अल्झिए ।।

पागलै बनिसकेछु म त तिम्रो मायामा ।
समायौ यो मुटु पिरती थुनामा अल्झिए ।।
–‘इलामेली’ सनत तिम्सिना
शान्तिपुर ३ बदमटार इलाम

गजल ५
कसैले जात सोधे नेपाली भन्छु ।
देश सोधे म विर गोर्खाली भन्छु ।।

पुर्खाहरुले पानी भर्ने पंधेरी त्यो ।
गण्डकी कोशी अनि कर्णाली भन्छु ।।

तराइमा जन्मे पहाडीको छोरो म ।
छ शुद्ध यो आत्मा हिमाली भन्छु ।।

आफैंमा पुज्य छ यो मेरो मातृभुमी ।
हो म आमाको माया सम्हाली भन्छु ।।

मर्न परे देशकै लागी हाँसेर मर्न सकुँ ।
गर्व गर्दै नेपाली झण्डा उचाली भन्छु ।।
–‘इलामेली’ सनत तिम्सिना
शान्तिपुर ३ बदमटार इलाम




गजल सर्जक २३
नाम ः विनोद ‘ज्वलन्त’
ठेगाना  ः जलजला –६, संखुवासभा
हाल ः साउदी अरब

गजल १
यहाँ पैसा यसरी कमाउनु पर्छ प्र्रिया ।
हातमा ठेला रगत जमाउनु पर्छ प्र्रिया ।।

एक छाक खायो अनि भोकै काम ग¥यो ।
मुस्किलले पैसा बचाउनु पर्छ प्र्रिया ।।

नेताको भाषण झैँ स्वतन्त्र कहाँ छ र ।
सस्तोमा पसिना बगाउनु पर्छ प्र्रिया ।।

आवश्यकत्ताहरु खै कसरी पूरा गर्ने र ?
खानै नपुग्ने तलब समाउनु पर्छ प्र्रिया ।।

अब त्यही आएर केही गर्ने सोचमा छु ।
नेपालमै हाम्रो भविष्य बनाउनु पर्छ प्र्रिया ।।
– विनोद ‘ज्वलन्त’
जलजला –६, संखुवासभा

गजल २
मकालुको काखमा बसी हाँस्छ संखुवासभा ।
कोइलीको गीत सुन्दै नाँच्छ संखुवासभा ।।

विविध भाषा सँस्कृतिलाई प्यारो ठानेर ।
मिठो नाता सबै सँग गाँस्छ संखुवासभा ।।

विश्वकै होचो उपत्यकामा आफै भित्र रमाउदै ।
अरुण, बरुण अङ्गालेर बाँच्छ संखुवासभा ।।

जमिनकै प्वालबाट सुर्य हेरी बिहानीमा ।
अचम्ममा पर्दै कम्मर भाँच्छ संखुवासभा ।।

रहस्यमय गुफा अनि पोखरी छन त्यहाँ ।
आफ्नो थलो स्वर्ग सँगै दाँज्छ संखुवासभा ।।
– विनोद ‘ज्वलन्त’
जलजला –६, संखुवासभा

गजल ३
भगवानको प्रसाद भने बाँडी–बाँडी हिड्छौ ।
हरे, राम कृष्णको नाम छाँटी–छाँटी हिड्छौ ।।

झुठो बोल्नु हुन्न भन्ने सन्देश छ ,धर्मभित्र ।
तिमी त दुनियाँलाई ढाँटी–ढाँटी हिड्छौ ।।

पहिला आँफू कस्तो छु भन्ने वास्तै नगरेर ।
गाउँ भरिका कुराहरु काटी–काटी हिड्छौ ।।

आफूसँग नभएको जसरी नि लाउनै पर्ने ।
अरुसङ्ग आफ्नो लुगा साटी–साटी हिड्छौ ।।

यत्रो विधि नौ टङ्किले नपुगेर अझै पनि ।
भन फेरी के गर्नलाई राति–राति हिड्छौ“ ।।
– विनोद ‘ज्वलन्त’
जलजला –६, संखुवासभा

गजल ४
आशाको अस्तु लिएर बाँच्दा रैछन् मान्छे ।
संगीत विनै, खुशीमा नाँच्दा रैछन् मान्छे ।।

छोडि जानेहरुको याद आए एकान्तमा ।
छाँतीमा उस्कै तस्बिर टाँस्दा रैछन् मान्छे ।।

हजारौं घातहरुको लाम बिर्सेर होला ।
एकै पलको खुशीमा हाँस्दा रैछन् मान्छे ।।

आफ्नै सोचेकाले, विश्वास घात गरेपछि ।
भित्रै देखि दुखेर मन, भाँच्दा रैछन् मान्छे ।।

चाहे समय र भाग्यले नै किन नठगोस्,
बाँचुन्जेललाई सपना त साँच्दा रैछन् मान्छे
– विनोद ‘ज्वलन्त’
जलजला –६, संखुवासभा

गजल ५
धाएर मन्दिरमा के पायौं भन ?
आएर मन्दिरमा के पायौं भन ?

फुलिरहेका सुन्दर फूलहरु लाई ।
चुडाएर मन्दिरमा के पायौं भन ?

खानै नपाएको मानवको वस्ती ।
उठाएर मन्दिरमा के पायौं भन ?

भगवानको निम्ति त्यो नरिवल ।
फुटाएर मन्दिरमा के पायौं भन ?

बाँच्न चाहिरहेको पशुको घाँटी ।
टुटाएर मन्दिरमा के पायौं भन ?

”ज्वलन्त” जिउदै मरेको बेला ।
पठाएर मन्दिरमा के पायौं भन ?
– विनोद ‘ज्वलन्त’
जलजला –६, संखुवासभा





गजल सर्जक २४
नाम  ः बृग बहादुर तामाङ्
साहित्य नाम  ः बि.बि.तामाङ घिसिङ् बैरागी
ठेगाना  ः रामेछाप बिजुलीकोट ३ काङ्बा
जन्म मिती  ः २०४३ असार १६
बाबा   ः ज्ञानबहादुर तामाङ्
आमा  ः मैती तामाङ्
पेसा  ः वैदेशिक रोजगार
रुचि  ः साहित्य भाषा कला समाजसेवी
हाल ः मरुभूमि कुवेत

गजल १
ओइलिएर झर्छन फूल जति राम्रो फुले पनि ।
गाह्रो  भयो भुल्न मलाई निष्ठूरीले भुले पनि ।।

समय झै मन पनि परिवर्तन भयो उसको ।
जस्तो थिएँ उस्तै छु म देश बिदेश डुले पनि ।।

मान्छेको मन यस्तै रहेछ बल्ल थाहा भयो ।
ढुङ्गा कहिल्यै पग्लदैन जति पानी घुले पनि ।।

आखिरमा सकिनन् बुझ्न मेरो माया लाई ।
आफ्नो मन भित्रका सारा कुरा खुले पनि ।।

त्यसैले रुप हेरेर हैन, मन हेरेर माया गरौं ।
नत्र मैल जस्तै धोका ,खानेछन् अरुले पनि ।।
– बृग बहादुर तामाङ्
रामेछाप बिजुलीकोट ३ काङ्बा

गजल २
सुनको सुगंध नम्बरी सुनमा हुन्छ ।
धतिर्को उज्यालो त्यो जुनमा हुन्छ ।।

नगर्नु हत्या हिंसा कुनै प्राणीलाई ।
त्यो हत्याको सराप खुनमा हुन्छ ।।

तेल घ्यू मसला जे सुकै हाले पनि ।
तरकारीको स्वाद त नुनमा हुन्छ ।।

हारर्मोनिया, गितार र सारङ्गीमा भन्दा ।
बाँसुरीको आवज छुट्टै धुनमा हुन्छ ।।

रुपावती भन्दा त इमानदार हुनुपर्छ ।
राम्रो मान्छेको त स्वभाव गुनमा हुन्छ ।।
– बृग बहादुर तामाङ्
रामेछाप बिजुलीकोट ३ काङ्बा

गजल ३
बिरामी भई ढलेर, बस्याँछु आमा प्रदेशमा ।
रात दिन थलेर, बस्याँछु आमा प्रदेशमा ।।

चारैतिर सिमानामा, बम बारुद पड्की रहेछ ।
दुष्मनको आँखा छलेर, बस्याँछु आमा प्रदेशमा ।।

भतभति पोल्छ छाँति, गाउँघरको यादमा ।
आधा शरीर गलेर, बस्याँछु आमा प्रदेशमा ।।

मरुभूमिको बालुवा संगै, संघर्र्ष म गर्दैछु यहाँ ।
चर्को घाममा जलेर, बस्याँछु आमा प्रदेशमा ।।

गैटी बेल्चा चलाउन पर्छ, छैन आराम एकैछिन्
शरिरमा धुलो दलेर, बस्याँछु आमा प्रदेशमा ।।
– बृग बहादुर तामाङ्
रामेछाप बिजुलीकोट ३ काङ्बा

गजल ४
मायामा, धोका खाएर, पास भए म ।
त्यसैले त, आज आँफै, उदास भए म ।।

थाहै नपाई, मुटु भित्र, छुरा हानेर गएँछ ।
विहोस भई, ढलेर जिउँदो, लास भए म ।।

बाटो मोडेर, नाता तोडेर, गयौ निष्ठूरीले ।
अनि बादल, मडारिएको, आकाश भए म ।।

जुनदिन देखि, उसले मेरो, साथ छोडेर गयो ।
त्यस पछि, हुरिले उडाएको, कपास भए म ।।

पिउनु सिके, एक्लै एक्लै, जिउनु सिके मैले ।
त्यहि भएर ,जिन्दगीमा ,बिन्दास भए म ।।
– बृग बहादुर तामाङ्
रामेछाप बिजुलीकोट ३ काङ्बा

गजल ५
तिम्रो मेरो, सपनाको, एउटा घर, बनाउनु प्र्रिय ।
दुष्मनको, नजर भन्दा, अलि पर ,बनाउनु प्र्रिय ।।

नसकेनी, महल बनाउन, झुपडी मै, रमाउँला ।
आउ“दै छु म, तिमी काटेर, खर बनाउनु प्र्रिय ।।

संगै उडि, जाने त्यो, डाँफे मुनाल, जोडी जस्तै ।
हाम्रो माया, ढुङ्गा माटोको, भर बनाउनु प्र्रिय ।।

भनछन् सबै, अमुल्य हुन्छ, माया भन्ने चिज ।
हाम्रो प्रेमको, त्यस्तै मिठो, सफर बनाउँनु प्र्रिय ।।

हाम्रो नाता, छुटाउन जुट्न, सक्छ यो दुनियाँ ।
कसैको कुरा, नसुन्नु मन, पथ्थर बनाउँनु प्र्रिय ।।

संगै मर्ने, संगै बाँच्ने, बाचा कसम खाँउला सानु ।
सयौं जुनि, संगै हुने, पिपल र वर बनाउनु प्र्रिय ।।
– बृग बहादुर तामाङ्
रामेछाप बिजुलीकोट ३ काङ्बा





गजल सर्जक २५
मिलन घर्ति मगर
जन्म मिती ः २०४७–०९–०४
पिता ः रत्नबहादुर घर्ति मगर
माता ः खगीसारा घर्ति मगर
गा.वि.स.  ः काप्रिचौर १ बैश्पानी सुर्खेत
अञ्चल ः भेरी
योग्यता ः साधारण
हाल ः मलेसिया
सम्पर्क ः ०१७३२१८४०/०१६२४९७९७६
ईमेल  ः milangharti19@gmail.com

गजल १
रोपेका ती मकैबोट गोडी आए प्रदेश ।।
जन्म घरको नातासबै तोडी आए प्रदेश ।।

खबर भयो वरिपरी साथीहरु भेला भए
बढाउँदै हातहरु जोडी आए प्रदेश ।।

मन थाम्न नसकेर पाइलाहरु सारे पनि ।
वेदनाले कोमल छाँती फोडी आए प्रदेश ।।

रुँदै थीइन मेरीसानी आँशु झार्दै बाटो छेकि ।
जंघारमा उनलाई एक्लै छोडी आए प्रदेश ।।

संगै हाँस्ने रामाउने मेरो पनि  रहर थियो ।
वाध्यताले यो पाइला मोडी आए प्रदेश ।।
–मिलन घर्ति मगर
काप्रिचौर १ बैश्पानी सुर्खेत

गजल २
ठोकिएका पईला सार्दै जिन्दगीको यात्रा बढ्यो ।।
जिउनै नदीई आशा मार्दै जिन्दगीको यात्रा बढ्यो ।।

सँधैभरि हाँस्ने खेल्ने रहर कसलाई हुँदैन र ।
आँखाबाट आँशु झार्दै जिन्दगीको यात्रा बढ्यो ।।

सुन्दर संसार स्वर्ग जस्तै बनाउने रहर थियो
इच्छाहरु नदी तार्दै जिन्दगीको यात्रा बढ्यो ।।

कुनैबेला संगै जिउने खाएका ती बाचा कसम ।
आज सबै सखाप पार्दै जिन्दगीको यात्रा बढ्यो ।।

जसलाइ आफ्नो जिवन सम्झे उसैबाट घात हुँदा ।
काँडे तारले मुटु बार्दै जिन्दगीको यात्रा बढ्यो ।।
–मिलन घर्ति मगर
काप्रिचौर १ बैश्पानी सुर्खेत

गजल ३
जिन्दगी मा मैन सरि गल्न सकिएन ।
उनकै अघी दियो बनी बल्न सकिएन ।।

बाटो भरि विषालु ति काँडा भएपछि ।
पाइला हरु अडिरहे चल्न सकिएन ।।

जिन्दगीको यात्रामा संघर्ष त गर्नु छ ।
जोगी भइ खरानि पनि दल्न सकिएन ।।

जिउनै गा¥हो जिन्दगीमा दुःख पीडा मात्र ।
मुटु माथि हात राखी ढल्न सकिएन ।।

जति दु.ख परेपनि सहनु त वाध्य थियो
आफ्नै चित्तामा आगो लगाई जल्न सकिएन ।।
–मिलन घर्ति मगर
काप्रिचौर १ बैश्पानी सुर्खेत

गजल ४
मेलापात घाँस दाउरा गर्दै होलिन् सानी ।।
दुःख अनि पीडासङ्ग मर्दै होलिन् सानी ।।

सँधै उस्तै बिहानीमा घाँस काट्नै पर्ने ।
डोको बोकी बनपाखा झर्दै होलिन् सानी ।।

कति धेरै कष्टसङ्ग घाँसको भारी बोकी ।
पहाडको उकालीमा सर्दै होलिन् सानी ।।

घर मुनिको चौतारीमा बिसाउँदै भारी ।
संम्झनाले खाली मुटु भर्दै होलिन् सानी ।।

मनभरी जस्तोसुकै व्याथा भए पनि उनि ।
सबैसामु मिठो मुस्कान छर्दै होलिन् सानी ।।
–मिलन घर्ति मगर
काप्रिचौर १ बैश्पानी सुर्खेत

गजल ५
नेपालकै बिचमा भा’को मेरो प्यारो सुर्खेत जिल्ला ।
मैले जन्मस्थान पा’को मेरो प्यारो सुर्खेत जिल्ला ।।

जाजरकोट सल्यान बाट उलिर्दै छङ्–छङ् गर्दै ।
भेरी नदी बग्दै गा’को मेरो प्यारो सुर्खेत जिल्ला ।।

प्रकृतीले दिएको त्यो अचम्मको बुल्बुले ताल ।
हेर्नेहरु घुइचो ला’को मेरो प्यारो सुर्खेत जिल्ला ।।

स्वर्ग भन्दा प्यारो लाग्ने मलाई मेरो जन्मभूमि ।
छोडी आज प्रदेश आ’को मेरो प्यारो सुर्खेत जिल्ला ।।
–मिलन घर्ति मगर
काप्रिचौर १ बैश्पानी सुर्खेत





गजल सर्जक २६
नाम ः– भूपाल ठाडा रानामगर
साहित्यिक नाम ः– भूपाल ठाडा रानामगर ‘क्षितिज’
ठेगाना ः– लेखफर्सा ३ साजे, सुर्खेत
हाल ः– भारत
जन्म मिति ः–२०४१–०३–२९
बुबा ः– कुलबहादुर ठाडा रानामगर
आमा ः– प्यारीकला ठाडा रानामगर
सम्पर्क ः– ००९१८८०१५२११६९ (भारत)
इमेल – bhupalrana77@gmail.com

गजल १
बोकेर स्वतन्त्र विचार, घुम्न आउनु सुर्खेतमा ।
शान्ति मिल्छ अपरम्पार, घुम्न आउनु सुर्खेतमा ।।

सिद्धपाईला, घण्टाघर, देउती बज्यै मन्दिर सङ्गै ।
बुलबुले र काक्रेविहार, घुम्न आउनु सुर्खेतमा ।।

लेखफर्सामा सिद्धेढुङगा, आनन्द शिखर लेकभै ।
रातेखोला र भेरी किनार, घुम्न आउनु सुर्खेतमा ।।

गुमी भोटेचुली हुँदै हाम्रो, छेत्रेबाँझ जङ्गल बिच ।
अद्भुत भोटेको दरबार, घुम्न आउनु सुर्खेतमा ।।

शहीदचोक अवस्थित छ, जहाँ पक्का देख्नुहुन्छ ।
दशरथपुरको सुन्दर बजार, घुम्न आउनु सुर्खेतमा ।।

अतिथिलाई स्वागत छ, यहाँ धेरै पाउनु हुन्छ ।
प्रगतिशिल नौलो सँस्कार, घुम्न आउनु सुर्खेतमा ।।
– भूपाल ठाडा रानामगर
लेखफर्सा ३ साजे, सुर्खेत

गजल २
हाड र छाला मात्र कठै दुःखीको, बेहाल हेर्नुहोस् ।।
लिनेछ रुप विद्रोहले एक दिन, विकराल हेर्नुहोस् ।।

कर्मशिल ति हातहरु सँधै ,खियाउँदै नचाउँछ उ ।
तर चिन्ता खानेकै छ कस्तो, अनिकाल हेर्नुहोस् ।।

समाज पनि कस्तो हो यो, सोझो माथी सँधै घोँचो ।
फैलाईदिन्छ, त्यहि झुटकाmे कयौ, संन्जाल हेर्नुहोस् ।।

जी हजुरी गर्दै कठै श्रम खोज्दै, भौँतारिन्छन् ।
कालो मैलो मैलामा दुखीको, बगाल हेर्नुहोस् ।।

अझै पनि दुःखी माथीm धनि द्धारा दमन भए ।
न्यायको खातिर अब उठ्नेछ, मसाल हेर्नुहोस् ।।
– भूपाल ठाडा रानामगर
लेखफर्सा ३ साजे, सुर्खेत

गजल ३
पीडा खेप्दै कोख लियौ महानछौ मेरी आमा ।।
यो धर्तीमा जन्म दियौ महानछौ मेरी आमा ।।

आँधी हुरी वेग सङ्गै मलाई हुर्काउन बढाउनमा ।
आँशु प्याला कति पियौ महानछौ मेरी आमा ।

मलमुत्रले भिजेका ति मेरा फाटेका लुगाहरु ।
कति धुयौ कति सियौ महानछौ मेरी आमा ।।

मलाइ टन्न खुवाएर आँफू चाही पटुकी कसेर ।
भोको पेट कति जियौ महानछौ मेरी आमा ।।
– भूपाल ठाडा रानामगर
लेखफर्सा ३ साजे, सुर्खेत

गजल ४
यो धर्तीमा पक्का न्याय, गर्छु भनि तम्सिदै छु ।
त्यसैले त कलम समाई, युद्ध मैदान होमिदै छु ।।

विद्धवान भै संधै भरि, तारा जस्तै चम्किरहनु ।
मेरी प्यारी ति आमाको, उपदेश संम्झिदै छु ।।

मेरा यस्ता हजारौ छन्, तीता ति अनुभवहरु ।
पटक–पटक अपराधीको, जालमा पर्दै उम्किदै छु ।

मानविय सद्भावको, महाजाल फैलाईदिए त ।
मुर्ख स्वतः हार खानेछ, पूर्ण आशा म लिदै छु ।।

काटिने छ मान्छे तर, विचार कहिल्यै काटिदैन ।
त्यो हतियार धारीलाई, चुनौती म यहि दिँदै छु ।।
– भूपाल ठाडा रानामगर
लेखफर्सा ३ साजे, सुर्खेत

गजल ५
कृषकको भकारी जब रित्तिएर गयो ।।
बजारमा भाउ झनै चर्किएर गयो ।।

पियारीले भन्दै थिइन् तिमीले दे’को रुमाला ।
एसेलुको काँडा भरी अल्झिएर गयो ।

सरकारले स्याउले झुप्रो जलाईदिए पछि ।
सुकुमवासी निर्बाङ्ग नाङ्गीएर गयो ।।

मजबुरीको फाईदा लुट्न चर्को ब्याज थपी ।
साहु आएर फेरि तमसुक सुम्पिएर गयो ।।
– भूपाल ठाडा रानामगर
लेखफर्सा ३ साजे, सुर्खेत




गजल सर्जक २७
हजुरकै भाइभतिज ‘सानु बाबु मल्ल’
तिनकन्या २ सिन्धुली

गजल १
जुनार खान आउनुस् है हाम्रो सिन्धुलीमा ।
माया पनि लाउनुस्  है हाम्रो सिन्धुलीमा ।।

जता ततै हरियाली सुन्दर गाउँबस्ती छ ।
फुर्सद मा धाउनुस् है हाम्रो सिन्धुलीमा  ।।

सिन्धुलि, गढीबाट हिमाल स्पष्ट देखिन्छ ।
मनोरञ्जन पाउनुस् है हाम्रो सिन्धुलीमा  ।।

कतै–कतै भिर अनि पहाड पनि उस्तै छ ।
लडिएला समाउनुस् है हाम्रो सिन्धुलीमा ।

भिर पहाड झरना खोला प्रशस्त छन यहाँ ।
दृश्य हेरी रमाउनुस् है हाम्रो सिन्धुलीमा ।

रमणिय ठाँउहरु कति छन कति त्यहाँ ।
उतै मन भुलाउनुस् है हाम्रो सिन्धुली मा ।।
–हजुरकै भाइभतिज ‘सानु बाबु मल्ल’
तिनकन्या २ सिन्धुली

गजल २
पर पुगि फकि हेर्दा आँसु झारेर गयो ।
रुदै–रुदै उसले मलाइ माया मारेर गयो ।।

खै के बाध्यताले उसले छोडि गयो मलाइ ।
तिमि मेरो साथि भन्दै कुरा टारेर गयो ।।

पिरति को फूल हाम्रो फुल्न खोजे पछि ।
कोपिला मै उसले माया अन्तै सारेर गयो ।।

उसले नै सिकाउथ्यो प्रेम को जित हुन्छ ।
तर आफै हाम्रो मायामा किन हारेर गयो ।।

रुदै–रुद गए पनि उसले त साथ पाई ।
आँशु झार्दैे मलाइ एक्लो पारेर गयो ।।
–हजुरकै भाइभतिज ‘सानु बाबु मल्ल’
तिनकन्या २ सिन्धुली

गजल  ३
नआउनु है चेली बिदेश, बेकार हुन सक्छ ।
तिम्रो आफ्नै आफन्त नै, गद्दार हुन सक्छ ।।

गाउँमै कुटो कोदालो गरे, जीवन चल्छ बरु ।
सुख खोज्ने आशमा दुःख, अपार हुन सक्छ  ।।

भोकाए को बाघ जस्तै छन, यहाँ सबै मान्छे ।
घर मालीक बाटै तिम्रो, बल्तकार हुन सक्छ ।।

बोलिदिने कोहि हुन्न, हेर तिम्रो पक्ष मा ।
मुद्दा जित्यौ भने पनि, हार हुन सक्छ  ।।

न्याय माग्न नियोगको, शरण आउन खोज्दा ।
वरि परी काँडे तारको, बार हुन सक्छ ।।
–हजुरकै भाइभतिज ‘सानु बाबु मल्ल’
तिनकन्या २ सिन्धुली

गजल ४
नसोध्नु है आमा अरबमा, घाम कस्तो हुन्छ ।।
थाहै हुँदैन विहान अनि, साझ कस्तो हुन्छ  ।।

सुख्खा रोटि खान्छु त्यहि,बोकि काममा जान्छु ।
नसोध्नुस है बाबा तपाईं, दाम कस्तो हुन्छ ।।

सकि नसकि काम गर्छु, रोटिले पेट भर्छु ।
थाहा छैन मिठो–मिठो, माम कस्तो हुन्छ  ।।

के दिन के रात थाहा हुदैन, कामै काममा ।
नसोध्नु है प्रदेसी लाई, काम कस्तो हुन्छ ।।

दिनरात नभनेर खटेकोछु, कामै काममा आज ।
थाहा छैन मलाइ आमा, आराम कस्तो हुन्छ ।।
–हजुरकै भाइभतिज ‘सानु बाबु मल्ल’
तिनकन्या २ सिन्धुली

गजल  ५
हो हजुर, हाम्रो देशमा, भाइ काटेको छन्  ।
आफ्नै आमा, जस्तो त्यो, गाई काटेको छन्  ।।

दानव बन्यो, मान्छेहरु, धर्म कर्म विर्सीदैछन्  ।
आमा बुबा, सारा सन्तान, दाइ काटेको छन्  ।।

रगत संग, होलि खेल्न, जन्मिएका राक्षसहरु ।
जात जात्ती छुट्याइ लिम्बू राई काटेको छन् ।।

आफ्नो स्वार्थ, पुरा गर्न, एउटी आमा ले  ।
हेर्नुस त,आफ्नो सन्तान, जन्माइ काटेको छन्  ।।

पूर्ब पश्चिम, मेची काली, एउटै हाम्रो देशमा ।
मधेश तराइ, अनि पहाड, बनाइ काटेको छन् ।।
–हजुरकै भाइभतिज ‘सानु बाबु मल्ल’
तिनकन्या २ सिन्धुली




गजल सर्जक २८
नाम – शितल बिष्ट
ठेगाना – उदयपुर सोरुङग छेबिसे चिन्नेडाँडा ५
जन्ममिति – २०४५–१०–८
योग्यता – १० कक्षा
पिता – दुर्गबहादुर बिष्ट
माता – अम्बिका बिष्ट
रुचि – साहित्य लेखन
पेशा – सवारी चालक
हाल – साउदी
इमेल – bistashital@yahoo.com Pn.no.0595814679



गजल १
मोती जस्तै, चम्किएर, हाँस्छ ति, हिमाल ।
मयुर संगै, रमाएर, नाच्छन् डाँफे, मुनाल ।।

प्रकृतिक, सुन्दरता, नदि खोला, झरनाहरु ।
अजीव नै, जस्तो लाग्छ, पहाडमाथि ताल  ।।

माटोमा, खुन मिलाई, सहिदले ठड्याएको ।
ढल्ने छैन, कहिल्यै त्यो, विरताको पर्खाल ।।

गाउँबेसी, मेलापात, गर्दै कुटो, कोदालो  ।
पत्तो नपाई, बित्छ दिन, अनि महिना, साल ।।

हरियालि, बनपाखा, स्वच्छ यो वाताबरण ।
स्वर्ग भन्दा, प्यारो छ, हाम्रो सानो, नेपाल  ।।
– शितल बिष्ट
उदयपुर सोरुङग छेबिसे चिन्नेडाँडा ५

गजल २
पिँढिको डीलमा बसेर, रुन्छिन् होलि मेरीआमा ।
प्रदेशीलाई संम्झेर, रुन्छिन् होलि मेरिआमा ।।

साहै चिन्ता गर्ने बानि, सपना नराम्रो देख्दा ।
मध्य रातमा उठेर, रुन्छिन् होलि मेरिआमा  ।।

दु.खमा एक्लै छाडि, बाबा स्वगिर्य हुनुभयो ।
सम्हाल्नै नसकेर, रुन्छिन् होलि मेरिआमा ।।

दु.ख र बिमारमा पानी दिने, मान्छे नहुँदा ।
बेस्सरी छाँति पिटेर, रुन्छिन् होलि मेरोआमा ।।
– शितल बिष्ट
उदयपुर सोरुङग छेबिसे चिन्नेडाँडा ५

गजल ३
जहाँ थियो उहि  किल्ला सारेर फिर्नेछु ।
काँडे तारले सिमाना बारेर फिर्नेछु ।।

मेरो मातृभुमी माथि हस्तक्षेप गर्नेलाइ ।
कसम खाएकोछु त्यो दुश्मन मारेर फिर्नेछु ।।

के परिवर्तन गर्यो र त्यो नयाँ क्रन्तीले ।
ती खोक्रो निति बैतर्णी तारेर फिर्नेछु ।।

कुर्सिमा बसेर सिङ्गौरी खेल्ने हरुलाई ।
जुवा हालेर मैदान मा नारेर फिर्नेछु ।।
– शितल बिष्ट
उदयपुर सोरुङग छेबिसे चिन्नेडाँडा ५

गजल ४
कुनै नौलो हैन यस्ता, घटना हजार छन् ।
फूलको बलत्कार गरि, भमरा फरार छन् ।।

खरानी भो संविधान, कसरि बन्छ यो देश ।
दाजु–भाई बिच पनि, नमिल्ने बिचार छन् ।।

घरबारी धितो राखि, बिदेसिन्छन् युवाहरु ।
मेहनत गरे त यहि, जीउने आधार छन ।।

आफ्नै एउटा लक्ष्य छैन, इशारा मै चल्नुपर्ने ।
पटक–पटक  हेरियो यहाँ, सबै यस्तै सरकार छन्  ।

हाँसेर बाँच्न सिक सजिलै, भन्छ दुनियाँ ।
मेरो दिलको भित्तामा, हजारौ प्रहार छन् ।।
– शितल बिष्ट
उदयपुर सोरुङग छेबिसे चिन्नेडाँडा ५

गजल ५
एकान्तमा मुर्छा परि गिरिन्छ आजभोलि ।
छिया–छिया भई मुटु चिरिन्छ आजभोलि ।।

स्वर्गभन्दा प्यारो मेरो संसार लुटिए पछि ।
बैरागिदै भट्टी भित्र छिरिन्छ आजभोलि ।।

कलिलो फूलको दुश्मन काँडा भएपछि ।
सुरक्षा गर्न बन्दुक भिरिन्छ आजभोलि ।।

त्यो नजरले यो दिल गुलाम भयो र त ।
तिम्रो बस्ति वरिपरि फिरिन्छ आजभोलि ।।
– शितल बिष्ट
उदयपुर सोरुङग छेबिसे चिन्नेडाँडा ५





गजल सर्जक २९
नाम – धमे्रन्द्र तिम्सिना ‘क्षितिज’
जन्मस्थान – ललाई भूटान
जन्म मिति – जुलाई ४ तारिक १९८६
हालको ठेगाना – ओहाइओ अमेरिका
पिताको नाम – खडानन्द तिम्सिना
माताको नाम – लिलामाया तिम्सिना
प्रकाशित कृति – जानु कहाँ हो (२०६८ गजल तथा रुबाई सङ्ग्रह),
 त्रिकोण ( २०७० संयुक्त रुबाई सङ्ग्रह)
सम्लग्नता – ‘अन्तराष्ट्रिय भूटानी सृजनशिल मञ्च’
इमेल – kshitijtimsina@yahoo.com


गजल १
मेटाउन खोजिएको, म एउटा, कहाँनी हुँ ।
गर्वसाथ भन्छु सँधैं, म सच्चा, भुटानी हुँ ।।

गरिबी र, माटोको, पीडा थाहा, छ मलाई ।
पेटकै लागि, बसेको, धितो अनि, जमानी हुँ ।।

शोषकलाई, देशद्रोही, आतंककारी, हुँ भनें ।
पिडितलाई, आराम दिने, रुवाको, सिरानी हुँ ।।

प्रयोग गरि, फालिदिने, तानाशाही, सोँचबाट ।
भेलबाढिमा, बगाइएको, टुहुरो, जिन्दगानी हुँ ।।

छाँतीमा, हात राखी, चिच्याउँदै, भन्छ “क्षितिज“ ।
जन्मभुमी, आमाको, सपुत अनि, निशानी हुँ ।।
– धमे्रन्द्र तिम्सिना ‘क्षितिज’
भूटान हाल, ओहाइओ अमेरिका

गजल २
पीडामा पनि हाँसियो देश खोज्दै जाँदा ।
मरियो अनि बाँचियो देश खोज्दै जाँदा ।।

आफ्नो हक अधिकार माग्दा शोषकबाट ।
कैयौं शिर काटियो देश खोज्दै  जाँदा  ।।

अत्याचारी जल्लादी बन्दुके शासनबाट ।
देशको सपूत मारियो देश खोज्दै  जाँदा ।।

माटो देख्न लालायित हज्जारौं आँखाहरु ।
शोषक ले फुटाइदियो देश खोज्दै जाँदा ।।

केही सीप नलागेसी गाँस, बाँस, कपास खोज्दै ।
अमेरिका. सम्म पुगियो देश खोज्दै जाँदा ।।
– धमे्रन्द्र तिम्सिना ‘क्षितिज’
भूटान हाल, ओहाइओ अमेरिका

गजल ३
जुट्छन् वस्ति, वस्तिहरु, अत्यचार, भएपछी ।
फेरी बन्दुक, उठ्छ, जनताको, हार भएपछी ।।

आन्दोलन हुन्छ, जनताहरु,सडकमा आउँछन् ।
शाषण दमन, उत्पीडन, बारम्बार, भएपछी ।।

को झुक्छ, को रुक्छ, तानाशाही, शासनसङ्ग ।
न्याय खोज्दा, अन्याय, लगातार, भएपछी ।।

फासिष्टले, पक्कै एकदिन, घुँडा टेक्छ हेर ।
अन्यायको, विरुद्धमा, हतियार भएपछि ।।

जन्जिर तोडिनेछन्,जनताको कानुन बन्नेछ ।
किसान मजदुर, दमितको, सरकार भएपछि ।।
– धमे्रन्द्र तिम्सिना ‘क्षितिज’
भूटान हाल, ओहाइओ अमेरिका

गजल ४
सबै मिली उठ्यो भने के गर्न सकिन्न र ?
हाम्रो मन मिल्यो भने के गर्न सकिन्न र ?

सिक्दै सिकाउँदै बढ्ने हो अनि जितिन्छ
सिकायो र सिक्यो भने के गर्न सकिन्न र ?

सठिक के हो बुझेर एउटै लक्ष्य लिइ सबैले
सहि बाटोमा हिँड्यो भने के गर्न सकिन्न र ?

मुर्खको समुहमा सियो बनी एउटा सज्जन
झुक्याएर पस्यो भने के गर्न सकिन्न र ?

ठुलो भइ अरुलाई अहराउन थाल्नु भन्दा
आँफैं सुरु गर्यो भने के गर्न सकिन्न र ?
– धमे्रन्द्र तिम्सिना ‘क्षितिज’
भूटान हाल, ओहाइओ अमेरिका

गजल ५
त्यो पहिलो रातको नशा अझै ताजा छ ।
मिलि–जुली लिएको मजा अझै ताजा छ ।।

लेखेपछि  ठूलै उपन्यास बन्ने थियो होला ।
हाम्रो अमर प्रेमको कथा अझै ताजा छ ।।

चट्पटे, चुकाउनी र खुर्सानिको अचार ।
बाँडी खाको आधा–आधा अझै ताजा छ ।।

मायाको, साक्षी त्यो, देउराली भञ्ज्याङ् ।
अनि चौतारी पाटी पौवा, अझै ताजा छ ।।

‘क्षितिज’ लाई अंगालेर नछोड्नु है भन्दै ।
बहाएको त्यो अश्रु्रधारा अझै ताजा छ ।।
– धमे्रन्द्र तिम्सिना ‘क्षितिज’
भूटान हाल, ओहाइओ अमेरिका




गजल सर्जक ३०
साहित्य पारखि मोहन मगर (सल्यानी)
थारमारे ४ जि.एम टोल सल्यान
राप्ती नेपाल
हाल ः टप ग्लोभ एस डिएन बिएच डी
सेलेङगर केलाङ् मलेसिया
पिता ः भद्रबहादुर घर्तीमगर
माता ः भिमादेवी घर्तीमगर
योग्यता ः औंठाछाप
कृति ः सामुहिक गजल सङ्ग्रह (प्रवासका अक्षरहरु)


गजल १
आफ्नै मान्छेबाट जब जाल हुन्छ जिन्दगीमा ।
तब आँखामा आँशुको छाल हुन्छ जिन्दगीमा ।।

अड्कलबाजी काट्छन् यहाँ दुनियाँले नानाथरी ।
मायामा जब जवाफ सवाल हुन्छ जिन्दगीमा ।।

लक्ष्य चुम्न गा¥हो हुन्छ यात्रा मोडिन्छ अन्तै ।
आफ्नै मननै विचमा पर्खाल हुन्छ जिन्दगीमा ।।

खुशीहरु भाँडिन्छन् दुःख केवल साथी हुन्छ ।
ओराली लागेको मृगकै चाल हुन्छ जिन्दगीमा ।।

अमृत पनि विष हुन्छ विपरीतकाल लागेपछि ।
जीवन दिन्छु भन्ने नै काल हुन्छ जिन्दगीम ।।
 –साहित्य पारखि मोहन मगर (सल्यानी)
थारमारे ४ जि.एम टोल सल्यान

गजल २
प्ररिश्रम अनि मेहनत गरे सुन यतै फल्छ साँईला ।
पर्दैन तिमी विदेशिनु गुजारा यतै चल्छ साँईला ।।

रोप्नुपर्छ प्ररिश्रमको बिज बन्जरहरु तोडेर सबै ।
विकासको मुल फुट्छ गरिबी चै ढल्छ साँईला ।।

बस्नु हुन्न हात बाँधेर हामी भाग्यको भर परी ।
हात नचलाए भाग्यले नै हामीलाई छल्छ साँईला ।।

जलश्रोतका धनी हामी बल र बुद्धि लगायौं भने ।
पानीबाटै गाउँ–गाउँमा  विजुली बत्ती बल्छ साँईला ।।

नहुने यहाँ के छ र आखिर प्ररिश्रम र मेहनत गरे ।
पसिना यही चुहायौं भने ढुङ्गा पनि गल्छ साँईला ।।
–साहित्य पारखि मोहन मगर (सल्यानी)
थारमारे ४ जि.एम टोल सल्यान

गजल ३
चोखो हाम्रो मायाको दिप बाली बस्नु दिपु ।
निभ्न सक्छ त्यसैमा तेल हाली बस्नु दिपु ।।

साहुको ऋण  तिरी छिट्टै फर्की आँउनेछु म ।
छिट्टै भेट्ने मनमा आशा पाली बस्नु दिपु ।।

नसोच्नु कहिल्यै तिमीले एक्लै पार्यो भनी ।
खुशी राखी रिसको पोको फाली बस्नु दिपु

नगर्नु है काम तिमीले दुश्मनको शिर उठ्ने ।
अठोटलेनै दुश्मनको शिर ढाली बस्नु दिपु ।।

नबस्नु तिमी हात बाँधी परिश्रम गर्न छोडी ।
प्रगतिको पथमा ति पाईला चाली बस्नु दिपु ।।
–साहित्य पारखि मोहन मगर (सल्यानी)
थारमारे ४ जि.एम टोल सल्यान

गजल ४
म पनि सायद भुल्थेहोला तिमीलेझैं भुल्न सक्ने भए ।
अर्कै दिलमा खुल्थेहोला तिमीलेझैं खुल्न सक्ने भए  ।।

किन बस्थे रुदै म जिन्दगीभर तिम्रै नाम जपी –जपी ।
बरालिएर सधैं डुल्थेहोला तिमीलेझैं डुल्न सक्ने भए  ।।

पर्थेन सायद निमोठिन कोपिला मै फुल्नै नपाएर ।
गमला माथि फुल्थेहोला तिमीलेझैं फुल्न सक्ने भए ।।

किन पथ्र्यो एक्लै बाँच्न मनमा पिर व्यथा लुकाई ।
दुनियाँ सामु घुल्थेहोला तिमीलेझैं घुल्न सक्ने भए ।।

बाँच्नु मन थिएन सायद सागरको गहिराईमा डुबी ।
हिमाल बनेर चुल्थेहोला तिमीलेझं, चुल्न सक्ने भए ।।
–साहित्य पारखि मोहन मगर (सल्यानी)
थारमारे ४ जि.एम टोल सल्यान

गजल ५
नाराबाजी गर्दै हामीले मशाल बाल्नुपर्छ अब ।
देश बनाउने अभियान आफै थाल्नुपर्छ अब ।।

भित्र भित्रै देश खोक्राउने ती धमिराहरुलाई ।
कठालो समाई, कालकोठरीमा हाल्नुपर्छ अब ।।

हात बाँधी बस्नहुन्न नेताको मात्रै भर परेर ।
अगाडि बढ्न पाईला आफैले चाल्नुपर्छ अब ।।

लेख्दैन नयाँ संविधान यो हुतिहारा सरकारले ।
बकम्फुस्रे यो  भ्रष्ट्र सरकारलाई ढाल्नुपर्छ अब ।।

धेरै सह्यौं दुःख पिडा निमुखा हामी जनताले ।
बाठो बनेर तिनै पिडाहरुलाई गाल्नुपर्छ अब  ।।

रुदैछिन् मेरी आमा देश लुटिदाँ छाँती चर्की ।
शान्ती रुपी मलमले घाउलाई टाल्नुपर्छ अब ।।
–साहित्य पारखि मोहन मगर (सल्यानी)
थारमारे ४ जि.एम टोल सल्यान





गजल सर्जक ३१

दिलीप साम्पाङ् ‘आशुँ’
बुवा – हर्क बाहादुर राई
आमा – दुर्गा माया राई
जन्ममिति – २०४०–०५–११ गते
शिक्षा – १० पास
ठेगाना – समालबुङ् ६, संगमवस्ती, ईलाम
सम्पर्क – +९१९९१६४४३०८४

गजल १
तिमीलाई रोजेकोछु हजारमा छानी मैले ।
चोखो माया गर्दैछु जीवनसाथी ठानी मैले ।।

संगै जिउन मर्ने कसम खाँए वाचा गरी ।
तिमीलाई मात्र देखेर रुपकी रानी मैले ।।

जीवन भरी माया गर्छु तिमीलाई यसैगरी ।
यो दिलमा बसाएछु नजरले तानी मैले ।।

यो सुन्दर संसार म हेर्नेछ तिमी बाटै ।
तिमीलाई बनाएर आँखाको नानी मैले ।।
–दिलीप साम्पाङ् ‘आशुँ’
समालबुङ् ६ संगमवस्ती ईलाम

गजल २
तिमीलाई भुल्न सकिन जति घृणा गरे पनि ।
हाँस्दै हिडी दिन्छु बाटोमा काँडै काँडा छरे पनि ।

दैव को यो नियम कस्तो जन्मे पछि मर्नै पर्ने ।
अर्को जन्म तिम्रै हुनेछु यो जन्ममा मरे पनि ।।

मुटु भित्र सजिएछ निकालेर कसरी फालौ ।
जन्ती ल्याई सिउँदो तिम्रो पराईले भरे पनि ।।

बनाई दिन्छ, तिम्रो लागि विश्वासको पुल सँधै ।
मायाको जंघार तिमीले अरु सङ्गै तरे पनि ।।

तिमीले दिएको धोकाले बाँच्न सा¥है गा¥हो भयो ।
हाँस्न खोज्छु आखाँबाट आशुँ धेरै झरे पनि ।।
–दिलीप साम्पाङ् ‘आशुँ’
समालबुङ् ६ संगमवस्ती ईलाम

गजल ३
आफ्नो देश आँफैले बनाउन आउ युवा हो ।
भष्ट्रचारीको कुर्सी जलाउन आउ युवा हो ।।

अस्मिता लुट्न थाले देशद्रोहीले नेपालमा ।
नेपालीको अस्तित्व बचाउन आउ युवा हो ।।

दोषी ति ददाललाई सजाय दिएर हामीले ।
नेपाल आमालाई हसाँउन आउ युवा हो ।।

मातृभुमी मिच्दै आए विस्तारवादीले हेर ।
एकता भई बैरी हटाउँन आउ युवा हो ।।

अन्याय र अत्याचार हटाएर देशमा अब ।
शान्तीको बस्ती सजाउन आउ युवा हो ।।
–दिलीप साम्पाङ् ‘आशुँ’
समालबुङ् ६ संगमवस्ती ईलाम

गजल ४
परिश्रमको पसिना पुछ्न आउ भन्छ ढाका टोपी ।
स्वाभिमान सँधै जोगाउन पाँउ भन्छ ढाका टोपी  ।।

नेपाल र नेपालीको नाता अटुट गाँसी दिएर  ।
नेपालीको शिरमा सँधै छाँउ भन्छ ढाका टोपी ।।

फेशन भनेर आधा अङग देख्ने लुगा किन किन्छौ ।
सुहाउने त्यै गुन्यू चोल लाऊ भन्छ ढाका टोपी ।।

विदेशी गीतको सिको गदै नकराऊ चर्को स्वरले  ।
आफ्नै रोधी मारुनीको गीत गाउ भन्छ ढाका टोपी ।।

विदेशीको खानामा यसरी पैसा खर्च गर्न छोडि ।
आफ्नै देशको गुन्द्रुक ढिंडो खाँउ भन्छ ढाका टोपी ।
–दिलीप साम्पाङ् ‘आशुँ’
समालबुङ् ६ संगमवस्ती ईलाम

गजल ५
छ वटा अ ले चिन्ने ईलाम त्यहि छ मेरो गाउँ हजुर ।
हरियाली छ चियाबारी स्वर्ग जस्तै ठाँउ हजुर ।।

सर्वप्रथम चुम्न आउँछ सूर्य अन्तुडाँडा मिर्मिरेमा ।
बिहानीको त्यो सुर्योदय ईलामे भई हेर्न पाउँ हजुर ।।

पाथिभरा, सिद्धिदेवी मन्दिरमा कसम खाएर अब ।
बिहिबारे हाट घुमेर चोखो माया सँधै लाउँ हजुर ।।

माईपोखरी, सन्दकपुर कन्याम हेरेपछि लालीगुँरास ।
सौन्दर्यको मोहनी लागेर लाग्छ फेरी जाउँ–जाउँ हजुर ।।

ईलामे लालीपप् अनि बम्बैसन कति मिठो भन्छन् ।
जति खायो उति मनमा अझै लाग्छ खाउँ हजुर ।।
–दिलीप साम्पाङ् ‘आशुँ’
समालबुङ् ६ संगमवस्ती ईलाम




गजल सर्जक ३२

नाम ः लक्ष्मी तिम्सिना (ईलामेली)
ठेगाना ः शान्तिपूर ३ बदमटार ईलाम
जन्म मिति ः २०४६–०७–२७
शैक्षीक योग्यता ः आइ.ए (+२)
पिता ःउमाकान्त तिम्सिना
माता ःगंगादेबी तिम्सिना
इमेल ःlaxmi.ilam@yahoo.com

फोन सम्पर्क ः नेपाल ९८०४९४४५०६ र ९८०६०१६९८८ मलेशीया ः +६०१६२४५९६४८
हाल ः रोजगारीको शिलशिला मलेशीया

गजल १
पल्टाउँदा पानाहरु अपरिचित नाम थियो ।
नामकै भित्र पनि अझै अर्को खाम थियो ।।

पुगे आँखा अनायसै खामभित्रको पानामा ।
सुन्दर अक्षर पानामा शब्दहरुको लाम थियो ।।

ति नबुझिने  शब्दहरु  के–के भन्न खोजिराथे ।
सुकेको यो घाँटीसरी आवाजकै जाम थियो ।।

मुटुभरि लेखिएको पिडाको ति मनहरु लाइ ।
एकपछी अर्को आई पिडै पिडाका राम थियो ।।

अझै पढ्ने रहर थियो पुरा गर्न प्रश्नहरु लाई ।
माफ दिनु साथिहरु घरमा सानो काम थियो ।।
–लक्ष्मी तिम्सिना (ईलामेली)
शान्तिपूर ३ बदमटार ईलाम

गजल २
नजरले अचुक बाण हान्नेलाई भन्दै छु म ।
मन चोरि परेलिमा बान्नेलाई भन्दै छु म ।।

सुस्केरामा बोलाउने स्वर लुकाई–लुकाई ।
नियालेर मेरा कुरा जान्नेलाई भन्दै छु म ।।

के–के नजर लगाएर टाउको घुमाई–घुमाई ।
मलाइ आफ्नै प्रेमी ठान्नेलाई भन्दै छु म ।।

छेउमा आई छोई मलाई दिल चुमाई–चुमाई ।
हुल बिच एक्लै  मलाई  तान्नेलाई भन्दै छु म ।।


फोन गरि बारम्बार  मन डुलाई–डुलाई ।
हजारौमा मलाई छान्नेलाई भन्दै छु म ।।
–लक्ष्मी तिम्सिना (ईलामेली)
शान्तिपूर ३ बदमटार ईलाम

गजल ३
माकुरा झैँ जाल बुन्छ, आज स्वार्थी समाजमा ।
खै कसले सुन्छ, आज स्वाथि र्समाजमा ।।

कल्पनाका कथाहरु, कहिल्यै पुरा गर्न नपाउँदा ।
जे नसोचेको त्यहि हुन्छ,आज स्वार्थी समाजमा ।।

जात भातको कुरा हुन्छ, सानो अनि ठुलो भनि ।
बिना गल्ती जेलमा थुन्छ, आज स्वार्थी समाजमा ।।


निस्वार्थीपन अनि चोखो, माया हुँदा हुँदै पनि ।
बिछोडले मन रुन्छ आज स्वार्थी समाजमा ।।

खुशीहरु सजाउन दुःख लुकाई हाँसे पनि ।
मनमा आशुँ चुहन्छ आज स्वार्थी समाजमा ।।
–लक्ष्मी तिम्सिना (ईलामेली)
शान्तिपूर ३ बदमटार ईलाम

गजल ४
सफल रहोस् तिम्रो जीवन अर्कैसंग जोडिदिए ।
तिमीले वास्ता नगरेपछि आफैले नै छोडिदिए ।।

सपनाकी राजकुमारी विपनामै  ठानेको थिए ।
मनभित्र गुम्सिएका भाबनालाई तोडिदिए ।।

निधारमा  लेखिएकै  छैन भने के गर्नु र ।
आफ्नै निधार खुम्च्याएर आँखातिरै मोडिदिए ।।

बिछोड हुँदा साँचो मायामा दोष मेरो थिएन ।
मनमा भाको मेरो नाम जर्बजस्त फोडिदिए ।।
 –लक्ष्मी तिम्सिना (ईलामेली)
शान्तिपूर ३ बदमटार ईलाम

गजल ५
मलाई घृणा गर्नेहरु धेरै छन् यो समाजमा ।
खुशी मेरा छर्नेहरु धेरै छन् यो समाजमा ।।

दुखिरा’छ घाऊ मनमा आज पनि घरि–घरी ।
दुधमा विष भर्नेहरु धेरै छन् यो समाजमा ।।

सुखमा धेर हुन्छन् दुखमा कोही हुँदैनन् ।
टाढा–टाढा सर्नेहरु धेरै छन् यो समाजमा ।।

आफ्नो स्वार्थ पुरा गर्छन् झोली सोझाएर ।
तलै–तल झर्नेहरु धेरै छन् यो समाजमा ।

जिन्दगीको पत्त छैन मर्ने बाँच्ने के थाहा ।
एक्लै खोली तर्नेहरु धेरै छन् यो समाजमा ।
–लक्ष्मी तिम्सिना (ईलामेली)
शान्तिपूर ३ बदमटार ईलाम





गजल सर्जक ३३

नाम  – मनिस कुईकेल ‘गॉउले’
पिता – देबिप्रसाद कुईकेल
माता  – हुमादेबी कुईकेल
ठेगाना –चुलाचुली ६ पेल्टिमारी, ईलाम
योग्यता – स्नातक
प्रकाशित कृति  – ‘रोएको रात’ आत्मा कथा (२००८)
पुरस्कार सम्मान – सामान्य प्रमाणपत्र,
आवद्द संग सस्था – नेपाल रेड्क्रससोसाईटी चुलाचुली उपशाखा (सदस्य)
               मानव अधिकार चुलाचुली उपशाखा (सचिव)
लेखन विधा – गित, गजल, कविता, कथा आदी
इमेल – prasadkuike@yahoo.com

हाल – शाहअलाम, मलेशिया
फोन नं ०१४३८०३१०८

गजल १
आफ्नै ठॉउमा पसीना लाई बगा भन्थे बाले ।
तेरो किस्मत बाहिर ल्याई जगा भन्थे बाले ।

जिगमिस बोकी बाहीरी मुलुक जानुपर्दैन भो ।
आफ्नै खेतमा बिउ बिजन लगा भन्थे बाले ।

के नै छ र परदेशमा बिरानो त्यो मुलुक भित्र ।
ढिंडै खाएनी आफ्नै ठॉउमा रमा भन्थे बाले ।।

सबैलाई आउँछ दुःख पिडा चिन्ता लिनु हुन्न ।
पौरख पोखी त्यो दुःखलाई भगा भन्थे बाले ।।

कृषक नै हौ संधै हलो कोदालो मै रमाउँनु छ ।
पुर्खौ चल्या बाऊको बिडो थमा भन्थे बाले  ।।
–मनिस कुईकेल ‘गॉउले’
चुलाचुली ६ पेल्टिमारी, ईलाम

गजल २
हरीयाली बषन्त भइ आउँने भा’छ इलाम ।
सुनाखरी बिदेशी मन छाउँने भा’छ इलाम ।।

ति डाँडाका पलाँस ढाली हरीयाली बनाउने रे ।
अम्लिसो र अलैचि बिउ लाउँने भा‘छ इलाम ।।

डाँडा काँडा हरीयाली प्रकृती को संघारै छ ।
गुरॉस संगै चिमाली फूल पाउँने भा’छ इलाम ।।

मनमोह वाताबरण देख्दा मनै रमाउने ।
आहा कस्तो आनन्द आउँने भा’छ इलाम ।।
–मनिस कुईकेल ‘गॉउले’
चुलाचुली ६ पेल्टिमारी, ईलाम

गजल ३
कति मान्छेलाइ त सीप दियो यहि प्रवासले ।
कति मान्छेको त ज्यानै लियो यहि प्रवासले ।।

यहि तातो साँधन संग कुस्ति गर्दा गर्दैयहाँ ।
कति मान्छे को त रगत पियो यहि प्रवासले ।।

कठै कसैले एकदिन संम्म फुर्सद पाका छैनन् ।
कति मान्छे को त नङ्ग्रा खियो यहि प्रवासले ।।

प्रवासीक मनमा पसि हेर अनि बुझ्छौ पिडा ।
कती मान्छेको सपना जल्या थियो यही प्रवासले ।।
–मनिस कुईकेल ‘गॉउले’
चुलाचुली ६ पेल्टिमारी, ईलाम

गजल ४
तिम्रै घरमा डोली ल्याए, के छ तिम्रो बिचार ।
सगुनको झोली ल्याए, के छ तिम्रो बिचार  ।।

सके सम्म संगै जिउने, यात्रा तय गरेको छु ।
सिन्दूर संगै चोली ल्याए, के छ तिम्रो बिचार।।

बिश्वास गर तिम्रै कसम, देरालीमा खाएकोछु ।
कसम सत्य बोली ल्याए, के छ तिम्रो बिचार ।।

नौमती र पञ्चेबाजा, जन्ति साथम ल्याएकोछु ।
मनको दैलो खोली ल्याए, के छ तिम्रो बिचार ।।

पस्नेभए सक्छौ पस्न, त्यहॉ तिम्रै आगमन छ ।
सिन्दूरको होली ल्याए, के छ तिम्रो बिचार ।।
–मनिस कुईकेल ‘गॉउले’
चुलाचुली ६ पेल्टिमारी, ईलाम

गजल ५
बिकाश हुन्छ देउरालीमा उठम इलामबासी अब ।
बन्छ मंगल शिद्धि बजार जुटम इलामबासी अब ।।

त्यो चाँजुमा पुल लाग्छ बुकुवामा नहर लाग्छ ।
बस्ने बेला छैन गाँउले गुठम इलामबासी अब ।।

हामी आफै मिलेर गाँउको लागी केही गरौ ।
नेताको पछी नलागौ भो छुटम इलामबासी अब ।।

कति आशा पाल्यौ गाँउले ति नेताको पछी परी ।
भष्ट्रचारको पर्दा च्यात्दै कुटम इलामबासी अब ।
–मनिस कुईकेल ‘गॉउले’
चुलाचुली ६ पेल्टिमारी, ईलाम




गजल सर्जक ३४

नाम ः देवराज भन्तना ‘विवश अश्र्रुमाली’
ठेगाना ः अश्राङ्ग ३, गोरखा
हाल ः मलेसिया
पिता ः लोकप्रसाद भन्तना
माता ः गोमा भन्तना
जन् मिति ः २०४७ कार्तिक १७
शैक्षिक योग्यता ः बि.बि.एस
पुरस्कार – गरे के हुन्न (बालकथा लेखन) २०६४ तृतिय
मेरा गाँउलेहरु (कविता वाचन) २०६५ प्रथम
प्रकाशोन्मुख कृतिहरु – १, तिर्सनाको खोलि गजल सङ्ग्रह
२, आवाज गजल सङ्ग्रह
३, मेरो देश र मेरी आमा कविता सङ्ग्रह
४, मनै त हो नाटक
५, असफल जीन्दगीमा म र उनी आत्मपरक निबन्ध
६, जलेको दिल गीति एल्वम
७, क्रेजी लभर्स उपन्यास ।

गजल १
रत्नाकार बने वाल्मिकी अटुट संयमता पछी ।
कयौं जन्जीर तोडीएर तोडीन्छन मौनता पछी ।।

हिजो सम्म जो बिचारको बिरोधि थियो मेरो ।
हरेक बाणी पुज्छ आज उ मेरो सफलता पछी ।।

हुनु पथ्र्यो होइन र ? ज्ञान शब्द चयन लेखनमा ।
किन सफल हुन्छन् कोहि झुटो आदर्शता पछी ।।

लक्ष्य थियो फूल टिप्नु टिपें काँडा माझ बाट ।
खुशीले मन गद्गद् भयो फेरी नैराश्यता पछी ।।

सह्रनिय छ त्यो ब्यक्ती जस्ले खोल्यो अनाथगृह ।
सही दिशा पाउँनेभयो देशले अन्योलता पछी ।।

लक्ष बिहिन बनायो यो भोलि बादले मान्छेलाई ।
हुन्छ एकदिन समयको महत्व आबश्यकत्ता पछि ।।
–देवराज भन्तना ‘विवश अश्र्रुमाली’
अश्राङ्ग ३, गोरखा

गजल २
घाम अस्ताउनु अघि अनि जुन उदाउनु अघि ।
साहँुले संधै हकाथ्र्यो म विदेश आउनु अघि ।।

तिखो बचन प्रहार गरी भन्थ्यो घरबार उठाउँछु ।
हातको गाँस खोस्यो कति मुखमा पु¥यााउनु अघि ।।

खाने बस्ने प्रबन्ध छ मासिक कमाइ साठी हजार ।
बर्बाद भाँछु यसै भन्थ्यो दलालले ल्याउनु अघि ।।

कैले हुन्छ समानता धनि गरिव मान्छेको बीच ।
ल्याउँछु भन्थ्यौ शान्ती सरकार सपथ खुवाउनु अघि ।।

सुनेको छु बिर्खेदाइ फिर्दै छौ रे गाउँमा तिमी ।
सन्चै छु म भन्दिनु हाल आमाले थाहा पाउनु अघि ।।
–देवराज भन्तना ‘विवश अश्र्रुमाली’
अश्राङ्ग ३, गोरखा

गजल ३
बिरामी छु म घरमा छोरा, देश फर्केर कैले आउछस् ।
बाँच्या छौ तेरै भरमा छोरा, देश फर्केर कैले आउछस् ।।

फेर्नुपर्ने छ घरको धुरी, घाम पानिमा बच्नै गा¥हो छ ।
जुनि बित्ने भो खरमा छोरा, घर पर्केर कैले आउछस् ।।

आस्था विश्वास मनैमा बोकि,तेरै खुशीमा जल चढाई ।
पिपलुसँगै वरमा छोरा, देश फर्केर कैले आउछस् ।।

लुटिन्छन् नारी दिन दाहडै आफ्ना द्धारा नै बेचिन्छन् कठै ।
जनावर को दरमा छोरा,  देश फर्केर कैले आउछस् ।।

के पो लानु रैछ रमरी, सम्झना याद बल्झन्छ घरी ।
मनको खुशीहरमा छोरा, देश फर्केर कैले आउछस् ।।
–देवराज भन्तना ‘विवश अश्र्रुमाली’
अश्राङ्ग ३, गोरखा

गजल ४
हो यार  दुख्दा नि हाँस्नु पर्छ खटन नियतिको ।
फेरिन्न भाग्य रोऊ कराऊ वचन नियतिको ।

दियोको तेल झैं घट्दैछ जीवन पल–पलमा ।
न भोगेर सक्छौ न लेखेर कथन नियतिको ।।

घर विहीन छन् कति शत्रुसँग लडाई गर्दै ।
धक्का लाग्छ छाँतमिा बदमास पवन नियतिको ।।

भगवान हुन नारी त्यसैले पुज्न सीकौ सदैव ।
परम्परा पृथक रहन सहन नियतिको ।।

कोही एउटै दुःख सम्झे र रोइरहे महिनौं ।
मेरी आमा हाँस्दा थियो आगमन नियतिको ।।

काँडाबाट बच्दा कैयौं आत्मा रेटिन्छन् फूलबाट ।
माफदेऊ भन्दै फलाकिन्छ भजन नियतिको ।।
–देवराज भन्तना ‘विवश अश्र्रुमाली’
अश्राङ्ग ३, गोरखा

गजल ५
कहिले भन्न पाउँला देशमा ठूलै उन्नति छ ।
विकास हुँदै परिवर्तन सवल प्रगति छ ।।

हरियो वन नेपालको धन यथार्थ कुरा हो ।
नमरुन् अकालमा हरेक रोगको ओखती छ ।।

मौन छ सरकार विधान लेखाईमा सिमीत ।
सदुपयोग हुन सके करोडौंको सम्पत्ती छ ।।

मेलम्चीको पानिले प्रत्येक घरमा धारा हालि ।
कञ्चन सफा पानि कलकल बग्ने बाग्मती छ ।।

हिमाल पहाड तराई मेरो गौरव नेपाल ।
सयौं थुंगा फूलका माला नछुट्टीने पिरती छ ।।

मुखमा एउटा भएनि असत्यको खेति फल्छ ।
शान्ति दुत गौतमबुद्ध पुकार सरस्वती छ ।
–देवराज भन्तना ‘विवश अश्र्रुमाली’
अश्राङ्ग ३, गोरखा





गजल सर्जक ३५

चन्द्री मोक्तान ‘खुशी’
जन्म  ः २०४९ – १ – १४
ठेगना ः अत्तरपूर ५, सिन्धुपाल्चोक
माता  ः कृष्णकुमारी लामा
पिता  ः कान्छा तामाङ्
संलग्नता – मञ्जरी प्रकाशन नेपाल (सदस्य)
– नयन मञ्जरी नेपाली पत्रिका (प्रतिनिधि)
अध्ययन  ः आई.एड दोस्रो बर्र्ष
हाल  ः मलेशिया, जोहोरबारु

गजल १
नेपाली चेली तिमि मुग्लान कहिल्यै नआउनु ।
दुःख सुख एक गाँस खानु परदेश नधाउनु ।।

मानब जीवन अस्थाई चोला बर्बाद पार्नु  हुन्न ।
कदर हुन्न मायाको जहाँ  पिरती नलाउनु ।।

समुद्र पारी जहाँ तिम्रो इज्जत कसैले गर्दैन ।
न्याउली सँगै बिराही भाका कदापी नगाउनु ।।

मिहेनत परिश्रम ग¥यो भने आफ्नो माटोमा ।
उतै फल्नेछ  सुन    यूवा.... प्रवास नछाउनु ।।
–चन्द्री मोक्तान ‘खुशी’
अत्तरपूर ५, सिन्धुपाल्चोक

गजल २
मान्छे नै हो आखिर बचनको तिरले रेट्छौ किन ?
काटे रगत सबैको रातो दलित भनि खेद्छौ किन ?

कुसंस्कार, अनैतिकता, असमानता र दुव्र्यवहार ।
हौ भने  शिक्षित, जातपात छुट्याई हेप्छौ किन ?

सजाउँछ, मठ मन्दिर चैत्य, गुम्बा, महल पनि ।
सिपकला उसैको छ मुल ढोकामा छेक्छौ किन ?

चोला हो सबैको एउटै  एक दिन पक्कै मर्नु छ  ।
रगत एउटै मान्छे एउटै असमानता देख्छौ किन ?

त्यो मन बाट भेदभाव अझै हटाउन सक्दैनौ भने ।
बिद्दवान बनि समानताका कुरा व्यर्थै लेख्छौ किन ?
–चन्द्री मोक्तान ‘खुशी’
अत्तरपूर ५, सिन्धुपाल्चोक

गजल ३
हेर्नुस न हजुर साहित्य फाँट गजलमय हुँदैछ ।
उत्थान गर्नलाइ सामुन्द्रिक छल्कातय हुँदैछ ।।

प्रवासमा रही चेतनका बिगुल फैलाउनलाइ ।
परिवर्तनका कलमी डोबहरु परिचय हुँदैछ ।।

लक्ष्य अनि उद्देश्य एउटै साहित्यलाइ फुलाउने ।
जुट्दा सबैयुवाहरु साहित्य फाँटमा बिजय हुँदैछ ।।

अशान्ती, हत्या, हिंसा, सल्बलाउँदा जताततै ।
हतियार रुपि कलम अब चाल्नै पर्ने  समय हुँदैछ ।।

सामान्ती, शोषणबादीका नीतिनियम पल्टाउने ।
साहित्य अभियान बिद्रोेहको कार्यालय हुँदैछ ।।
–चन्द्री मोक्तान ‘खुशी’
अत्तरपूर ५, सिन्धुपाल्चोक

गजल ४
दुई दिन प्रदेश बस्दैमा गाउँघरलाई नभुल्नु ।
रितिरिवाज बिर्सेर बिदेशी संस्कारमा नघुल्नु ।।

हिमचुलिको त्यो शिर हेर्नु सँधै अटल निश्चल छ ।
पहिचान आफ्नो गुमाई बिदेशी पहिचान नहुल्नु ।।

देवी र देवता भाकेर जिउ ज्यान ढाक्नु पर्छ ।
गुन्यू, चोली फ्याँकेर बिदेशी पहिरनमा नखुल्नु ।।

बन पाखा अझै पनि तिमीलाइनै पखिँ रहेछन् ।
झुपडीको कथा भुलि क्षणिक रमझममा नझुल्नु ।।

जन्मभुमि फर्केर त आउनै पर्छ एक दिन तिमी ।
आफ्नो माटो भुलेर प्रवास तिरै भौतारी नडुल्नु ।।
–चन्द्री मोक्तान ‘खुशी’
अत्तरपूर ५, सिन्धुपाल्चोक

गजल ५
संसारमा अजम्बरी नाताहरु जुट्दो रै’छ  ।
अन्जानमा अनायसै साथहरु टुट्दो रै’छ  ।।

आमालाई सम्झन्छु दुःखपर्दा प्रदेशमा  ।
भक्कानिन्छ बचनैले मनहरु कुड्दो रै’छ  ।।

अर्कै को दवाव मा दास भएर बाँच्नु पर्दा  ।
क्कानिदा नजिकैको मुटुपनि फुट्दो रै’छ  ।।

यस्तै रहेछ समय अनि नियतिको खेलपनि  ।
हँसाएर दुनियाँलाई आफ्नै खुशि लुट्दो रै’छ  ।।

एकै गाँस आधा गरी बाँडी चुँडी खाईन्थ्यो ।
प्रदेशमा त्यो खुशीको पल पनि छुट्दो रै’छ  ।।
–चन्द्री मोक्तान ‘खुशी’
अत्तरपूर ५, सिन्धुपाल्चोक




गजल सर्जक ३६

प्रवीन शर्मा
स्याबुन  ९ सङ्खुवासभा
हाल ः पुचोङ ,मलेशीया
संम्पर्क ः  +६०१११२९३५१६२

गजल १
मकालुनै शीरमा हाँस्छ शंखुवासभामा ।
भाले मयु“र भीरमा बा“स्छ शंखुवासभामा ।।

रातै सेतै गुराँस फुल्ने त्यो मील्के जलजले ।
गुराँसले मिठो प्रीत गाँस्छ शंखुवासभामा ।।

विश्वमा नै होचो पर्ने त्यो अरुण उपत्यका ।
काँडे भ्याकुर  भुरभुर नाँच्छ, शंखुवासभामा ।।

अँलैची र रुद्राक्ष्यको खानी नै छ यहाँ हेर ।
चीरेतोले महंगोसुन साँट्छ, शंखुवासभामा ।।

अरुण नदी सुसाँउदै कल–कल बग्छ यहीबाट ।
सबैले हेर्नै पर्ने बहुत खाँसछ, शंखुवासभामा ।।
–प्रवीन शर्मा
स्याबुन  ९ सङ्खुवासभा

गजल २
नेपाली हुँ गर्व लाग्छ शीरमा सगरमाथा छ ।
छाँतीभित्र लुकाँउछु तस्वीरमा सगरमाथा छ ।।

जन्मभुमि कहाँ हो भनी धावा बोल्दा बुद्धलाई ।
पग्लीदैछ आजभोलि  पीरमा सगरमाथा छ ।।

भ्रष्ट्रहरुले यो देश लुट्दा शिर झुकायो कि कठै ।
चल्या छैन आजभोलि स्थीरमा सगरमाथा छ ।।

जस्तो खाएनी जस्तो लाएनी गरीब भएपनी ।
भाग्यमानी हामी नेपाली तक्दिरमा सगरमाथा छ ।।
–प्रवीन शर्मा
स्याबुन  ९ सङ्खुवासभा

गजल ३
फलामले फलाम काट्छ मह काड्ने हात चाट्छ ।
कस्तो मूर्ख आफैलाइ पासो थाप्ने दाम्लो बाट्छ  ।।

कुरो अनी कुलो जता लग्यो तेतै जान्छ भन्छन् ।
मेरै मान्छेले बजारभरी नानाथरी कुरा छाँट्छ ।।

नमच्चीने पीङको सँधै कीन सय झड्का हुन्छ ।
जती कुरा गरुन्  एकदीन तीन्कै गला फाट्छ ।।

गाँस छोड्नु साथ नछोड्नुभन्थे बुढापाकाहरु ।
धङ्धङीमै साथी भन्छ नशालेनै नशा काट्छ ।।

मर्नु भन्दा बहुलाउनुनै नीको लागेपछि यहाँ ।
बाध्यतामा जसलेपनी चामलसँग पीठो साँट्छ ।।
–प्रवीन शर्मा
स्याबुन  ९ सङ्खुवासभा

गजल ४
कुन साइतमा कठीन यात्रा आँटीएछ प्रवासमा ।
थाहै नपाइ आधा दशक काँटीएछ प्रवासमा ।।

गुन्द्रुक सिन्की पठाकीथीन् सानीमाले हिजो ।
त्यही गुन्द्रुके साइँलो पनी ठाँटीएछ प्रवासमा ।।

हरेक साँझ काजीसाहुले साँवा ब्याज गन्छन् रे ।
काजीसाहुको तमसुक पनी फाटीएछ प्रवासमा ।।

एउटा सुनको औँठी लाउने धोको थीयो उनको ।
प्रीयसीको धोको यतै साँटीएछ प्रवासमा ।।

फर्की आउनु हजुर भनी कती रुन्छीन् सानी ।
भोली–भोली भन्दै कती ढाँटीएछ प्रवासमा ।।
–प्रवीन शर्मा
स्याबुन  ९ सङ्खुवासभा

गजल ५
झिसमीसेमै आउँथीन् सानी डाँडैको चौतारीमा ।
असारे गीत गाउँथीन् सानी डाँडैको चौतारीमा ।।

नाम खोप्थ्यौं एकअर्काको ढुङगाको  सीलौटीमा ।
एकोहोरो टोलाउँछीन् सानी डाँडैको चौतारीमा ।।

नजानुहै मलाइ छोडी हजुर कतै भन्दै उनले  ।
मलाइ कसम ख्वाउँथीन् सानी डाँडैको चौतारीमा ।।

भागी आए मध्यराती आफ्नै एउटा बाध्यता थियो ।
छाँतीमा लोलाउँथीन् सानी डाँडैको  चौतारीमा ।।

सानीमाले सातो लिन्थिन सानो गल्ती हुँदापनि ।।
रुदै कति धाउँछीन् सानी डाँडैको त्यो चौतारीमा ।।
–प्रवीन शर्मा
स्याबुन  ९ सङ्खुवासभा






गजल सर्जक ३७

भुपेन्द्र बि.एम.‘क्यानभास’
साँख ६ लसुनबारी रुकुम
फोन नं -  +६०१४६६७२७६१÷०१८३८६२२५१
फेसबुक - bhupendrabudha.magar12@facebook.com

इमेल – bhupendrabudha5@gmail.com
Skype - Bhupendr.magar28


गजल १
बनाउँदै छु चिनारी आज फेरी रुकुमको ।
कमल ताल र स्यार्पु सानो भेरी रुकुमको ।।

सिस्ने हिमाल अनि कैयौँ पहाड पर्वतहरु ।
मुस्कुराउँछन् सँधै बिचमा घेरी रुकुमको ।।

बाउन्न पोखरी त्रिपन्न टोखुरी भनेर चिनिन्छ ।
फुल्छन् लालीगुराँस पाखा पखेरी रुकुमको ।।

पानीपुरी चट्पटे बेच्ने दँेशी भैया आउँदै छ रे ।
फाइदा अनि आय आर्जन हेरी रुकुमको ।।

सुन्दर दृश्यले भरीएको मेरो जन्म भुमी हो ।
नबनोस है हटेर उशा अँधेरी रुकुमको ।।
– भुपेन्द्र बि.एम.‘क्यानभास’
साँख ६ लसुनबारी रुकुम

गजल २
रातमा होस् या दिनमा प्रदेश यस्तैछ बा ।
खट्छु डिउटी छिन् छिन्मा प्रदेश यस्तैछ बा ।।

डक्टर भन्छ पेटकोगानो मुटुतिर सरेकोछ ।
नमिलेर खान पिनमा प्रदेश यस्तैछ बा ।।

उठेर मात्रै आँखा मिच्दै धाउनुपर्छ दिउटी ।
भोक मेट्छु नम्किनमा प्रदेश यस्तैछ बा ।।

घरमै बन्ने साग सिस्नो  आटो प्यारोलाग्छ ।
प्रदेशीनु डुब्नु रैछ रिनमा प्रदेश यस्तैछ बा ।।

पिडा एउटै व्याथा एउटै हामी सबै प्रवासीको ।
कति त पर्छन् मेसिनमा प्रदेश यस्तैछ बा ।।
– भुपेन्द्र बि.एम.‘क्यानभास’
साँख ६ लसुनबारी रुकुम

गजल ३
कलम अनि गीतारमा छु खै कस्तो हुन्छ ।
म्यूजिकको झन्कारमा छु खै कस्तो हुन्छ ।।

गुन्झाउँदै बसन्ती धुन पिरतीको भाकासँग ।
पिडा बाँड्ने प्रचारमा छु खै कस्तो हुन्छ ।।

हिजो उस्तै अस्ति उस्तै पोहोर पनि उस्तै ।
आज पनि उस्तै मारमा छु खै कस्तो हुन्छ ।।

निसासिएर भयपनि बाँच्नै पर्ने जिन्दगी ।
जिउँ कि मरु दोधारमा छु खै कस्तो हुन्छ ।।

तिमीले छोडेपछि मलाई अचेल यस्तो लाग्छ ।
महा शुन्यको संसारमा छु खै कस्तो हुन्छ ।।
– भुपेन्द्र बि.एम.‘क्यानभास’
साँख ६ लसुनबारी रुकुम

गजल ४
तिम्रो बाटो सँधै जितको लाम भएपछि ।
तिम्रो मात्रै खुल्ला मेरो जाम भएपछि ।।

आँफु त बादल भित्रै हराइ रहेछु अचेल ।
यता कालो छाँया त्यता घाम भएपछि ।।

अनुभवलाई बटुल्दैछु दाना दाना गरी ।
कतै धोजा–धोजा कतै निलडाम भएपछि ।।

देखिन्छ सम्झौतामा चमत्कार हिजोआज ।
दुई आत्माको बिचमा पुर्ण बिराम भएपछि ।।

सबैथोक त्यागेर म  एक्लो हुँदैछु  अब ।
तिमीसंग सहयात्रा गर्दा ठूलो बद्नाम भएपछि ।।
– भुपेन्द्र बि.एम.‘क्यानभास’
साँख ६ लसुनबारी रुकुम

गजल ५
तिमी खुसी हुन्छौ भने मनि खुसी हुन्छु ।
तिम्रो मनको यादकुमार बनि खुसी हुन्छु ।।

तिमीलाइ मनमा सजाउँने तक्दिरमै थिएन ।
र त म  छुट्यो माया भनि खुसी हुन्छु ।।

सन्तुष्टिको एउटा छुट्टै तक्मा लगाएर ।
दुख्ने मुटु मिरी–मिरी पनि खुसी हुन्छु ।।

हाँस्छु चाहे फुस्रो हाँसो भएपनि ठिकै छ  ।
छु म आफै भित्र पिडाको धनि खुसी हुन्छु ।।

पश्चतापलाइ सान्तवनामा परिवर्तन गरी ।
स्थितिलाई  म बदल्छु  अनि खुसी हुन्छु ।।
– भुपेन्द्र बि.एम.‘क्यानभास’
साँख ६ लसुनबारी रुकुम




गजल सर्जक ३८

नाम ः सुरज गैह्रे बिबस
ठेगाना  ः थुमपोखरा ३ फुलबारी पिपलछाप (वालिङ )
जिल्ला  ः स्याङ्जा
सम्पर्क न  ः ९८४६३९३४९३ (नेपाल )
हाल  ः दुबाइ ( ०५२७६४६८६०/०५६३७७८५०८ )
इमेल – surajbeibas@yahoo.com/ lurasuraj65@gmail.com

गजल १
आमा भन्छिन पाली खरको उस्तै छ बाबु ।
यसपाली नी चुहिने भो धुरी घरको उस्तै छ बाबु ।।

पोहोर सालको खरको  पैसा तिर्न साकेको छैन ।
सहन सकिन साहुको थरको उस्तै छ बाबु ।।

कसरी टारुँ बिहान बेलुका भाई बहिनि रुँदा ।
बजारको  महंगी भाउ चरको उस्तै छ बाबु ।।

सोझा साझा बाँच्नै गाह्रो हुँदै गए दिनहरु ।
गरीब हेप्ने सामाजको झरको उस्तै छ बाबु ।।

रोग व्यथाले च्याप्दै गा’छ अब बाँच्दिन कि ।
दम को प्रुरानो रोग अरको उस्तै छ बाबु ।।
–सुरज गैह्रे बिबस
थुमपोखरा ३ फुलबारी पिपलछाप (वालिङ) स्याङ्जा

गजल २
नेपाल आमा भन्छिन देश हराएको सपना देखे
मेरो देश बचाउ भन्दै  कराएको सपना देखे

हरेक दिन सिमा मिचिदै जाँदा टुलु टुलु हेरी
सरकारनै  बैरी संग डराएको सपना देखे

नेपालिको मटोमा बिदेशी आइ आफ्नो भन्दै
लुम्बिनिमा अर्कै झण्डा फराएको सपना देखे

जनताको रगत चुसी सहिदको सपना लात हानी
दुष्टहरुले फेरी युद्ध मनपराएको सपना देखे

रगत ले लपेट्टीएको त्यो माटो को पुरानो घाउँ
बल्झिएर फेरी छाँती चराएको सपना देखे
–सुरज गैह्रे बिबस
थुमपोखरा ३ फुलबारी पिपलछाप (वालिङ) स्याङ्जा

गजल ३
चरिले त अन्तै बसाइ सारी सकेछ
अन्तै गुँड बनाइ फूल पारी सकेछ

बिचरा त्यो डालिलाइ एक्लो बनाएर
फर्किएको फुल ओइलाइ झारी सकेछ

नटोलाएर आउँछ न त बोलाएर सुन्छ
ख्यालै नगरी आफ्नो बाटो बारी सकेछ

सोचेको थिए अमर छ दुइ मुटुको माया
सपना बाट बिउँझिदा माया मारी सकेछ

अतास्सिदै खोज्दै हिँने बेहोशीमा एक्लै–एक्लै
तर त्यो पुरानो गुड भत्काएर बिगारी सकेछ
–सुरज गैह्रे बिबस
थुमपोखरा ३ फुलबारी पिपलछाप (वालिङ) स्याङ्जा

गजल ४
फेरी तिमिलाई मेरो याद आउँछ र भुपु मायालु
अझै पनि मेरो माया लाउँछ र भुपु मायालु

गएको थियौ पराइ सँग खबर मलाई नगरि
खै अब पछी लाउन सुहाउँछ र भुपु मायालु

माफ गर भन्छौ माफ गर्ने शब्द भेटेको छैन
अर्कैको सँग कसले घर बसाउँछ र भुपु मायालु

भुल्दै छु अब अतित घाउँ बिन्ती नबल्झाइदेऊ
जन्दा जान्दै मुटु कस्ले दुखाउँछ र भुपु मायालु

बिना गल्ती साझाए दिइगयौ जिन्दगी भरलाई
अझै मैले शिर पाउमा झुकाउँछ र भुपु मायालु
–सुरज गैह्रे बिबस
थुमपोखरा ३ फुलबारी पिपलछाप (वालिङ) स्याङ्जा

गजल ५
रातैभरी हुरी चल्यो अजिब हुन्छ होला
या त मेरा स्वप्नहरु सजिव हुन्छ होला

तिमी तारा बन्यौ भने म जून बन्छु प्रिया
यसरी पो हाम्रो दुरी नजिक हुन्छ होला

बालुवाको घर थियो हामीले खेल्ने ठाँउमा
छालहरु आए पछि अतित हुन्छ होला

गजलमा तिमी छौ र त बहर मिलेको छ
हाम्रो प्यार काफिया र रदिफ हुन्छ होला
–सुरज गैह्रे बिबस
थुमपोखरा ३ फुलबारी पिपलछाप (वालिङ) स्याङ्जा






गजल सर्जक ३९

नाम – कमली श्रेष्ठ “रस्मी“
ठेगाना – धादिङ, कुम्पुर ४ कप्लेडाँडा

गजल  १
बाचा कसम खानलाई पसेका थियौ मन्दिरमा ।
हातमा हात समाइ बसेका थियौ मन्दिरमा ।।

माया हाम्रो चोखो पार्न सातै जन्म रहे सम्म ।
लगन गाँठो दुबै मिली कसेका थियौ मन्दिरमा ।।

दुनियाँमा हाम्रो जोडी चखेवा झैँ बनोस भनी ।
अबिर त्यो निधारमा घसेका थियौ मन्दिरमा ।।

हिजोका ति कोपिला आज फक्री फुल्दै फुल्दै ।
दुबै फूल पिरतिमा फसेका थियौ मन्दिरमा ।।

चन्द्रको लोकबाट परी सरी झलमलाउँदै ।
पुतली झै फुरफुर गरी खसेका थियौ मन्दिरमा ।।
–कमली श्रेष्ठ “रस्मी“
धादिङ, कुम्पुर ४ कप्लेडाँडा


गजल  २
त्यो मनमा के छ कुरा सामु आई खोली हाल ।
ढिला किन गर्छौ सानु सुटुक्क लौ बोली हाल ।।

दोधारमा परी–परी माया लाउँन नखोज भो ।
विश्वाश भए आऊ माया अमृत त्यो घोली हाल ।।

हाँसी खुशी जिन्दगीको सफर संगै गरौला नि ।
बनी दुलही मेरो खातिर फरिया र चोली हाल ।।

केवल तिम्रो मात्रै हुन्छु संगै जुनी काटीदिन्छु ।
अन्त नजर लगाए भने मलाई नै गोली हाल ।।
–कमली श्रेष्ठ “रस्मी“
धादिङ, कुम्पुर ४ कप्लेडाँडा

गजल ३
आयो खुशी उलिर्एर बिहानिको प्रहरमा ।
चिसोचिसो हावा बनी हुँदै तनमन अधरमा ।।

लोभै लाग्दो जवानी छ, फुरफुर गर्दै नाँच्दै छु म ।
रोजी हाल तिमी मलाई अरु पर्लान नजरमा ।।

बादल पारी क्षितिज पारी जताततै घुमाउँला नि ।
कहिले लेख कहिले बेंशी कहिले काँही सागरमा ।।

बिध्न बाधा जती आओस छाड्ने छुईन, तिमीलाई ।
जन्मौ जन्म  सयौ जन्म साथ दिन्छु, सफरमा ।।

शहरको त्यो  धुँवा धुलो चाहिएन महल पनि ।
बाँचौला नि सँग संगै सुन्दर शान्त गाउँ घरमा ।।
–कमली श्रेष्ठ “रस्मी“
धादिङ, कुम्पुर ४ कप्लेडाँडा

गजल ४
अनायसै यो मनको चाह लुक्यो कताकता ।
दुनियाँको सामु यो शिर झुक्यो कताकता ।।

खाली–खाली दिमागमा अनेक कुरा खेल्छन् सँधैं ।
यही पिरले आधा मेरो ज्यान सुक्यो कताकता ।।

मायाले नै साथ छोड्यो सारा खुशी टुटी गयो ।
कस्तो हो भाग्य पनि किस्मत चुक्यो कताकता ।।

जिन्दगीको यात्रा भरी काँडै काँडा देख्छु अचेल ।
अघी बढ्न खोजे पनि पाईला रुक्यो कताकता ।।

भात्किएछ मेरो संसार भताभुङ् जताततै ।
बाँधिएन बन्धनहरु उल्टै फुक्यो कताकता ।।
–कमली श्रेष्ठ “रस्मी“
धादिङ, कुम्पुर ४ कप्लेडाँडा

गजल  ५
बा आमाको विश्वासलाई मारेर गयौ तिमी ।
त्यो हृदयमा चोटै चोट पारेर गयौ तिमी ।।

देवता हुन बा आमा बुझी–बुझी बुझ पचाई ।
धिक्कार छ पाईला अन्तै सारेर गयौ तिमी ।।

जन्माएर हुर्काएर संसार देखाई दिए उनैले ।
तोडी नाता बाटामा बार बारेर गयौ तिमी ।।

आफ्नो स्वार्थ पुरा गर्न मुटु माथी छुरा रोपी ।
आँखा भरी आँशु तिनको झारेर गयौ तिमी ।।

कती कठोर रैछ मुटु दुःखको भार नचुकाई ।
आफ्नै खुशी आफ्नै जोडी नारेर गयौ तिमी ।।
–कमली श्रेष्ठ “रस्मी“
धादिङ, कुम्पुर ४ कप्लेडाँडा