Wednesday 21 January 2015

गजल सर्जक ४० बाट ४९ सम्मका सामुन्द्रिक छल्का गजलकाहरुको गजल


गजल सर्जक ४०

नाम – गणेश पौडेल
जन्ममिति  – २०४९–८–२
ठेगाना – ओखलढुंगा कुन्तादेवि ९ साहिटार
बाबुको नाम – पुर्णबहादुर पौडेल
आमाकोनाम – थडमाया पौडेल
उमेर – २२ बर्र्ष
शिक्षा – स्नातकोत्तर
पेशा – बिद्यार्थी (र्वैदेसिक रोजगार)
तालिम  – (कम्प्युटर बेसिक, ग्रफिक डिजाईनिङ्,  हार्डवयररिङ् र ईलेक्ट्रोनिक्स्)
हाल – मलेसिया

गजल  १
ओखलढुंगा रामपुरको बाटो हेर्दै रोए ।
गैरिखेत साहिटारको पाटो हेर्दै रोए ।।

अलि कति गुन्द्रुक रैछ पकाउन बाँकी ।
कचौरामा आधा राख्या आँटो हेर्दै रोए ।।

बाबा आमा अगेनाको छेउ छाउ थिए ।
टोपि माथि पसिनाको टाटो हेर्दै रोए ।।

खाली खुट्टा हिलो पानी कठै मेरा बाबा ।
ठेस लागि बस्दै गाको खाटो हेर्दै रोए ।।

एउटै थिइन् सानि बैनि पोईला गई भन्छन् ।
उनले लाका थोत्रा लुगा फाटो हेर्दै रोए ।।

पाली माथि बारेको थे मकाएछन् सबै ।
धमिराले खाएका ति भाटो हेर्दै रोए ।।
–गणेश पौडेल
ओखलढुंगा कुन्तादेवि ९ साहिटार

गजल  २
कसो गरी रोयौ भन्छौ थर्कीएर रोए ।
तिमीले देका पिडा सबै चर्कीएर रोए ।।

आउँदै देखे अरु संग अंगालोमा बाँधी ।
देख्छौ कित भनी कोल्टे फर्कीएर रोए ।।

नजानीदो तरिकाले छुरा प्रहार गरेपछी ।
पलाउँदै थें मनका हाँगा मर्कीएर रोए ।।

दिन्छु भन्थ्यौ जुनी भरी नछुटीने साथ ।
तिनै यादले सताए पछी झर्कीएर रोए ।।

यस्तै हुँदै कती दिन अनी रात काटे मैले ।
देखी हाँस्लान बैरी भनी तर्कीएर रोए ।।
–गणेश पौडेल
ओखलढुंगा कुन्तादेवि ९ साहिटार

गजल ३
सुनकोशीमा पुल लागे ओखलढुङ्गा आउँला ।
रामपुरको बाटो हुँदै आफ्नै गाँउमा जाँउला ।।

भुल्या छैन आफ्नो बस्ति जन्म भुमी गाँउ ।
आफ्नै माटो सजाएर बिउ बिजन लाउँला ।।

धान फल्छन् फाँटैभरी लह लहाउँदै खेतमा ।
जे जे पाक्छ झुपडीमा मिठो मानी खाउँला ।।

मुटु भित्र सजाई राख्छु जन्म भुमि रामपुर ।
हराएका सारा खुसी आफ्नै गाँउमा पाउँला ।।
–गणेश पौडेल
ओखलढुंगा कुन्तादेवि ९ साहिटार

गजल ४
मेरि आमा ढिकि जाँतोको संसारमा देखे ।
साँझ बिहान छाक टार्ने जंघार मा देखे ।।

बाबा उता मेला पात र मजदुरिमा थिए ।
कैले आउला सुख शान्ति हतारमा देखे ।।

बुढेसकालले छोएछ हजुर वा को चिन्ता ।
हजुर आमा जिन्दगी कै दोधारमा देखे ।।

देश मा हेरुँ खिचातानि चल्दैछरे अचेल ।
नेता हरु आफ्ना आफ्नै विचारमा देखें ।।

गरिबिले मलाई पनि सताएकै थियो ।
म भन्दा नि गरिव कोहि बजारमा देखे ।।
–गणेश पौडेल
ओखलढुंगा कुन्तादेवि ९ साहिटार

गजल ५
इज्जवत लाई पैसा सँग जोख्ने हरु भेटे ।
जता ततै आफ्नो जवानी पोख्ने हरु भेटे ।।

घुसखोरिले यो देश भित्र जरा गाडे पछि ।
स्वाभिमानी कलम पनि रोक्ने हरु भेटे ।।

जिबित त कहाँ हुन्थे इज्जत गुमाएकाहरु ।
मृत जिवको बोझिलो भार बोक्ने हरु भेटे ।।

भनि साध्य छैन यहाँ  के के भेटे कति भेटे ।
इज्जत  बेचि खोक्रो आदर्श खोक्ने हरु भेटे ।।
–गणेश पौडेल
ओखलढुंगा कुन्तादेवि ९ साहिटार





गजल सर्जक ४१
नाम – प्रतिक सङ्ग्रामी
ठेगाना – बिजौरी २ सक्राम दाङ्
हाल क्वालालाम्पुर, मलेशिया
मोबाइल – ०११२७१०५८६२

गजल १
चारै तिर ढुङ्गा मुढा हाना हानछ, यो शहरमा ।
मरिसक्यो बाघ जुङ्गा ताना तानछ, यो शहरमा ।।

राजनितिको खेलमा कसले जित्ने कसले हार्ने ।
भ्रष्ट्रहरुले भरिएको मेरो अनुमानछ, यो शहरमा ।।

बाल मतलब छैन यहाँ कोही कसैको अरुलाई ।
आफ्नै तालमा चल्नेको छुट्टै शानछ, यो शहरमा ।।

छट्पटाउँदा भोक प्यासमा गरिब दुःखि जनताहरु ।
शोषक सामनतिलाई सँधै जलपानछ, यो शहरमा ।।
–प्रतिक सङ्ग्रामी
बिजौरी २ सक्राम दाङ्

गजल २
फसाइदैछ कसैलाई पिरतिको जालमा अचेल ।
पिरतिको मात चढाई बेहोसीको हालमा अचेल ।।

फेशन अरे जे गरे नि माया पनि फेशन नै भयो ।
के हुँदैछ बुझ्नै गा¥हो हरेक नयाँ सालमा अचेल ।।

तेरो मेरो चल्छ तर खै कस्को हो थाहा छैन ।
कस्तो प्रेम गर्छन् कुन्नि बैसको तालमा अचेल ।।

मारामार छ चारैतिर जिन्दगीको टुङ्गो छैन ।
कस्को भाग्य लेखेको छ बन्दुकको नालमा अचेल ।।

बेहोशीमा गर्छन माया होसमा आए छोडिदिन्छन् ।
कति त्यसै बगेका छन् पिरतिको छालमा अचेल ।।
–प्रतिक सङ्गा्रमी
बिजौरी २ सक्राम दाङ्

गजल ३
देवता सम्झी प्रेम पूजा गरेकै छन् गर्नेहरु ।
त्यै प्रेमको शिकार बनि मरेकै छन् मर्नेहरु ।।

संगै जिउने संगै मर्ने बहानाका कसम खाई ।
अर्कैबाट शिरमा सिउँदो भरेकै छन् भर्नेहरु ।।

जिन्दगी नै संम्झिएर केहि पलको पिरतिलाई ।
पिरतिको झुठो जालमा परेकै छन् पर्नेहरु ।।

कदम कदम पाइला–पाइला साथ दिन्छु भनि ।
बिपतिमा टाढा–टाढा सरेकै छन् सर्नेहरु ।।
–प्रतिक सङ्गा्रमी
बिजौरी २ सक्राम दाङ्

गजल ४
मिठो अनि मसिनो गास कस्तो हुन्छ होला ।
मिठो खान पाउँदा आभाष कस्तो हुन्छ होला ।।

झुपडि मै जन्मे हुर्के झुपडि मै, छु म अझै ।
बर्षातको पानि थेक्ने बास कस्तो हुन्छ होला ।।

थोरै पढे जेनतेन मैले झुत्रो लगाई मिठो नखाइ ।
नच्यातिएको नटालेको कपास कस्तो हुन्छ होला ।।

माथी कहिल्यै उठ्न पाइन गरिबीको रेखा भन्दा ।
धनिहरुको जिन्दगानी खास कस्तो हुन्छ होला ।।
–प्रतिक सङ्गा्रमी
बिजौरी २ सक्राम दाङ्

गजल ५
गजल लेखे बाध्यताले, रहर संम्झे कसैले त ।
माया गर्न नजान्नेको, लहर संम्झे कसैले त ।।

सयौँ जुनि जिउछन् अरे, चोखो प्रेम गर्नेहरु ।
प्रेमलाई नि विष अनि, जहर सम्झे कसैले त ।।

आफ्नै संम्झे गरे माया, सुम्पे अनि मन मुटु ।
मेरो माया फोहर फाल्ने, नहर सम्झे कसैले त ।।

सत्यतामा कदम चाल्ने, सच्चाईको बस्तिलाई ।
झुठा अनि जालीहरुको, शहर सम्झे कसैले त ।।
–प्रतिक सङ्गा्रमी
बिजौरी २ सक्राम दाङ्





गजल सर्जक ४२
नाम – भरत अधिकारी
ठेगाना – मिर्लुङ ३ घलेछाप तनहुँ
पिता – लालबहादुर अधिकारी
माता – मानकुमारी अधिकारी
शिक्षा – साधारण पहिलो
पेशा – नेपाली सेना (१८ बर्ष)
आवद्ध संघसंस्था – तनहुँ सेवा समाज (अध्यक्ष)
– छेत्री सेवा समाज मलेसिया (सचिव)
– अन्तराष्टय साहित्य संघ (सदस्य)
प्रकाशित कृतिहरु – संयुक्त लघुकथा सङ्ग्रह ‘मियो स्तुप’
संयुक्त गजल सङ्ग्रह ‘समुन्द्र दन्केपछि’
केस्रा विधाको घोषणा तथा दस्तावेजमा केस्रा आर्मी सिपाही बार्षिक प्रकाशनमा कविताहरु

गजल १
जनतालाई झुक्याउने जाली रै’छ सिंहदरवार ।
गरिबलाई चुसी खाने माली रै’छ सिंहदरवार ।।

प्रवास बसी नेपालीले रगत बगाई कमाएको ।
शोषण गरि भित्रयाउने वाली रै’छ सिंहदरवार ।।

जनतालाई झुटो नारा आश्वासनको कुरो गर्दै ।
फूलमाला लगाई ठोक्ने ताली रै’छ सिंहदरवार ।।

विदेशीका चाकडीमा गरिब जनता पठाएर ।
खुशी मानी भोझ खाने थाली रै’छ सिंहदरवार ।।

नातावाद र कृपावादको राता रात व्यापार गरी।
श्रीमतीको ओंठ सिंगार्ने लाली रै’छ सिंहदरवार ।।

घुसखोरी र अपराधीलाई लुकाएर आश्रम दिंदै ।
किसानको ढाडमा जोत्ने फाली रै’छ सिंहदरवार ।।
–भरत अधिकारी
मिर्लुङ ३ घलेछाप तनहुँ

गजल २
हाँस्न गा¥हो हुँदो रै’छ प्रवासको माटो संग ।
पाईलै पछि हिड्नु पर्ने डराई अनि बाटो संग ।।

डर धम्कि दिने संग डराएर छाती खुम्च्याई ।
दिन रात काट्नै गाह्रो यी आँशुको टाटो संग ।।

जवानीले कोल्टे फेर्दा कालो कपाल सेतो भयो ।
जिन्दगीका खुशी बिते गरिबीका खाटो संग ।।

मेरो भन्दा बढी माया सम्बन्ध छ उ संग त ।
गोठालो भै बसे पनि मेरो गाउँको लाटो संग ।।

सन्देश मेरो यही नै छ, ए नेपाली साथी भाइ ।
खाई खेली देशमै बस्नु गुन्द्रुक र आटो संग ।।
–भरत अधिकारी
मिर्लुङ ३ घलेछाप तनहुँ

गजल ३
दशैँ गई तिहार आउँदा रुन्छिन होली मेरी दीदी ।
भाइ आउँछ भनि माला उन्छिन होली मेरी दीदी ।।

तिहारमा दीदी सम्झि  बसेकोछु प्रदेश मा ।
भाइ सम्झि दुखी कति हुन्छिन होली मेरी दीदी।।

देउसी भैलो खेल्नेहरु घर घरमा भट्टयाउँदा ।
भाइको आवाज हो कि भनि सुन्छिन होली मेरी दीदी ।।

सप्तरङ्गी टिका लगाई बाटो हिड्नेहरु देख्दा ।
मलाई सम्झि आँशुले मुख धुन्छिन होली मेरी दीदी ।।

भाइ परदेश दीदी माईत आउँदा खेरी तिहारमा ।
मेरै फोटो घरि–घरी छुन्छिन होली मेरी दीदी ।।
– भरत अधिकारी
मिर्लुङ ३ घलेछाप तनहुँ

गजल ४
हुन्न अव तिम्रो गफले गाउँ परिवर्तन ।
दरवारमा नक्शा कोरी ठाउँ परिवर्तन ।।

बेरोजगार महंगीको जालमा फसाएर ।
दिन दिनै गर्छौ नुनको भाउ परिबर्तन ।।

राहत दिने कुरा गरी पुग्यौ दैलो टेक्न ।
आज ति नै दैलो टेक्ने पाउ परिबर्तन ।।

आश्वासन र बिश्वास जति टुटाएर सबै ।
हुन थाले जनताका यी माउ परिबर्तन ।।

जनता ढाटी देश निल्ने बिग्रेपछि सपना ।
अब यिनको हुन थाल्यो दाउ परिबर्तन ।।
–भरत अधिकारी
मिर्लुङ ३ घलेछाप तनहुँ

गजल ५
जन्म दिने आमाको मन दुखाएर बिदेशमा छु ।
यो मन भरी भारी पीडा लुकाएर बिदेशमा छु ।।

शान थियो विश्व सामु गोर्खाली या, वीर भनि ।
त्यही ठाउँमा आज शिर झुकाएर बिदेशमा छु ।।

परिश्रमी हात गोडा बेरोजगारी हुनु पर्दा ।
देशकै लागी यी पसिना चुकाएर बिदेशमा छु ।।

देश सम्झि यो मुटुमा ज्वालामुखी बिष्फोट हुन्छ ।
घरको यादमा गह मेरो सुकाएर बिदेशमा छु ।।

साउ भन्दा ब्याज धेरै भए पछि धम्कि दिदै।
गोठको लैनो भैसी साहुले फुकाएर बिदेशमा छु ।।
–भरत अधिकारी
मिर्लुङ ३ घलेछाप तनहुँ




गजल सर्जक ४३
नाम  ः सम्झना अर्याल ‘दर्पण’
पिता  ः शालिग्राम अर्याल
माता  ः लक्ष्मी अर्याल
स्थाई ठेगाना ः नलाङ् ७ बैरेनी धादिंङ्
हालको ठेगाना  ः मेरिल्याण्ड अमेरिका
शैक्षिक योग्यता  ः एम एड (नेपाली)
पुरस्कार तथा सम्मान  ः ( दोस्रो स्थान वसन्त गजल प्रतियोगिता २०६४)

गजल १
मनोरम सुशोभित सेरोफेरो धादिङ्को ।
छैन शब्द बयान नै गर्ने मेरो धादिङ्को ।।

उत्तरमा गणेश हिमाल तराइ चुरेभावर छ ।
हिमाल, पहाड, तराइ सबै समान घेरो धादिङ्को ।।

बहुलजाति, बहुभासी, संस्कृति नि बहुल छ ।
छैन बिचार अहम कतै मेरो तेरो धादिङ्को ।।

शिक्षा स्वास्थ्य रोजगार बाटा घाटा हरु पनि ।
बिजुली र गोबर ग्याँस त्यो पधेरो धादिङ्को ।।

पशु कृषि पर्यटन भए विकास यत्रतत्र छन्  ।
बाँकि छैन कतै पनि त्यो अफ्ठेरो धादिङ्को ।।
–सम्झना अर्याल ‘दर्पण’
नलाङ् ७ बैरेनी धादिंङ्

गजल २
रातो आँखा तिम्रो यादमा आँसु झारेकाले ।
सुक्यो जिउ तिम्रो मलाई जिउँदै मारेकाले ।।

एकै मुटु एकै प्राण एकै ज्यान आज फेरी ।
दुईभाग नै लगाएर तिमीले फारेकाले ।।

अन्योलमा पारिदियौ विक्ष्।िप्त छु आज ।
अनायासै जाल भित्र मलाई पारेकाले ।।

तील बढ्दै जादा विशाल पहाड बनेपछि ।
जिउँदै मरे बैतडी त्यो नदि तारेकाले ।।

हाम्रो जोडी बाध्ने आज मन्दिर बिरानो भो ।
ढुकढुकीको देवतालाइ अन्तै सारेकाले ।।
–सम्झना अर्याल ‘दर्पण’
नलाङ् ७ बैरेनी धादिंङ्

गजल ३
भुल्न साह्रै गा¥हो भयो तिम्रा मिठा बातहरु ।
तिमी संगै बिताएका कयौं सुहाग रातहरु ।।

हिमालको हिउँ सरि निश्चल प्रेम महलमा ।
पर्खाल बनी नउठुन है घात प्रतिघातहरु ।।

गुलाफको फूलसरी फक्रिएको बैँश हजुर ।
कति मिठो हुन्छ कुन्नि यौवनका मातहरु ।।

अजम्बरी तिम्रो माया हृदयमा साँचेकी छु ।
शिशिरको उजाडमा बसन्तको पातहरु ।।

मस्किएर हाँस्छु सधैं एकान्तमा सम्झिएर ।
माया खोज्दै सल्बलाउँछन् यि मेराहातहरु ।।
–सम्झना अर्याल ‘दर्पण’
नलाङ् ७ बैरेनी धादिंङ्

गजल ४
मन भित्र शान्तिको फूल फुल्ने कहिले होला ?
मन को गैरी खेतमा धान झुल्ने कहिले होला ?

जिन्दगीको मेरो कथा अधुरो नै रह्योआज ।
तिम्रो दिलको शहरमा डुल्ने कहिले होला ?

गा¥हो भयो परिस्थिती जुटाउनलाइ सधैं ।
प्राणको शुसेली मा भुल्ने कहिले होला ?

पर्खाल बनी बसिदिन्छ समस्याको बोट ।
गन्तब्यको हाम्रो बाटो खुल्ने कहिले होला ?

दुई मुटुको एउटै धड्कन हुनेगरी सधैं ।
तिम्रो मेरो रगत संगै घुल्ने कहिले होला ?
–सम्झना अर्याल ‘दर्पण’
नलाङ् ७ बैरेनी धादिंङ्

गजल ५
कतिन्जेल गर्छौ नेता त्यो कुर्सी तानातान ।
तछाड मछाड खिचातानी गोलि हानाहान ।।

जनताको भलो गर्न जनताले नै चुनेका हुन् ।
जनताले दिएकाहुन तिमीले  पाएको मान ।।

नेता बनेर शहरमा महल बनाए पछि आज ।
कति चाडो सिक्यौ देशको पैसा ठगी खान ।।

अँध्यारो छन् गाउँ बस्ती विकाश छैन कतै ।
कहाँ जान्छ विदेशी ले दिएको त्यो अनुदान ?

खप्ने छैनौ हामी जनता तिम्रो अत्याचार ।
तिमी गाउँ मै छिर अब समातेर कान ।।
–सम्झना अर्याल ‘दर्पण’
नलाङ् ७ बैरेनी धादिंङ्





गजल सर्जक ४४
नाम  - प्रकाश अर्याल
साहित्यिक नाम - ‘चुकुप्रकाश’
पिता - शालिग्राम अर्याल
माता - लक्ष्मी अर्याल
जन्म  - १९९२–०६–२८
स्थाई ठेगाना - नलाङ् ७ बैरेनी धादिंङ,
हालको ठेगाना - पानीपत, हरियाणा भारत
पेशा - बिद्यार्थी
शैक्षिक योग्यता - सिभिल इन्जिनियरिङ् अध्यनरत (२०१२ देखि अध्ययनरत )
आवद्ध संस्था – धादिंङ साहित्य प्रतिष्ठान (आजीवन सदस्य)
– सङ्र्र्घशिल सक्रिय युवा क्लब (संस्थापक सचिव )
इमेल  - pachuck2065@gmail.com
ब्लग : http M//chukuprakash.blogspot.com www.prakasharyal.com.np
प्रकाशित रचना  - प्रवासका अक्षरहरु (संयुक्त गजल सग्रह)
 विभिन्न पत्रपत्रिका, रेडियो कार्यक्रम तथा वेबसाइट मार्फत रचना प्रकाशित र प्रशारण
पुरस्कार र सम्मान  - द्धितीय पुरस्कार इन्सास गजल प्रतियोगिता २००९
प्रकाशोन्मुख कृति  - स्मृति (गजल सङ्ग्रह),
                             - चट्याङको आवाज (गजल सङ्ग्रह)

गजल १
गणेश हिमाल मुस्कुराउने त्यै त होनी हाम्रो धादिङ् ।
डाँफे नाच्दै जिउ मर्काउने त्यै त होनी हाम्रो धादिङ् ।।

सबै जाति धर्म मिलि टाकटुके र गिर खेल्छन् ।
साजाई लाखे नचाउने त्यै त होनी हाम्रो धादिङ् ।।

सिद्धेश्वर विराजमान हुनुहुन्थ्यो त्यै ठाँउमा ।
इतिहासले बताउने त्यै त होनी हाम्रो धादिङ् ।।

प्रकृतिको सुन्दरताले सजिएको फुलवारी हो ।
घुम्दा कोहि नघाउने त्यै त होनि हाम्रो धादिङ् ।।

सल्यानटार फाँट राम्रो ढोलामै छ जात्रा हाम्रो ।
जुरे गुरु जुधाउने त्यै त होनी हाम्रो धादिङ् ।।

आफ्नै पौरख देखाउने विश्वमा नाम लेखाउने ।
बाहुन बाजा बजाउने त्यै त होनी हाम्रो धादिङ् ।।
– प्रकाश अर्याल
नलाङ् ७ बैरेनी धादिंङ्

गजल २
म रुदा तिम्रो मन निकै हषित हुन्छ होला ।
मेरो आँशु दानाझर्दा तिम्रो जित हुन्छ होला ।।

छोडी जाने निष्ठूरी लाइ सम्झिएर फेरी ।
मन किन उस्कै यादमा विचलित हुन्छ होला ।।

धोकेबाजलाई माया गर्न खोज्दै छु म किन ।
भोली फेरी मन उस्तै थकित हुन्छ होला ।।

कहिले लाग्छ झिकी फालौ दुष्ट्र काँडाहरु ।
मेरो शत्रु तिमीले पुज्ने मित हुन्छ होला ।।

चर्कन्छ यो मुटु  तिम्रो नाम लिँदा पनि ।
सुनाउ भने काहानी रचित हुन्छ होला ।।

मनले शान्ति पाको छैन हामी छुटे देखी ।
झिनो आसा अझै पनि जिवित हुन्छ होला ।।
– प्रकाश अर्याल
नलाङ् ७ बैरेनी धादिंङ्

गजल ३
दिनदिनै अनेक थरी समाचार बनाइन्छ ।
भ्रमित पार्ने कठपुतली अवतार बनाइन्छ ।।

एन्टीभाइरस बिक्री हुन्छ भाइरस सल्काएर ।
औषधिको ब्यापार गर्न बिमार बनाइन्छ ।।

निस्वार्थमा सेवा गर्ने अपराधी बनेकाछन् ।
राजनैतिक लुटेरालाइ अपरम्पार बनाइन्छ ।।

कुर्सी माथि बसेपछि सँधै चाड सँधै छुट्टि ।
उनीहरुकै मन मर्जिमा शनिवार बनाइन्छ ।।

न त कुनै लक्ष्य नै छ न त कुनै उदश्य नै ।
नेपालमा क्या गजब को सरकार बनाइन्छ ।।

छाप्दैनन ति गरिबि र भोकमारिका खबरहरु ।
हुने खानेकै फोटो छाप्न अखबार बनाइन्छ ।।
– प्रकाश अर्याल
नलाङ् ७ बैरेनी धादिंङ्

गजल ४
सुन्दरी थियौ डढेर छि काली जस्तै भा’कि रैछौ ।
बुद्धि भ्रष्ट्र खोपडी नै खाली जस्तै भा’कि रैछौ ।।

फूल देख्थे मुहारमा वास्ना युक्त गुलाफ झैँ ।
छक्क परे काँडा भाको डाली जस्तै भा’कि रैछौ ।।

मेरो साथ हुँदा सम्म मुटु भित्र लुकाइ राख्थे ।
तर ऐले रछयानको थाली जस्तै भा’कि रैछौ ।।

आडम्बर धाग फुतिइ  चुड्की माथ्र्यौ चोकमा बसी ।
खै त आज ? एक हातको ताली जस्तै भा’कि रैछौ ।।

राम्रो कुरा सुनेनौ है रोज्यौ आफ्नै खुल्ला बाटो ।
परिणाम देखें फोहोर नाली जस्तै भा’कि रैछौ ।।

लाज, घिन, इज्जत छैन जता गयो उतै ठिक्क ।
दुनियाको साझा यौटा साली जस्तै भा’कि रैछौ ।।

राम्रा जति पाखा लाग्छन् बेकार चै तिमी माथि ।
दुकानको  चिया छान्ने जाली जस्तै भा’कि रैछौ ।।
– प्रकाश अर्याल
नलाङ् ७ बैरेनी धादिंङ्

गजल ५
अति पिडित हुन्छ मान्छे खड्को प¥या बेला ।
शाहारामा हुन्नन् कोहि अड्को प¥या बेला ।।

तेल घस्ने धेरै हुन्छन् काम लिनु पर्दा ।
सुम्सुम्याउने कोहि हुन्न सड्को प¥या बेला ।।

लट्टी पट्टी पार्न खोज्छन् दीनदुःखी देख्दा ।
कुकुर पनि भुक्छ यहाँ चड्को प¥या बेला ।।

चुक्न पुग्छन कहिले मान्छे तनावले गर्दा ।
खुचिङ् चुड्की गर्छ लोक रड्को प¥या बेला ।

सेप्रो पार्छन् चुसी–चुसी आफ्ना भन्ने ले नै ।।
हान्छन् बज्र साहुहरु झड्को प¥या  बेला ।
– प्रकाश अर्याल
नलाङ् ७ बैरेनी धादिंङ्





गजल सर्जक ४५
हरीप्रशाद आर्याल
ठेगना – हाँडीखोला ६ मकवानपुर नारायणी
जन्म मिती –२०४६–०६–१२ गते
शिक्षा – बिएड अध्यन
माता – देउती अर्याल
पिता  ः स्व. गोविन्द प्रसाद अर्याल
हाल साउदी अरब

गजल १
मलाई सोधे निर्मोहीले  मर्यो भन्दिनु है ।
गाउँ छाडी अन्तै बसाई सर्यो भन्दिनु है ।।

तिमीलाई कुर्दा कुर्दै जीवन जाने डर भो ।
आजै बाट आप्mनो सुर गर्यो भन्दिनु है ।।

थाहा छैन जिन्दगी को कति लामो यात्रा ।
अब एक्लै पाईला चाल्न पर्यो भन्दिनु है ।

उनि त खुशी होलिन मैले गाउँ छोडी जाँदा ।
बुझ्न खोजे बिहानै राप्ती तर्यो भन्दिनु है ।

तिमीले पायौ सफलता हाँसी खुशी बस्नु ।
यत्ति सन्देश छाडी ‘हरि’ झर्यो भन्दिनु है ।।
–हरीप्रशाद आर्याल
हाँडीखोला ६ मकवानपुर नारायणी

गजल २
कहिले काँही एकान्तमा बस्न मन लाग्छ ।
अनौंठो यो माया जालमा फस्न मन लाग्छ ।

तिमी मेरी मनकी रानी तिमी नै हौ प्राण ।
भन्दै उन्लाई अंगालोमा कस्न मन लाग्छ ।

कस्तो होला माया भन्ने थाहा नपाउँदा ।
छाँती चिरी मुटु भित्रै पस्न मन लाग्छ ।

उनी बिना यो संसारमा एक्लो भा’छ हरि ।
मायारुपी छुरा दिलमा धस्न मन लाग्छ ।।
–हरीप्रशाद आर्याल
हाँडीखोला ६ मकवानपुर नारायणी

गजल ३
लौन कोही साथ देऊ परी एक्लै भयो ।
घना जंगल मध्य रातमा चरी एक्लै भयो ।

कोही आइ हरे हुन्थ्यो यो मनको पिडा ।
आज मात्र होइन घरी घरी एक्लै भयो ।

सबैजना आ–आफ्नै धुनमा लाग्दा खेरी ।
दुःख संग लड्न कठैबरी एक्लै भयो ।।

धेरै आए दुई दिनको रंगीन साँझ रोज्ने ।
जान्नु भो त ? ‘हरि’ कसो गरी एक्लै भयो ।।

जीवन हो जीउने रहर सबैलाई हुन्छ ।
चोट जती सहने त ‘हरि’ एक्लै भयो ।।
–हरीप्रशाद आर्याल
हाँडीखोला ६ मकवानपुर नारायणी

गजल ४
कठोर छु कि नरम छु, म जान्न सकिन ।
पिरतिको जाल उनलाई हान्न सकिन ।।

मलाई छाडी बिदेश, प्रिय नजाउ भन्दा नि ।
अंगालेर उनको आदेश मान्न सकिन ।

सुख दुःख संगै भोग्ने, चाह रैछ उनको ।
बिचरीको चोखो साथ छान्न सकिन ।।

पछुतोमा परेको छु, बिछोडिदा आँफै ।
किन मैले तिनलाई आफ्नो ठान्न सकिन ।।

त्यति न्यानो मायाको साथ पाउँदा पनि ।
माया भनि अङ्गालोमा बान्न सकिन ।।
–हरीप्रशाद आर्याल
हाँडीखोला ६ मकवानपुर नारायणी

गजल ५
अंधेरिमा बाटो भुल्दा जुनको याद आयो ।
टोलाउँदै गाउँ डुल्दा उनको याद आयो ।।

भोजन भन्दा भोक मिठो हुन्छ यस्तो पनि ।
सबै व्यांजन बिसिर्एर नुनको याद आयो ।।

आफू रित्तो संधैभरी दिनु छैन लिनु मात्रै ।
बैगुनीलाई तिमिले ला’को गुनको याद आयो ।।

जीवन भन्नु सङ्घर्ष हो बाँच्नुपर्छ हामी भन्दै ।
मेरी आमाले बेचेको त्यो सुनको याद आयो ।।

देश रहे हामी रहन्छौं भन्दै हिजो लड्दा खेरी ।
पानी सरी बगाएको खुनको याद आयो ।
–हरीप्रशाद आर्याल
हाँडीखोला ६ मकवानपुर नारायणी





गजल सर्जक ४६
महेशकुमार वली ‘पिडित अनुराग’
पवननगर ६ बालापुर दाङ्
इमेल – pdt.anurag@gmail.com
mobile - 0163886123
हाल – सेलेङगर मलेसिया


गजल १
एउटा नमुना स्वर्गको ठाँउ मेरो दाङ् जिल्ला ।
प्रकृतिले भरिपुर्ण सुन्दर नाँउ मेरो दाङ् जिल्ला ।।

जन्मिए त्यहि हुँर्कीए म शिक्षा दिक्षा दिएको मलाई ।
शास रहेसम्म सेवा गर्न पाँउ मेरो दाङ् जिल्ला ।।

परिश्रम गर्छु  आफ्नो माटो छ अन्नको भण्डार ।
यो माटोको वरिपरि सधै छाँऊ, मेरो दाङ् जिल्ला ।।

एशिया कै ठूलो उपत्यका रमण्ँीय, ठाँउ छ त्यहाँ ।
जिवनमा एक पटक हेर्न जाँउ मेरो दाङ् जिल्ला ।।

वरिपरि ढाल बनी घेरिएको छ पहाड सुरक्षा दिन ।
यही मेरो माटो संग माया लाँउ, मेरो दाङ् जिल्ला ।।
– महेशकुमार वली  ‘पिडित अनुराग’
पवननगर ६ बालापुर दाङ्


गजल २
जब तिम्रो चर्चा अर्कै संग चल्यो सानु ।
छिया छिया भई मेरो मुटु जल्यो सानु ।।

पिरतिको बृक्षहरु, रोपेकोथे मैले पनि ।
तर आज विष पो भएर फल्यो सानु ।।

तिमीले धोका दियौ भन्ने थाहा पाएपछि ।
चर्किएको यो मन त्यसै त्यसै गल्यो सानु ।।

पापी मन न हो यो स्वार्थी भाएर पो आउँछ ।
टाँसिदा तिमी अर्कै संग हृदय मेरो बल्यो सानु ।

तिमी बिना यो जिन्दगी सुन्य लाग्छ हेर ।
टाढा हुदा तिमीसंग सर्वश्व नै ढल्यो सानु ।।
– महेशकुमार वली  ‘पिडित अनुराग’
पवननगर ६ बालापुर दाङ्

गजल ३
त सानो म ठूलो जात कसले बनायो ।
जिबित राख्न यो भात कसले बनायो ।।

मान्छेहरु लड्बराउँदै हिड्छन नशामा ।
यो अभाबमा पनि मात कसले बनायो ।।

देखिन्छन् बिछोडिएका प्रेमी जोडीहरु ।
प्रेममा अर्को शब्द घात कसले बनायो ।।

रुख मात्रै ठिकै थियो उजाड भएपनि ।
झरेर जाने त्यो पात कस्ले बनायो ।।

हिड्नलाई बनाईएको यि दुई खुट्टाहरु ।
मोडेर यस शब्द लात कसले बनायो ।।
– महेशकुमार वली  ‘पिडित अनुराग’
पवननगर ६ बालापुर दाङ्

गजल ४
मैले भन्दा तिमीलाई माया, गर्ने मान्छे धेरैछन् ।
तिम्रो लागी अभाबमा सुख, भर्ने मान्छे धेरैछन् ।।

म दुःखी छु चाहेर पनि, सक्तिन आफ्नो बनाउँन ।
तिमीलाइ पाउन ज्यानै दिएर, मर्नेमान्छे धेरै छन् ।।

सक्तिन म तिम्रो दु.ख, टुलु–टुलु हेर्न आँखाले ।
तिम्रै निम्ति टाढा बसाइ, सर्ने मान्छे धेरै छन् ।।

म आफै पीडा सहेर बाँचीरहेछु हेरसानु ।
साथ दिइ तिमीलाई, दुःख हर्ने मान्छे धेरैछन् ।।

होस गर तिम्रो इज्जत, नजिक भएर लुट्ला कसैले ।
इज्जवत लुट्न तिम्रो नजिक, पर्ने मान्छे धेरैछन् ।।
– महेशकुमार वली  ‘पिडित अनुराग’
पवननगर ६ बालापुर दाङ्

गजल ५
फुल्न नपाइ कोपिलामा ढले भने म ।
नरुँनु है प्यारी चितामा जले भने म ।।

आँगोको राप संगै मेटिन्छ हाम्रो माया ।
तिमी बिना मसानघाटमा बले भने म ।।

नखसाल्नु अश्र्रुधारा मेरो बियोगमा तिमी ।
तिमी बिना एक्लै चुचुरोमा फले भने म ।।

पातल नै भाँसिन्छ होला सायद तिमी बिना ।
तिम्रो मायामा  थाकिएर गले भने म ।।

हाम्रै प्रेमको विरुद्धमा लागिरहेछ समाज ।
कति खुशी होलान्  घातमा चले भने म ।।
– महेशकुमार वली  ‘पिडित अनुराग’
पवननगर ६ बालापुर दाङ्





गजल सर्जक ४७
शुरेसप्रसाद अर्याल ‘कान्छो’
शैक्षिक योग्यता – बि.ए.
प्रकाशित कृतिहरु – विजारोपण संयुक्त गजल सङ्ग्रह
विभिन्न पत्रपत्रिका अनि ईन्टरनेट संजालहरुमा गजल, मुक्तक अनि लघुकथाहरु प्रकाशित
ठेगाना – ईस्मा मैदान गुल्मी ३
फेसबुक आइडी – suresh.aryalkanchho@facebook.com

गजल १
अरु छैन यति कुरो त, अति जाति छ, म संग ।
म दुख्दा संगै दुख्ने, एउटा छाँती छ, म संग ।।

कुन खाउँ दवाइ कि, ठिक भइ जाउन यि सबै ।
बिमारीहरु नि कैयौँ, नाना भाती छ, म संग ।।

बेदना नबुझि व्यर्थै बर्षिन्छ, म मा किन हो ।
रुझ्दिन कत्ति मुस्कानको, बर्साती छ, म संग ।।

पुजारी के देउताले पनि, पत्याएनन् किन ।
आज ढुङ्गो होईन, फुलपाती छ, म संग ।।
– शुरेसप्रसाद अर्याल ‘कान्छो’
ईस्मा मैदान गुल्मी ३

गजल २
जिन्दगीमा गल्ती एउटै खास गरिएछ ।
मान्छे लाई देउतासरि विश्वास गरिएछ ।।

आँफै खसेका तारालाई म खसाले भन्थ्यो ।
त्यस्ताले घाम खसाल्ला भनि आस गरिएछ ।।

सडकमा हजारौको ज्यान धन गरे पछि ।
संसदमा भन्दै छन् कि,  बिनाश गरिएछ ।।

कमिजमा टाँक गायब पाइन्ट पेटीको जिम्मा ।
भएपछि बल्ल पो उनि गाँको आभाष गरिएछ ।।

नाम बद्लीनु, ‘कान्छो’को भोली तिमीले नै ।
न भन्नु दुनिया सँग व्यर्थै बकवास गरिएछ ।।
– शुरेसप्रसाद अर्याल ‘कान्छो’
ईस्मा मैदान गुल्मी ३

गजल ३
नजानेर गल्ती गरियो कहिले, धेरै जानेर गल्ती गरियो ।
सबै भन्दा धेरै त यो मनलाई, आफ्नो ठानेर गल्ती गरियो ।।

न लेख्नसके नाम जीवनमा,  बनाउन सकेँ ठाउँ जीवनमा ।
सारा आकाश सारा धर्ति, आफ्नै मानेर गल्ती गरियो ।।

दया गरियो अचानो माथि नि, जब विश्वास दिलायो धारले ।
मुढो जोगाउन बन्चरो आफ्नै, खुट्टामा हानेर गल्ती गरियो।।

जस्ले घरको न घातको बनायो, उसैलाई आफ्नो माने ।
व्यर्थै विरानोलाई मन–मुटुको, साथी छानेर गल्ती गरियो ।

उता गुनासो छ रे कान्छोलाई ,लाखौमा चुनेर गल्ती भयो।।
लाग्छ उनको अल्झियको त्यो, पछयौरी तानेर गल्ती गरियो ।
– शुरेसप्रसाद अर्याल ‘कान्छो’
ईस्मा मैदान गुल्मी ३

गजल ४
जसलाई स्वीकार्य छैन रमाउन, मेरो आँखाको पानी सङ्ग ।
त्यसलाई अनुमती छैन मस्किन, मेरो आँखाको नानी सङ्ग ।।

म बाटो हूँ, हजारौ थरिका, कथाहरु छन् बटुवाका ।
जो गएका थिए आँगो खोज्न, फकिर्ए मात्र खरानी सङ्ग ।।

रामेराम चरण चुमिने छ, गुरु मानिने छ त्यसलाई जस्ले ।
सन्तुष्ट हुन् सिकाकोछ,, श्रीमतीलाई आफ्नो आम्दानी सङ्ग ।।

कि दे निदान कि दे विधान, कि लेखिदे संविधान सरकार ।
नत्र भिडिने छ तेरो राज सँग, अनि तेरो राजधानी सङ्ग ।

कसैले सोधे “कान्छो“ जिएको छ ,जसो–तसो  भनि दिनु ।
एकप्रति भिजा कापी अनि एक्लो, निरस जीन्दगानी सङ्ग ।।
– शुरेसप्रसाद अर्याल ‘कान्छो’
ईस्मा मैदान गुल्मी ३

गजल ५
यो शराब भन्ने चिजको नि तमाशा बढो खास हुन्छ ।
न त होश आएको न त ज्यान गएको आभास हुन्छ ।

कसम खान्छु अब खान्न  मैलाई खाने जहर भनि ।
उराठ साँझ पिर माझ फेरि हातमा गिलास हुन्छ ।।

जल्छ दिल दियालो सरि जल्दै जान्छ जिउने  आशा ।
न त निभ्ने शाहस हुन्छ न सल्काउने बतास हुन्छ ।।

बढ्दै जान्छ रात संग–संगै राख हुने रहर मेरो ।
तारा संग आँगो मागी जुन जलाउने प्रयास हुन्छ ।।

सागर बिना बादल काहा बादल बिना बर्षा काहा ।
उनि नहुँदा अचेल कान्छोको भट्टी तिरै बास हुन्छ ।
– शुरेसप्रसाद अर्याल ‘कान्छो’
ईस्मा मैदान गुल्मी ३





गजल सर्जक ४८
कृष्ण रसाईली
ओखरबोट ४ च्युरीवोट म्याग्दी
जन्म मिति – २०३१–१२ –१६ गते
बुवा – गंगप्रसाद रसाइली
आमा – पार्वती रसाइली
योग्यता – एस् एल् सी
फेबु आइडी – पचष्कजलबचबकबष्ष्ज्ञिछ२थबजयय।अयm
हालको वसाइ – पोखरा
हाल – मलेसिया
फोन नं ०१२५६८२५८२

गजल १
गुराँसको थुङ्गा संग रमाउँदैछ मेरो  म्याग्दी ।
बनपाखा झर्नासंग दोहोरी गाउँदैछ, मेरो म्याग्दी ।

यहि जन्मे महाबिर बिश्व संजाल जोड्ने व्यक्ति ।
साँच्चै आज ठूलै हैकम जमाउँदैछ, मेरो  म्याग्दी ।।

हिम नदी जडिबुटीछन् बन्छ यहाँ कागजपनि ।
विदेशीबाट धन पनि कमाउँदैछ, मेरो म्याग्दी ।।

तामाखानी, तातोपानी मेरै जिल्लमा छ हजुर ।
रोगिहरुको हात पनि समाउँदैछ, मेरो म्याग्दी ।।

लोकभाका, संस्कृतिमा निकै अघि बढेको छ ।
संगितमा राम्दै स्थान बनाउँदैछ, मेरो म्याग्दी ।।

बिश्वको गहिरो खोच मुक्तिनाथ मन्दिर जाँदा ।
पर्यटक पनि सबै खुशी मनाउँदैछ,मेरो म्याग्दी ।।

उर्लीआउँछन् खहरे सँधै, वषन्त यामहरुमा ।
खेतवारीमा बालाहरु झुलाउँदैछ, मेरो म्याग्दी ।।
– कृष्ण रसाईली
ओखरबोट ४ च्युरीवोट म्याग्दी

गजल २
मर्दा रित्तै जानेहो तिमी टाई सुटका कुरा गर्छौ  ।
खुट्टामा चप्पलछैन तिमी जुक्ता बुटका कुरा गर्छौ ।।

विश्वास गर इमान्दारको लागी छैन कुनै ठाँउ यहाँ ।
भ्रष्ट्रले महल ठडायो तिमी छल कपुतका कुरा गर्छौं ।।

देशभक्ति लाइ शहिद बनाइयो भ्रष्ट्र मात्रै छन यहाँ ।
जिँउदा छैनन् कुन इमान्दार सपुतको कुरा गर्छौ ।।

दुनियाँले अब ग्रह उपग्रहमा पाईला राखि सके ।
समाजमा तिमी अझै छुवाछूतका कुरा अझै गर्छौ ।।

धर्म कर्म अनि यहाँ दया मायाको जमाना रहेन ।
तिमी भने किन व्यर्थ एकजुटका कुरा गर्छौ ।।

देशको सिमा दिन दिनै मिचिदै छ पुर्व पश्चिम ।
तिमी घरभित्र अंश बन्दामा कुटाकुटको कुरा गर्छौ ।।
– कृष्ण रसाईली
ओखरबोट ४ च्युरीवोट म्याग्दी

गजल ३
युद्धको डोब र रगतको चोप थियो, बस्ने बास थिएन ।
धल्दै थिए योद्धाहरु त्यहाँ कोही, बाँच्ने आश थिएन ।।

कतिका सिँन्दुर पुछिए कति, त्यहाँ रगतमा मुछिए ।
डराउँदै थियो दुश्मनहरु अघि, बढ्ने प्रयास थिएन ।।

कति निर्दोष परे यम्बुसमा कति, मरे युद्धको बेला ।
जारी थियो वर्वरताको त्यहाँ, कुनै इतिहाँस थिएन ।।


वरि परि दुश्मनको छाँया, मुटुभरि देशकोमाया  ।
दुश्मनको गोली देखी रत्ति, कसैलाइ त्रास थिएन ।

ग्रिनेट बोकि हिड्दाबस्ने, जंगलको ओदार थियो ।
भोक भोकै लड्नु थियो त्यहाँ, तातो गाँस थिएन ।।
– कृष्ण रसाईली
ओखरबोट ४ च्युरीवोट म्याग्दी

गजल ४
आफ्नै ठानि उनलाई साथ लिएपछि थाहा पाएँ ।
आफ्नै बनि  मन मुटुमा चोट दिएपछि थाहा पाएँ ।।

ति सजाएका सपनाहरु  पुरा गर्ने बाचा गरि ।
नपुग्दै गन्तव्य उनि संग छुटिएपछि थाहा पाएँ ।।

यो मुटु अझै पनि तिम्रै नाम मा धड्कि रहन्थ्यो ।
मरेर फेरी तिमीलाइ संम्झी ब्यूँझिएपछि थाहा पाएँ ।।

थाहै थिएन उनलाइ अझै यो मनले कति चाहान्छ ।
उनकै यादमा फाटेको मन सिएपछि थाहा पाएँ  ।।

नसोध भो बिछोडको पीडा कस्तो हुन्छ भनि ।
मर्छु भनि बिषको  घुट्को पिएपछि थाहा पाएँ ।।

साँच्चै हाम्रो प्रेम कहानी कत्ति सुन्दर थियो ।
हाम्रै कथा गीत गजल मा लेखिएपछि थाहा पाएँ ।
– कृष्ण रसाईली
ओखरबोट ४ च्युरीवोट म्याग्दी

गजल ५
सम्बन्ध त यस्तो होस् बगैंचा र माली झैं ।
एउटै बोटमा रमाएका त्यो फूल र डाली झैं ।।

अनि पो जिन्दगी ले नयाँ मोड ल्याउँछ ।
हुनुपर्छ हामी सँधै त्यो खेत र आली झैं ।।

जुनेलीको शीत संग पिरती को साइनो गाँसि ।
लहराउँदै फल्ने फुल्ने मौसम र बाली झैं ।।

एकपल होइन जनम–जनम हामी त्यस्तो बनौ ।
घाम पानी छेकिदिने छहारी घर र पाली झैं  ।।

हो साँचो माया को अर्थ तब सावित हुने छ ।
जब हुन्छौ हामी धती चिर्ने हलो र फाली झैं ।।

एक रथले पाङ्ग्रा चल्दैन त्यस्तै होस सम्बन्ध ।
हर्ष खुशीमा बजिदिने दुईहातको ताली झैं ।
– कृष्ण रसाईली
ओखरबोट ४ च्युरीवोट म्याग्दी






गजल सर्जक ४९
नाम – बुद्दवन सिं लामा “घलान“
पिता  ः जित ब. घलान
माता  ः सोममाया घलान
शिक्षा  ः एस एल सि
रुचि  ः साहित्यिक म्यागजिन
कृति  ः गजल कवित
जन्म  ः २०४५–१२–२४
ठेगाना – मकवानपुर छतिवन ४ कोलखहरे

गजल १
नेताहरुले देश आज जलाउँदैछ गणतन्त्र ।
हेरी नबस भ्रष्ट्रचारी पलाउँदैछ गणतन्त्र।।

शान्तीको मुहार माग्ने युवा शक्ती करवाहिमा ।
अनैतिकता शासन यहाँ चलाउँदैछ गणतन्त्र ।।

अर्थ तन्त्र खोक्री सक्यो डकार्दैछन् नेताहरु ।
बिकासको पूर्बधार सबै धलाउँदैछ गणतन्त्र ।।

अन्यायमा न्याय दिन जन्माएका बिरहरुले ।
आज किन तिमीलाई नै थलाउँदैछ गणतन्त्र ।।

नेताहरुले देश आज जलाउँदैछ गणतन्त्र ।
हेरी नबस भ्रष्ट्रचारी पलाउँदैछ गणतन्त्र ।।
– बुद्दवन सिं लामा “घलान“
मकवानपुर छतिवन ४ कोलखहरे

गजल २
गन्तब्यमा भत्किएको पुल पनि देखे मैले ।
कोपिला मै झरी जाने फूल पनि देखे मैले ।।

धर्म कर्म मान बेच्ने पैसामा संसार बेच्ने ।
देह ब्यापार गर्ने यस्तै हुल पनि देखे मैले ।।

बिचित्र संसार भित्र नियालेर हेर्दा कतै ।
अश्लिलमा मुछिएका भुल पनि देखे मैले ।।

देश भक्त यहाँ हेर जेल नेल धाउनु पर्ने ।
कानुन नै बगाई लाने मुल पनि देखे मैले ।।
 – बुद्दवन सिं लामा “घलान“
मकवानपुर छतिवन ४ कोलखहरे

गजल ३
जन्म सत्य एक मृत्यु  युद्ध चली रहेको ।
हेर्न सक्छौ आज अनी विश्व जली रहेको ।।

सबै खोज्छन् बराबरी एकतामा अनेकता ।
मान्छे एकै रङ् भेद सत्य ढली रहेको ।।

खुशी देख्छन् सबै सधैं कस्तो होला दृष्ट्रि ।
देख्दैनन् है बिना आँगो मुटु बली रहेको ।।

मानवता हराएर मानब कै बस्ती भित्र ।
कस्ले देख्छ भेडा जस्तै मान्छे मली रहेको ।।
– बुद्दवन सिं लामा “घलान“
मकवानपुर छतिवन ४ कोलखहरे

गजल ४
दिगो बिकाशको सुत्र थाल नयाँ नेपाल ।
सारा गरिबिको छानो टाल नयाँ नेपाल ।।

गृह युद्ध चल्यो धन जनको नष्ट भयो ।
मल जल अब पानी हाल नयाँ नेपाल ।।

खाडीमा श्रम बेच्ने युवा शक्ति फर्काएर ।
ढुङ्गा माटो बरु सबै गाल नयाँ नेपाल ।।

तराइ पहाड हिमाल प्रकृतिको खानि भित्र ।
हिरा मोती टिप्ने कदम चाल नयाँ नेपाल ।।

के पहाड के तराई सबै एक जुट भएर ।
शान्तिको दियो अब बाल नयाँ नेपाल ।।
 – बुद्दवन सिं लामा “घलान“
मकवानपुर छतिवन ४ कोलखहरे

गजल ५
नसर्माउनु संगै घुम्टो ओड्न आउँछु ।
पर्खि बस्नु थुङ्गे फूल गोड्न आउँछु ।।

औँशीको त्यो रातमा पनि पूर्णिमाको जस्तै ।
सितको थोपा लिई अमृत छोड्न आउँछु ।।

यो मायाको सागरमा हाँसी–हाँसी मर्छु बरु ।
चट्याङ् होस् या फलामे बार तोड्न आउँछु ।।

रहर लुकाएर ब्यार्थै तिमी नगुमाउनु बैँश ।
सगुन राखी लगन गाँठो जोड्न आउँछु ।।
– बुद्दवन सिं लामा “घलान“
मकवानपुर छतिवन ४ कोलखहरे

No comments:

Post a Comment