Monday 19 January 2015

गजल सर्जक ८० बाट ८९ सम्मका सामुन्द्रिक छल्का गजलकाहरुको गजल

गजल सर्जक ८०

नाम – दिनेश कटुवाल
ठेगाना – झापा चारआली

गजल १
कुर्सी ताना–तान गर्दैछन् आजभोलि कोहीयहाँ ।
गोलि हाना–हान गर्दैछन् आजभोलि कोहीयहाँ ।।

कहिले होला शान्तितिर निकास पठाउने देशले ।
गल्ती जाना–जान गर्दैछन् आजभोलि कोहीयहाँ ।।

कदरगर्न छोडीसके जनताका आकाङ्क्षाहरुलाई ।
सबै माना–मान गर्दैछन् आजभोलि कोहीयहाँ ।।

आ–आफ्नो दुनो सोझ्याउदा रितियो देशको ढुकुटी ।
बिट्टा बाना–बान गर्दैछन् आजभोलि कोहीयहाँ ।।

पाएको त्यो आफ्नो पदछोडी आजै दर्खास्त दिएपनि ।
मन्त्री छाना–छान गर्दैछन् आजभोलि कोहीयहाँ ।।
– दिनेश कटुवाल
झापा चारआली

गजल २
उठाउछु म अत्याचारको,  विरुद्धमा कलम उठाउछु ।
देशमा भ’को भ्रष्टचारको, विरुद्धमा कलम उठाउछु ।।

जो ब्यक्ति आज देशका निम्ति, अग्रसर छ उसैलाई ढाल्न ।
छापेको त्यो झुठो समाचारको, विरुद्धमा कलम उठाउछु ।।

जनताका सारा आकांक्षालाई, निमोठ्न केही गुप्तचरद्वारा ।
गरिएको त्यो पत्राचारको, विरुद्धमा कलम उठाउछु ।।

महोदय यो मेरो देशमा, घोडाचढे धुरी चढ्ने प्रचलन छ ।
यस्तो आडम्बरी संचारको, विरुद्धमा कलम उठाउछु ।।

बुझ्नु पर्छ हामिले देशको शिर, ढल्दा हाम्रो पनि शिर ढल्नेछ ।
छर्छ जो जस्ले कट्टुदुराचारको, विरुद्धमा कलम उठाउछु ।।
– दिनेश कटुवाल
झापा चारआली

गजल ३
शान्तिको सन्देश छर्न, बुद्ध हुनुपर्दछ ।
बुद्ध बन्नलाई भावना, शुद्ध हुनुपर्दछ ।।

देशको छाती चिरिदा, हुन्छ त्यहाँ अशान्ति ।
अनि मैदानमा दुष्ट सँग, युद्ध हुनुपर्दछ ।।

बाँदर लिस्नुमाथि, उक्लिन पुगेपछि ।
अनि राजनीतिमा नि, जुद्ध हुनुपर्दछ ।।

अचेल बलेको आगो, मात्रै ताप्न खोजिदैछ ।
त्यहाँ अव केही मानवमा, क्रुद्ध हुनुपर्दछ ।।

साहित्यले सहि मार्ग, दर्शन देखाउछ ।
भाव सन्देश केहीका, बिरुद्ध हुनुपर्दछ ।।
– दिनेश कटुवाल
झापा चारआली

गजल ४
हिजोदेखि यहाँ नेताहरु मोजमस्तिमा छन् ।
देशका सुरक्षाकर्मीहरु तयगस्तिमा छन् ।।

यता देश र जनताको सुरक्षा भय हुदैछ ।
उत्ता हतियारधारीहरु बस्तीबस्तिमा छन् ।।

महोदय त्यो मेरो देशका ेसच्चा कानुन हो ।
जहाँ बस्ती उजाड्न हस्ताक्षर जवर्जस्तिमा छन् ।।

कुर्सी पल्टाउन यस्तो खेलखेलाइदैछ यहाँ ।
जहाँ नेताहरु आपस आपसमै स्वमस्तिमा छन् ।।

संसार बदलिँदैछ यहाँ यस्तै यस्तै हुदैछ ।
बिकासका पूर्वाधारहरु हिजोअस्तिमा छन् ।।
– दिनेश कटुवाल
झापा चारआली

गजल ५
देशका निम्ति मर्नुपरे, मर्छु मेरीआमा ।
देशमा छिट्टै सदभाव, छर्छु मेरीआमा ।।

सुनेको थिए आगो भए, पानी हुनुपर्छ ।
आगोको ज्वालामार्न केही, गर्छु मेरीआमा ।।

मलाई सुस्ता बेचेकोमा, स्वार्थ जस्तो लाग्यो ।
शोषकलाई राष्ट्र बाटै, हर्छु मेरीआमा ।।

श्रमको मूल्य हुनै छोड्यो, यस्तो चलनका ।
विरुदद्ध लड्दै टिष्टानदी, तर्छु मेरीआमा ।।
– दिनेश कटुवाल
झापा चारआली



गजल सर्जक ८१
नाम – शालिकराम सत्याल ‘अर्बिनयात्री’
ठेगाना – रामपुर ८ सल्यान कालिमाटी
हाल – सेलेङ्गर मलेसिया

गजल १
सरचालिस गाबीसको फूलबारि हो सल्यान ।
वीचमा बग्छ शारादावारी पारी हो सल्यान ।

गंगामाला छाँयाक्षेत्र त्रिबेणी र कुपिन्डे ।
तिर्थ स्थलहरुको छाहारि हो सल्यान ।।

रुकुम रोल्पा जाजरकोट दाङ् प्युठान सुर्खेत ।
बिचमा पर्ने हाम्रो मनकारी हो सल्यान ।।

मोहन महेन्द्रकालि रामकलमका हिमायाती ।
तर पनि साहित्यमा अग्रकारि हो सलयान ।।
 – शालिकराम सत्याल ‘अर्बिनयात्री’
रामपुर ८ सल्यान कालिमाटी

गजल २
नेपालीको अस्तित्व देशभित्रै जल्दैछ ।
सीमानामा छिमेकिको मनपरि चल्दैछ ।

विदेसिको मारमा पिल्सिदा सीमावासी ।
नेपालि र नेपालमा वैरभाव फल्दैछ ।

सर्वहाँराको आँसु पसिनाको मूल्यछैन ।
त्यसैले युवाबर्ग देशको खम्बा ढल्दैछ ।

पराधिनको पिडाले तड्पिएर होला शायद ।
आस्थाको धरोहर सगरमाथा गल्दैछ ।
– शालिकराम सत्याल ‘अर्बिनयात्री’
रामपुर ८ सल्यान कालिमाटी


गजल ३
आफन्तको यादले मुटु जल्छ प्रदेसिको ।
आँशुसँगै मनभित्र हुरी चल्छ प्रदेसिको ।

गाउँघर आफन्त र आफ्नो देश छाड्दा ।
हृदयमा पिडाको आँगो बल्छ प्रदेसिको ।

धन कमाइ सुखी हुन्छु भन्दै बिदेसिय पनि ।
चाहानाको रहर त्यसै कहाँ ढल्छ प्रदेसिको ।

चुनौती मोल्दै स्वीकार्दै हरेक संघर्षको पाइला ।
रोजी रोटीकै लागि जीवन गल्छ प्रदेशिको ।
– शालिकराम सत्याल ‘अर्बिनयात्री’
रामपुर ८ सल्यान कालिमाटी

गजल ४
बार–बार मरेर जिएकोछु साथी ।
छिया–छिया मुटुलाइ सिएकोछु साथी ।

दुःःखी जीवन अभिषाप भएर त होला ।
खुशीहरु तिलाञ्जली दिएकोछु साथी ।

जीवन मेरो सिसाझै चर्किए पछी सधै ।
टुक्रा–टुक्रा गर्दै म खिएकोछु साथी ।

दुःखकोनै भुमरिमा जीवन सँधैं पर्दा ।
पल–पलको तातो आँशु पिएकोछु साथी ।
– शालिकराम सत्याल ‘अर्बिनयात्री’
रामपुर ८ सल्यान कालिमाटी

गजल ५
झुप्रोमा महलको जग हाल्ने पहल गरौं ।
देशमा शान्तिको दियो बाल्ने पहल गरौं ।

गरिब र निमुखाको आधार विम्ब वनी ।
सहयोग र स्नेहको कदम चाल्ने पहल गरौं ।

कती गर्छौ सधैंभरी अशान्तिलाई निम्तो ।
बुद्धले झै शान्ती यात्रा थाल्ने पहल गरौं ।

चलेकै छ फेरी पनि कुर्सी छोप्ने खेल ।
यो पुरानो नारालाई फाल्ने पहल गरौं ।
– शालिकराम सत्याल ‘अर्बिनयात्री’
रामपुर ८ सल्यान कालिमाटी



गजल सर्जक ८२
नाम - श्याम श्रेष्ठ
भानुमति ७ हटियातन तनहुँ

गजल १
भीरपाखा र पखेराले, सजिएको मेरो तनहुँ ।
लेकभरि गुँरास फूलले, ढाँकिएको मेरो तनहँु ।

बहुल जाती, धमर्, भाषा, अलग रीति भए पनि ।
सबै आपसमा मिलेर, बसिएको मेरो तनहँु ।

सोरठी कौडा झाउरे र नौमतिको ताल घन्किने ।
अनेक कला संस्कृतिले, कहलिएको मेरो तनहँु ।

अकला छब्दी ढोर्बाराही, देवघाट मन्दिर रहेको ।
मनोरम पर्यटक स्थलले, भरिएको मेरो तनहँु ।

सेती मादी मस्र्याङदी नदि, धेरै गुफाहरु रहेको ।
यहि माटोमा भानुभक्त, जन्मिएको मेरो तनहुँ ।
– श्याम श्रेष्ठ
भानुमति ७ हटियातन तनहँु

गजल २
बाहुन, क्षेत्री, थारु, दमाई, कामी पनि नेपाली ।
गुरुङ्, नेवार, लिम्बु, राई, थामी पनि नेपाली ।

नछुट्याउ, धर्म, भाषा, जात, थरले कसैलाई ।
तिवारी, शाही, चमार, सायामी पनि नेपाली ।

फूर्ति नलाऊ हे वकिल, डक्टर, इन्जिनर, हाकिम ।
किसान, मजदुर, चालक, वद्द्य, धामी पनि नेपाली ।

नेता, मन्त्री, संसदहरुको पेवा नसोंच देशलाई ।
सिपाही, बिद्यार्थी, जन्ती, मलामी पनि नेपाली ।
– श्याम श्रेष्ठ
भानुमति ७ हटियातन तनहुँ

गजल ३
अगाध माया ममताकी, खानी हुन्छन् आमा ।
सवलाई खुशी बाड्ने घरकी, रानी हुन्छन् आमा ।

सन्तानको भोक मेट्न, आफु भोकै बसेर ।
मलाई भोक छैन भन्ने, बानी हुन्छन् आमा ।

बुहारीको तिखो वचन, चुप चाप सहेर ।
रिसको आगो निभाउने, पानी हुन्छन् आमा ।

मायागर्नु पर्छ सँधै, जन्मदिने आमालाई ।
खुशी राख्न सकेमा, भाग्यमानी हुन्छन् आमा ।
– श्याम श्रेष्ठ
भानुमति ७ हटियातन तनहुँ

गजल ४
मन चोरी हुन्छ यहाँ, बदन चोरी हुन्छ ।
थाहा हुन्न कतिखेर, जोवन चोरी हुन्छ ।

रक्षा गर्न गा¥हो भयो, लुकाई कहाँ राखौं ।
आजभोलि मुटुसंगै, धड्कन चोरी हुन्छ ।

किन दङ्ग पर्छौसाथी, सुहागरात कल्पी ।
बिहे पहिल्यै सिन्दुर्पोते, लगन चोरी हुन्छ ।

गोपनिय कति कुरा, नबोल्दै बेस हजुर ।
बोलिमात्र कहाँ हो र, बचन चोरी हुन्छ ।

उसको माया पवित्र छ, कसरी मान्नु मैले ।
एक पलमै हाम्रो चोखो, बन्धन चोरी हुन्छ ।
– श्याम श्रेष्ठ
भानुमति ७ हटियातन तनहुँ

गजल ५
विश्वासघात हुँदा मुटु फुटे जस्तो लाग्यो ।
रगत बग्ने रक्तनलि, टुटे जस्तो लाग्यो ।

कस्तो रहेछ जिन्दगी यो, रुँदै बस्नुपर्ने ।
नियतिले भाग्य मेरो, लुटे जस्तो लाग्यो ।

जल्नु परोस सँधै यहाँ, बियोगी रापमा ।
पल–पल मार्न सबै, जुटे जस्तो लाग्यो ।

आज कहाँ गयो खै त, सङ्गै हिड्ने साथी ।
छायाँसंग पनि नाता, छुटे जस्तो लाग्यो ।

चापिंदै जान्छ व्यथा यो, जब साँझ ढल्छ ।
पिरतीको सञ्जालले, चुटे जस्तो लाग्यो ।
– श्याम श्रेष्ठ
भानुमति ७ हटियातन तनहुँ




गजल सर्जक ८३

नाम - बिर पृथक थापा
चितवन कुरिनटार ३ दारेचोक गा.बि.स.
हाल – मलेसिया रावाङ् सेल्ङ्गर
ईमेलआइडि – thapabir43@yahoo.com

गजल १
मादलु र सोरठीको, प्रबेश भुल्दैछौ ।
हामीले आँफु जन्मिएको, देश भुल्दैछौ ।।

बयान के गर्नु आँधुनिकताको, लह लहैमा ।
आँज आँफ्नै भाषा, अनि भेष भुल्दैछौ ।।

बढ्दो छ ज्यादती, बिस्तार बादको मौन ।
बहादुरी पुर्खाको, अबशेष भुल्दैछौ ।।

भुलेर सस्कृती, चिनीदैनौ नेपाली ।
अनेकतामा एकताको, मेश भुल्दैछौ ।।
– बिर पृथक थापा
चितवन कुरिनटार ३ दारेचोक

गजल २
चोरी फटाहा भ्रष्टचारीकै, हाँली मुहाँली छ ।
जनता चुसेर आँफु मोटाउँने, नेता जाली छ ।।

पोहोरका गोरी थिए, यसपालीका काली छ ।
सुन्छु यो पनी बिस्तारवात, तिनकै माली छ ।।

कति आँए गए संबिधानको, ठेली खाँली छ ।
बोलेर माँत्र हुँदैनहेरौ, अब तिम्र ैपाली छ ।।

माँगी खाँने एउँटा ठगी खाँने, अर्को थाली छ ।
ती शरिरमा बहने रगत होईन, फोहरी नाली छ ।।
– बिर पृथक थापा
चितवन कुरिनटार ३ दारेचोक

गजल ३
जति भेटेमात्र दानब, भगवान भेटीन ।
उच्च निच भेदभाब कही, समान भेटीन ।।

जिब्रो लेफट कारछन्, आदर्श बोली ।
अन्तरआँत्ममा गुनिलो, महाँन भेटीन ।।

बिस्तारवादले जरा फैलाउँदैछन् होशियार ।
कहि कतै मैले नेपाली हुनुको शान भेटिन ।।

लुटाउदैछन्, लुटदैछन् आमाका ेअस्तित्व ।
कुपुत्रहरुको शिर काटने जवान भेटीन ।।
– बिर पृथक थापा
चितवन कुरिनटार ३ दारेचोक

गजल ४
नगर भो फूल अनि त्यो जुनका कुरा ।
तितो हुन्छ बैगुनिलाई मिठा गुणका कुरा ।।

लुटनेले लुटेकैछन् परिश्रमको पसिना ।
कस्ले सुन्छ र खै सोझो यो नुनका कुरा ।।

जान्छ ज्यान, हुन्छन् कति अङ्गभङ्ग ।
कसले बुझ्छ यो परदेशमा खुनका कुरा ।।

भन्थिन् पाप लाग्ला मलाई छाडि गए ।
सम्झि रुन्छ आज पृथक उनका कुरा ।।
– बिर पृथक थापा
चितवन कुरिनटार ३ दारेचोक

गजल ५
फुलेको फूलले पनि त झर्नु छ एकदिन ।
सम्झिए बेस यहा सबले मर्नु छ एकदिन ।।

दुईदिन बाचुन्जेल तँ म किन भागबण्डा ।
जस्तो आयौ रित्तो बसाई सर्नु छ एकदिन ।।

राम्र ैकर्म गर फल पनि त राम्रै मिल्छ ।
सोच तिमि पनि त स्वर्ग तर्नु छ एकदिन ।।

छाड ति अंहमता समय आउछ पर्खदैन ।
सुरुवात जयजयकारमा पर्नु छ एकदिन ।।
– बिर पृथक थापा
चितवन कुरिनटार ३ दारेचोक




गजल सर्जक ८४
नाम ः कमल बुढामगर (कमल विवश मगर)
ठेगाना ः पाछाबाङ् ३ रोल्पा
जन्ममीती ः २०४७–३–१०
बुवा ः अलबहादुर बुढामगर
आमा ः ओमकुमारी बुढामगर
प्रकाशीत कृती ः समावृत्तको आत्मा कबीता सङ्ग्रह बीभीन्न पत्रपत्रीकाहरुमा कवीता, गजल, मुक्तक, हाईकु परकाशीत
शीक्षा ः आईए सम्म ।

गजल १
फकिर्नेछु छिट्टै माया नमार्नु है रोल्पा ।
पर्देशीभो भनि मलाई नतार्नु है रोल्पा ।

सुनखरी, बुकी फूल फुल्नेछैन कहिल्यै ।
छोडीगयो भनि बाटो नबार्नु है रोल्पा ।

सुनछहरी, जलजलामाडी दोभान संग ।
यो दर्दीलाई देब्रतिर नपार्नु है रोल्पा ।

एकछाक टार्न टालो फेर्न प्रवासीनै पर्छ ।
हाँस्नु तिमी आँशु कतै नझार्नु है रोल्पा ।
– कमल बुढामगर (कमल विवश मगर)
पाछाबाङ् ३ रोल्पा

गजल २
खालीपाउ लेकबेंशी झर्छौहोला चेली ।
कल्पनामा केही खुसी भर्छौहोला चेली ।

टारीखेत बाँजैहोला चुहिने छानो उस्तै ।
भारीबोकी माडीखोला तर्छौहोला चेली ।

तिम्रापनि थिएहोला मनभित्र ईच्छ केही ।
गाँठोपारी पधेंरीमा झर्छौहोला चेली ।

यो दुःखीको कर्मखोटो कतिगए चार्डपर्ब ।
यसपाली नि मखमली छर्यौहोला चेली ।
– कमल बुढामगर (कमल विवश मगर)
पाछाबाङ् ३ रोल्पा

गजल ३
हिजो आज मेरोदेश हतारमा छ भन्छन् ।
गरिबी र भोकमारीको मारमा छ भन्छन् ।

खै के छ हालखवर म बिरानो शहरमा छु ।
जीवन उसको खुकुरी धारमा छ भन्छन् ।

मेटीन लाग्यो अस्तित्व कोही सपुत छैन ।
गोर्खालीको ईमानता बजारमा छ भन्छन् ।

धेरै लुटिएकाछन् थोरै मात्तिएका छन् ।
समानता कहाँ भन्दा बिचारमा छ भन्छन् ।
– कमल बुढामगर (कमल विवश मगर)
पाछाबाङ् ३ रोल्पा

गजल ४
समयले हेप्छ साथी अब केही गर्नुपर्छ ।
उजाड त्यो वस्तीभरी सुनखरी छर्नुपर्छ ।

गाली गर्लान सन्ततीले लाचारी पुर्खाभन्दै ।
सुन्दर, शान्त हाम्रो देश श्रृङ्गारले भर्नुपर्छ ।

घर खनि आँगन पुर्नलाउछन् कोही जन ।
निर्जन ति ब्याबिचारी चितामाथी पर्नुपर्छ ।

किन भन्छौ ठूलोसानो धनीमानी एकै त हो ।
जाय जेथा यतैछोडी एकदिन सबै मर्नुपर्छ
– कमल बुढामगर (कमल विवश मगर)
पाछाबाङ् ३ रोल्पा

गजल ५
यादहरु बटुलेर ठूलोखानि बनाकोछु ।
सपनाजती जलाएर खरानी बनाकोछु ।।

आऊ हेर्न मेरो बध्यता र निसानी मन ।
फाटेको जिन्दगी टाली जवानी बनाकोछु ।।

हृदयको घाऊ कोट्याउदा कोट्याउदै ।
परेलिको बर्षादलाई पानी बनाकोछु ।।

सुन्छौ भने सुनाऊ त्यो मेरो कथा ।
सोह्रबर्षे जोवनको काहानी सुनाकोछु ।।

केही गर्न सक्दैनौ होला कुनै क्यानभाषमा ।
मन च्याती ‘बिबशको’ जिन्दगानी सुनाकोछु ।।

– कमल बुढामगर (कमल विवश मगर)
पाछाबाङ् ३ रोल्पा




गजल सर्जक ८५
नाम – योगेन ढोली
बुबाकोनाम – बलबहादुर
आमाकोनाम –धनकुमारी
जन्म मिति – २०२९–१२–१७
जन्मस्थान – पंचन १, सोलुखुम्बु
बिबाह – २०४५साल
श्रीमती – हर्कमाया
छोराछोरी  – २ जना
छोरी,छोराको नाम – नीलम र प्रभात
शिक्षा – आईए
हाल मलेसिया

गजल १
पुर्खाको चिनो बाँडेर हातपरेको झुपडी ।
भुलेको छैन बाबाले मायागरेको झुपडी ।।

पराले छानो सम्झनाआई हृदय जल्दछ ।
परेवाको जोडी आँगनीभरी चरेको झुपडी ।।

सपनी आज देख्दैछु किन आँशुमा डुबेको ।
बलेनी थापी आमाले घट्टा भरेको झुपडी ।।

बन्दगी पर्दा भत्कीयो होला पुरानो भएर ।
मलाई काखी च्यापेर आमा सरेको झुपडी्र ।।

मुग्लानी हुँदा सम्झेर रुन्छु बिर्सन सकिन ।
फर्काउँ दाजु साहुले खोसी हरेको झुपडी ।।
– योगेन ढोली
पंचन १, सोलुखुम्बु

गजल २
हाँगाबाट अन्तै कतै सरेको हुनेछु ।
धर्तिभरि खोजे हुन्छ झरेको हुनेछु ।।

देखिदैन दुखिलाई खुल्ला दुनियामा ।
पिडा भोग्न पिंजडामा परेको हुनेछु ।।

कुर्दाकुर्दै यो जिन्दगी जान कतिबेर ।
शायद तिमिले भेट्ने बेला मरेको हुनेछु ।।

खबर सुनी बेहोसिमै तिमि आईपुग्दा ।
संसार छोड्न मैले चिहान भरेको हुनेछु ।।

डायारीका हरेक पाना पल्टाएर हेर ।
आर्को जूनी भेट्ने प्रण गरेको हुनेछु ।।
– योगेन ढोली
पंचन १, सोलुखुम्बु

गजल ३
पीडाबाट मूलफुटी बग्ने आँशु देख्छु कतै ।
आँशु भित्रै डुबी–डुबी उहि कथा लेख्छु कतै ।।

जलाउँछु आसाको दीप निभ्न खोज्छ घरी–घरी ।
निरासाको आँधीबाट जोगाउन छेक्छु कतै ।।

सुस्केराले साथ खोजी बहकिदा गोरेटोमा ।
भावनामा बासबस्ने सहयात्री भेट्छु कतै ।।

आत्मा पोली जलन हुँदा छट्पटिन्छु बेचैनिमा ।
निर्मल झर्ना हेर्दाहेर्दै मनको प्यास मेट्छु कतै ।।

यात्रा रहेछ यो जिन्दगी बाटो लाग्दा साईत मै ।
फराकीलो धरातलमा काँडामाथी टेक्छु कतै ।।
– योगेन ढोली
पंचन १, सोलुखुम्बु

गजल ४
खाली खुट्टा सडकमा भौतारिदै देख्यौ भने ।
दुखियाको ब्यथा लेख कुनै कथा लेख्यौ भने ।।

धुन बनी आउँनेछु बिरहका भाखा बोकी ।
गुनगुनाउदै सारङगीका तारहरु रेट्यौ भने ।।

अल्मलिदै गोरेटोमा रोकिएको बेला कतै ।
भेटिनेछु दोबाटोमा मेरोबाटो छेक्यौ भने ।।

आँशुको त्यो भेलबगी बगाउँदा जिन्दगी यो ।
अपरिचित नठान्नुहै कीनारामा भेट्यौ भने ।।

प्रतिक्षामा होला शायद एक्लिएको बरपनी ।
फर्किएर हेरीदिनु मेरो बस्ती टेक्यौ भने ।।
– योगेन ढोली
पंचन १, सोलुखुम्बु

गजल ५
फाटीजाने प्रित ब्यर्थै नलाएकै जाती ।
तोडीदिने कसमहरु नखाएकै जाती ।।

किनहोला दिनपनि अन्धाकार लाग्छ ।
अस्ताउन सूर्यपनि नआएकै जाती ।।

यादै यादले हरेकपल दुखाउँछ मुटु ।
झल्को दिन नजरभरी नछाएकै जाती ।।

झुटोनाता गाँस्नेहरु भेटिएर के भो ।
जिन्दगीमा घातीमाया नपाएकै जाती ।।

याद मात्रै छोडी जाने निर्मोहिले अब ।
सुनसान यो बस्ती तीर नधाएकै जाती ।।
– योगेन ढोली
पंचन १, सोलुखुम्बु




गजल सर्जक ८६
नाम ः समीर कार्की
बुबा ः नारायण बहादुर कार्की
माता ः सावित्री कार्की
ठेगाना ः कोरोबारी १ बिरपुर झापा
लेखनबिधा ः गजल, मुक्तक, उपन्यास
हालकोठेगाना ः दक्षिणकोरिया ओसान
ईमेल  ः samirkarki852@yahoo.com

गजल १
मेचीमाइ बग्दै झरे हाम्रै झापामा ।
देशकै लागी सपुत मरे हाम्रै झापामा ।।

चियाबारी सिरिसघारी रमाइलो देखेर ।
छिमेकी नि बसाइ सरे हाम्रै झापामा ।।

कालोपत्रे बाटोसँगै कारखाना खोली ।
बिकासपनि कती गरे हाम्रै झापामा ।।

उर्बर छ भुमि धान अनि गहुँ कति–कती ।
सबै मान्छे आज भर परे हाम्रै झापामा ।।

हेर्दैजाऊ नेपाललाइ चिनाउने मान सम्मान ।
आज हुन्छ नभएपनि भरे हाम्रै झापामा ।।
– समीर कार्की
कोरोबारी १ बिरपुर झापा

गजल २
यसपाली पनि संविधान हुन्छ कि हुँदैन सरकार ।
फेरीपनि रुकुम रोल्पा रुन्छ की रुँदैन सरकार ।।

सबै भाषा–भाषी धर्म अनी संस्कृती समेट्दै कोर्दा ।
डोल्पा जुम्ला अनी हुम्ला छुन्छ की छुँदैन सरकार ।।

गरीब अनी सुकुम्बासीको आजपनि उस्तैछ कथा ।
बर्खे झरिमा राउटे बस्ती चुन्छ कि चुँदैन सरकार ।।

टुहुरा अनी बिधुवाहरु तिम्रै आशमा बाँच्दैछन् अझै ।
तिनको आशुँले फेरि आखाँ धुन्छ कि धुँदैन सरकार ।।

संविधान माग्दैछौ हामी बिन्ती तड्पाउँछौ अझै कती ।
फेरी पनि हजुर हाम्रो पुकार सुन्छ कि सुन्दैन सरकार ।।
– समीर कार्की
कोरोबारी १ बिरपुर झापा

गजल ३
घरि–घरी सम्झाउने फोटोहरु बाल्दैछु आजबाट ।
मेरै लागी पठाएका चिजहरु फाल्दैछु आजबाट ।।

बिगतका यादहरु सम्झिएर नबाँच्ने अठोटले ।
तिमीसँग जोडिएका सपनानी ढाल्दैछु आजबाट ।।

अर्कैलाई दिनुपर्ला औँठि मलाई हैन रहेछ त्यो ।
सबै–सबै फिर्तालग नत्रभने गाल्दैछु आजबाट ।।

फेरि–फेरी दोबाटोमा भेटहुँदा सम्झेर नबोलाऊ ।
दर्द पिडा बिर्सिएर घाउहरु टाल्दैछु आजबाट ।।

बिपनिमा मात्रहैन सपनिमा नआउ बिन्ति गरे ।
एक्लिएर दिन काट्ने चालहरु चाल्दैछु आजबाट ।।
– समीर कार्की
कोरोबारी १ बिरपुर झापा

गजल ४
के गर्लिन मुना कठै साहु आएर करायो भने ।
कमाउँन गएको मदन मुङ्लान तिरै हरायो भने ।।

आउन म ढिला होला वैँश जोवन ढली जाला ।
के गर्छौ सानु तिमीलाई अर्कैले मन परायो भने ।।

प्रदेशबाट प्यारा आयो सम्झिनु है मेरी सानु ।
डाँडामाथी कुनै दिन रातो रुमाल फरायो भने ।।

एक्लो हुँदा बातलाग्छ स्वार्थी छ यो दुनियाँ ।
झुटा आरोप लाग्ने छ बोल्न त्यसै डरायो भने ।।

यो जुनि फर्किन्न होला मदनको जस्तै हाल छ ।
अर्को जुनि मिलनहोला भाग्यले भेट गरायो भने ।।
– समीर कार्की
कोरोबारी १ बिरपुर झापा

गजल ५
म मरेकोपल तिम्रा ति चुरा, फुट्नेछन् प्र्रिया ।
सिङगार उतार्न दुनिया सारा, जुट्नेछन् प्र्रिया ।।

जिन्दगीमा सपनाहरु थिए, कति तिम्रा पनि ।
एक्लो हुँदा एक–एक गर्दै, टुट्नेछन् प्रिया ।।

जालमा पार्लान एक्लो भन्दै, नजिक आउँलान् ।
बचेर हिड्नु पराइले सर्वस्व, लुट्नेछन् प्रिया ।।

तिम्रो साथ नभएपनि दिलमा, ठाउँ दिनु है ।
सबै आफ्नाहरु तिमीबाट, छुट्नेछन् प्रिया ।।

सोध्नेछ समाजले यसै बस्छौकी घरबार गर्छौ ।
के गर्छौ तिमी दुँनिया सबाल, उठ्नेछन् प्रिया ।।
– समीर कार्की
कोरोबारी १ बिरपुर झापा




गजल सर्जक ८७
नाम ः प्रकाश पाठक ‘योगि’
ठेगाना ः जगतपुर १ घैलाघारि चितवन
हाल ः चेन्नै मद्रास भारत
फोनन. +९१८१२२२०२३७२

गजल १
जिउनुको कुनै अर्थ छैन कोपिलामै झरेपछि ।
जिउदो लाश बनि पल–पल आँफैबाट मरेपछि ।

आफ्नोभनि बोलाउनु बेकार छ अब उसलाई ।
पवित्र यो दिलबाट बसाई अन्त नै सरेपछि ।

चाहिदैन तिम्रो माया अब एक्लै जिउछु बरु ।
साख्खै बनि–बनि जीवनमा ठूलै घात गरेपछि ।

हाँस्दै समिप आई साहनुभुति दिनु पर्दैन भो ।
गुन लगाउन किन खोज्छे उ समस्या टरेपछि ।

जसरि तसरि यो जीवन कटाई दिउला मैले ।
आस्वासन नदिनु भो सिउँदो अरुकै भरेपछि ।
– प्रकाश पाठक ‘योगि’
जगतपुर १ चितवन

गजल २
नचाहादा नचाहादैं हाम्रो नाता टुटेपछि रोए ।
सपना सबै मेरा सिसासरि फुटेपछि रोए ।

दुःखाइको पिडाहरु लुकाउन खोज्दा खोज्दै ।
अतितका फेरी त्यो यादहरुले चुटेपछि रोए ।

नसोचेको अनि नचिताएको समय थियो त्यो ।
जन्तिको त्यो हुल उनको घरमा जुटेपछि रोए ।

उनि बिन ाएकपल पनि जिउन गा¥हो भयो ।
झनै आफ्नो त्यो मुटु आफैसँग छुटेपछि रोए ।

सङ्गै जिउने सङ्गै मर्ने कसम खाएका थियौ ।
तर पराईले अस्मिता उनको लुटेपछि रोए ।
– प्रकाश पाठक ‘योगि’
जगतपुर १ चितवन

गजल ३
गैडाँ, हात्ति, बाघ डुल्दछन् चितवन नेशनल पार्कमा ।
खुशीको मन झुल्दछन् चितवन नेशनल पार्कमा ।

राप्तिको कल–कल बग्ने चिसो–चिसो पानि सङ्गै ।
धेरै पर्यटक भुल्दछन् चितवन नेशनल पार्कमा ।

बिभिन्न प्रजातिका दुर्लभ बोट बिरुवाको फूल पनि ।
ऋतु अनुसार फुल्दछन् चितवन नेशनल पार्कमा ।

घुम्दै आउँने देशी बिदेशी पाहुनाहरु आउँन साथ ।
आत्मिय मन खुल्दछन् चितवन नेशनल पार्कमा ।

प्रकृति सँगै रमाउदै प्रेमि जोडिहरु आफैमा पल पल ।
बैसालु रसमा घुल्दछन् चितवन नेशनल पार्कमा ।
– प्रकाश पाठक ‘योगि’
जगतपुर १ चितवन

गजल ४
हामिलाई पनि गरिखान देउ सरकार ।
एकछाक पेट भरिखान देउ सरकार ।

मरिमेटि आफ्नै देशमा पसिना बगाउला ।
जमिनमा केहि छरिखान देउ सरकार ।

उम्रिन पाएको छैन कठै कलिलैमा झारिन्छ ।
पाकेर त्यो फल झरिखान देउ सरकार ।

रोजगार नपाएर लाखौयूवा खाडि पसे ।
आफ्नै मातृभूमीमा चरिखान देउ सरकार ।

बिस्तारै–बिस्तारै लुट्दैछन मातृभूमी बैरिले ।
यो देशको लागि लडिखान देउ सरकार ।
– प्रकाश पाठक ‘योगि’
जगतपुर १ चितवन

गजल ५
अब म पनि बिदेश आउनुप¥यो साथि ।
पासपोर्ट छिट्टै बनाउनुप¥यो साथि ।

सबैले बिदेश आईज–आईज भन्दैछन् ।
राम्रो काम पनि त पाउनुप¥यो साथि ।

म धेरै दङ्गछु बिदेश जानेको हुल देखी ।
म पनि त मेनपावर धाउनुप¥यो साथि ।

बिदेशमा पैसा कमाइ आफ्नो देश फर्किएर ।
मिलनको गीत रमाएर गाउनुप¥यो साथि ।
– प्रकाश पाठक ‘योगि’
जगतपुर १ चितवन




गजल सर्जक  ८८
नाम – जीबन गौतम
जन्मस्थान – बाग्लङ्बाटाकाचौर ४ रुपन्देही फर्साटिकर
हाल – दक्षिणकोरीया
पिता – छत्रबहादुरगौतम
माता – नन्ददेबीगौतम
जन्ममिती – २०४७–२–२६
शिक्षा – बिबिएस
आबद्ध – अन्तराष्ट्रीय साहित्यिक समाज दक्षिणकोरीया
प्रकाशित - सामुहिक गजलसङ्ग्रह प्रवासका अक्षरहरु, बिभिन्न पत्रपत्रिकाहरुमा फुट्कर लेख रचनाहरु, गजल, मुक्तक आदी ।
ईमेल – jeevanmayalu@yahoo.com

गजल १
तिम्रो यादमा तड्पिएर, अलिकति पिएआज ।
अतितको घाउँ बल्झीएर, अलिकति पिएआज ।

अझैपनि उसैगरी, यो मन अनि मस्तिष्कमा ।
उस्कै तस्विर सजिएर अलिकति पिएआज ।

न त भयो निकै फेरी, नभेटीयो औषधि त्यो ।
मनको घाउँ चकिँएर, अलिकति पिएआज ।

बाँच्ने रहर मरिसक्यो, ज्यूने इच्छा विलिन भए ।
अन्तिम घडी पर्खिएर, अलिकति पिएआज ।
– जीबन गौतम
रुपन्देही फर्साटिकर

गजल २
नजरसँग नजरमिल्यो, शायद मायाँ बस्छ होला ।
उनको मेरो रहर मिल्यो, शायद मायाँ बस्छ होला ।

जिन्दगीभर साथ दिने, मलाई मात्र मायाँ गर्ने ।
विस्वास अनि भर मिल्यो, शायद मायाँ बस्छ होला ।

भौतारीदै हिडे जस्तो, प्यासी उनको जवानीलाई ।
मेरो मनको सागर मिल्यो, शायद मायाँ बस्छ होला ।

वेअर्थको यात्रा जस्तोभए कहा मायाँ होला ।
उद्देश्य र सफर मिल्यो, शायद मायाँ बस्छ होला ।

जिबनले मन दिनथ्यो, उनको मनमा कोही छ कि ?
खालीभा’को खबर मिल्यो, शायद मायाँ बस्छ होला ।
– जीबन गौतम
रुपन्देही फर्साटिकर

गजल ३
अन्तै नाता जोड्नुप¥यो, बाध्यता र विवशतामा ।
चोखो मायाँ तोड्नुप¥यो, बाध्यता र विवशतामा ।

चोखो मायाँ त्यो अङ्गालो, थियो उनको साथ हुदाँ ।
त्यो साथ नि छोड्नुप¥यो, बाध्यता र विवशता मा ।

हुर्कायथे मायाँको बोट, दुःख गरी जिन्दगीमा ।
कोपीलामै गोड्नुप¥यो, बाध्यता र विवशतामा ।

देखेका ती कैयौ सपना, उसको साथ जिन्दगीमा ।
सिसा सरी फोड्नुप¥यो, बाध्यता र विवशतामा ।

अझै पनि उसकै माया, यति धेरै लाग्छ तर ।
अन्तै ‘जिबन’ मोड्नुप¥यो, बाध्यता र विवशतामा ।
– जीबन गौतम
रुपन्देही फर्साटिकर

गजल ४
सोच्नेथियौ मेरो भलाई, अलिकति मायाँभए ।
दिन्थ्यौसाथ सधै मलाई, अलिकति मायाँभए ।

कसैको सिन्दुर लगाई, रमाउदै हिडेकी छौ ।
कहाँ छोड्थ्यौ मुटु जलाई, अलिकति मायाँभए ।

साथदिने खाई कसम, जिन्दगीको उकालीमा ।
किन ? जान्थ्यौ छुरा चलाई, अलिकति मायाँभए ।

चोखो त्यो मायाँको बोट, जरैदेखी टुक्राएर ।
कहाँ जान्थेउ तिमी ढलाई, अलिकति मायाँभए ।

तिम्रै यादमा तड्पिएर, ज्यूदै यहाँ लास भाछु ।
छोडीदेउ कोरी सलाई, अलिकति मायाँभए ।
– जीबन गौतम
रुपन्देही फर्साटिकर

गजल ५
कहा होला कस्ती होला, मैले आफ्नो भन्ने मान्छे ।
साच्चै सोचे जस्ती होला, मैले आफ्नो भन्ने मान्छे ।

लाग्दो होला कहिले आउछ, मलाई आफ्नो बनाउछ ।
कुन गाउँ कुन बस्ती होला, मैले आफ्नो भन्ने मान्छे ।

जिन्दगी यो दुःख, सुख, जिउने हाम्रो बाध्यता हो ।
दुःख छ कि मस्ती होला, मैले आफ्नो भन्ने मान्छे ।

यस्तो पनि ख्याल आउछ, कुनै बेला मलाई फेरी ।
सोच्छु ठूलै हस्ती होला, मैले आफ्नो भन्ने मान्छे ।

मिलेको ज्यान गहुगोरी, मिठो बोली मायालु मन ।
लाग्छ पक्कै यस्ती होला, मैले आफ्नो भन्ने मान्छे ।
– जीबन गौतम
रुपन्देही फर्साटिकर





गजल सर्जक ८९
नाम - ‘देव’ सागर
वास्तबिकनाम  - बुद्धी सागर ज्ञवाली
स्थायीठेगाना  - चापाकोट न.पा. सुन्तलीटार, स्याङ्जा
अस्थाइठेगाना - बुसान, दक्षिणकोरिया
बुवाकोनाम  - गंगाधर ज्ञवाली
आमाकोनाम  – लक्ष्मी ज्ञवाली
जन्ममिती  – २०४७–०५–२०
शैक्षिकयोग्यता  – बिबिएस
साहित्यिक यात्रासुरु  – २०६५–०७–०७
रचना प्रकाशित  – समकलिन स्याङ्जाली गजलहरु,
गजलका थुङ्गाहरु,
बिहानी गजल प्रधान पत्रीका,
अन्य बिभिन्न पत्र–पत्रीकाहरुमा रचनाहरु समाबेश ।
संलग्नता – साहित्य मन्च दक्षिण कोरियामा आबद्ध,
     लाली गुराँश वालक्लब संस्थापक
सम्पर्ककालागि  – मो. +८२१०६८४९५५३८

गजल १
स्वच्छ हावा पानी राम्रो, मेरै स्याङजा बजारमा ।
माय मिठो नानी राम्रो, मेरै स्याङजा बजारमा ।

स्याउ राम्रो मुस्ताङ्, चिया राम्रो ईलाममा ।
सुन्तलाको खानि राम्रो, मेरै स्याङजा बजारमा ।

गह्रौ, आलम, अकलाछन्, साच्चै लाग्छ पुन्यभुमी ।
दर्शनै गर्दा नि राम्रो, मेरै स्याङजा बजारमा ।

अर्को जन्म पाएपनी, स्याङजाली नै बन्नपाउ ।
मिली बस्ने बानी राम्रो, मेरै स्याङजा बजारमा ।

किन चाहियो नागासाकी ? न त कुनै भ्याटिकन ।
बित्छ जिन्दगानी रामो, मेरै स्याङजा बजारमा ।
– ‘देव’ सागर
चापाकोट न.पा. सुन्तलीटार, स्याङ्जा

गजल २
तिमी मेरो मुटुमाझ, अबतरण गरेकीछौ ।
अनि मेरो मन त्यतै, अपहरण गरेकीछौ ।

हिजो तिम्रै साथ बिना अलपत्र परेकोथे ।
भिन्न–भिन्न लक्ष्य आज, एकिकरण गरेकीछौ ।

समाजमा आइलाग्ने दबाब अनि तनाब सहि ।
मेरा हर सुख दुःख, अनुसरण गरेकीछौ ।

मेरो सारा तनमन, तिम्रै निम्ती तयारी छन् ।
मेरो वाकी देहभरी, होआवरण गरेकीछौ ।
– ‘देव’ सागर
चापाकोट न.पा. सुन्तलीटार, स्याङ्जा

गजल ३
कुलको इज्जत नभुलेकी, कुमारीको खोजिमाछु ।
अरु सँग नडुलेकी, कुमारीको खोजिमाछु ।

सुसज्जित, सुशोभित, सुकोमल जिउ भएकी ।
मुहार चन्द्रझै खुलेकी, कुमारीको खोजिमाछु ।

अक्षरमात्र चिनेपुग्छ, धेरै पढाई चाहिंदैन ।
मनमा शाहास बटुलेकी, कुमारीको खोजिमाछु ।

मेहन्दी र कुन्नी के–के, लगाएर कपालमा ।
बेलै माथी नफुलेकी, कुमारीको खोजिमाछु ।

भाग्य ठूुलो भन्दापनि, कर्म ठूलो सोच भएकी ।
मेहनती कबुलेकी, कुमारीको खोजिमाछु ।
– ‘देव’ सागर
चापाकोट न.पा. सुन्तलीटार, स्याङ्जा

गजल ४
फिक्का भयो तेजावी सुन, तिम्रो मुहार देखेपछी ।
हेरिरह्यो टोलायो जुन, तिम्रो मुहार देखेपछी ।

पुष्पहरु तिम्रो अघी, अलिन मलिन भएकाछन् ।
भवराले रोक्यो गुन–गुन, तिम्रो मुहार देखेपछी ।

अहो रबी बादलुको, घुम्टो ओढी चिहाउँदैछ ।
लुक्नै वाध्य भएर हुन्, तिम्रो मुहार देखेपछी ।

सुसाएर बग्दैथियो, छहरा र छांगाहरु ।
रोकी बस्यो गर्जेको धुन, तिम्रो मुहार देखेपछी ।

बाटो हिड्दा खुलेआम, नहिडे है मेरी प्रिय ।
चाहान्छु कोहि नआत्तिउन्, तिम्रो मुहार देखेपछी ।
– ‘देव’ सागर
चापाकोट न.पा. सुन्तलीटार, स्याङ्जा

गजल ५
झिसमिसेमा बास्यो भाले, म लाहुर हिड्नेबेला ।
घरमा सबै रुनथाले, म लाहुर हिड्नेबेला ।

छोरा भई जन्मेपछी, भोग्नै प¥यो सुख दुःख ।
भन्थे, सम्झाउदै बावाले, म लाहुर हिड्नेबेला ।

के हुने हा े? कस्तो होला ? पर्देशमा भन्दै मनमा ।
प्रश्न उठ्थ्यो धेरैखाले, म लाहुर हिड्नेबेला ।

रहर हैन बिदेशिने, नेटो काट्या ेसाहुको रिण ।
छोडे घर बाध्यताले, म लाहुर हिड्नेबेला ।

भकानिदो मन रोकी, बाटो लागें झोला बोकी ।
बिदाइ भए अक्षताले, म लाहुर हिड्नेबेला ।
– ‘देव’ सागर
चापाकोट न.पा. सुन्तलीटार, स्याङ्जा

No comments:

Post a Comment