Monday 19 January 2015

गजल सर्जक ६० बाट ६९ सम्मका सामुन्द्रिक छल्का गजलकाहरुको गजल

गजल सर्जक ६०
नाम – देवान चम्लिङ्
जन्म – १२–०९–१९८५
जन्मस्थान – नुन्थला ४ खोटाङ्
हाल  – यूएइ शिलाबाराकह
बाबा – देवराज राई
आम – कमलसरी राई

गजल १
तिमीलाई रुवाएर आँफू हास्ने छैन कसम ।
एक्लैपारी अन्तैनाता पनि गाँस्नेछैन कसम ।।

जती चोट परेपनि शहीदिन्छु तिम्रै निम्ती ।
विश्वाशमाथि घातगरी मुटु छाँस्नेछैन कसम ।।

सबैहाँसो खुशीहरु तिम्रैलागि साचिदिउला ।
यती चोखो पिरतिलाई मैले माँस्नेछैन कसम ।।

लैजाउ बरु मुटुमेरो दिन्छु हासी–हासी ।
यो छातीमा कुनैपनि तस्बिर टास्नेछैन कसम ।।
– देवान चम्लिङ्
नुन्थला ४ खोटाङ्

गजल २
आकाश जस्तै फैलायर तिमीले हेर्नपाए हुन्थ्यो ।
सदा–सदा अंगलोमा तिमीलाई बेर्नपाय हुन्थ्यो ।।

बादल जस्तै उडि–उडी तिम्रो समिप आएर ।
वारी पारी तिमीलाई सँधैं घेर्नपाए हुन्थो ।।

सल्लेरी झै सुसाउदै बहकिने यो मनलाई ।
सबै माया फिजाएर धोको फेर्नपाए हुन्थ्यो ।।

कतीगर्छौ माया मलाई भनी तिमीलाई एकोहोरो ।
तिम्रैसामु आए तिमीलाई केर्नपाए हुन्थ्यो ।।
– देवान चम्लिङ्
नुन्थला ४ खोटाङ्

गजल ३
जिन्दगी यो बाचेर केगर्नु ।
झुटो माया साचेर केगर्नु ।।

लड्दा हात दिने कोही हुन्न ।
खुशी हुँदै नाचेर केगर्नु ।।

माया टुटाएर बसाइ सरिजाने ।
जुठो माया जाचेर केगर्नु ।।

कसम खाँदै बाटोमा छोडि जनेलाई ।
आफ्नै मन भाचेर केगर्नु ।।
– देवान चम्लिङ्
नुन्थला ४ खोटाङ्

गजल४
तिमी मलाई भुलेर नजाउ ।
कही कतै डुलेर नजाउ ।।

भर तिम्रै लाग्छ मलाई ।
जथा भाबी झुलेर नजाउ ।।

पिरती साटेर यो मनमा ।
अरु सँग घुलेर नजाउ ।।

माया गर्छु म तिमीलाई ।
डलि–डाली फुलेर नजाउ ।।
– देवान चम्लिङ्
नुन्थला ४ खोटाङ्

गजल ५
झुक्किएर अन्तै मन जोड्नेछैन काली ।
आफू खुसि कतैबाटो मोड्नेछैन काली ।।

अरु सँग मैले मन दुःखयौ नभन्नु ल ।
तिम्रो मेरो पिरतिलाई तोड्नेछैन काली ।।

पल–पल म तिमीले देख्ने संसारमा हुन्छु अचेल ।
बाचा कसम तिम्रो साथ छोड्नेछैन काली ।।

जती चोट परेपनि सहिदिन्छु तिम्रो खातिर ।
मलजल गरी अन्तै मन गोड्नेछैन काली ।।
– देवान चम्लिङ्
नुन्थला ४ खोटाङ्




गजल सर्जक ६१
नाम  - जलन बुद्धि
जन्म  - २०४२–११–८
आमा  - लक्ष्मती लिम्बु
बाबा  - लक्ष्मण लिम्बु
जन्मस्थान  - बुढिमोरङ् ८ धनकुटा
हाल - टोकियो, जापन
शिक्षा - बिए

गजल १
जायज माग लिइ आउनेलाई कुटेकोछ ।
भ्रष्ट्र प्रसाशनले गरीब दुखी लुटेकोछ ।।

अनेक बाहानामा उस्काइ ढाल बनाएर ।
चेत खुल्दा आँशको मूल फुटेकोछ ।।

न्याय अन्याय पैसाको भरमा सत्यता छैन ।
हजारौ अपराधी नाताबादले छुटेकोछ ।।

प्रतिस्पर्धाको समयमा शोषण सामान्य भो ।
संकटकालको कराहीमा राखी भुटेकोछ ।।
– जलन बुद्धि
बुढिमोरङ् ८ धनकुटा

गजल २
समाजको नजरमा साइनो चोलीदिएँ ।
पाएको अघीकारले लाएको खोलीदिएँ ।।

रिसाएकी भन्दा सँधै–सँधै खुशीराख्न ।
सम्झाउने बाहाना कहाँ–कहाँ मोलीदिएँ ।।

अर्को जीवनयात्रा त्यहीबाट शुरुभयो ।
जहाँ उनको पोखरीमा रस घोलीदिएँ ।।

समय बित्दै थियो बेकसुरका रातले ।
चिनो फूलगुच्छाराखी अजङ् झोलीदएँ ।।

गजल ३
अभाव र समस्या सँग पछी सर्नेछैन ।।
केही गर्न जन्मे जलन त्यसै मर्नेछैन ।।

गिरोहले गीराउछनै साथी जस्तो मानी ।
न्यायको बगैचामा त्यो अन्याय छर्नेछैन ।।

परिश्रमको फलभरी आँखा लाइदिए ।
पाखुरिले बाँच्छ खुट्टा तानेमा झर्नेछैन ।।

सुनै सुनको धरहरा पारी ढलेपनि ।
आँखा छलि साँघुराखी सागर तर्नेछैन ।।

गजल ४
आफन्तको भिडमा नराम्रो हराएँ सँध ।
ऋणको बोझले निसासीएर कराएँ सँधै ।।

दिन बित्यो साहुको खेतबारीमा अन्नछैन ।
खान हुन्न थियो पेट रक्सीले भराएँ सँधै ।।

झरी सँग रुझी दुखले पालँेँ अरुकोभयो ।
खसीबोका, गाइगोरु ब्यर्थमा चराएँ सँधै ।।

छोक्रा निकाली खाँदा नानि खानुहुन्न भनिन् ।
पेट भराई बच्चाको भबिष्य झराएँ सँधै ।।
– जलन बुद्धि
बुढिमोरङ् ८ धनकुटा

गजल ५
सङ्घर्षको मैदानमा तिम्रो जीत हुनुपर्छ ।
झुझारु सर्बहारा सबैको हीत हुनुपर्छ ।।

 डगमग नहोउ कठीन त्यो यात्रामा पनी ।
 बीर योद्धाको पौरख दृढ चित्त हुनुपर्छ ।।

नयाँ शैलीको खोज स्विकार गरेको क्रान्तीमा ।
 बिहानीको आभाष दिने त्यो सित हुनुपर्छ ।।

रक एण्ड रोल हिपहप पस्चिमा होइन ।
नेपालीको मन जित्ने शान्ति गीत हुनुपर्छ ।।
– जलन बुद्धि
बुढिमोरङ् ८ धनकुटा





गजल सर्जक ६२
नाम ः हर्कराज गुरुङ् ‘भूटानी’
जन्म ः मार्च ९, १९८८
जन्मस्थान ः भूटान
हालको ठेगाना  ः पिट्स्बर्ग पेन्सलभेनिया, अमेरिका
बाबा ः सि.एस. गुरुङ्
आमा ः भुमेस्वरी गुरुङ्
पत्नी ः सोममाया तामाङ्
इमेल ठेगाना ः जबचपबचबवढ२नmबष्।िअयm

गजल १
देशको सिमाना मिचेर खाडल भित्र छ्र
हिजो आज जनजिवन धरातल भित्र छ्र

खान दिएसम्म आफ्नोपन नपाए टाढिने
राम्रो नराम्रो विचार मानष्पटल भित्र छ्र

डिस्को जाने साथीको घरमा गाँस निस्तो
मान अपमान आजकल गंगाजल भित्र छ्र

हेपिन्छ लुटिन्छ यहाँ एकाईसौ शताब्दी रे
मान्छे थर्काउने आवज फोनकल भित्र छ्र

हाँडीगाउँमा जात्रा जस्तो जमाना आयो
मानवताको पहिचान त्यो दलदल भित्र छ्र
– हर्कराज गुरुङ् ‘भूटानी’
पिट्स्बर्ग पेन्सलभेनिया, अमेरिका

गजल २
कन्जुस पनि दानी भयो माया पाएपछी
‘कुरुप’ पनि रानी भयो माया पाएपछी

पहिले अति कोडी थियो सबै आनीबानी
गुणको आज खानी भयो माया पाएपछी

घमण्डी भन्थे बोलीहरु उस्तै मान्छेपनि
सबको निम्ति ज्ञानी भयो माया पाएपछी

दुनिया लाई डाहा गथ्र्यौ लाटी सम्मभने
आज आँखाको नानी भयो माया पाएपछी्र

उनको माया कस्तो भनौ दिनरातै छक्क
प्यास मेटाउने पानी भयो माया पाएपछी

गजल ३
के लेखिन्थ्यो संविधान देशमा त्यो पाराले
जहिले पनि बन्द हड्ताल कति गर्ने साराले

मेटिने भयो पहिचान सबै विदेशी ईशारामा
सकेनन् जुट्न एकतामा भन्दैछ है धाराले

लुटिन्दैछ कुटिन्दैछ सन्तान उही आमाको
पुर्वदेखी पश्चिम सम्म पुगेन विशाल नाराले

हरियो वन नेपालको धन मासियो सबैनै
कसरी दूध दिनसक्छ गाई भैँसी थाराले

जनताकै चलखेल धेरै कस्लाई दोषदिनु
टुक्रायो देश कठै जसरी टुक्राउँछ आराले
– हर्कराज गुरुङ् ‘भूटानी’
पिट्स्बर्ग पेन्सलभेनिया, अमेरिका

गजल ४
कति चेलीहरु स्वार्थमा डोली चढेका छन्
मन वचनको दोसाँझमा खोली तरेकाछन्

अन्न बालीमा पौरखीको खोज तलासहुँदा
हो गरिबीले किसानको बोली खसेकाछन्

आजसम्म त्यो संबिधान कठै नबनेपछी
देश वासीको ईच्छाहरु भोली बनेकाछन्

राष्ट्र भावना बोकी हिड्ने मान्छे नभएपछी
मुठ्ठी माग्ने ति गरिबका झोली गलेकाछन्

सबैको सामु शत्रु पुकार्दै कालो कात्रोओढी
त्यही मरेको लाशमाथी गोली थपेकाछन्
– हर्कराज गुरुङ् ‘भूटानी’
पिट्स्बर्ग पेन्सलभेनिया, अमेरिका

गजल ५
यहाँ मानवता मेटीदैछ संजाल देखाएर
पुर्खाको भग्नावशेष र कंकाल देखाएर

कहिलेकाही उदाहरण बटुलेर ल्याउँछ
पिशाच जसरी हाडै चालमाल देखाएर

बगैँचामा भमराले फूललाई चुसे पश्चात
गुलाबले आक्रोश गर्यो अरिंगाल देखाएर

सज्जन देखेर हुँदैन भ्रमात्मक दुनियामा
बिरालो गजिन्र्छ बाघको सालनाल देखाएर

सातौमानै विशाल प्रशान्त माहासागर पर्छ
म भने जिद्दीले बोल्दैछु फेवाताल देखाएर
– हर्कराज गुरुङ् ‘भूटानी’
पिट्स्बर्ग पेन्सलभेनिया, अमेरिका





गजल सर्जक ६३
नाम   ः– जिबलाल भण्डारी
बुबाकोनाम  ः– जुगराज भण्डारी
जन्ममिति  ः– २०३३–०३–२९
स्थायीठेगाना  ः– बेल्बास गा.बि.स. वडानं ४ प्यूठान
अस्थायीठेगाना ः– चेन्नै, भारत
बैबाहिक स्थिति  ः– बिबाहित
राष्ट«ियता  ः– नेपाली
शैक्षिकयोग्यता  ः– एस.एल.सी.(बि.स.२०५१)
स्कुल  ः– श्री अमर माध्यमिक बिद्यालय भिङ्गी, प्यूठान
रुचि  ः– अध्ययन, लेखन, क्रिकेट आदि
मोबाइलनं.  ः +917401691300

गजल १
हरियाली त्यो वनजंगल प्रसिद्धछ प्यूठानमा
पर्यटकको चहल पहल प्रसिद्धछ प्यूठानमा

जोगाउदै संस्कृतिलार्इ सोरेठी रसराय नाँचो
झ्याउरे गीतमा बज्ने मादल प्रसिद्धछ प्यूठानमा

घुइचो लाग्छ सधैँभरि प्रभुजीको दर्शनगर्न
स्वर्गद्वारीको धार्मिक स्थल प्रसिदद्धछ प्यूठानमा

मानो छर्दा मुरिफल्छ खुशिनै छन् किसानहरु
झिमूक्कोफाँट समतल प्रसिदद्धछ प्यूठानमा

झिमूक्क माडी संगमबाट बिजुलीको उत्पादनले
दुई नदीको पवित्र जल प्रसिद्धछ प्यूठानमा
– जिबलाल भण्डारी
बेल्बास गा.बि.स. वडानं ४ प्यूठान

गजल २
जति खानु खाइयो हण्डर फेरि बिदेश जाँदैन म
काट्नु सम्म काटियो कहर फेरि बिदेश जाँदैन म

कहिले पुग्छु भारततिर अनि अरब खाँडी देश
पाउनु सम्म पाएँ ठक्कर फेरि बिदेश जाँदैन म

गाई, भैँसी र बाख्रा पाल्छु लगन र मेहनत ले
बरु सोहर्छु मल सोत्थर फेरि बिदेश जाँदैन म

पानी चुहिने थोत्रेको घर भत्काएर बनाउनु छ
माटो मुछदै तोड्छु पत्थर फेरि बिदेश  जाँदैन म

स्वदेश भित्र काम नपाए गर्छु आफ्नै ब्यवसाय
पर्दैन त्यो पर्देशको भर फेरि बिदेश जाँदैन म
– जिबलाल भण्डारी
बेल्बास गा.बि.स. वडानं ४ प्यूठान

गजल ३
जन्म देशमा कर्मपाए पलायन रुकथ्यो होला
आफ्नै देशको बिकासमा टेवा झनै पुगथ्यो होला

मेहनत गर्दा बिदेशमा मूल्य छैन पसीनाको
पसीना त्यो रंगीनभए राज आफैँ खुल्थ्यो होला

बिछोडको पीडा बोकि बाध्यताले मुग्लान पस्दा
रोजगार पाए स्वदेशमा मन सायद बुझ्थ्यो होला

घर सम्झदा आँशु झर्छ त्यो आँशुको कीमत भए
रातमा भिज्ने सिरानीको मुल्य लाखौ हुन्थ्यो होला

जति गुनगान स्वतन्त्रताको गाएपनि देखेनौ कि ?
तिम्रो घरको पिंजडाको सुँगा छोडे उड्थ्यो होला
– जिबलाल भण्डारी
बेल्बास गा.बि.स. वडानं ४ प्यूठान

गजल ४
सम्पतीको कुरै छोडौ मान्छे समेत बेचिदैछन्
यस्तै खबर अखबारमा दैनिकी लेखिदैछन्

कलेजीको टुक्रा सम्झि छातीभित्र बासदिने
बाबा आमा बुढाहँुदा बृद्धाश्रम खेदिदैछन्

जन्मे पछि मर्नैपर्छ तर कस्तो बिडम्बना
नजन्मदै भूणहरु गर्भभित्र भित्रै रेटिदैछन्

जोगाऔ  है झ्याउरेगीत सोरेठी र पंचेबाजा
पुरानो त्यो संकृतिलाई पर्दाभित्र छेकिदैछन्

निर्दयी हे मानव नबुझ्नेको पनि बाँच्ने हक छ
लाखौ  प्राणी बधँशालामा दैनिक सेरिदैछन्
– जिबलाल भण्डारी
बेल्बास गा.बि.स. वडानं ४ प्यूठान

गजल ५
अघि बढ्न खोज्यौ भने पछि खुट्टा तान्छन् यहाँ
मैले तान्याहैन भन्दै झुट्टा कसम खान्छन् यहाँ

शोषण होस् वा बलात्कार, हत्या, हिंसा सबैगरी
धर्मात्मा हुँ भन्ने पार्न मन्दिरमा जान्छन यहाँ

माता पिता गुरुजनको इज्जत्त गर्न नजान्नेले
ज्ञानि अनि बुद्धिजीवी आँफूलाई ठान्छन् यहाँ

सुखदमा दुई खुट्टाले हान्दै हिड्ने ढुङ्गालाई
दुखपर्दा हात जोड्दै भगवान मान्छन् यहाँ

आफ्नै सम्झि बिस्वास गर्न नसकिदो रहेछ अचेल
अर्का काँधमा बन्दुकराखि लुकि–लुकि हान्छन् यहाँ
– जिबलाल भण्डारी
बेल्बास गा.बि.स. वडानं ४ प्यूठान




गजल सर्जक ६४
नाम – लोकबहादुर जोगी ‘रामहरी’
बिजुलीकोट ६ कल्लेरी रामेछाप जनकपुर
हाल – दोहा, कतार

गजल १
जीन्दगीका चोटहरु यहाँ लिएर त हेर ।
जीउन कति गाह्रो छ जिएर त हेर ।।

कसैको यादमा कोही किन बर्बाद हुदैछ ।
चोखो माया दिलको यहाँ दिएर त हेर ।।

शब्दरुपी वचनले किन दिल दुखाईदियौ ।
दुइ मुटु एउटै पोको पारी  सिएर त हेर ।।

मैले पिउदा रिसाउने आत्मिय मनहरु हो ।
पिउन कति गाह्रो छ यहाँ पिएर त हेर ।।
– लोकबहादुर जोगी ‘रामहरी’
बिजुलीकोट ६ कल्लेरी रामेछाप जनकपुर

गजल २
दुःख सबै जोडभइ खुशी जती भाग भयौ ।
मेरो लागी तिमी भने नमेटिने दाग भयौ ।।

अल्मलियौ तिमी किन मायाका ति दोबाटामा ?
मानौ तिमी उखानझै कुहिरोके काग भयौ ।।

बजार तिर बिक्री गर्न राखिएको पुतलीझै ।
किन्न आए तिनीहरु तिमी सबको माग भयौ ।।

माया गर्दै मुटुभित्र लुकाएर राखे मैले ।
तिमीनै यो मुटुलाई डसी हिड्ने नाग भयौं ।।
– लोकबहादुर जोगी ‘रामहरी’
बिजुलीकोट ६ कल्लेरी रामेछाप जनकपुर

गजल ३
सानो सुन्दर अनि सुखी परिवार ।
गर्न काम नसक्दा दुःखी परिवार ।।

नानी रुन्छिन् ओछ्यानमा आमा काममा ।
गर्न पुरा नसक्दा बेखुशी परिवार ।।

आमा बृद्ध, छोरो परदेश, बुहारी स्कुलमा ।
छैन खाना समयमा सुकी परिवार ।।

रहर पो कसलाई हो र घर छोडी जान ।
जहाँ पुगे पनि छोरो ढुकढुकी परिवार ।।

आफन्तको सहयोग पाई फुरुङग भा’छ मन ।
त्यसैले म भन्ने गर्छु मुखी परिवार ।।
– लोकबहादुर जोगी ‘रामहरी’
बिजुलीकोट ६ कल्लेरी रामेछाप जनकपुर

गजल ४
स्वदेशमा हुँदा धेरै देखिएको आशा ।
यथार्थतमा आज नभेटिएको आशा ।।

सुखी दिन देख्दै लागेको परदेशमा ।
बिरानो देशको घामले सेकिएको आशा ।।

कल्पनाको बेगमा पहिले धेरै बग्रिएछ ।
भेट्न गन्तब्यलाई दुःख खेपिएको आशा ।।

सम्झेनौ कसैलाई ग¥यो मोज मस्ती ।
वेकारमा हेर आज ति रेटिएको आशा ।।
– लोकबहादुर जोगी ‘रामहरी’
बिजुलीकोट ६ कल्लेरी रामेछाप जनकपुर

गजल ५
निष्ठूरी रहेछ समय अन्तै बसाइ स¥यो हजुर ।
रित्याइ मनको माया भकारी अन्तै भ¥यो हजुर ।।

मलजल पाउदै थियो मायाको त्यो बिरुवाले ।
फुल्न त परै जाओस् कोपिलामै झ¥यो हजुर ।।

एकैसाथ हुँदाखेरी रमाइला ती दिन थियो ।
आज दुई किनार भयो पर्नु पिर प¥यो हजुर ।।

अझै पनि मेरै साथ उनी जस्तो लागिरन्छ ।
वास्तविकता भयो पर बाँच्ने आसा म¥यो हजुर ।।
– लोकबहादुर जोगी ‘रामहरी’
बिजुलीकोट ६ कल्लेरी रामेछाप जनकपुर




गजल सर्जक ६५
नाम – अनिल बराइली ‘गरिब चिराग’
ठेगाना – चरम्बी मिलनबस्ति भोजपुर
रुची – साहित्य, गीतसंगीत, खेलकुद, भ्रमण ।
समलग्नता – बिहानी साहित्यिक प्रत्रिकामा
हाल – दोहा कतार

गजल १
तिम्रो दु.ख टाल्न आउँछु आमा म यसपाली
मनमा खुशी हाल्न आउँछु आमा म यसपाली

नरुनु अब मेरो बियोगमा कति रोयौ तिमी
सारा दुःख फाल्न आउँछु आमा म यसपाली

अब त हाम्रो पनि दुःखको दिन गए आमा
पिर ब्यथा ढाल्न आउँछु आमा म यसपाली

घाँस दाउरा मेला पात म आँफै गर्छु अब
तिम्रो दुःख गाल्न आउँछु आमा म यसपाली
– अनिल बराइली ‘गरिब चिराग’
चरम्बी मिलनबस्ति भोजपुर

गजल २
दुःख सुख मेरै देशको माटो प्यारो लाग्छ
खोला खाल्सा मेरै देशको बाटो प्यारो लाग्छ

डाँडा पाखा लालीगुँरास फुल्ने भिरहरु
हरियाली मेरै देशको पाटो प्यारो लाग्छ

गाउँ बस्ति झरनाको चिसोपानी संगै
गुन्दुक र मेरै देशको आटो प्यारो लाग्छ

अंग अंगमा बगेकोछ मेरो देशको माया
मेरै देश अरुदेशको साटो प्यारो लाग्छ

पहाडमा झरना खोला नाला उस्तै रमाइलो
उस्तै सुन्दर त्यो तराइको फाँटो प्यारो लाग्छ्र
– अनिल बराइली ‘गरिब चिराग’
चरम्बी मिलनबस्ति भोजपुर

गजल ३
जिन्दगीलाई जोड घटाऊ गर्दागर्दै जिरोभयो
सपनाहरुको यात्रा अघि झर्दाझर्दै जिरोभयो

न त अस्ताएर बिलिन हुन्छ यो मेरो जीवन
गन्तब्य विहिन जीबन तर्दातर्दै जिरोभयो

जिउँनुको कुनै परिवेश छैन मेरो सामिप अब
दुःख छोडी सुखमा जीबन सर्दासर्दै जिरोभयो

आफैलाई धिक्कार लाग्छ आफ्नै जीबन आज
दुःखको घुम्तीमा पाइला पर्दापर्दै जिरोभयो

हिड्न खोज्छु ठेस लाग्छ अघि बढ्नै सँकिन
पुरै जीवन बाँचे र पनि मर्दामर्दै जिरोभयो
– अनिल बराइली ‘गरिब चिराग’
चरम्बी मिलनबस्ति भोजपुर

गजल ४
कलम होइन युवा अब हतियार चलाउनुपर्छ
उठ कलमविर मनहरु शोषक ढलाउनुपर्छ

धेरै बग्यो कलमको मसी तर कुनैअर्थ भएन
देश चुस्नेलाई अब एक–एक गरी गलाउनुपर्छ

आज कोही रमेकाछन् जनता ठगी महलमा
यस्ता घुसियालाई जिउँदै चितामा जलाउनुपर्छ

अन्यायले सिमा नाघ्यो जे पनि हुन्छ अचेल
कलमबिरहरु अब देशमा शान्ति फलाउनुपर्छ

आफ्नो स्वार्थमा डुबेर होइन हामीले यहाँ
नेपालीको शिर उच्च राख्न मन पलाउनुपछ्र्र
– अनिल बराइली ‘गरिब चिराग’
चरम्बी मिलनबस्ति भोजपुर

गजल ५
मायागरि मुटुभित्र छुरा चलाएर गयौ
म मा निको नहुने चोट फलाएर गयौ

घायल छट्पट्टिदै जिन्दगी जिउँदा म
हाँसी–हाँसी मेरो माया छलाएर गयौ

न मर्न सके न खुशी संग बाँच्न सके
घाइते पारी किन यो मन गलाएर गयौ

जिन्दगीमा जिउनुको अर्थ के र¥यो र
मेरो सारा सपनाहरु ढलाएर गयौ

कहाँ पुगेर ढल्छ कुन्नि मेरो जीबन अब
आधा पाटो तिमीलेनै जलाएर गयौ
– अनिल बराइली ‘गरिब चिराग’
चरम्बी मिलनबस्ति भोजपुर




गजल सर्जक ६६
टेक भण्डारी
नेउली, भुटान
हाल, साउथअस्ट्रेलिया

गजल १
गोष्टी सेमिनार गर्नेहरु गाउँका कुरा कैले गर्छौ ?
आफनै गोजी भर्नेहरु गरिबको गोजी कैले भर्छौ ?

डोको बोकी हाटबजार भर्नेको पिडा सही हेर
चिल्लो सडक तर्नेहरु ठाडोखोला कैले तर्छौ ?

तारा गन्दै झुपडीको रातहरु काट्छन् कोही
महलभित्र चर्नेहरु गाउँ घरतिर कहिले चर्छौ ?

नेतालाई शहर दिने गरिबनै हुन् सोचि हेर
बारमा पैसा छर्नेहरु झुपडी भित्र कैले छर्छौ ?
– टेक भण्डारी
नेउली, भुटान हाल, साउथअस्ट्रेलिया

गजल २
निष्ठूरी यादहरु एकान्तमा कल्पीएर रोएँ
जलिजाने पानाझै दनदनी सल्कीएर रोएँ

सम्झेर जुनेलीमा तारा गन्दै टोलाउँदा खेरी
झरेको झरनासरी आँशुहरु छल्कीएर रोएँ

बिपनीमै सम्झनाका लहरहरु केलाएर
आफ्नै अनुहार सिशाभित्र टल्कीएर रोएँ

मायाँलु छुट्दा मुटुबाट धनुषका काँड सरी
मुर्झिएको फूलझै  जिन्दगानी ढल्कीएर रोएँ
– टेक भण्डारी
नेउली, भुटान हाल, साउथअस्ट्रेलिया

गजल ३
तिमिलाई जिवनदान दिइ आँफैलाई मैलेमारे
तिमिलाई जितौरीको नासो सुम्पिएर मैलेहारे

तिम्रै लागी नजरबन्दी भएकोछु सधैँ यहाँ
तिमिलाई हाँसो दाईजो दिएर आँशु मैलेझारे

संगै–संगै हिड्यौ हिजो तर आज बाटै मोडेऊ
तिमिलाई बाटो खुलागर्न अन्तै खुट्टा मैलेसारे

नशा बिच सधैँ बग्ने ढुकढुकीनै मर्न लाग्यो
तिमिलाई होस आफ्नै मुटु बेहोस मैलेपारे

जे होस तिमी उल्लासमय आँफु उदाससधैँ
तिमिलाई स्वर्ग दिए र मनको ढोका मैलेबारे
– टेक भण्डारी
नेउली, भुटान हाल, साउथअस्ट्रेलिया

गजल ४
सडकमा जिउँदै सरिर ढलेपछी आयौ
चितामाझँ यो आधा सरिर जलेपछी आयौ ।

माफगर तिमिलाई स्विकार गर्न सक्दिन म
घाटमा सारा अस्थिपन्जर गलेपछी आयौ ।

चाँडै आउँनु पथ्र्यो तिमी सम्झीएर मलाई
कालले बिहाँनीको प्रहर छलेपछी आयौ ।

बाटै भुली ढिलो ग¥यो द ागबत्ती दिनलाई
अन्तिम पलको दियोबात्ती बलेपछी आयौ ।
– टेक भण्डारी
नेउली, भुटान हाल, साउथअस्ट्रेलिया

गजल ५
तिमी उत्सब मनाउँछौ म पिरमा कुहिँदा
तिमी सिउँदो सजाउँछौ म जन्जिरमा उनिँदा ।

सिशासरी फुट्दा म तिम्रै उपहारको भारीले
तिमी प्यासमा हराउँछौ म चितामा पुजिँदा ।

जब म ताप्दै हुन्छु सल्किएको आँगो घाटमा
तिमी प्यारमा रमाउँछौ म खरानीभै चुलिँदा ।

धर्तीलाई बिदागर्दा हावाको झोँका बनेर
तिमी जवानी लुटाउँछौ म धर्तीमा पुरिँदा ।
– टेक भण्डारी
नेउली, भुटान हाल, साउथअस्ट्रेलिया




गजल सर्जक ६७
सुनिल ‘प्रतिक’ राना
बिरिन्चोक ९ गोरखा
हाल साउदी अरेबिया (रियाद)

गजल १
दाइजो नाउँमा अझैपनि नारीको घाँटी थिचिन्छ यहाँ ।
सरकार अन्धो जस्तै हुँदा गरिब घुनझैं पिसिन्छ यहाँ ।।

हक हितको बारेमा चर्चाहुन्छ पाँचतारे होटलमा बसी ।
बाहिर निस्किएपछी सबै कुराहरु बिर्सिदिनछ यहाँ ।।

अघाएकोछ भन्दापनि कसैलाई खान कर गरिरहन्छ ।
कसैले खाएको खाना मुखैमा हातैहाली झिकिन्छ यहाँ ।।

आँखै अघी हत्या हुन्छ तर बोल्न सक्दैनन् अदालतमा ।
सत्य के हो थाहा हुन्न झुटो बादल जस्तै फिजिन्छ यहाँ ।।

नियम कानुन निर्धालाई मात्र बलिया लाई सजाय हुन्न ।
आवाज उठाए भने उसको हक अधिकार छिनिन्छ यहाँ ।।
– सुनिल ‘प्रतिक’ राना
बिरिन्चोक ९ गोरखा

गजल २
एकै आमाको सन्तान हामी समानता कहाँ छ र ।
आ–आफ्नो दुःख गरेपनि स्वतन्त्रता कहाँ छ र ।

एक अर्कामा छोडेन कहिल्यै खुट्टा तान्ने प्रवृति ।
चन्द्र र सुर्यझैँ हाम्रो राष्ट्रिय अखण्डता कहाँ छ र ।

शान्तिको दूत बुद्ध जन्मेको देश हाम्रो भने पनि ।
वहाँ जन्मेको माटोमा शान्ती कायमता कहाँ छ र ।

कोहि मुलुक बनाउछु भन्दै भित्रभित्रै खोक्रो पार्दा ।
ढलिरहेकाछन् देशको खम्बा सफलता कहाँ छ र ।

शत्रुको उता सिमानामा चलखेल बढिरहेको बेला ।
अझै यता सम्झदारी अनि समंयता कहाँ छ र ।
– सुनिल ‘प्रतिक’ राना
बिरिन्चोक ९ गोरखा

गजल ३
लेकैभरिनै लालीगुराँस फुल्यो होला आमा ।
लह–लह फाँटैभरि धान झुल्यो होला आमा ।

कल्पनागर्दा  रसाउँछ नयन ति दृश्यहरुको ।
हजुरको पनि आँशुको बाँध खुल्यो होला आमा ।

दुनियाँको अघि हाँसे पनि कति दिनरात ।
हाँसो संगै आँशुपनि घुल्यो होला आमा ।

पिंजडामा परेको यो परदेशीलाई सम्झी ।
पारी वनमा न्याउँली रुँदै डुल्यो होला आमा ।

नेपालीको सन्तान म कस्तो रै’छ भाग्य मेरो ।
परदेशी हुँदा माटोले’नी भुल्यो होला आमा ।
– सुनिल ‘प्रतिक’ राना
बिरिन्चोक ९ गोरखा

गजल ४
दुःखसंग सधैभरी हातेमालो गरीरा’छु ।
बाँच्नु के हो थाहाछैन हरपल मरीरा’छु ।

मेरोलागी होइन कि बस्नलाई यो संसार ।
जहाँ जान्छु चोटैखान्छु आँशुसंगै झरीरा’छु ।

कहिँ कतै अलिकती खुशीहुँदा यो जीवन ।
बढ्न खोज्दा लाग्छ झनै पछी–पछी सरीरा’छु ।

ढाँट्नु छल्नु जताततै इमान्दारी कहीछैन ।
जालमाथि दुनियाँको बन्धनम  परीरा’छु ।

लाग्याछैन इच्छा अब रहन यो दुनियाँमा ।
तर भागी कहाँ जाऊ भित्र भित्रै डरीरा’छु ।
– सुनिल ‘प्रतिक’ राना
बिरिन्चोक ९ गोरखा

गजल ५
थोपाथोपा मिलेभने ताल बन्छ, हेरकान्छी ।
त्यहीताल उलिर्एमा छाल बन्छ, हेरकान्छी ।

खियाउन जाने जीवन  पारहोला, वारीपारि ।
नजानेत त्यहीछाल काल बन्छ, हेरकान्छी ।

छोड्नुहुन्न आफ्नो लक्ष्य कछुवाले जस्तैगरि ।
म हुँ भन्ने खरायोको चाल बन्छ, हेरकान्छी ।

सुख हैन दुःख भएपनि बाँच्न, सिक्नुपर्छ ।
बाँच्नजाने यही दुःख ढाल बन्छ, हेरकान्छी ।

भाग्नुहुन्न कहील्यै  आफ्नोकर्म, देखिपनि ।
नत्र जीवन जुहाडेको खाल बन्छ, हेरकान्छी ।
– सुनिल ‘प्रतिक’ राना
बिरिन्चोक ९ गोरखा




गजल सर्जक ६८
नाम – ‘निष्ठुरी’ चिजबहादुर चौधरी
स्थाईठेगाना – धनौरी ८ बैशा दाङ्


गजल १
प्राण भन्दा प्यारो देश सोचको अभाव छ यहाँ ।
चुसी खोक्रो गराउने धमिराको लगाव छ यहाँ ।

सामाजिक काम गर्दा धाप मार्नु काहाँ हो काहाँ ।
खाल्डो खनी बल्झाउने उतार चढाव छ यहाँ ।

पुगी सक्दा मृत्युु शैयामा अर्कोले चुट्कि बजाई ।
चौतारीमा बसेर हाँस्ने बानी खराब छ यहाँ ।

सायद जो कोही पनि गर्छ हौसला साथ भए ।
तर विडम्बना हर पाउमा नकाब छ यहाँ ।

लुटियो सर्वस्व ‘चिज’को खुकुरी हुनकै हुँदा ।
शिर उठाउनै नमिल्ने ठुलो दबाब छ यहाँ ।
– ‘निष्ठुरी’ चिजबहादुर चौधरी
धनौरी ८ बैशा दाङ्

गजल २
चोखो माया गर्नेहरु सबथोक दिन्छन् रे ।
उस्कै निम्ति आफ्नै सास रोक दिन्छन् रे ।

कस्तो हुन्छ माया प्रेम आत्मै देखि नबुझेर ।
कोही–कोही पिडा युक्त सदा शोक दिन्छन् रे ।

मीठो मान्दा सम्म चुस्छन् परजीवीहरु टाँसि ।
जब स्वाद तीतो टर्रो पर्छ खोक दिन्छन् रे ।

आफ्नै मुटु जस्तै माया गरी कन सधैं भरि ।
दिल भित्र ठाउँ दिई कुना चोक दिन्छन् रे ।
– ‘निष्ठुरी’ चिजबहादुर चौधरी
धनौरी ८ बैशा दाङ्

गजल ३
देला खाउँला भनी हात थापेर जीवन कट्ने भो ।
छिट्टै चिता पुग्ने उमेर नापेर जीवन कट्ने भो ।

उकल्दा थुकिदिने यस्तो अचम्मको शासन ले त ।
सधैं मुख थुनेर पिडा चाँपेर जीवन कट्ने भो ।

चिस्यानका छिटाले घोच्दा असह्य भए पनि जति ।
झनै खुम्चिएर नै आँगो तापेर जीवन कट्ने भो ।

अङ्गभङ्ग भाको जिन्दगी सिङ्गो बनेर देखाउने ।
हरघरी मात्र सपना छापेर जीवन कट्ने भो ।

स्वतन्त्र छ रे धर्ती हुन्छ कल्याण्ँ सबको भन्थे त ।
विडम्बना डर त्रासले का“पेर जीवन कट्ने भो ।
– ‘निष्ठुरी’ चिजबहादुर चौधरी
धनौरी ८ बैशा दाङ्

गजल ४
बुद्धि होईन आज बल ठूलो देखिन्छ ।
कमाको उसै बाट फल ठूलो देखिन्छ ।

समाज हितको कुराहरु भन्दा पनि ।
कालो धन्दा गर्ने दल ठूलो देखिन्छ ।

जसले माटो छुन घिन मान्छ धर्तीको ।
उनैको जहाँ तहि महल ठूलो देखिन्छ ।

पवित्र बाग्मती छ पशुपतिले भन्छ ।
तर त्यहाँ गन्धित ढल ठूलो देखिन्छ ।

पिउन पाइदैन सफा पानी कहिल्यै ।
गन्तीमा त देशको जल ठूलो देखिन्छ ।
– ‘निष्ठुरी’ चिजबहादुर चौधरी
धनौरी ८ बैशा दाङ्

गजल ५
स्वर्णिम धर्ती आदर गर्ने संस्कार छ दाङ् जिल्लामा ।
फुलाई छाती अडिन मिल्ने आधार छ दाङ् जिल्लामा ।

हरियो छटा छल्किन्छ अनि टल्किन्छ सधैं यसरी ।
लोभिने मन अनौठो ठाउँ अपार छ दाङ् जिल्लामा ।

चमेरु गुफा रिहार मेला अम्बिकेस्वरी मन्दिरले ।
गर्दिने मीठो स्वागत्मय व्यबहार छ दाङ् जिल्लामा ।

तुलसी पुर घोराही अनि भालुवाङ् लमही जस्तै ।
नगण्य अति सुन्दर गाउँ बजार छ दाङ् जिल्लामा ।

समय जस्तै वहकीरन्छ बबई नदि गीत गाउँदै ।
संगीतमय आभाषको मीठो प्यार छ दाङ् जिल्लामा ।
– ‘निष्ठुरी’ चिजबहादुर चौधरी
धनौरी ८ बैशा दाङ्





गजल सर्जक ६९
नाम ः टेकचन्द्र रोका ‘नीलओम’
जन्मस्थान  ःखोटाङ्
हाल ः सुनसरी
शिक्षा ः साधारण
स्कुल  ः श्री सारदा माध्यामिक बिद्ययालय खोटाङ्
क्याम्पस ः श्री महेन्द्र बहुमुखी क्याम्पस धारान
पेशा ः प्रदेशी
कर्मस्थान ः युएइ दुबइ

गजल १
म आँफुलाइ धेरै अभागी ठान्थे, म संग शहर थिएन
गाँउले दाइ भाग्यमानी ठान्थे, तरपनि उनको घर थिएन

हुने खाने चर्पीमा पनि, जस्ताठोकी टिल्ल टल्काउथे
गरिब र निमुखीको घरको छानो छाउने खर थिएन

स्कुल माथिको स्वामीरुखले, बाह्रैमास शितल दिदाँ
स्कुल मुनिको पिपल उजाड थियो, उ संग बर थिएन

उ बेलामा माया लाइन्थ्यो, लुकीछुपी घाँस दाउरा जादाँ
उनको बाले थाहापाए डाँडा, कटाइदिन्थे भर थिएन

प्रेमले जात, धर्म, धनखोज्दा ब्रह्माचारी बस्ने अठोट गरे
भोली समाजले के भन्ला भन्ने, चन्द्रलाई डर थिएन
– टेकचन्द्र रोका ‘नीलओम’
खोटाङ् हाल सुनसरी

गजल २
देश बेची सीमाहरु घटाउनेको जयहोस्
भन्सारहरुमा घुस बढाउनेको जयहोस्

जाली, फटाहा र भ्रष्टचारीलाइ खुल्लाछोडी
देशभत्तलाई जेलमा सडाउनेको जयहोस्

राम्रो सबैलाइ भलाइहुने काम गर्नैहुन्न
आरोप लगाइ बदनाम गराउनेको जयहोस्

हेर्नुस यहाँ देशप्रेमी, देशभक्त भनौदाहरुले
देशै लुटी निजीमहल बनाउनेको जयहोस्
– टेकचन्द्र रोका ‘नीलओम’
खोटाङ् हाल सुनसरी

गजल ३
जिन्दगीले अभावै अभावमा बाँच्न सिकायो
हाँसो भन्दा धेरै रोदनलाइ साँच्न सिकायो

हाँसो त आखिर क्षेण्ँीक रोदन जीवनसाथी
जीवनका मोडमा रोदनसंग नाँच्न सिकायो

सुख के हो थाहा छैन दुःख रहेछ जीवनयात्रा
अनुभवहरु धेरै हुदाँ दुःखलाइ भाँच्न सिकायो

सुख शान्ती भन्नेकुरा यो जुनीमा यस्तैरहेछ
त मात्र छैनस भनि दुनियासंग दाँज्न सिकायो

– टेकचन्द्र रोका ‘नीलओम’
खोटाङ् हाल सुनसरी

गजल ४
दौरा सुरुवाल शीरमा ढाका टोपी ढल्काउनुपर्छ
चौबन्दी गुन्युचोलीले नेपालीपन झल्काउनुपर्छ

प्राकृतीक शुन्दरता र कलासंस्कृतीको धनि नेपाल
देशको आय बढाउन पर्यटकलाइ पल्काउनुपर्छ

वीर गोर्खालीका सन्तानहामी वीरताको कदरगर्छौ
वैरी सामु वीरबनि सिरुपाते खुकुरी टल्काउनुपर्छ

वीर सहिदहरुको रगतले कोरिएको मेरो प्यारो नेपाल
सामन्ती र देश गद्दारीलाइ भीरबाट पल्टाउनुपर्छ

सामन्तीको थिचोमिचो सहनुसहियो अब सहनुहुन्न
क्रान्तीकारी बनि क्रान्तीको ज्वाला सल्काउनुपर्छ

हेर्दै जानुस अब न रहन्छ बाँस न बज्छ बासुँरीनै
पिडितहरु एकजुटभइ सामन्तीलाइ गल्काउनुपर्छ
– टेकचन्द्र रोका ‘नीलओम’
खोटाङ् हाल सुनसरी

गजल ५
साँचो मायाको ब्यापारमा, बजार भाउ थिएन
छातीभित्र पलपल दुख्थ्यो, कतै घाउ थिएन

पानी बिनाको माछाजस्तै, धेरै घायल प्रेमीभेटे
घाटामाथि घाटाथियो, मुनाफाको साउ थिएन

गाउँमा जन्मी हुर्केको, एउटा सोझो गाउँले केटो
पहिचान्ने गरी बोलाउने, उसको नाउ  थिएन

सामन्तीको चपेटामा, पिल्सीएकोछ पिडित
स्वतन्त्रभइ खुसीले बँस्ने, काँही ठाँउ थिएन

द्वन्दले ध्वस्त छ, मेरो स्वर्गजस्तो जन्मभुमी
परदेशबाट फर्की आउँदा, त्यहाँ गाँउ थिएन
– टेकचन्द्र रोका ‘नीलओम’
खोटाङ् हाल सुनसरी

No comments:

Post a Comment